Daily Archives August 30, 2016

सयदिने कार्ययोजना पेस गर्न निर्देशन

काठमाडौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिनुभएको छ । आज स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उहाँले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको हो । विभागका महानिर्देशक डा पुप्पा चौधरीले विभागको गतिविधिका बारेमा मन्त्री थापालाई जानकारी गराउनुभएको थियो । जानकारीपछि मन्त्री थापाले आपूर्ति महाशाखा, स्टोर र बिमा कार्यक्रमको कार्यलयको निरीक्षण पनि गर्नुभएको थियो । सोमबारदेखि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखसँग काम कारबाहीबारे ‘ब्रिफिङ’ सुरु गुर्नभएका थापाले सोमबार अनुगमन, चिकित्सक र योजना महाशाखाका प्रमुखसँगको ब्रिफिङ सुनेपछि सोही निर्देशन दिनुभएको थियो ।
More

चामल र रक्सीको आयात झन्डै बराबरी

काठमाडौं । आव २०७२/७३ मा चामल र रक्सीको आयात झन्डै बराबरी छ । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की यस वर्ष रु २५ अर्बको चामल आयात भएको बताउँछन् । मदिराजन्य पदार्थ रु १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चामलभन्दा मदिराजन्य पदार्थ रु ६ अर्ब ६९ करोड १५ लाख अर्थात् ३६ दशमलव शून्य ५४ प्रतिशतलेमात्र कम हो । वैदेशिक रोजगारबाट फर्किएका नेपालीले उपहार साथमा ल्याएको एक लिटर मदिराजन्य पदार्थकोसमेत गणना गर्ने हो भने चामल र रक्सीको आयात बराबरी हुन आउँछ । विश्वका ८० भन्दा बढी देशमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४० लाखभन्दा
More

कि लास चाहियो, कि सास चाहियो

काठमाडौं । “यत्रो वर्ष भयो, कुनै अत्तोपत्तो छैन, न लास छ, न सास छ” – बेपत्ता परिवारका शर्मिला त्रिपाठीले यहाँ आयोजित एक कार्यक्रममा दुःख पोख्नुभयो । उहाँका पति ज्ञानेन्द्र त्रिपाठी बेपत्ता भएको अहिलेसम्म जीवत वा मृत फेला पर्न सकेका छैनन् । “न पार्टी न राज्य कसैले हेरेको छ, मान्छे मार्नेलाई जन्मकैद गर्नुपर्छ” – उहाँको आक्रोश थियो । त्रिपाठीको जस्तै पीडा छ विमला ढकालको पनि । “सरकारले दिने भनिएको रु १० लाख पनि अहिलेसम्म दिइएको छैन, शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था केही छैन” – भावविह्वल भएर उहाँले सुनाउनुभयो । विमलाका पति गोरखा जिल्लाका तत्कालीन नेपाल बार एसोसिएसनका अध्यक्ष राजेन्द्र ढकाललाई राज्यद्वारा बेपत्ता
More

एनआरएनको सम्मानमा नेपाली दूतावास वासिन्टनमा कार्यक्रम

अमेरिका । गैरआवासीय नेपाली सँघको क्षेत्रिय सम्मेलनमा भाग लिन आएका प्रतिनिधीहरुका लागि नेपाली दूतावास अमेरिकाले रिसेप्सन दिएको छ । सोमबार साँझ दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नयाँ संविधान जारी भए पछि केही राजनैतिक दलहरुले देखाएको असन्तुष्टिलाई संविधान संसोधन मार्फत सम्बोधन गर्न सकिने विचार ब्यक्त गरेका छन् । उनले संविधानमा धेरै लचिलो संशोधनको व्यवस्था गरिएको विचार ब्यक्त गर्दै भने नयां संविधानको विषयलाई लिएर स्वभाविक रुपमा केही दलहरुको केही असन्तुष्टिहरु रहेका छन् । त्यस्तो असन्तुष्टिहरुलाई सम्बोधन गर्ने संविधानमा राम्रो र पर्याप्त व्यवस्था पनि राखिएको छ । उनले छिमेकी भारतले १ सय २२ पटक
More

एक्काइस जलविद्युत् आयोजनाको सम्झौता खारेज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । विद्युत् खरिद सम्झौता गरेपछि आयोजनाले तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्ने वा चित्तबुझ्दो कारण भए मात्रै म्याद थपका लागि निवेदन दिन सकिन्छ । तर चित्तबुझ्दो कारण पेस नगरेको तथा निर्माण सुरु नगरेको पाइएपछि २१ आयोजनाको सम्झौता खारेज गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले जानकारी दिनुभयो । सम्झौता खारेज गरेका आयोजनामा ४६५ किलोवाटदेखि १८.५० मेगावाट क्षमतासम्मका छन् । खारेजीमा परेका आयोजनाको कुल जडित क्षमता १२९ मेगावाट रहेको छ । समयमा लगानी जुटाउन नसकेको, विद्युत् उत्पादन अनुमतिपत्र
More

नाडाको ‘११ औँ अटो सो’

अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११औँ अटो सो’ मा नेपालभर सबै ब्रान्डका मोटरगाडी उपलब्ध गराउने उद्देश्यले मङ्गबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा राखिएका सवारी साधन । तस्बिर: रोशन सापकोटा ।
More

संविधान संशोधन हुन सक्दैन : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेस केन्द्रित दलसँग सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले गरेको सहमतिको प्रयोजन स्पष्ट नभइ संबिधान संसोधन हुन नसक्ने अडान राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा विहान बसेको तीन दलको बैठकमा एमालेले संबिधान संशोधनको उद्देश्य सरकारले स्पष्ट पारेपछि मात्र यस विषयमा छलफल अघि बढाउन सकिने धारणा राखेको हो । बैठकमा प्रधानमन्त्री दाहालले मधेस केन्द्रित दलको असन्तुष्टि सम्बोधनका लागि संबिधान संशोधनमा सहयोग गर्न आग्रह गरेपछि एमालेले यस्तो अडान राखेको हो । बैठकमा कांग्रेस र माओवादीले मधेसका असन्तुष्टि सम्वोधनका लागि संबिधान संशोधनको विकल्प नभएको तर्क गरेका थिए । बैठकमा स्थानीय निकायको सीमा र संख्या निर्धारण गर्ने गठित आयोगको प्रस्तावमा
More

तीन दलको बैठकमा संविधान संशोधनको गृहकार्य

काठमाडौं । संविधान कार्यान्वयन र मधेशी मोर्चालाई सहमतिमा ल्याउने बिषयमा छलफल गर्न प्रमुख तीन राजनीतिक दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठकमा संविधान कार्यान्वय गर्ने बिषयमा छलफल भएको बताइएको छ । संविधान कार्यान्वयन गर्न र निर्वाचन गराउन आवश्यक एैन कानुन निर्माणका बिषयमा दलहरुवीच छलफल भएको छ । यस्तै, बैठकमा मधेशी मोर्चाका माग संवोधन गर्ने बिषयमा पनि छलफल हुने नेताहरुले जानकारी गराएका छन् । यस अघि मधेशी मोर्चा र कांग्रेसका नेताहरुसंग भएको अनौपचारिक छलफलमा संविधान संशोधन, आन्दोलनका घाइतेको उपचार खर्च र शहिद घोषणा गर्ने बिषयमा छलफल गर्ने भनिएको छ ।
More

सत्ता परिवर्तनका बेला मात्र सांसद बैठकमा

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुले संसदलाई उपेक्षा गरेको भन्दै सांसदहरुले आक्रोश व्यक्त गरेका छन् । शीर्ष नेताहरुले संसदलाई सत्ताको भर्‍याङ बनाउने कार्यवाहेक अरु केही नगरेको आरोप सांसदहरुको छ । सत्ता परिवर्तनको समयबाहेक शीर्ष नेताहरु संसद बैठकमा उपस्थित नहुने गरेको गुनासो सांसदहरुको छ । संविधानसभाको पहिलो बैठकदेखि व्यवस्थापिका संसदको हिजो सोमबार बसेको बैठकसम्म अधिकांश दिन शीर्ष नेताहरुसहितका पहिलो मर्यादाक्रममा रहने सबै नेताको कुर्सी खाली देखिएको थियो । संसदको सोमबारको बैठकमा सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका सांसद जनराज जोशीले विशेष समय लिएर संसदमा शीर्षसहति पहिलो मर्यादाक्रममा रहेने नेताहरुको आसन महिनौसम्म किन र केका लागि खाली हुन्छ भन्दै सभामुखको ध्यानाकर्षण गरे ।
More

भारतबाट फर्के लगत्तै प्रधानमन्त्री न्युयोर्क जाने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी असोज ३ गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क जानुहुने भएको छ । पराराष्ट्रमन्त्री मन्त्री डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत छ । भदौ अन्तिममा हुने भारत भ्रमण लगत्तै प्रधानमन्त्री एक हप्ताका लागि न्युयोर्क जान लाग्नुभएको हो । प्रधानमन्त्री असोज ११ गते स्वदेश फर्कनुहुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा. महत, परराष्ट्रका कर्मचारी तथा केही पत्रकार समेत सहभागी हुनुहुनेछ । त्यसअघि प्रधानमन्त्री भदौ ३० गते भारत भ्रमणमा जाने र असोज २ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
More