Monthly Archives September 2016

नवनियुक्त राजदूत सुवेदीद्धारा आभार ब्यक्त

लन्डन । बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले आफ्नो नियुक्ति पछि बधाई तथा शुभकामना दिने शुभचिन्तक तथा आफन्त प्रति आभार ब्यक्त गरेका छन् । क्षेत्रीले शुक्रवार दिउँसो नेपाली दूतावास लन्डनको फेसबुक टाइमलाइन मार्फत जारी विज्ञप्तिमा आफु सबै प्रति कृतज्ञ भएको जनाएका हुन् । उनले संयुक्त अधिराज्य(बेलायत)का लागि नेपालको राजदूतमा नियुक्ति भएको अवसरमा मलाई बधाई तथा शुभकामना दिनुहुने हजुरहरु सबैमा म हार्दिक आभार र सादर कृतज्ञता व्यक्त गर्न चाहन्छु भनेका छन् । विज्ञप्तिमा तीस वर्ष लामो नेपाल सरकारको परराष्ट्र सेवाको मेरो अनुभव, योग्यता र क्षमताको प्रयोग गरी नेपाल र संयुक्त अधिराज्यबीच रहेको दौत्य सम्बन्धलाई अझ सदृढ र सुमधुर बनाउँदै नेपालको
More

घटस्थापनाको शुभसाइत ०८: ३५ बजे

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी
More

ग्लोबल आईएमईसँग रिलायबल गाभियो

ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रियस्तरको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । शुक्रबार हस्ताक्षर भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरेका छन् । दुवै बैंकवीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारवाही ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । राष्ट्रियस्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको कुल चुक्ता पुँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी आठ अर्व रुपैयाँभन्दा बढी हुनेछ भने कुल निक्षेप ८८
More

महिला सञ्जालको अन्तरक्रिया

अन्तरपार्टी महिला सञ्जालद्वारा राजधानीमा शुक्रबार आयोजित ‘महिला प्रतिनिधित्वको अवस्था प्रस्तुतिकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा सञ्जालकी अध्यक्ष प्रतिभा राणालगायत सहभागीहरु । तस्बिर : कृष्णराज गौतम ।
More

चार लाख भूकम्पपीडितलाई पहिलो किस्ता

काठमाडौं । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि बिहीबारसम्म चार लाख छ हजार ३९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रु ५० हजार जम्मा भएको छ । पहिलो किस्ताको अनुदान लिन ११ जिल्लाका बैंकमा भूकम्पपीडित घरधनीको भिड लाग्ने गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भन्नुभयो, “बैंकमा रहेको रकम आवश्यकताअनुसार घर बनाउने समयमा निर्माण सामग्री खरिदका लागि निकाल्न सकिन्छ, अनुदान रकम बैंकमा मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाले ब्याज उपलब्ध गराउने व्यवस्था छ, त्यसैले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनःनिर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र निकाल्न प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ”–उहाँले भन्नुभयो । घर
More

साउदीमा समस्यामा पर्ने नेपाली बढ्दो

काठमाडौं । साउदी अरबका कम्पनीमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय त्यहाँ कार्यरत नेपाली कामदार समस्या पर्ने सङ्ख्या बढ्दै गएको छ । प्रवासी नेपाली समन्वय समितिले आज यहाँ पत्रकार सम्मेलन गरी गत असारदेखि साउदीमा कार्यरत कामदार समस्या पर्ने क्रम उल्लेख्य रुपमा वृद्धि हुँदै गएको जानकारी दिएको छ । समितिमा असारपछि कामदार अलपत्र परेको ८४, तलब र काम फरक परेको ३४, तलब तथा अन्य सुविधा नपाएको १४, बाध्यकारी श्रममा लगाएको सात, राहदानी नवीकरणमा समस्या परेको दुई गुनासो सहितको निवेदन आएको जनाइएको छ । सुरक्षित आप्रवास परियोजना (सामी) अन्तर्गत संस्थाले १८ जिल्लाका सूचना केन्द्र र समितिको केन्द्रीय कार्यालय मार्फत पछिल्लो नौ महिनामा
More

बेलायत बहिर्गमनका शर्त अझै अस्पष्ट

बेलायत । बेलायती जनताले बेलायतलाई युरोपेली युनियनबाट बाहिरिने प्रक्रियामा लैजान जनादेश दिएको शुक्रबार एकसय दिन पुगेको भए पनि आवश्यक तयारीलाई अगाडि बढाउने कुरामा यहाँको सरकारले अझै स्पष्ट धारणा निर्माण गर्न सकेको छैन । यसबारे प्रतिक्रिया दिँदै बेलायती प्रधानमन्त्री थेरेसा मेले बेलायतको बहिर्गमनका लागि जनताले दिएको मतादेशलाई स्वीकार गर्दै आफूले मुलुकको हितमा हुने गरी इयूसँग सम्झौता गर्ने बताउनुभएको छ । उहाँको ‘बेक्जिट’ प्रक्रियाबारे यति छिट्टै अनावश्यक प्रतिक्रिया आउनु ठीक नभएको दाबी थियो । बेलायका विदेशमन्त्री बोरिस जोनसनले गत हप्ता बेलायतले आफ्नो इयूबाट बहिर्गमन हुने प्रक्रियामा अर्को वर्षमा सुरु भएर दुई वर्षभित्र इयूको प्रसिद्ध लिसवन सम्झौताको बुँदा नं ५० लाई कार्यान्वयनमा ल्याउने
More

यातायात व्यवसायीको मनोमानी नियन्त्रण गर्न माग

काठमाडौं । हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात सोह्रश्राद्ध शुक्रबार सकियो । सोह्र श्राद्ध सकिएसँगै नौरथा सुरु हुँदैछ । आज आश्विन शुक्ल प्रतिपदाका दिन तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सवै मृतकको सम्झनामा श्राद्ध गरिने चलन छ । गत आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध अन्तर्गत सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गर्ने गरिन्छ । ज्ञात, अज्ञात सबै पितृको श्राद्ध गरिने भएकाले आजको दिनलाइ सर्व पितृ मोक्ष औंसी समेत भनिन्छ । यस दिनलाई सोह्र श्राद्धको सवैभन्दा महत्वपूर्ण दिन मानिन्छ । आजको दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, ऋढि, देवघाट लगायत अन्य धार्मिक स्थलमा
More

राजदूत सुवेदीद्वारा पदभार ग्रहण, पहिलो दिनमै महत्वपूर्ण निर्णय

लन्डन–बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले बिहीबारदेखि नेपाली दूतावास लन्डनको कार्यभार समालेका छन्। बुधवार साँझ बेलायत आइपुगेका डा. सुवेदीले शुक्रवारदेखि नै आफ्नो पदभार ग्रहण गर्दै सेवाग्राहीको सुविधालाई थप प्रभावकारी बनाउने केही निर्णय गरेका छन्। नेपाली दूतावास लन्डनद्वारा जारी विज्ञप्तिअनुसार दूतावासले प्रदान गर्ने भिसासम्बन्धी सेवा बिहान ९ः१५ देखि मध्यान्ह १२ बजेसम्म मात्र प्रदान गरिदै आएकोमा आगामी ३ अक्टोबरदेखि सो सेवा बिहान ९ः१५ देखि अपरान्ह ३ः१५ बजेसम्म गर्ने निर्णय गरेको छ। यस्तै राहदानीलगायत कन्सुलर सेवालाई समेत प्रभावकारी बनाउने उद्देश्यले बिहान ९ः१५ देखि साँझ ५ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाली दूतावासका डिसिएम शरदराज आरनले नवनियुक्त
More

पेरिसमा लोकदोहोरी धमाका

पेरिस । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाले स्थापना गरेको ‘परोपकारी संगीत कोष’ बिकासको लागि पेरिसमा ‘बडादशैं लोक दोहोरी धमाका २०१६’ को आयोजना हुने एनआरएन फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले जानकारी दिए । परोपकारी उदेश्यका साथ यो सांस्कृतिक कार्यक्रम लिएर नेपाल र युरोपका ख्याति प्राप्त कलाकारहरु पेरिसमा उपस्थित हुनेछन् । लोकदोहोरी धमाकामा कलाकारहरु पुरुषोत्तम न्यौपाने, सुमी घिमिरे, बिनिता लामिछाने, जेबी ओली लगायतका कलाकारहरु सहभागी हुने पूर्वअध्यक्ष अर्यालले जानकारी दिए । मिति: ९ अक्टोबर २०१६ आइतबार स्थान: Restaurant Kamran 77-79 rue du Landy, 93300 Aubervilliers, France समय: दिनको १ बजे बाट आयोजक : राष्ट्रिय लोक तथा दोहोरी गीत
More

रूसी महाकविपुश्किनको प्रतिमा र काव्यसङ्ग्रह विमोचन

कृष्णप्रकाश श्रेष्ठ रूस–नेपाल सहयोग तथा मैत्री समाजको अग्रसरतामा रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको समेत सक्रिय सहभागितामा २५ सेप्टेम्बरका दिन नेपालको राजधानी स्थितरूसी विज्ञान तथा संस्कृति केन्द्रको प्राङ्गणमा विश्वविख्यातरूसी महाकविअलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापनागरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा नेपालकालागि रूसका राजदूतआन्द्रेइ बुदनिक, रूसी संस्कृति केन्द्रकानिर्देशक स्तानिस्लाभसिमाकोभ, रूस–नेपाल सहयोग तथा मैत्री समाजकाअध्यक्षमिखाइल नेक्रासोभ, नेपाल–रूस मैत्रीतथा सांस्कृतिक संघका अध्यक्षभगवानरत्नतुलाधर, पुश्किनको आवक्ष कांस्य प्रतिमाकानिर्मातामूर्तिकार ग्रिगोरी पोतोत्स्कीको समेत समुपस्थितिमा प्रतिमा अनावरण समारोह सुसम्पन्नभयो । त्यसै भव्यअवसरमाविश्व नेपाली साहित्यमहासंघका केन्द्रीय सल्लाहकार कृष्णप्रकाश श्रेष्ठद्वारारूसी भाषाबाट सोभै नेपालीमाअनुदितकाव्यसङ्ग्रह ‘रुसाल्का’ को पनिविमोचनभएको छ । उक्तकाव्यसङ्ग्रहको सम्पादनमा सहयोग पु¥याउने अनुवादककाभाइ, नेपालबालसाहित्य समाजकाअध्यक्ष तेजप्रकाशश्रेष्ठबाट रूसी महाकविको काव्यसङ्ग्रह ‘रुसाल्का’
More

भारत–पाकिस्तान तनाव बढ्यो

काठमाडौं । भारतले काश्मीरस्थित पाकिस्तानी सीमाक्षेत्र (लाइन अफ कन्ट्रोल) मा बिहीबार ‘सर्जिकल आक्रमण’ गरेपछि दक्षिण एसियाली दुई आणविक शक्तिबीच तनाव बढेको छ । तनावसँगै दुई देशबीच युद्धको छनक देखिन थालेको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले टविट गरेका छन्, ‘पाकिस्तान आतंकवादी मुलुक हो, यसलाई त्यही रूपमा लिएर एक्ल्याउनुपर्छ ।’ उता पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार सर्ताज अजिजले विज्ञप्ति निकाल्दै आफ्ना नागरिकलाई भनेका छन्, ‘मोदी सरकारका वरिष्ठ अधिकारीहरूका आधारहीन एवं गैरजिम्मेवार आरोपको प्रतिवाद गरौं ।’ गत सेप्टेम्वर १८ मा उरी आर्मी बेसक्याम्पमा भएको हमलाको जवाफका रूपमा भारतले बिहीबार पाकिस्तानी सैनिकमाथि आक्रमण गरेको हो । आक्रमणमा कति क्षति भयो भन्ने प्रस्ट जानकारी
More

नेपाली पर्यटन उद्योग पछाडि धकेलिदै

काठमाडौं– नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार मानिदै आएको पर्यटन क्षेत्र पछिल्ला पाँच बर्षयता सुस्त गतिमा चलिरहेको छ । प्रचुर सम्भावना बोकेको क्षेत्र पर्यटन, जहाँ राज्यले उपयुक्त लगानी नगरिक नै लाभ लिन मात्र खोजेको देखिन्छ । सरकारले कागजीरुपमा मात्रै कार्यक्रम घोषणा गर्ने कारण विश्व पर्यटन बजारमा नेपाली पर्यटन उद्योग धेरै पछाडी परिरहेको छ । नेपाल पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य मध्येको एक हो । यहाँको प्राकृतिक सुन्दरता, हिमाल, धार्मिक मठमन्दिर, भौगोलिक विविधता, विश्व सम्पदा सूचीकृत सांस्कृतिक सम्पदा, नेपाली कलासांस्कृति र पहिचानका कारण नेपाललाई विश्वमै पर्यटन क्षेत्रका लागि धनी देशका रुपमा लिइन्छ । विश्व पर्यटनको आकर्षक गन्तव्यको रुपमा लिने गरिएको नेपाल जहाँ विश्वको
More

अनुमतिबिना कोकाकोला कम्पनी सञ्चालनमा

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल (कोकाकोला) कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई सञ्चालन भइरहेको फेला परेको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका उजुरी आएपछि अनुगमन कार्य बढाएको बताउनुभयो । “कोकाकोला जस्तो बहुप्रतिष्ठित कम्पनीले लामो समयदेखि अनुमतिपत्र नलिई सञ्चालन गरिरहेको छ भने अरुको हालत के होला ?,” उहाँले भन्नुभयो । उक्त कम्पनीबाट कानुन बमोजिम रु चार हजार जरिवाना असुल गरिएको छ । यस्तै औद्योगिक क्षेत्रभित्रै सञ्चालन भएका कर्माचार्य प्लास्टिक उद्योग,
More

प्रम दाहाल भरतपुर अस्पतालमा

चितवनमा रहेको भरतपुर अस्पतालको बिहीबार बिहान आकस्मिक निरीक्षणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर : नारायण अधिकारी ।
More

दस वर्षमा त्रिशुली नदीले ५ सय ६१ को ज्यान लियो

चितवन । त्रिशुली जहिले पनि त्रास बोकेर बग्छ । यो विशाल नदीको किनारै किनार दैनिक हजारौ सवारी साधन गुड्छन् । लगभग ५७ किलोमिटर भन्दा लामो सडक क्षेत्र तल त्रिशुली अविरल बग्छ । यही अविरल र शान्तसंग वग्ने त्रिशुलीले सयौं नेपालीलाई निलिसकेको छ । घेरै दुर्घटनाको साक्षी बसेको त्रिशुलीको त्रास बढ्दो छ । त्रिशुली नदी किनारको सडक दुर्घटनामा परी अहिलेसम्म कतिले ज्यान गुमाए ? प्रहरी भन्छः १० वर्षयता पाँच सय ६१ जनाले ज्यान गुमाए । धादिङदेखि चितवनसम्मको सडक खण्डमा भएका सवारी दुर्घटनामा मात्रै यति धेरै ज्यान गएको प्रहरीले जनाएको छ । अंगभंग हुनेका संख्या हजार नाघेको छ । २०६३ यता नागढुंगाबाट
More

मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदबाट फिर्ता

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ । सो विधेयक संसद्मा विचाराधीन थियो । त्यसैगरी बैठकले चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को नाम परिवर्तन गरी मनमोहन स्मृति चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान राख्ने निर्णयलाई स्वीकृति दिएको छ । बैठकले संसद्मा विचाराधीन चिकित्सा शिक्षा ऐन पारित नभएसम्म नयाँ सम्बन्धन नदिने निर्णय गरेको छ भने न्याम्सको ऐन संशोधनका लागि संसद्मा पठाउने निर्णयसमेत गरेको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । न्याम्सको नाम परिवर्तनका लागि प्रस्ताव स्वास्थ्यमन्त्री थापाले राख्नुभएको थियो । मन्त्री थापाले बोलाएको न्याम्सको सिनेटको आकस्मिक बैठकले नाम परिवर्तन गर्ने निर्णय गरी स्कीकृतिका लागि
More

दुर्गाको ‘लुकेको आँशु…’ सार्वजनिक

काठमाडौ । गायिका दुर्गा दाहाल साउँदको दोस्रो एल्बम ‘लुकेको आँशु..’को ‘मन परेको मान्छे पाउँदा ….’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुढासब्बा म्युजिकले आफ्नो युट्युवमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेको हो । गीतमा शब्द ,स्वर, संगीत दुर्गा दाहाल साउँदकै रहेको छ । निकै रमाइलो तवरले तामधामका साथ निर्माण गरिएको भिडियोमा निशा शाह र उनका साथीहरुको अभिनय देख्न सकिन्छ । गीतको भिडियो मनोज थापाले निर्देशन गरेका हुन् । एल्बम ‘लुकेको आँशु’मा मनपरेको मान्छे पाउँदा, पैसा भन्दा सबै मर्ने, धराने लाहुरे, परदेशि जन्मभुमि सम्झिएर ,माया जालामा पारी गयौ,साकेला नाँचबोलका ६ गीत समावेश गरिएका छन् । दर्गाका यस अगाडी ‘हाई हाई
More

नवनियूक्त राजदूत क्षेत्रीको स्वागतमा को को पुगे हित्रो ?

लन्डन । बेलायतका लागि नवनियूक्त राजदूत डा. दुर्गाबहादुर क्षेत्री आफ्नो कार्य समाल्न बुधवार साँझ बेलायत आइपुगे । क्षेत्री आफ्नी श्रीमती पुनम क्षेत्री सहित लन्डन आइपुगेका हुन् । क्षेत्रीले बेलायतका लागि २० औं नेपाली राजदूतका रुपमा आफ्नो जिम्मेवारी समाल्दै छन् । राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए । झापाका स्थायी बासिन्दा सुवेदीले परराष्ट्र सेवामा प्रवेश गरेको झण्डै ३० वर्षको अवधिमा २१ भदौंमा लामो दौत्य सम्बन्धको इतिहास बोकेको मुलुकको राजदूत बन्ने अवसर पाएका हुन् । राजदूत नियुक्त हुनुअघि सहसचिव सुवेदी परराष्ट्र मन्त्रालयको प्रशासन
More

काँग्रेस जर्मनीको विषेश भेला हुदै

नेपाली जनसंपर्क समिति जर्मनीको विषेश भेला कोजाग्रज पुर्णिमाको अवसरमा जर्मनीमा रहेका सवै नेपाली काँग्रेसजनहरु विच हुने भएको छ । आवश्यक गृहकार्य अपूग भएका कारण अक्टोबर तिनलाई आयोजना गरिएको भेला पर सारिएको हो । नेपाली जनसंपर्क समन्वय समिति युरोपका अध्यक्ष दिल गुरुङ्गको प्रमुख आतिथ्यतामा हने उकत भेलाबाट गत वर्ष भएको भद्र सहमति बमोजिम नेपाली जनसंपर्क समितिका वर्तमान अध्यक्ष विजय मोक्तानले शिखर खड्कालाई अध्यक्षको पद हस्तान्तरण समेत गरिने अध्यक्ष विजय मोक्तानले बताए । जर्मनीमा रहेका नेपाली जनसंपर्क समितिका सवैलाई कार्यक्रममा सहभागि हुन जसंपर्क समितिले पत्रचार तथा इमेल गरिने छ ।कार्यक्रममा सहभागीहरुको अनुकुललाई ध्यानमा राखि सकेसम्म अन्य देशका प्रतिनिधीहरुलाई समेत सहभागी गराउने स्थान
More