Monthly Archives September 2016

आगामी सार्क सम्मेलन अनिश्चित

काठमाडौं । पकिस्तानमा आयोजना हुने भनिएको उन्नाइसौं सार्क शिखर सम्मेलन अनिश्चित भएको छ । भारतले आपसी सम्बन्धलाई कारण देखाउँदै सहभागिता जनाउन नसक्ने जनाउ दिएपछि सार्कको आगामी नोभेम्वरमा इस्लामावादमा हुने भनिएको सम्मेलन अनिश्चित भएको हो । भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको हो । अन्तरदेशीय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा सहभागिता जनाउन नसक्ने भारतीय विदेश मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा एउटा देशले तयार गरेको वातावरणका कारण इस्लामावादमा हुने सार्क सम्मेलनमा सहभागी हुने अवस्था नरहेको र सार्कका अन्य राष्ट्रको समेत सम्मेलनका बिषयमा ‘रिजर्वेसन’ रहेको आफूले पाएको जनाइएको छ ।
More

भारतीय राजदूत कोरला नाकामा

मुस्ताङ । भारतीय राजदूत रणजित राय छदिने मुस्ताङ भ्रमण गरी मङ्गलबार राजधानी फर्कनु भएको छ । यो बसाइमा नेपाल र चीनको सिमाना कोरलानजिक पुगेर त्यहाँको वस्तुस्थितिको समेत जानकारी लिनुभएको छ । छदिने भ्रमणका क्रममा राजदूत रणजित रायले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधा दर्जन आयोजनाको उद्घाटन गर्नुभयो । दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका राजदूतले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको भवन, कागबेनीमा निर्मित तटबन्ध र मुक्तिनाथस्थित झारकोटमा सामुदायिक भवनको उद्घाटन गर्नुभएको थियो । यही असोज ८ मा उहाँले मुक्तिनाथ दर्शन गर्नुका साथै मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको धर्मशाला र खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुभयो । स्थानीयवासी र मुक्तिनाथका
More

सुरक्षा निकायका प्रमुखलाई कुरान प्रदान

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा रहेकोे सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका (डिएसपी) प्रहरी नायब उपरीक्षकलाई कुरान प्रदान गरिएको छ । राष्ट्रिय मदरसा सङ्घले कृष्णनगरमा आउनुभएका (डिएसपी) प्रहरी नायब उपरीक्षक तारिखचन्द्र चौधरीलाई मुस्लिमको पवित्रा धार्मिक ग्रन्थ कुरान प्रदान गरिएको हो । प्रहरी नायब उपरीक्षक चौधरीसहित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रहरी निरीक्षक परशुराम पन्थी र इलाका प्रहरी कृष्णनगरका प्रमुख सञ्जय रिजाललाई स्वागत गर्दै कुरान दिइएको छ । राष्ट्रिय मदरसा सङ्घले समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्नका लागि अहोरात्र खटिने सुरक्षाकर्मीलाई मुस्लिमको धर्मको बारेमा पनि जानकारी होस् भन्दै कुरान प्रदान गरेको हो । राष्ट्रिय मदरसा सङ्घका अध्यक्ष
More

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको आज संसदीय सुनुवाइ गरेको छ । सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसद्मा पठाएको थियो । प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइका क्रममा आफ्नो अवधारणा, कार्ययोजना र सोच प्रस्तुत गर्नुभएको थियो । सो क्रममा उहाँहरुले आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएको खण्डमा दुई देशबीचको सम्बन्धलाई नेपालको हितमा केन्द्रित रहेर सुदृढ तुल्याउन योगदान दिने विश्वास दिलाउनुभयो । उहाँहरुले भन्नुभयो, “कूटनीति भनेको कला, कौशल र चातुर्यता हो, त्यसअनुसार कूटनीतिक जिम्मेवारीमा रहुन्जेल तटस्थ भएर काम गर्नेछौँ ।”
More

दलित विद्यार्थीलाई सहयोग

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष डा .भरत श्रेष्ठले दाङको दलित परिवारका दुई बालबालिकाको पठनपाठनमा सहयोग गर्नुभएको छ । घोराही नगरपालिका वडा नं ४ चौघेरा निवासी सन्ध्या नेपाली तथा विशेषजङ्ग नेपाली दिपशिखा उच्चमाविमा क्रमश: कक्षा ७ र ५ मा अध्ययनरत छन्। टुहुरा ती बालबालिकाको फि तिर्न समेत समस्या परेपछि डा. श्रेष्ठले उनीहरुको पठनपाठनमा सघाउने तत्परता देखाउनु भएको थियो। डा. श्रेष्ठ र उहाँको परिवारले पश्चिम नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीमा आफ्ना स्वर्गीय पिता भूपेन्द्रश्वर श्रेष्ठको संझनामा धर्मशाला बनाएको छ। त्यसैगरी दाङको धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा श्रेष्ठ परिवारकै लगानीमा धर्मशाला निर्माण भैरहेको छ । ब्रिटेनको प्लेमाउथमा सपरिवार बसीरहनुभएका डा. श्रेष्ठ तथा
More

जापानमा नेवा:भ्वय डान्स पार्टी हुने

टोकियो । टोकियोको आकाशाका मण्डलाको डी जे हलमा यहि अक्टोवर २ तारिख आईतवार “नेवा:भ्वय डान्स पार्टी हुने भएको छ । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले आइतवार बेलुकी ५ बजेदेखि १० बजेसम्म जापानमा नै पहिलो पटक आयोजना गर्न लागेको हो। विशेष गरि नेपाली युवा पुस्ताहरुको इच्छा र आकांक्षालाई मध्य नजर गर्दै जापानको व्यस्त, थकाई र मानसिक तनावहरुलाई दुर गर्नकासाथै एक आपसमा सम्पर्क बिस्तार गर्नका निम्ति यस अर्गनाईजेशनले जापानमा पहिलो पटक नेवा:भ्वयसंगै डान्स पार्टीको शुरुवात गर्न लागेको हो । नेपाली डिजे-सुसानको डिजेइंग तालमा नाच्दै, नेवा:भ्वय परिकारको साथमा साथि भाइ संग रम्दै अक्टोवर २ को दिन सबैजना नेपाली जन समुदायहरुलाई उपस्थित भइ कार्यक्रम सफल पारिदिनुहुनको
More

एउटै पदमा दुई जना अध्यक्ष चुन्दै नेदरल्याण्ड्स कांग्रेसको अधिवेशन सम्पन्न

आम्स्टर्डम । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाली जनसम्पर्क समिति, नेदरल्याण्ड्सको चौथो अधिवेशन आज आम्स्टर्डममा सम्पन्न भएको छ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका दुई जनालाई नै अध्यक्ष घोषित गर्दै अधिवेशन सम्पन्न भएको हो । तीब्र विवादका बीच भएको सहमति अनुसार उत्तम कँडेल पहिलो वर्ष अध्यक्ष हुनेछन् भने अर्को वर्ष पदम क्षेत्री अध्यक्ष हुनेछन् । चितवनबाट नेदरल्याण्ड बसाइ सरेक कँडेल वर्तमान कार्यसमितिका महामन्त्री हुन् भने क्षेत्री संस्थापक उपाध्यक्ष रहिसकेका छन् । यसअघि नेपाली कांग्रेसको महाधिवेशनमा प्रतिनिधि पठाउने क्रममा कँडेललाई पार्टीको कमाण्ड सुम्पिने सहमति भएको र प्याकेजमा महाधिवेशन प्रतिनिधिहरू चुनिएको थियो । कँडेल महाधिवेशन प्रतिनिधि थिएनन् । तर उक्त सहमति धोका भएको र
More

संविधान संशोधन गर्नु हुँदैन : नेता अधिकारी

काठमाडौं । नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले संविधान संशोधनको औचित्य नरहेकाले यसको कार्यान्वयनतर्फ लाग्नुपर्ने बताउनुभएको छ । प्रतिभा जाति नागरिक समाज नेपालले प्रकाशित गरेको ‘प्रतिभा सन्देश’ नामक पुस्तिकाको विमोचनका क्रममा पूर्वउपप्रधानमन्त्री अधिकारीले संविधानले सबै समुदायलाई अधिकार प्रदान गरेको बताउँदै यो समयसापेक्ष परिवर्तन हुँदै जाने भएकाले विदेशीलाई खुसी पार्न संशोधन गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो–“संविधान संशोधनभन्दा पनि यसको कार्यान्वयनका लागि सबैले ध्यान दिनुपर्छ, कार्यान्वयनपछि क्रमिक रुपमा परिवर्तन वा संशोधन हुनेछ ।” संविधान संशोधनका लागि विभिन्न कानुन तथा ऐन बनाउँदा संविधान नै असफल बनाउने तत्वले फाइदा लिने खतरा औँल्याउनुभयो । मुलुक आर्थिक समृद्धितर्फ अघि बढे मात्रै सबैखाले विभेद तथा असमानता हट्ने
More

दसैँअगाडि नै संशोधन प्रस्ताव

काठमाडौं । संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेस केन्द्रितको माग सम्बोधन गर्न सरकारले शीघ्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा आज भएको मधेसी मोर्चासँगको बैठकमा सरकार र मोर्चाका नेता संविधान संशोधनको प्रक्रिया चाँडो अगाडि बढाउन सहमत भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित मधेसी मोर्चाका नेताको बैठकले दसैँअगाडि नै संशोधनको प्रस्ताव अगाडि बढाउने सहमति भएको जनाएका हुन् । बैठकपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार चक्रपाणि खनालले मधेसी मोर्चासँगको वार्ता सकारात्मक भएको उल्लेख गर्दै संशोधनको प्रक्रियालाई चाँडो अगाडि बढाउन सहमति जनाइएको बताउनुभयो । उहाँले भन्नुभयो–“संशोधन प्रस्तावका विषयमा नेकपा (एमाले)सँग पनि छलफल
More

के हो अमेरिकाको राष्ट्रपतीय बहस ?

नारायण गाउँले । लन्डन । अमेरिकामा राष्ट्रपतिको चुनाब कस्ले जित्ने भन्ने कुरा उम्मेदवारले टेलिभिजनको पर्दामा प्रत्यक्ष उभिएर गर्ने बहसमा धेरै भर पर्छ । अर्थतन्त्र, स्वास्थ्य, सामाजिक सुरक्षा, वैदेशिक नीति र माइग्रेसनका मुद्दामा जसले स्पष्ट, तार्किक, तथ्यपूर्ण र प्रभावकारी प्रस्तुति दिन सक्छ, उसले चुनाब जित्छ । सारै कड़ा र वस्तुगत प्रश्नहरूका अगाडि हावादारी या लरतरो जबाफ दिनुको अर्थ पराजय हुने हुनाले तिनका अगाडि हाम्रा गुगलब्वायहरू फिक्का लाग्छन् । यस्तो बहस विश्वभर सबैभन्दा बढ़ी हेरिने र इन्टरनेटमा खोजिनेमध्ये पर्छ । उम्मेदवारले यसका लागि गहिरो अध्ययन, अनुसन्धान र तयारीमा लामो समय खर्चिन्छ, फलतः पहिले थाहा नभएका कतिपय विषयमा समेत उस्ले ज्ञान हासिल गर्छ
More

पहिलो टेलिभिजन बहसमा क्लिनटन “राम्रो ”

हेम्पस्टेड । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि सोमबार भएको पहिलो प्रत्यक्ष टेलिभिजन वसह भएको छ । सो बहसमा धेरै मतदाताले डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । विषयबस्तुदेखि प्रस्तुित सम्मका विभिन्न पक्षलाई हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प भन्दा क्लिनटन राम्रो भएको प्रारम्भिक सर्वेक्षणहरुमा देखाइएको छ । क्लिनटन दश देखि १५ प्रतिशत सम्म अगाडी रहेको देखिएको हो । बहसका क्रममा क्लिन्टनलाई धेरै पटक ट्रम्पले बोल्नै नदिएर अवरोध पु¥याएका थिए । त्यो अवरोध नै धेरैले नरुचाएको मत सर्वेक्षणमा बताइएको छ । अमेरिकामा जनमत आफूतिर पार्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरुको प्रत्यक्ष टेलिभिजन बहसहरुलाई निकै महत्वपूर्ण र निर्णायक
More

संविधानबारे भारतीय चासो आपत्तिजनक : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको संविधान कार्यान्वयनका सम्बन्धमा भारतीय चासो र भूमिका आमन्त्रण गरेको जनाउँदै आपत्ति जनाउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रतिपक्ष दलका नेताका हैसियतमा पहिलो सम्बोधन गर्दै उहाँले भारत भ्रमणबाट फर्केपछि संसद्लाई औपचारिक जानकारी नदिइएको र सार्वभौम नेपालको संविधानबारे साझा चासोका विषय झैँ अनावश्यक चासो र भूमिका आमन्त्रण गरिएको जिकिर गर्नुभयो । ‘‘नेपाल र भारतबीचको सम्बन्ध कहाँ बिग्रेको थियो ? के सप्रियो ? प्रधानमन्त्री हट्नु वा नयाँ प्रधानमन्त्री बन्नु सप्रनु हो ? के कुनै नाकाबन्दी थियो वा व्यवधान थियो र हट्यो कि ?’’ अध्यक्ष ओलीले प्रश्न गर्दै
More

दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

“गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भन्नुभयो । कक्षा ६ उत्तीर्ण भएसँगै १६ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी केसीलाई आजभोलि अध्ययन बीचमै रोकिएकोमा निकै ठूलो पछुतो परेको छ । ओनसरी दिदीले जस्तै देश चलाउन नसके पनि पढेको भए जागिर खाएर आफ्नो खुट्टामा उभिने थिएँ, उहाँले भन्नुभयो । त्यतिबेला बालविवाहको बारेमा केही पनि नबुझेको बताउने केसीले ह्वामा–१ कर्तम, रोल्पाका १६ वर्षकै विक्रम केसीसँग आजभन्दा करिब चार वर्ष पहिले प्रेम विवाह गर्नुभएको थियो भने १७ वर्षको उमेरमा उहाँ आमा बनिसक्नुभएको थियो । हाल केसीको परिवार बसाइँसराइ गरेर
More

विश्व पर्यटन दिवस

पोखरा विमानस्थलमा ३७ औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटकको स्वागतमा आयोजित सांस्कृतिक कार्यक्रममा रमाउँदै पर्यटक । तस्बिर : वासुदेव पौडेल ।
More

धादिङमा सडक दुर्घटना : १७ जनाको निधन

आश्विन । धादिङमा बस दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ । सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो । मंगलबार बिहान ७ बजे धादिङबेसीबाट छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सवारी सञ्चालन अनुमति पत्र नलिई धादिङबेसीबाट छुटेको बसमा कति यात्रु सवार थिए भन्ने नखुलेको छैन । दुर्घटनामा ९ जना गम्भीर घाइते भएको बताइएको छ । ग्रामिण सडक हुँदै झारलाङ्ग गाविसको चिताङ्गका लागी छुटेको बस दुर्घटनामा परेको खबर आए लगत्तै प्रहरीको टोली त्यसतर्फ गएको छ ।
More

क्यान्सर पीडितलाई गुल्मी समाज यूकेको सहयोग

लन्डन– गुल्मी जिल्ला समाज यूकेको पहलमा क्यान्सर पीडित दुई जनालाई आर्थिक सहयोग गरिएको छ । विगत तीन महिनादेखि कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका गुल्मी धुर्कोट बस्तुका ५ बर्षीय बालक रोयल पाण्डेलाई गुल्मी जिल्ला समाज यूकेको पहलमा १ लाख ९६ हजार ३ सय ४० रुपैयाँ सहयोग गरिएको छ । गुल्मी जिल्ला समाज यूके र पिटरबोरो समाज यूकेसँग आबद्ध समाजसेबीहरूबाट संकलित उक्त रकम सेप्टेम्वर २५ तारिखमा समाजसेवी एवं पूर्व सांसद रूद्रमणि भण्डारीले अस्पतालमा पुगेर बालकका आमाबुवालाई हस्तान्तरण गरेका हुन् । गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं पिटरबोरो नेपाली समाज यूकेका निवर्तमान उपाध्यक्ष केशव भण्डारी र गुल्मी जिल्ला समाज यूकेका महासचिव
More

धादिङमा बस दुर्घटना हुदा ११ को मृत्यु

धादिङमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए। घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल दूरीमा पर्दछ। उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
More

घटनास्थलमा बिलौना गर्दै घिमिरेका आफन्त

चितवन । कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बन्नुभएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता हुनुहुन्छ । आइतबार साँझ अबेर उहाँ चढेको गाडी त्रिशूली नदीमा खसेर उहाँहरु वेपत्ता भएदेखि नै कुरिनटारको घोप्टेभिरमा उहाँहरुको अवस्था बुझ्न आउनेको भीडभाड छ । सोमबार बिहान सबेरैदेखि घिमिरेका इष्टमित्र, आफन्त हुँदै नेपाल सरकारका उच्च पदस्थ कर्मचारी समेत घटनास्थल आइपुगेका थिए । चितवन र छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्लास्थित प्रमुख पनि घोप्टेभिर पुगेर उहाँको खोजीका लागि सहयोग गरिरहेका छन् । सोमबार बिहान घटनास्थल घोप्टेभिरमा बिलौना गरिरहनुभएकी दीपा
More

मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । मोर्चाको हिजो सोमबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको छ । बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले दाहालले मोर्चालाई धोका दिएको आरेप लगएका थिए । बैठकपछि मोर्चाका नेता रामनरेश रायले मधेस आन्दोलनका क्रममा लगाइएको झुट्टा मुद्दा फिर्ता नभएकोमा बैठकले दुःख व्यक्त गरेको बताए । संविधान संशोधनलगायत आफ्ना मागबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी निर्णायक छलफल गर्ने मोर्चाको एक घटक राष्ट्रिय समाजवादी पार्टी महासचिव केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले सहमतिअनुसार आन्दोलनमा लगाइएको
More

मलेसिया जाने कामदार पाइला-पाइलामा ठगी

काठमाडौं । नेपालबाट मलेसिया जाने कामदारलाई विभिन्न तहमा ठगी हुने गरेको छ । यहाँ आयोजित पत्रकार सम्मेनमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजङ्ग शाहीले त्यहाँस्थित कंले नेपाली कामदारका लागि निःशुल्क पठाउने प्रवेशाज्ञा तथा टिकटमा स्थानीय बिचौलिया, नेपाली दूतावास तथा विभिन्न रोजगारदाता संस्था मिलेर अनियमितता गर्ने गरेको आरोप लगाउनुभयो । मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमान सिंह बस्न्यातको असहयोगका कारण त्यहाँ बसोबास गर्ने नेपालीले पीडादायी जीवनयापन गर्न बाध्य भएको उहाँको भनाइ थियो । शाहीका अनुसार मलेसियामा बस्ने नेपालीलाई नेपाल फिर्ता गर्न राजदूत बस्न्यातले गैरकानुनी तवरबाट मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई दूतावासकै परिसरमा कार्यालयका लागि निःशुल्क ठाउँ उपलब्ध गराइएको छ
More