Daily Archives September 1, 2016

संविधान संशोधनको औचित्य पुष्टि गर : महासचिव पोखरेल

सिन्धुली । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन प्रस्तावको औचित्य पुष्टि गर्न आग्रह गरेका छन् । सिन्धुलीमाडीमा आयोजित प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक तथा अन्तरसंवाद कार्यक्रममा महासचिव पोखरेलले सत्तामा जाने भ¥याङ बनाउनका लागि मात्र एमाले संविधान संशोधनका लागि तयार नहुने भन्दै औचित्य पुष्टि गर्न आग्रह गरेका हुन् । केका लागि संविधान संसोधन चाहेका हुन् ? प्रष्ट रुपमा नल्याएसम्म एमालेले यसबारे कुनै बहस र टिप्पणीसमेत नगर्ने उनको भनाइ थियो । महासचिव पोखरेलले सरकारले पूर्णता नपाउँदै कुटनीतिक मर्यादा विपरित दुर्ई छिमेकी मुलुकमा दूत पठाएर प्रधानमन्त्री दाहालले अपरिपक्व व्यवहार देखाएको भन्दै भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्र सार्वजनिक गर्न माग समेत गरे ।
More

हिन्दू राष्ट्र पुनस्र्थापनाको प्रस्ताव राप्रपाले ल्याउने

सिराह । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मधेसवादी दलको माग अनुसार संविधान संशोधनको प्रस्ताव ल्याइए त्यससँगै धर्म निरपेक्षताको अन्त्य र हिन्दू राष्ट्रको पुनस्र्थापना सम्बन्धी प्रस्ताव पनि ल्याउनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले संविधान संसोधनको प्रस्ताव ल्याउँदा धर्म निरेक्षताको अन्त र हिन्दू राष्ट्रको पुनस्र्थापना सम्बन्धी संशोधन प्रस्ताव पनि ल्याउन माग गरेका हुन् । जनताको हितमा ल्याउने संशोधन प्रस्तावप्रति आप्नो समर्थन रहेको जनाउँदै अध्यक्ष थापाले मधेसवादी दलको माग अनुरुप ल्याउने भनिएको संविधान संशोधनको प्रस्ताव भने देखावटी मात्र भएको आरोप लगाए । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले मधेसवादी दलहरुको उपयोग मात्र गरेको बताउदै थापाले भारत भ्रमणमा
More

लामाबगरमा पहिरो, दुईको मृत्यु, पाँच वेपत्ता

दोलखा । दोलखाको लामाबगर–४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरो झरी चार घर बगाउँदा दुइ जनाको मृत्यु भएको र पाँचजना नागरिक हराइरहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभएको छ । हराइरहेका सातमध्ये हालसम्म दुईजनाको शव पहिरोभित्रबाट निकालिएको छ । भेटिएका एकको शव २० वर्षीय जोतुले तामाङको रहेको र अर्कोको पहिचान नभएको बताइएको छ । पहिरोले स्थानीयवासीको घर बगाउँदा भएका सबै सम्पत्ति नष्ट भएको सशस्त्र प्रहरी बल लामाबगरले बताएको छ । गएराति अविरल परेको वर्षाका कारण करिब १०-११ बजे पहिरो झर्दा स्थानीयवासीलाई उद्धार गर्न समस्या परेको थियो । सो पहिरोबाट ५३ वर्षीय चिनियाँ नागरिक चि नामका पनि घाइते अवस्थामा भेटिएको बताइएको छ
More

आज बाबुको मुख हेर्ने पर्व

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइँदैछ । दिवङ्गत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीन÷तीन पुस्ताका पितृले मोक्ष पाउने
More