Daily Archives September 2, 2016

नृपेश उप्रेतीको मन मुटु नदुख्ने के छ औषधी सार्वजनिक (भिडियो सहित)

पहिलो पटक चर्चित गायक शिव परिवार र प्रमोद खरेललाई एक साथ गजल गवाएर चर्चामा आएका गीतकार नृपेश उप्रेतीको नयाँ गजल “मन मुटु नदुख्ने के छ औषधी ?” सार्वजनिक भएको छ। नबोदित गायक विशाल घिमिरेको आवाजमा सजिएको यो गजलमा जोनी योञ्जनले संगीत भरेका हुन। यसअघि “जति धेरै” बोलको गीत सार्वजनिक गरेका गायक घिमिरेलाई संभावना बोकेका गायकको रुपमा हरिएको छ। पुर्व झापालाई कर्मभुमी बनाएर संगीतमा होमिएका गायक घिमिरे पुर्वाञ्चलमा निकै चर्चित पनि छन। उनले झापामानै संगीतकार कृष्ण योञ्जन बाट संगीतको प्रशिक्षण लिएका हुन र उनी हरेक बिधाका गीत गाउन पोख्त मानिन्छन्। गीतकार उप्रेतीका यस अघिका सबै गीत गजलहरु चर्चित तथा स्थापित गायक
More

एनआरएन क्षेत्रिय सम्मेलनमा मनपरी खर्च

काठमाण्डौं । गैरआवासीय नेपाली सँघको आइतवार सम्पन्न क्षेत्रिय सम्मेलनको खर्च विवरण सार्वजानिक गरिएको छ । बिहिबार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा आयोजित पत्रकार भेटघाटमा सम्मेलनका संयोजक एवं एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामाले प्रस्तुत गरेको आम्दानी र खर्चको विवरणमा मनपरी खर्च गरेको देखिएको छ । सम्मेलनबाट गैरआवासीय नेपाली सँघको भवनका लागि करिब २ करोड रुपैयाँ संकलन भए पनि आयोजकले बिभिन्न शिर्षकमा मनपरी खर्च गर्दा ९२ हजार २ सय ७८ डलर २४ सेन्ट बचत देखाएको छ । लामाले हस्ताक्षर गरेको वक्तब्य एनआरएन आईसीसीका प्रवक्ता रञ्जु वाग्लेले पढ्दै सम्मेलनका लागि कुल खर्च १ लाख ५१ हजार ४ सय ५२
More

के दीपकुमार मात्रै अक्षम हुन् ?

भारतका निम्ति पूर्वराजदूत दीपकुमार उपाध्यायलाई सरकारले पुनः राजदूत नियुक्त गरेपछि अहिले विभिन्न टिप्पणीहरू चर्चामा आएका छन् । उनलाई पूर्ववर्ती सरकारले अक्षम र राज्यविरुद्ध द्रोह गरेको आरोपमा फिर्ता बोलाएको थियो । अहिले नाकाबन्दी हटाउनमा उनको अक्षमतालाई लिएर तीखा टिप्पणी भएका छन् । पाँच महिना लामो नाकाबन्दीमा एक लिटर तेल र दुई बट्टा सिटामल कतैबाट किनेर ल्याउन नसक्नेहरू सक्षम तर त्यतिबेलाको एउटा राजदूत अक्षम कसरी हुन्छ ? नाकाबन्दी राजदूतले खोल्छ भनेर सरकार हात बाँधेर बसेको हो ? आफ्नो गास काटेर विदेशीहरूले पठाएको चामल खाल्टोमा गाड़नेहरू सक्षम हुन् ? चीनले अनुदानमा दिएको इंडक्शन चुलो र तेलमा समेत कालाबजारी गर्नेहरू सक्षम हुन् ? नाकाबन्दीका
More

उपाध्याय राजदूतमा किन दोहोरिए ?

काठमाडौं । सरकारले चीन र भारतबाट उच्चस्तरीय भ्रमणलाई मध्यनजर गर्दै बिहीबार छिमेकी भारत र चीनमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूतमा क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौड्यालको नाम सिफारिस गरेको हो । किन दोहोरिए उपाध्याय ? भारतका लागि निवर्तमान राजदूत दीपकुमार उपाध्यायलाई सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा फिर्ता बोलाइएको थियो । जसमा कांग्रेसले आपत्ति जनाएको थियो । सरकारले उनलाई पठाइएको पत्रमा भने कुनै अभियोग लगाइएको थिएन । माओवादी–कांग्रेस गठबन्धन सरकार गठन भएलगत्तै भारतमा उपाध्यायलाई दोहो-याउने सहमति भएको थियो । उपाध्यायले कार्यकालको एक वर्ष मात्रै काम
More

श्रीराम मन्दिरमा तीजको निम्तो

लन्डन । यही सेप्टेम्बर ४ तारिख, आइतबारका दिन लण्डन, साउथहलस्थित श्रीराम मन्दिरमा तीजको अवसरमा विश्व हिन्दु महासंघ युकेको आयोजनामा पुजाआजा सहित भव्य कार्यक्रम हुनलागेको छ । दिउँसो एक बजेदेखि अपरान्ह पाँचबजेसम्म हुने कार्यक्रममा महासंघले रुद्री पुजा तथा विशेष मन्त्र पाठको व्यवस्था पनि मिलाएको छ। त्यस्तै पुजाआजा सम्पन्न भैसकेपछि तीजको नाचगान र रमाइलोका लागि तीजका रमाइला गीतहरु सहित डिजेको पनि व्यवस्था गरिएको छ। “हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्वका अवसरमा सँधैजस्तै यसपटक पनि श्रीराम मन्दिरमा आयोजना हुन गैरहेको पुजाआजा तथा नाचगान कार्यक्रममा सहभागी हुन हामी बेलायतस्थित सबै नेपाली दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौं,” विश्व हिन्दु महासंघ युकेका अध्यक्ष चिरन्जीवी ढकालले भन्नुभयो।
More