Daily Archives September 3, 2016

श्रीराम मन्दिरमा तीजको निम्तो

यही सेप्टेम्बर ४ तारिख, आइतबारका दिन लण्डन, साउथहलस्थित श्रीराम मन्दिरमा तीजको अवसरमा विश्व हिन्दु महासंघ युकेको आयोजनामा पुजाआजा सहित भव्य कार्यक्रम हुनलागेको छ। दिउँसो एक बजेदेखि अपरान्ह पाँचबजेसम्म हुने कार्यक्रममा महासंघले रुद्री पुजा तथा विशेष मन्त्र पाठको व्यवस्था पनि मिलाएको छ। त्यस्तै पुजाआजा सम्पन्न भैसकेपछि तीजको नाचगान र रमाइलोका लागि तीजका रमाइला गीतहरु सहित डिजेको पनि व्यवस्था गरिएको छ। “हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्वका अवसरमा सँधैजस्तै यसपटक पनि श्रीराम मन्दिरमा आयोजना हुन गैरहेको पुजाआजा तथा नाचगान कार्यक्रममा सहभागी हुन हामी बेलायतस्थित सबै नेपाली दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौं,” विश्व हिन्दु महासंघ युकेका अध्यक्ष चिरन्जीवी ढकालले भन्नुभयो। “नेपाल बाहिर बसेर
More

शान्ति नेपाली समाज बेलायतले मनाइयो तीज

लन्डन । हिन्दू नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा विशेष कार्यक्रम गरेको छ । सामसुङ ब्याङक्यूटिङ हलमा आयोजित उक्त कार्यक्रम जेष्ठ अतिथि कुन्तकला खरेल र कार्यक्रमका सभापति अध्यक्ष काशीनाथ शर्माले दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए । उक्त अवसरमा तीज गीत, कविता, लाखे नाच प्रदर्शन भयो । कार्यक्रम संस्थाका अध्यक्ष काशीनाथ शर्माको अध्यक्षतामा भएको हो । सुनिता 
तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा
 संस्थाका प्रवक्ता भुपेन्द्र पाठकले स्वागत मन्तव्य दिए । पञ्चकन्याबाट राष्ट्रिय गान, नेपाली शहीदप्रति मौनधारण गरेर शुरु कार्यक्रममा श्रीमती गोमा पौडेलले शुभकामना मन्तव्य दिइन् । कार्यक्रममा दिप्ती सापकोटाले वर्ष दिनको तीज आयो, सृष्टि के.सी. र दिपा न्यौपानेले हामी
More

A tribute to my father

My father, Lok Bahadur Dangi, was born on March 5, 1951 in an ordinary family in Pokhara, a small village in Nepal’s Dang district located 426 km west of capital Kathmandu. While I still remember my first saddle baby ride on my father’s shoulder during our move from the villages of Bankatta to Dhikpur in Dang district, I have never expected that this day would come so soon. Like many other brothers and sisters, I am observing this father’s day very painfully without a figure who started me on the path of enlightenment through education from my early age. We
More

लन्डन मेलामा मेयर सादिक खानसँग नेपाली शेल्फी (फोटो फिचर)

लन्डन । वेम्ली पार्कमा आयोजित १४ औं लन्डन मेलामा छुट्टै चहल पहल थियो । शनिवार आयोजित मेलामा नेपालको पर्यटन प्रर्वधनका लागि नेपाली समूदायले सकृयता देखाए । लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा स्टल राखेर मेलाका आगन्तुकलाई पर्यटन प्रवर्धनात्मक सामाग्री बांडियो । मेला संगीत, खाना र कलाको समेत समिश्रण थियो । बिभिन्न देशका प्रतिनिधीहरुले आआफ्नो कलासंस्कृति झल्काउने सामाग्री पस्केका थिए । दूतावासका थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी, दूतावास कर्मचारी र नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी एवं एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारी आफैं लिफलेट, ब्रोसर, पत्रिका र अन्य सामाग्री बांड्न व्यस्त भए । मेलामा सहभागी
More

अस्ट्रेलिया पहिचान सहितको तीज कार्यक्रम

जिलोङ, अस्ट्रेलिया, १ सेप्टेम्बर: अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब पाको मार्फत नेपालको पहिचान दिने र फरक र प्रभाबकारी ढंगबाट बिभिन्न किसिमका चाड पर्ब मनाउँदै चर्चामा आउने गरेको जिलोङ शहरमा पहिलो पटक जिलोङ नेप्लिज एसोशियशनले एउटा फरक पहिचान सहितको तीज कार्यक्रम मनाएको छ । चाडबाडको नाममा बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धाका कारण समाजमा बढ्दै गएको अनाबस्यक बिकृति आजकाल सबैतिर चासो र चिन्ताको बिषय बन्दै गए​​को छ । यही कुरालाई बिचार गरेर यस्ता किसिमका बिकृतिलाई निरुत्साहित पनि गर्ने र आफ्नो कला र संस्कृतिको जगेर्ना पनि गर्ने अभिप्रायले जिलोङमा आयोजना गरिएको
More

बुद्धले भारतको भूमिबाट विश्वमा शान्ति फैलाए : भारतीय प्रम मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत वुद्धको भूमि भएको दावी पुनः दोहो-याएका छन् । भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले भारत र भियतनामलाई बुद्ध र बुद्धत्वले जोडेको वताउदै बुद्धको धर्तीको रुपमा भारत भियतनामी नागरिकको स्वागत गर्न सदैव तयार रहेको बताएका छन् । शनिबार भारतीय प्रधानमन्त्री मोदीले भियतनामको राजधानी हनोईमा आयोजित बुद्ध धर्मावलम्बीहरुको कार्यक्रमलाई समबोधन गर्दै भारत वुद्धको भूमि भएको आफ्नो पुरानो भनाई दोहो¥याएका हुन । भारत भ्रमण गर्ने जोकोहीको पनि अनुहारमा शान्तिको चमक हुने उल्लेख गदैै बुद्धले भारतको भूमिबाट विश्वलाई दिएको शान्तिको सन्देश जुगौसम्म अमूल्य रहने बताए । भारतीय प्रधानमन्त्री मोदीले बुद्धत्वको प्रचार प्रसारमा भारत निरन्तर समर्पित रहने उल्लेख गर्दै
More

एमाले गोयवल्स शैलीमा उत्रियो : निधि

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन नगरी स्थानीय चुनाव हुन नसक्ने बताउनु भएको छ । काँग्रेस निकट पत्रकारसँगको अन्तरक्रियामा निधिले संविधान संशोधन नभएसम्म चुनावको वातावरण नबन्ने बताउनुभयो । चैतमा चुनाव गर्ने गरी संविधान संसोधनबारे अनौपचारिक छलफल चलिरहेको उहाँले बताउनुभयो । संविधानमा विरोधाषभपूर्ण धारा रहेकोले संविधान संशोधन गर्नैपर्ने उपप्रधानमन्त्री निधिको तर्क थियो । उहाँले राज्य पुनसंरचना आयोगको प्रस्तावमा सहमति जुटाउन पनि दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भारतसँग फाष्ट ट्रयाकको बिषयमा कुरै नभएको दावी गर्नुभयो । पहिलो प्राथमिकता नेपाल आफैले बनाउने भन्ने हो, निधिले भन्नुभयो, नसक्दा विदेशीलाई दिने हो, तर कसलाई दिने र नदिने भन्ने कुरामा बहस
More

अविराम बाबुराम सार्वजनिक

काठमाडौं । भूतपूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको जीवनीमा आधारित किताब ‘अविराम बाबुराम’ सार्वजनिक भएको छ । पत्रकार अनिल थापाले लेखेको किताबको काठमाडौंमा एक समारोहकाबीच डाक्टर भट्टराईका पिता भोजप्रसादले सार्वजनिक गर्नुभयो । कितावमा भट्टराईको गोरखादेखि कार्यकारी प्रमुखसम्मको यात्रा र राजनीतिक उतारचढाव समेटिएको छ । किताबले प्रचण्ड–भट्टराई सम्बन्धलाई थप बुझ्न मद्दत गर्नेछ भने अहिले कम्यूनिष्ट आन्दोलन छोडेर नयाँ शक्ति पार्टी बनाएका भट्टराईले चालिस वर्ष अघि नै यस्तै प्रकारको साेंच राख्ने भनेर किताबमा उल्लेख गरिएको छ । किताबमाथि टिप्पणी गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले किताब पढेपछि बाबुराम भट्टराईका विषयमा केही प्रश्न उठ्ने र त्यसले नेपाली राजनीतिका केही रहस्य बाहिर आउने दावी गर्नुभयो ।
More

सिटी सेन्टरमा रीमासँगै झुमे दर्शक

काठमाडौं । शपिङ गर्न र घुम्न आएकाहरु शनिबार कमलपोखरीस्थित सिटी सेन्टरमा तीज गीतमा मज्जाले रमाए । शनिबारे पुर्सद निकालेर त्यहाँ सिटी सेन्टर पुगेका उनीहरु दर्शकमात्र भएनन्, धितमरुञ्जेल नाचे पनि । गायिका निशा देसारले ‘माइती घर’ बोलको आफ्नो तीज गीत प्रस्तुत गर्दा उनीसँगै महिला दर्शकले पनि माइती सम्झिँदै नाचे । ‘जमाना खराब छ’ र ‘अजनबी’ जस्ता गजलमार्फत चीम्कएकी निशाले आफ्नो पछिल्लो पप गीत ‘लत लाग्यो’ गाउँदा दर्शक उनीसँगै झुमे । हो, तीजको पूर्वसन्ध्यामा आयोजित ‘तीज विशेष कार्यक्रम’ मा गायिका निशाले मात्र नभएर अभिनेत्री तथा मोडल रीमा विश्वकर्मालगायतका दर्जनौ कलाकारले तीज गीतमा गाएर तथा नाचेर मनोरञ्जन प्रदान गरे । गायिका लाक्पा भुडियाको
More

अबौँको चकलेट र चुइगम आयात

काठमाडौँ । मुलुकभित्र थुप्रै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि नेपाल अहिलेसम्म यसमा आत्मनिर्भर हुन सकेको छैन । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाका अनुसार यसवर्ष रु छ अर्ब ३४ करोड तीन लाख ९१ हजारको चकलेट र रु एक अर्ब ८४ करोड ७८ लाख सात हजारको चुइगम आयात भएको छ । भन्सार विभाग, त्रिपुरेश्वरले (आव २०७२÷०७३) मा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा नेपालमा विश्वका २१ देशबाट चकलेट र १० देशबाट तयारी चुइगम आयात भएको उल्लेख छ । मुख्यतया कृषिबाट प्राप्त हुने कच्चा पदार्थको प्रयोग गरी उत्पादन गर्न सकिने चकलेट र चुइगमको आयात प्रतिस्थापन गर्न लगानी मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने धारणा चकलेट
More