Daily Archives September 5, 2016

नेपाली साहित्य विकास परिषद यूकेको अधिवेसन स्थगित

लन्डन । नेपाली साहित्य विकास परिषद यूकेको अधिवेसन स्थगित गरिएको छ । यही सेप्टेम्बर २५ तारिख लन्डनमा हुने भनिएको अधिवेसनको सम्पूर्ण निर्वाचन समिति कार्यक्रम अर्को सूचना प्रकाशित नहुने बेला सम्मका लागि स्थगित गरिएको परिषदका कार्यवाहक अध्यक्ष कमल मल्लले जनाए । यसअघि १० औं अधिवेसनबाट नयाँ कार्यसमितिको निर्वाचनका लागि कृष्ण भट्टको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिले आफ्नो निर्वाचन तालिका प्रकाशित गरिसके पछि बिषेश कारण देखाउदैं सबै अधिवेसनको कार्यतालिका अर्को मितिमा गर्ने तयारी गरिएको छ । परिषदको अर्को अधिवेशन नोभेम्बरको अन्तिम सम्म गराइ सक्ने योजना रहेको मल्लले बताए । परिषदले परिषदका सदस्य, साहित्यकार, कवि तथा सम्वन्धि सबैमा
More

मोहम्मद मस्तकिम त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । नेपाल र भारतमा दर्जनौ ब्यक्तिको हत्याका आरोपी मोहम्द मस्तकिम भनिने रईस मियालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीमा चार र सुनसरीका तीन जनाको हत्याका आरोपी उनलाई बैदेशिक रोजगारीका लागि जाने क्रममा आईतवार त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिए । बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत लौकहा बगमरिया घर भएका उनीमाथि बिहारमा एक दर्जन भन्दा बढी हत्याको मुदा दायर छ । सप्तरी जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका मिया सप्तरीको सारस्वर गाबिसमा बस्दै आएका थिए । बिमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएका रईसलाई सप्तरी लगेर जिल्ला प्रहरी कार्यालयमा सोमवार पत्रकार सम्मेलन गरेर सार्बजनिक
More

घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि

राष्ट्रपति विद्यादेवी भण्डारी र कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार मध्यपश्चिमञ्चल विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा नेपाली साहित्यकी विलक्षण प्रतिभा एवम् प्रेरणादायी व्यक्तित्व झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न आयोजित समारोहमा सहभागी हुनुहुँदै । तस्बिर : रोशन सापकोटा ।
More

मैले सम्पूर्ण नेपालीको मन पढेँः झमक

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मपविवि) ले साहित्यकार झमककुमारी घिमिरेलाई आज मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालयको गत जेठ २५ गते बसेको बैठकले साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको थियो । यहाँ आज आयोजित दीक्षान्त समारोह–२०७३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार घिमिरे नेपाली साहित्यमा अद्वितीय प्रतिभा धनी भएको बताउनुभयो । राष्ट्रपतिले भन्नुभयो, “जन्मजात शारीरिक दुर्बलता भए पनि आशावादी चिन्तन लिएर कठोर परिश्रम गरी नेपाली साहित्यको साधनामा लागिरहने साहित्यकार घिमिरे सशक्त नारी स्रष्टा हो । उहाँ सबैको जीवनका लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ ।” नेपालका विश्वविद्यालयले प्राविधिक, सीपमूलक, खोज तथा अनुसन्धानमूलक शिक्षा दिनुपर्नेमा जोड दिँदै उहाँले जल, जमिन
More

एउटै लक्ष्य एउटै सार :

मानव बेचविखनविरुद्ध दसौं राष्ट्रिय दिवसका अवसरमा समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिबिस) ले सोमबार बिहान निकालेको प्रभातफेरिपछि सामूहिक तस्बिर खिँचाउँदै । यसपटक ‘एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार’ नारा तय गरिएको थियो ।
More

दबाबमा संविधान संशोधन हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैको दबाब र भड्काउमा देश र लोकतन्त्रको अहित हुने गरी संविधान संशोधन गर्न नहुने बताउनुभएको छ । नियमित उपचारका लागि दुई साताअघि थाइल्यान्ड जानुभएका अध्यक्ष ओलीले आज स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै संविधान आफैंमा गतिशील दस्तावेज भएकाले यसलाई देशको आवश्यकताका आधारमा संशोधन गर्न सकिने तर कसैका स्वार्थ वा अर्घेल्याइँ सम्बोधनका लागि बिना औचित्य गरिने संशोधनमा एमालेको समर्थन नहुने जनाउनुभयो । सत्ता गठबन्धनले मधेसी दलको आग्रहमा संविधान संशोधन गर्न प्रयास गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले आफूहरुसँग कसैले कुरा नगरेको र हल्लाका भरमा त्यसमा प्रतिक्रिया दिनुको पनि अर्थ नभएको स्पष्ट गर्नुभयो ।
More

ज्योति मगरले यूएईका नेपालीहरुलाई छमछमी नचाए

यूएई- हिन्दु नारीहरुको महान चाड हरीतालीका तिजको अवसरमा गैर आवासिय नेपाली संघ (एनआरएनए) र अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) रासअल-खैमा क्षेत्रीय समितीले आयोजना गरेको ‘नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३’ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यूएईका उपाध्यक्ष गोपी कृष्ण पङ्गेनीको सभापतित्व तथा युएईका लागि कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बिशेष अथितीहरुमा एनआरएन युएईका अध्यक्ष सुदीप कार्की, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोईराला, नेपाली सोसल क्लबका अध्यक्ष सालीक सुबेदी, समाजसेवी एवम पत्रकार डिल्ली प्रसाद आचार्य तथा डा. दिनेश आचार्य लगायतको
More

नेदरल्याण्डको अन्तर्राष्ट्रिय मेलामा नेपालको सहभागिता

नेदरल्याण्ड- यहि ३ सेप्टेम्बरको दिन नेदरल्याण्डमा भएको एम्बेसी फेस्टिभल नामक अन्तर्राष्ट्रिय मेलामा स्थानीय नेपालीहरुले नेपालको सानदार उपस्थिति गराएका छन् । संसारका ४३ भन्दा बढि देशहरुको सहभागितामा यहि ३ सेप्टेम्बरको दिन नेदरल्याण्डको द हेग शहरमा आयोजना भएको यस कार्यक्रममा नेपालले प्रथम पटक उपस्थिति जनाएको हो। नेपाली राजदूतावास बेल्जियम, एनआरएनए संस्कृति सम्पदा भाषा तथा साहित्य प्रवर्द्धन समिति, नेदरल्याण्डका लागि नेपाली कन्सुलेट, एनआरएनए नेदरल्याण्ड, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास, लालिगुरास,हिमचुली कला केन्द्र, नेदरल्याण्डका नेपाली व्यवसायीहरु, नेपाली सोसाइटी द हेग लगायतका संघ-संस्था र नेदरल्याण्डमा रहेका नेपालीहरुको संयुक्त पहलमा भएको उक्त अन्तर्राष्ट्रिय फेस्टिभलमा नेपालको सांस्कृतिक प्रस्तुतीहरु तथा रमणीय भौगोलिक अवस्था झल्काउने विभिन्न सामाग्रीहरु प्रस्तुत गरिएका
More

क्यानडामा तीज कार्यक्रम भव्य

अटवा- एनआरएन क्यानडाले गतबर्षझैं यस बर्ष पनि क्यानडाको राजधानी अटवामा नेपाली महिलाहरुको हरितालिका तीजपर्वलार्इ सेप्टेम्वर ३ तारिक शनिवारका दिन भव्यरुपमा मनायो । आआफ्ना घरबाट पकाएर ल्याएका खिर, लट्टे, पुलाउ, आलुचना, आलुतामा विभिन्न प्रकारका अचारजस्ता विविध नेपाली परिकारहरु खाएर तीज पर्व मनाए । नेपाल भन्दा हजारौं माइल टाढा रहेर पनि नेपाली कला संस्कृति र परंपरालार्इ एक पुस्ताबाट अर्को पुस्तासम्म पुर्याउने अवशरका रुपमा मात्र सिमित नभइ यस्ता कार्यक्रमहरुले व्यस्त जीवनका तनाबलार्इ अन्त्य गरेर मनोरंजन, एवं खुशि प्रदान गर्नुका साथै दुख र पिडालार्इ भुलाउने मन्चको रुपमा तीज पर्व रहेको कुरा सहभागीहरु बताउँछन् । प्रदेशको सागरमा छरिएका हामी एकपटक एकै मन्चमा भेला भएर आ
More

युरोपकै ठूलो बायोमेडिकल ल्याब बेलायतमा

लण्डन– युरोपकै ठूलो बायोमेडिकल ल्याब दि फ्रान्सिस क्रिक इन्सिच्युट सञ्चालनमा आएको छ। डिएनए स्ट्रक्चरका सह–प्रमुख क्रिकको नाममा सञ्चालनमा ल्याइएको उक्त ल्याब ग्लाक्सो स्मिथ केनसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको हो। लण्डनमा रहेको यस इन्सिच्युटले बेलायत तथा विश्वभरका वैज्ञानिकहरुलाई आकर्षित गर्ने विश्वास गरिएको छ। उक्त इन्सिच्युटले क्यान्सर, मुटु रोग तथा मस्तिष्कसम्बन्धी रोग कसरी विकास हुन्छ भन्ने अध्ययन गर्ने जनाइएको छ। यस इन्सिच्युटका प्रमुख नोवल पुरस्कार विजेता तथा दि रोयल सोसाइटिका समेत अध्यक्ष रहेका सर पाउल नर्सले यस इन्सिच्युट वैज्ञानिकहरुका लागि कर्मथलो बन्ने बताए। उनले भने, ‘हामले सञ्चालनमा ल्याएको यस ल्याबमा क्यान्सर, मुटु रोग तथा मस्तिष्कसम्बन्धी रोग कसरी विकास हुन्छ भन्ने अध्ययन गरिने छ
More