Daily Archives 5th September 2016

आयरल्यान्डमा नेपाल डे सम्पन्न (फोटो फिचर)

आयरल्यान्ड– आयरल्यान्डमा रहेका नेपाली र आयरल्यान्डका समूदायको सहभागितामा नेपाल आयरल्यान्ड डे हाल सम्पन्न भयो । शनिवार सम्पन्न कार्यक्रममा डुब्लिनका लर्ड मेयर जिओ म्याग हग, सांसदहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरनले नेपाल आयरल्यानड डे कार्यक्रमबाट नेपाल र आयरल्यानडबीच द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन जनस्तरसम्म सम्बन्ध विकास गर्न, नेपालको कला र संस्कृतिलाई विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गरे । लर्ड मेयरले कार्यक्रमको सफलताको शुभकामना तथा नेपाल र आयरल्यान्डबीच सम्बन्ध विस्तार हुने विचार व्यक्त गरे । नेपाल आयरल्यानड सोसाइटीका अध्यक्ष दिपेशमान शाक्य, एनआरएन यूरोप संयोजक कुल आचार्य, सांसद जिओ कस्टेलोलगायतले समेत कार्यक्रमलाई
More

संस्थापनले चित्रलेखा यादवलाई अध्यक्षमा उठाउने

काठमाडौं । वर्तमान केन्द्रीय समितिमा रहनेहरूले महाधिवेशनमा उम्मेदवार हुन नपाउने व्यवस्था भएकाले महिला संघको नेतृत्व बाहिरबाट ल्याउने तयारी संस्थापनले गरेको बुझिएको छ । वर्तमान अध्यक्ष डा.डिला संग्रौलाले अध्यक्षमा उठ्न नपाउने विधानले व्यवस्था गरेका कारण संघलाई हाक्सने नयाँ नेतृत्वको खोजी भएको हो । नेतृत्वका लागि पार्टीको संस्थापन पक्षबाट पार्टीकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले इच्छा देखाउनुभएको छ । उहाँ उम्मेदवार हुँदा सर्वसम्मत हुने सम्भावना पनि छ । यादव पूर्वमन्त्री तथा पूर्वउपसभामुख हुनुहुन्छ । यसैगरी, सुर्खेतकी अध्यक्ष जानकी सिंहले पनि इच्छा देखाउनुभएको छ । रामचन्द्र पौडेल पक्षमा पार्टीकी केन्द्रीय सदस्य किरण यादव, अनिता देवकोटा र रुक्मणी कोइरालाले इच्छा देखाउनुभएको छ, प्रकाशमान सिंहले जीवनावादे श्रेष्ठलाई
More

महामन्त्री ज्ञानेन्द्र कार्कीलाई बनाइने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी संगठनलाई पूर्णता दिने अभियानमा जुट्नुभएको छ । मनोनीत गर्नुपर्ने २१ जना केन्द्रीय सदस्यमध्ये सभापति देउवाले यसअघि १२ जनाको मनोनयन गरिसक्नुभएको छ । अब नौजनाको मनोनयन केही दिनभित्र गर्ने तयारी रहेको समाचार स्रोतले जनाएको छ । पुष्पा भुसाललाई सहमहामन्त्री या संसदीय समितिको सदस्य बनाउनुपर्ने नेता खुमबहादुर खड्काको माग छ । यता, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठमध्ये एकजनालाई उपसभापति बनाइने निश्चित जस्तै रहेको समाचार स्रोतले जनाएको छ । निधिले उपप्रधानमन्त्री बन्ने अवसर पाएका कारण पार्टीको उपसभापतिको अवसर श्रेष्ठले पाउनुपर्ने दाबी गरिरहेका छन् । पार्टीको प्रधानमन्त्री रहेको अवस्थामा उपसभापतिले नै पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने
More

एमाले अध्यक्ष ओली आज स्वदेश फर्कदै

काठमाडों । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । नियमित स्वास्थ्य उपचारको क्रममा ओली भदौ ९ गते थाइल्याण्ड गएका थिए । पूर्वप्रधानमन्त्री ओली राज्यको खर्चमा उपचार गर्न विदेश गएको भनी प्रचार भएपछि एमालेले ओलीले राज्य कोषबाट एक पैसा नलिएको दाबी गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ओली पार्टीको व्यवस्थापन र निजी स्रोतबाट उपचार गर्न गएको बताए । एमालेले राज्य कोषबाट उपचार खर्च लिएको भए सार्वजनिक गर्नसमेत सम्बन्धित निकायहरुलाई चुनौति दिएको छ ।यसअघि प्रधानमन्त्री बन्नुभन्दा पहिले सिकिस्त बिरामी परेका बेलामा भने तत्कालीन सरकारले उपचार खर्च सहयोग गरेको श्रेष्ठले बताए ।
More

सर्वोच्चद्वारा राजदूत नियुक्तिका लागि बाटो खुल्ला

काठमाडों । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश गोपाल पराजुली र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । सो आदेशसँगै सरकारलाई राजदूत नियुक्तिका लागि बाटो खुलेको छ । आदेशमा भनिएको छ, “कार्यपालिकाले राष्ट्रिय प्रतिनिधित्व गर्न निर्देशन र नियन्त्रणमा रही काम गर्नुपर्ने हुँदा कार्यपालिकाले नियुक्ति वा बर्खास्त गर्न पाउने छ ।”
More

गणेश चतुर्थी मनाइँदै

काठमाडों । भाद्र शुक्ल चतुर्थीका दिन आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनु भयो । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन काठमाडौँको अशोकविनायक, चन्द्रविनायक, भक्तपुरको सूर्यविनायक, कमलविनायकलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लागेको
More

खाजाघरमा अनैतिक क्रियाकलाप

काठमाडों । ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई आज ग्वार्कोबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जना युवती र एक सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको हो । ग्वार्कोस्थित बिएण्डबी हस्पिटल नजिक ‘मनिषा खाजाघर’ बाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खाजाघरमा युवायुवती जम्मा भई यौनजन्य क्रियाकलापका लागि मोलमोलाई गरी अन्तै गएर बस्ने गरेको खुल्न आएको छ । पक्राउ परेकामध्ये सञ्चालक २६ वर्षीय सञ्जय पाण्डे र अन्य १५ देखि २०
More