Daily Archives September 8, 2016

निर्वाचन मिति घोषणा ढिलाइमा कारण देखाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणामा ढिलाइ हुनुको कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज अग्राधिकारसहित निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्नुका कारण १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ । आदेशमा संवैधानिक र कानुनी प्रक्रियामा जटिलता देखिएको हुनाले विपक्षीलाई ढिलाइ हुनुका कारण लिखित रुपमा पेस गर्न भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसद् लगायतलाई विपक्षी बनाइ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । “निर्वाचन क्षेत्र
More

‘छक्कापन्जा’मा वैदेशिक रोजगारीको मार्मिक कथा

काठमाडौं । चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले बनाएको नेपाली चलचित्र ‘छक्कापन्जा’ शुक्रबार देशभर प्रदर्शन हुँदैछ । निरौलाले पहिलो पटक निर्देशन गरेको यो बहुप्रतीक्षित चलचित्रमा निर्देशनमा नाम नआए पनि गिरीको बुद्धि र अनुभव उत्तिकै मिसिएको जानकार बताउँछन् । सफल हास्य टेलिशृङ्खला ‘तितो सत्य’का निर्देशक गिरी अहिलेसम्मको अग्रिम बिक्री र दर्शकको उत्साह हेर्दा चलचित्र सफल हुने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँले भन्नुभयो, “शुक्रबारका लागि करिब ६० प्रतिशत टिकट आजै बिक्री भइसक्यो ।” उहाँका अनुसार चलचित्रले वैदेशिक रोजगारीको मार्मिक कथालाई हास्यरससहित सामान्य नेपालीले बुझ्ने गरी प्रस्तुत गरेको छ । यसको ‘पूर्वपश्चिम रेल’ बोलको गीत चलचित्र प्रदर्शनअघि नै बहुचर्चित बनिसकेको
More

बेलायतलाई इयुबाट बाहिरिने प्रक्रिया छिट्टै थाल्न अनुरोध

लण्डन । युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बिहीबार बेलायती प्रधानमन्त्री टेरेसा मेलाई बेलायतको जनमत सङ्ग्रहले इयुबाट बाहिरिने निर्णय गरेअनुसार यथाशक्य छिटो प्रक्रिया थाल्न आग्रह गर्नुभएको छ । परिषद्का प्रमुख टस्क र बेलायती प्रधानमन्त्री मे बीच डाउनिङस्ट्रिटमा भएको भेटमा टस्कले भन्नुभयो,“अब बल तपाइको कोर्टमा छ ।” प्रक्रियालाईं छिटै थालनी गर्नुहोस् । उक्त अवसरमा दुई नेताबीच जनमत सङ्ग्रह पछि युरोप र बेलायतको सम्बन्धका बारेमा छलफलका क्रममा इयु प्रमुख टस्कले सो कुरा बताउनुभएको हो । टस्कले थप्नुभयो, “इयु सदस्य राष्ट्रले बेलायती प्रधानमन्त्रीका रुपमा मे ले लिसवन सम्झौताको धारा नं ५० अनुसार बेलायतको इयुबाट बहिर्गमन गरिने प्रक्रिया छिटो होस् भनी पर्खिरहेको बताउनुभयो । उक्त
More

राष्ट्रिय शिक्षा दिवस

राष्ट्रपति विद्यादेवी भण्डारी ३७औँ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रममा चण्डिका पोखरेललाई नेपाल छात्रा विद्या पदक ‘क’ बाट विभूषित गर्नुहुँदै । साथमा शिक्षामन्त्री धनीराम पौडेल र राज्यमन्त्री धनमाया बिक खनाल । तस्बिर: प्रदीपराज वन्त ।
More

संविधान संशोधन कसका लागि र किन ? : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिनुभएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको सङ्ज्ञा दिएको छ । साउन १९ गते सदनबाट प्रधानमन्त्रीमा निर्वाचित दाहालले पहिलोपटक आज व्यवस्थापिका–संसदमा सरकारका प्राथमिकता, हालसम्मका उपलब्धिका बारेमा एकघन्टा लामो लिखित मन्तव्य राख्नुभएको थियो । बैठकबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्री दाहालले आफ्नो भनाइ राख्नु सस्तो प्रचारमात्र भएको टिप्पणी गर्नुभयो । उहाँको प्रश्न थियो – “प्रधानमन्त्रीले बोल्नुभएका विषय बजेट वक्तव्यमा छैन । कहाँबाट पैसा ल्याएर त्यो पूरा गर्नुहुन्छ ?” उपाध्यक्ष रावलले संविधान संशोधन कसका लागि किन चाहियो भन्ने प्रश्न गर्दै यो बेकारमा चलाइएको
More

संविधान कार्यान्वयन मुख्य लक्ष्य हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको पहिलो प्राथमिकता र लक्ष्य संविधान कार्यान्वयन भएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उहाँले संविधान संशोधन, सीमाङ्कनलगायत समाधान हुन बाँकी सबै विषयमा सम्बद्ध पक्षसँग वार्ता, संवाद र सहमति कायम गर्न आफू कृतसङ्कल्पित रहेको बताउनुभयो । शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने, राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउने, चीन र भारतसँगको असल सम्बन्धलाई अझ सुदृढ एवम् सबल तुल्याउने, जनताले अनुभूत गर्ने गरी जनतामुखी कार्यक्रम इमानदारीपूर्वक सञ्चालन गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री दाहालले व्यक्त गर्नुभयो । भूकम्पबाट अति प्रभावित १४ र अन्य प्रभावित जिल्लामा पुनःनिर्माण र नवनिर्माणका कामलाई द्रुत गतिमा अघि बढाउन
More

एनआरएन पूर्व प्रवक्ता डा. शर्मा नेपाल विद्याभुषणद्धारा सम्मानित

लन्डन । गैरआवासीय नेपाली सँघका पूर्व प्रबक्ता डा. हेमराज शर्मा नेपाल विद्याभुषणद्धारा सम्मानित भएका छन् । विहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच शर्मालाई सम्मान गरिन् । बाग्लुङको अमलाचौरमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालय काठमाण्डौंबाट भौतिकशास्त्रमा स्नातकोत्तर र जर्मनीस्थित फ्रि युनिर्भसिटीबाट विद्यावारिधी (पिएचडी) गरेका छन् । राष्ट्रपति भण्डारीले शर्मालाई बधाई ज्ञापन गर्दै मातृभूमिका हित चिताई पदकको मान कायम राख्न आग्रह गर्दै ज्ञान र सीप देशको भलो हुने कार्यमा प्रयोग गर्न समेत शुभकाना दिएकी छन् । बेलायतकाे लिभरपुल युर्निर्भरसिटीमा कार्यरत शर्माको सकृयतामा आगामी हप्ता नेपालमा वैज्ञानिकहरुको विश्वसम्मेलन हुदैंछ । ३० देशका १ सय ५० जना वैज्ञानिकको सहभागित रहने सो
More

चैतभित्र स्थानीय चुनाव गर्न एमालेले सहयोग गर्ने

काठमाडौं । प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार राति भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएको बताइएको छ । तीन दलले स्थानीय तह पुनर्संरचना आयोगमा तीन दिनभित्र स्थानीय प्राविधिक समितिमार्फत प्रतिवेदन पठाउन आ–आफ्ना जिल्ला कमिटीलाई निर्देशन दिने सहमतिसमेत गरेका छन्। ‘तीन दिनभित्र सहमति खोजेर प्रतिवेदन पठाउन सहयोग गर्न सबैले जिल्ला कमिटीलाई निर्देशन दिइनेछ,’ एमाले स्थायी समिति सदस्य तथा स्थानीय निकाय विभागका प्रमुख किरण गुरुङले भने, ‘फागुन–चैतभित्र निर्वाचन गर्ने प्रतिबद्धतासहित अघि बढ्ने सहमति भएको छ ।’ एमालेले स्थानीय तहको चुनाव गर्ने सर्तमा सरकारको तयारीलाई सहयोग पु-याउने
More

साहित्यकार खालिङको अन्त्येष्टि दार्जीलिङमा

झापा । सोमबार निधन हुनुभएका नेपालका प्रजातन्त्र सेनानी एवम् साहित्यकार दान खालिङको बुधबार दिउँसो दार्जीलिङको सिङमारीमा अन्त्येष्टि गरिएको छ । कान्छो भाइ एनसी खालिङको दार्जिलिङस्थित घरमा विगत डेढ महिनादेखि बस्दै आउनुभएका उहाँको सोमबार त्यहीँ निधन भएपछि पारिवारिक सल्लाहमा त्यतै अन्त्येष्टि गरिएको हो । उहाँ लामो समयदेखि मधुमेह, नसा लगायतको रोगबाट पीडित हुनुहुन्थ्यो । सिलगढीस्थित दाजुको घरमा लामो समयदेखि रहनुभएका उहाँलाई बिरामीले अझ थलिएपछि उपचारका लागि सजिलो हुने भन्दै डेढ महिनाअघि दार्जिलिङ लगिएको थियो । बुधबार बिहान दार्जिलिङको रेल्वे स्टेसननजिक रहेको सेन्ट कोलम्बस चर्चमा केही घन्टा उहाँको पार्थिव शरीरलाई राखिएको थियो । चर्चमा राखिएको बेला उनीप्रति अन्तिम श्रद्धाञ्जलि दिन स्थानीय राजनीतिक
More

प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदमा सम्वोधन गर्ने

काठमाडौं । पछिल्लो राजनीतिक अवस्था, पुननिर्माणमा भएको प्रगति र आसन्न भारत भ्रमणबारे जानकारी गराउने । प्रधानमन्त्री पुष्पकमल दाहालले आज ब्यवस्थापिका संसदमा सम्बोधन गर्दै हुनुहन्छ । गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहालले पहिलो पटक संसदलाई सम्बोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाल दोस्रो पटक संसद बैठकमा उपस्थित हुन लाग्नु भएको हो । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री दाहालले समसामयिक राजनीतिक अवस्था, भुकम्पपछिको पुनर्निर्माण तथा पीडितलाई राहत वितरणमा भएको पछिल्लो प्रगति, आफ्नो आसन्न भारत भ्रमण लगायत बिषयमा जानकारी गराउने उहाँको नीजि सचिवालयले जनाएको छ । यस्तै बैठकमा आज बिभिन्न
More