Daily Archives September 11, 2016

नेपथ्यको नयाँ गीत ‘हो रामा रामा’ सार्वजनिक

यसअघि ‘कोशीको पानी’लाई युट्युबमा हाल्नेबित्तिकै एकमहिना भित्र चार लाख भन्दा बढी दर्शकले हेरिसकेपछि नेपथ्यले आगामी अल्बमको अर्को नयाँ गीत ‘हो रामा रामा’ सार्वजनिक गरेको छ । नेपथ्यका कतिपय श्रोतादर्शकका निम्ति यस गीतको यो पहिलो अनुभव नहुन सक्छ । बितेका दुई वर्षदेखि नेपथ्यले उसको लाइभ कन्सर्टहरुमा यसलाई कतिपयपटक सुनाइसकेको छ । ब्याण्डले आफ्नो आधिकारिक यु ट्युब च्यानलमार्फत् भने यसलाई पहिलोपटक सार्वजनिक गर्नलागेको हो । सन् २०१४ मा दक्षिणकोरियाको राजधानी सउलमा यो गीत पहिलोपटक गाइएको थियो । र, यसलाई संयोग नै मान्नु पर्छ यस गीतको भिडियोलाई फेरि सउलमै प्रदर्शनको निम्ति जानै लागेको बेला नेपथ्यले आम दर्शकका निम्ति युट्युवमार्फत् सार्वजनिक गर्दैछ । २०१६
More

भवन आचारसंहिता पारित, सचिव सरुवा

काठमाडौं । सरकारले भवन निर्माण आचारसंहितालाई पारित गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले लामो समयदेखि पारित हुन नसकेको तथा सार्वजनिकसमेत हुन नसकेको आचारसंहितालाई नेपाल राजपत्रमार्फत सार्वजनिक गर्ने र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । आचारसंहिता सार्वजनिक नभएका कारण भवन तथा घर निर्माणमा समस्या पर्दै आएको थियो । नयाँ आचारसंहिताले महानगरपालिका, नगरपालिका, नगरोन्मुख क्षेत्रमा नयाँ भवन तथा आवास निर्माणमा सहज हुनेछ । यस्तै, विभिन्न १२ मन्त्रालयका सचिवको सरुवा गरिएको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीका अनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।
More

डाक्टरसहित चारजना विरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपालमा कतिसम्म भ्रष्टचार हुँदो रहेछ भन्ने कुराको एउटा सानो उदाहरण भेरी अञ्चल अस्पताललाई हेरे पुग्छ । जनताको स्वास्थ्यमा ध्यान दिनुपर्ने डाक्टर र अस्पताल प्रशासन कतिसम्म भ्रष्ट रहेछन भन्ने कुरा सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अञ्चल अस्पतालका डाक्टरसहित ४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएपछि उक्त घटना सार्वजनिक भएको हो । पदको दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोगमा भेरी अञ्चल अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्वर सुवेदीसहित चारजना कर्मचारविरुद्ध मुद्दा दायर भएको छ । निमित्ति मेडिकल सुपरिटेन्डेन्ट सुवेदी, शाखा अधिकृत स्टोर किपर माधवप्रसाद ज्ञवाली, लेखापाल मनिराम बर्मा र लेखा अधिकृत पदमबहादुर जिसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
More

सर्वोच्चद्वारा नेपाली बर्णविन्यास परिवर्तन गर्नुको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग नेपाली वर्ण विन्यास परिवर्तन गर्नुको कारण माग गरेको छ । न्यायाधीश जगदिश शर्मा पौडेलको एकज इजलासले कसले र किन भाषा संशोधन गरेको हो भन्दै सरकारसँग लिखित जवाफ माग गरेको हो । भद्र शर्मा र टपेन्द्र कार्कीले भाषा विगार्ने गरी लागु गरिएको वर्ण विन्यास तत्काल रोक्न माग गर्दै सर्वोच्चमा दर्ता गराएको निवेदनमा प्रारम्भिक सुनवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो । सोही निवेदनमाथि पहिलो सुनुवाई गर्दै सर्वोच्चले भाषाको परिवर्तन सम्बन्धी निर्णयको सम्पूर्ण जानकारी दिन सरकारलाई आदेश दिएको हो । अव अर्को सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नयाँ भाषा वर्ण विन्यास अनुसार प्रकाशित भएका पाठ्यपुस्तक तथा
More

एमालेले सातै प्रदेशमा कमिटी गठन

काठमाडौं । नेकपा (एमाले) स्थायी समितिको बैठकले पार्टीको सातवटै प्रदेशमा कमिटी गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज केन्द्रीय कार्यालय, धुम्बराहीमा सम्पन्न बैठकले सातवटै प्रदेश कमिटीलाई पूर्णता दिने काम गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । पार्टीले प्रदेश नं १ मा भीम आचार्य संयोजक र शेरधन राई सहसंयोजक रहेको १०१ कमिटी निर्माण गरेको छ । प्रदेश नं २ मा सत्यनारायण मण्डल संयोजक र नागेन्द्र चौधरी सहसंयोजक रहेको ८१ कमिटी गठन गरेको छ । त्यस्तै, प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशीनाथ अधिकारी सहसंयोजक रहेको १११, प्रदेश नं ४ मा किरण
More

सुविसु क्यान कम टेक

काठमाडौँको भृकुटीमण्डपमा जारी सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक) प्रदर्शनीमा आइतबार अन्तिम दिन दर्शकले अवलोकन गर्दै । तस्बिर : रोशन सापकोटा ।
More

कांग्रेस मन्त्रीलाई सभापति देउवाको निर्देशन

काठमाडौं । कांग्रेस सभपाति शेरवहादुर देउवाले संबिधान कार्यान्वयन र जनताले महशुष गर्ने किसिमका काम गर्न सरकारमा सहभागि कांग्रेसका मन्त्रीलाई निर्देशन दिएका छन् । आज विहान आफ्नै निवास बुढानिलकण्ठ बोलाएर सरकारमा सहभागि सबै मन्त्रीलाई पुननिर्माण, संबिधान कार्यान्वयन र जनअपेक्षा सम्वोधन गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । कांग्रेस, माओवादीको गठवन्धन आगामी निर्वाचनसम्म कायम रहने भन्दै देउवाले एकलौटी भन्दा संयुक्त सरकारको भावना अनुसार काम गर्न निर्देशन दिएको बैठकपछि कांग्रेसका मन्त्रीहरुले जानकारी दिए । छलफलमा कांग्रेसका मन्त्रीहरुले भने केही दिन अघि सरकारका तर्फबाट संसदमा गरिएको संबोधनमा छलफल नगरिएको र प्रधानमन्त्रीले केही विषयमा एकलौटी काम गरेको गुनासो गरेका थिए । सरकार गठन भएपछि
More

न्यायसम्बन्धी तीन विधेयक पारित

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘न्याय सेवा आयोग विधेयक, २०७३’, ‘न्याय परिषद् विधेयक २०७३’ र ‘न्याय प्रशासन विधेयक, २०७३’ लाई पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गर्नुभएका ती विधेयकलाई बहुमतले पारित गरिएको हो । ती तीन विधेयक गत शुक्रबार नै पारित गर्ने कार्यसूची रहेको भएपनि सदनमा सांसदहरुको न्यून उपस्थितिका कारण आजको कार्यसूचीमा राखिएको हो । ती विधेकय पारित भएपछि सरकारलाई नेपालको संविधानअनुसार उच्च अदालत गठनको बाटो खुलेको हो । संविधान घोषणा भएको एक वर्षभित्र उच्च अदालत गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नयाँ व्यवस्थापछि विद्यमान १६ पुनरावेदन अदालत सातवटा उच्च अदालतमा परिणत हुनेछन्
More

दुई तिहाइ नपुग्ने देखेपछि मोर्चा अलमलमा

काठमाडौं ।प्रधानमन्त्रीको भारत भ्रमण अघि संविधान संशोधनको प्रस्ताव अघि नबढ्ने लगभग पक्का भएसंगै संसदमा दुई तिहाइ नपुग्ने देखेपछि मधेसी मोर्चा नै अलमलमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुअघि संविधान संशोधनको प्रस्ताव अघि नबढ्ने लगभग पक्का भएको छ । दुई तिहाई समर्थन नपाएमा विधेयक ‘तुइने’ खतरा बढेपछि दाहालको भारत भ्रमणअघि संशोधन प्रस्ताव अघि नबढाउने मनसायमा सत्तारुढ नेताहरू पुगेका हुन् । औपचारिक र अनौपचारिक छलफलमा सत्तारूढ कांग्रेस र माओवादीले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्न संशोधन विधेयक अघि बढाउने तयारी गरेका थिए । तर प्रमुख प्रतिपक्षी एमाले संशोधनको पक्षमा नदेखिएपछि संशोधन प्रस्तावबारे दलहरु अघि बढ्न
More

परराष्ट्र मन्त्री महत आज नयाँ दिल्ली जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको अन्तिम एजेण्डा तय गर्न परराष्टमन्त्री प्रकाशशरण महत आज भारतको राजधानी नयाँ दिल्ली जाँदैछन् । प्रधानमन्त्री दाहालको भ्रमणको पूर्व सन्ध्यामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा महत आजदेखि २८ गतेसम्म भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् । तीन दिने भ्रमणमा परराष्ट्र मन्त्री प्रकाशशरण महतले भारतीय परराष्ट्र मन्त्री स्वराजसंग भेटेर सरकार प्रमुखबीचको भेटको एजेण्डालाई अन्तिम रुप दिने बताइएको छ । प्रधानमन्त्री दाहालले आसन्न भारत भ्रमणमा कुनै राजनीतिक सम्झौता नगर्ने बताइरहेका बेला भ्रमणको एजेण्डा तय गर्न भन्दै महतलाई त्यसतर्फ पठाएका हुन् । यसअघि नै प्रधानमन्त्रीको विशेषदुतका रुपमा सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी भारत गएका थिए ।
More