Daily Archives September 12, 2016

विश्वलाई ऐना देखाउने एउटा राजनीतिक निर्णय

विश्व राजनीतिमा एउटा उदाहरणीय छाप छोड्दै बेलायती पूर्व प्रधानमन्त्रीले संसद् सदस्यबाट समेत राजीनामा दिएका छन् । बेलायतका ४९ वर्षीय पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले सबैलाई आश्चर्यचकित पार्दै बेलायतको पार्लियामेन्टट सदस्यबाट राजीनामा दिएका हुन् । दुई दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्ति संसद्को पछिल्लो सिटमा बस्दा सबैको अनावश्यक ध्यान विकर्षण हुने र नयाँ प्रधानमन्त्रीलाई असहज अनुभव हुने भएकाले उनले संसद् सदस्यको पदबाट राजीनामा दिनु उचित भएको बताए । इयुमा रहने नरहनेबारे भएको जनमतमा उनको विचार झिनो मतले अस्वीकृत भएपछि कसैले नमागीकनै उनले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । सुविधाजनक बहुमत र सबैको समर्थन हुँदाहुँदै नैतिक जिम्मेबारीबोध गर्दै उनले दिएको राजीनामा विश्वभर चर्चित बनेको
More

दुई नक्कली डाक्टर पक्राउ

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नपा–१३ घर भई हाल संयुक्त अरब इमिरेट्समा कार्यरत बालकृष्ण अर्याल र धनुषा जनकपुर–१५ घर भई जनसेवा डेन्टल हस्पिटल, पथरी, मोरङमा कार्यरत सञ्जिवकुमार साह रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाले भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरी चिकित्सक भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यता ब्यूरोले व्यक्तिहरुको चिकित्सा अभ्यासबाट पिडीत कोहीे भए आवश्यक कारबाहीको लागि जानकारी दिनसमेत सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।
More

वर्षा

सोमबार मध्यान्ह काठमाडौँको माईतीघरबाट वर्षा हुँदा देखिएको दुश्य । आइतबार साँझदेखि परेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । तस्बिर: रोशन सापकोटा ।
More

परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतीय विदेशमन्त्री शुषमा स्वराजबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ता निकै सौहार्दपूर्ण रुपमा भएको र त्यस क्रममा आगामी दिनमा नेपाल भारत सम्बधलाई थप सुमधुर र सुदृढ कसरी बनाउने भन्ने बारेमा छलफल भएको थियो । आफूले नेपालको हित र स्वार्थका विषयमा भेटका क्रममा कुरा उठाएको र विदेशमन्त्री स्वराजले यी सबै विषयलाई गम्भीर रुपमा लिनुभएको परराष्ट्रमन्त्री डा महतले बताउनुभयो । भेटवार्ताका क्रममा आफूले नेपालका तर्फबाट प्रत्यक्ष जनतासँग सरोकार रहेका डुबान एवम् बाढी नियन्त्रण, आयात निर्यात, हुलाकी राजमार्ग, सिंचाई, नाकाखोल्ने तथा तिनलाई व्यवस्थित गर्ने देखि लिएर पञ्चेस्वरलगायतका अरु पनि ठूला आयोजनाका बारेमा
More

मेरै कार्यकाल भित्र एनआरएन भवन बन्छ: अध्यक्ष घले

हेमन्त काफ्ले । गैरआवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय अध्यक्ष शेष घले संस्थाको काम, कर्तब्य र विश्वसनियतामा ठूलो परिवर्तन आए पनि यसका सदस्य संख्यामा भने सोचेअनुरुपको सहभागिता हुन नसकेको बताए। पछिल्लो एनआरएन विवाद र जापान एनआरएनमा राखिएको पैसा बिवादको बिषयमा भने उनले हचुवाका भरमा गोप्य बैठकको कुरा सार्वजनिक हुनु नपर्ने बताए । ‘एनआरएनको माइन्यूट सार्वजनिक नभएसम्म के भएको त्यो सत्य तथ्य बाहिर आउँदैन, हामीले माइन्युट र त्यहाँ भएको र उठेका सन्दर्भहरुलाई समेटर निर्णय सार्वजनिक गर्ने छौ, अनि मात्र यस बिषयमा प्रष्ट हुन्छ,’ उनले भने। उनले एनआरएनले छोटो समयमा कमाएको ख्याती र प्रतिष्ठालाई स्थायित्व दिने विषय चूनौतीपूर्ण रहेको बताए। ‘हामीले देखाउने कार्यक्रम
More

१० बुद्धे घोषणापत्र जारी गर्दै एनआरएन यूके काउन्सिल बैठक सम्पन्न

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेको चौथो काउन्सिल बैठक सम्पन्न भएको छ । आइतवार अल्डरशटस्थित एम्पायर हाउसमा सम्पन्न बैठकले १० बुद्धे अल्डरशट घोषणपत्र जारी गरेको छ । १ सय भन्दा बढी संघसँस्थाको उपस्थित रहेको सो बैठकको उद्धघाटन बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन, गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्त, यूरोप संयोजक कुल आचार्यले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्त, एनआरएन यूकेका पूर्वअध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, गैरआवासीय नेपाली सँघका सल्लाहकारहरु विश्वआर्दश पण्डित, डमर घले लगायतले शुभकामना मन्तब्य दिए । बैठकमा एनआरएन यूकेका काेषाध्यक्ष दीपक श्रेष्ठले आर्थिक प्रतिवेदन र महासचिव विजय लिम्बूले वार्षिक तथा सांगठानिक
More

राजा ज्ञानेन्द्रलाई चीनको निम्तो

काठमाडौं । पूर्वराजा ज्ञनेन्द्र शाहलाई छिमेकी मुलक चीनले भ्रमणका लागि निमन्त्रणा गरेको छ । गणतन्त्र स्थापनापछि पूर्वराजा शाहलाई छिमेकी मुलुक चीनले पहिलोपटक भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेको हो । तर भ्रमणको मिति भने निश्चित भइसकेको छैन । पूर्व राजाको तर्फबाट कुनै सक्रियता पनि लिईएको छैन । उनी भारतलाई छामेर मात्र अन्तिम निर्णय लिने अवस्थामा रहेको बुझिएको छ । पूर्वराजा शाह आगामी असोजको तेस्रो साता सिंगापुर भ्रमणको तयारीमा थिए । निर्मल निवास स्रोतका अनुसार उनी सिंगापुरको काम सकेर चीन भ्रमणमा जाने वा चीन भ्रमणपछि उतैबाट सिंगापुर जाने ? भन्ने समयतालिका निक्र्योल भइसकेको छैन दरवार निकट स्रोतले भन्यो । चिनियाँ राष्ट्रपति सि
More

प्रचण्डलाई भूमिगत गिरोहको भर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एवं प्रधानमन्त्रीको देखाउने र चपाउने दाँत दुईटा छन् भन्ने भनाइ सबैतिर लागू हुने गरेको चर्चा माओवादी केन्द्रभित्रै हुन थालेको छ । नाम एउटा र काम दुईटा भएका प्रधानमन्त्री प्रचण्डको बुझ्नै नसक्ने कार्यशैली रहेको उनीनिकट नेताहरु गुनासो गर्छन् । प्रधानमन्त्री प्रचण्डले राजनीतिक सल्लाहकारको नियुक्ति चन्द्रप्रसाद खनाललाई दिए पनि वास्तविक र भित्री राजनीतिक सल्लाहकारमा वर्षामान पुनलाई राखेका छन् । उठ्ती, पुठ्ती, नियुक्ति, मोलतोल सबैतिर पूर्व अर्थमन्त्री पनले लामो हात पसार्ने गरेको प्रधानमन्त्रीनिकट बालुवाटार स्रोतको भनाइ छ । प्रेस सल्लाहकारमा गोविन्द आचार्यलाई अघि सारे पनि वास्तविक र भित्री प्रेस सल्लाहकारमा नयाँ पत्रिकाका अध्यक्ष, प्रवन्ध निर्देशक तथा सम्पादक
More

तरुण दलको महाधिवेशन असोज ३ देखि ५ सम्म पोखरामा

काठमाडौं । नेपाल तरुण दलको चौँथो राष्ट्रिय महाधिवेशन आगामी असोज ३ देखि ५ सम्म पोखरामा हुने भएको छ । अध्यक्ष उदयशमशेर राणाले भदौ २१ र २२ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो । अध्यक्ष राणाले ५५ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भैसकेकाले बाँकी जिल्लाको भदौ मसान्तसम्म सकेर अधिवेशन सम्पन्न गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो अधिवेशनमा ६५ जिल्लाको अधिवेशन सकिएको बेलामा पनि महाधिवेशन भएको थियो । त्यसैले मसान्तसम्म जति सकिन्छ त्यसैलाई आधार मानेर महाधिवेशनमा जान्छौँ ।” उहाँले वर्तमान केन्द्रीय समितिलाई चुनाव लड्न नपाउने भनिएता पनि चुनाव लड्न पाउनुपर्ने माग निर्देशन समिति र पार्टीलाई बुझाइसकिएको .स्पष्ट
More

चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ विजयी

काठमाडौं । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले एक हजार ६५२ मत प्राप्त गरी विजयी हुुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गर्नुभएको छ । यसअघिका निर्वाचनमा जस्तै यस पटक पनि काँग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा विजय प्राप्त गरेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डा ढुण्डिराज पौडेलले एक हजार ६१७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी डा सन्तोष पौडेलले एक हजार १०७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा डा मुकुन्द दाहालले एक हजार ५०९ मत प्राप्त गरी विजयी
More