Daily Archives September 14, 2016

बाह्य शक्तिलाई चित्त बुझाउन संविधान संशोधन गर्न सकिँदैन : ओली

हेटौँडा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली–नेपालीबीच फुट पैदा गर्ने एवम् राष्ट्रिय अखण्डतालाई विखण्डन गर्न ल्याउन लागिएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ । थाहा महोत्सवको आज पालुङमा उद्घाटन गर्दै उहाँले केही दलले दलीय स्वार्थका लागि बाह्य शक्तिसँग परामर्श लिने गरेकाले तिनै शक्तिलाई चित्त बुझाउन संविधान संशोधनको प्रक्रिया सुरु गरिएको हो भन्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले अहिले धर्मनिरपक्षेताको विकल्पमा हिन्दू सनातन धर्मको माग पनि उठिरहेको अवस्थामा केही समूहको माग मात्रै संशोधन गर्ने प्रक्रियाले अरु दलको मागलाई पनि उपेक्षा गर्न नहुने बताउनुभयो । बेरोजगार युवालाई भाषण र प्रलोभनले होइन, आर्थिक समृद्धिको योजनामा संलग्न गराउन सकेमात्र ती युवाहरु
More

बेलायत बहिर्गमनपछि पनि युरोपियन युनियन चल्छ : जङ्कर

फ्रान्स । युरोपियन आयोगका प्रमुख जिन क्लाउड जङ्करले एक आह्वान विज्ञप्ति प्रकाशित गरी बेलायतको बहिर्गमनपश्चात् युरोपेली सङ्घको भविष्य कदापि जोखिममा नपरेको जनाउँदै बाँकी सबै राष्ट्रहरु थप एकवद्ध भइ सँगसँगै काम गर्ने आवश्यकता रहेको बताउनुभएको छ । आर्थिक र सुरक्षाको राजनीतिलाई सबैको साझा हितका लागि अगाडि बढाउन र केही महिनायता झाङ्गिएको नीजी राष्ट्रवादका विरुद्ध साझा राष्ट्रवादको अवधारणाको हतियार लिइ सङ्घर्ष गर्नु अत्यावश्यक भएको पनि उहाँले बुधवार बताउनुभयो । “युरोपियन युनियन अझैसम्म पनि पर्याप्त सङ्गठीत छैन,” जङकरले भन्नुभयो, “हामी अझ बलिष्ठरुपमा सङ्गठित हुन आवश्यक छ ।” स्लोभाकियाको राजधानी ब्रटिस्लाभामा हुनलागेको बेलायत बाहेकका इयुका २७ नेताको वैठकको दुइदिन अगाडि उहाँको यस्तो भनाइ सार्वजनिक
More

महिला सङ्घको तेस्रो महाधिवेशन सुरु

काठमाडौं । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रान्त र केन्द्रीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउनु पर्ने बताउनुभयो । “संविधानमा व्यवस्था भएबमोजिम प्रत्येक तहमा महिलाको प्रतिनिधित्व चुनौतीपूर्ण छ, संवैधानिक रुपमा व्यवस्था गरिएको प्रतिनिधित्व सुनिश्चित गर्न महिलाकै भूमिका महत्वपूर्ण हुन्छ”–उहाँले भन्नुभयो । विसं २००४ मा स्थापना भएको सङ्घले महिलामुक्तिका लागि नेतृत्वदायी काम गरेको सभापति देउवाको भनाइ थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गरी महिलाले पाएका अधिकारलाई संस्थागत गरिनुपर्ने बताउनुभयो । “मन्त्रिपरिषद्मा पनि महिलाको सहभागिता ३३ प्रतिशत हुनुपर्छ, राष्ट्रिय योजना आयोग, विभिन्न देशमा नियुक्त गरिने राजदूतमा
More

घुस लिएका सब–इन्जिनियर श्रेष्ठ पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकामा कार्यरत सब–इन्जिनियर नरेश कुमार श्रेष्ठलाई सेवाग्राहीसँग रु १० हजार घुस लिइरहेकै बेला पक्राउ गरेको छ । सब–इन्जिनियर श्रेष्ठले ग्रामीण सडकको प्राविधिक अनुगमन गरी कार्य सम्पन्न प्रतिवेदन प्रदान गरिदिने प्रयोजनका लागि उपभोक्ता समितिसँग रु १० हजार घुस लिँदै गर्दा इटहरीस्थित उपमहानगरपालिकाको कार्यालय नजिकैबाट घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
More

महिलाले पनि कपाल काट्न हुन्छ र, हेमन्तालाई सोध्नुहोस !

कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ, पुरुषले । तर त्यो प्रश्नको उत्तर अब गलत हुनसक्छ । मोरङको उर्लाबारी मङ्गलबारे–१ की २३ वर्षीया हेमन्ता ठाकुरले सैलुन खोलेरै कपाल काट्ने व्यवसाय सुरु गरेपछि उदाहरणीय बन्नुभएको छ । मोरङको उर्लाबारीस्थित आइतबारे चोकमा हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरिरहेकी हेमन्ता ठाकुर आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जीविकोपार्जनका लागि यो पेसा सहज छ । सामाजिक काममा पनि सकेको दान गर्दै आएकी छु ।” पुरुषको दाह्रीजुँगा र कपाल काट्ने काम महिलाका लागि सुहाउँदैन भनेर आफूलाई जिस्क्याउने र हेयको दृष्टिले हेर्ने महिला फेला
More

राष्ट्रिय बालदिवस

राष्ट्रपति विद्यादेवी भण्डारी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले राष्ट्रिय बालदिवस– २०७३ को अवसरमा काठमाडौँमा बुधबार आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्नुहुँदै । साथमा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईलीलगायत । तस्बिर : रोशन सापकोटा ।
More

बेलायतमा प्रगतिशिल संगठनको एकिकरण

लन्डन । बेलायतमा कार्यरत दुई मुख्य सुरेस गौतमले नेतृत्व गर्नु भएको प्रगतिशिल नेपाली समाज र रण बहादुर केसिले नेतृत्व गर्नु भएको प्रगतिशिल नेपाली समाज बिच एकता हुने भएको छ । यि दुबै संगठनका बेलायत भरि संपुर्ण सहरहरुमा क्षेत्रिय समितिहरु कार्यरत छन । बेलायतको समाजमा सन १९९९ को हाराहारी देखी कार्यरत यि संगठनहरु नेपालको मुक्ति आन्दोलनमा सकृय रुपमा सहयोग र समर्थन गर्दै आएको थिए । सायद बेलायतको नेपालको समाजमा नेपालको गणतान्त्रिक आन्दोलनमा निरन्तर आवाज उठाउने यो मात्रै संगठन हो भन्द अनुपुयूक्त नहोला । यस बाहेक बेलायतमा रहेका नेपालीहरुको समस्यामा निरन्तर सहयोग गर्दै आएको यि संगठनहरु अहिले एकता प्रकृया पुरा गरि भेला
More

भूकम्प पीडितको रकम केन्द्रमा पठाउन एनआरएन जापानलाई निर्देशन

काठमाडौं । गैरआवासीय नेपाली संघले भूकम्प पीडितको नाममा संकलन गरेको रकम तत्काल केन्द्रमा बुझाउन निर्देशन दिएको छ । संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा अमेरिकाको न्यूजर्सीमा हालै सम्पन्न बैठकले एनआरएन जापानलाई सो निर्देशन दिएको हो । गैरआवासीय नेपाली संघ जापानले पीडितको नाममा संकलित रकम व्यक्तिको नाममा ट्रान्फर गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ । बैठकले क्षेत्रीय संयोजक तथा राष्ट्रिय समितिको अध्यक्षहरुलाई केन्द्रको निर्णय बमोजिम तत्काल फाइनाइन्सियल रिपोट र भूकम्प पीडितका नाममा संकलित सबै रकम पठाउन निर्देशन गरेको छ । यसअघि तत्कालीन गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष पारसमणी पोखरेलको कार्यकालका कोषाध्यक्ष तेज अर्याललाई हटाएर नियूक्त भएका टिविआई ग्रुपमा कार्यरत कोषाध्यक्ष दीपक थापालाई
More