Daily Archives September 17, 2016

गल्कोट समाज जापानले भूकम्प प्रभावित क्षेत्रमा पक्की बिधालय भबन गराउने

सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान गराउन सफल जापानमा बिभिन्न पेसा ब्यबसाय अध्ययन तथा रोजगार गरिरहेका गल्कोटेहरु को साझा सस्था गल्कोट समाज जापानले आगामी अग्रेजी नयाँ बर्षमा बृहत सांगीतिक धमाका गर्ने निर्णय गर्यो । भूकम्प प्रभावित क्षेत्र तथा पिछडिएको क्षेत्रको पहिचान गरि उच्च आबस्यकता भएको स्थानमा ७ कोठे पक्कि बिधालय भबन निर्माण गर्ने अत्यन्त महत्वाकांशी योजना सहित समाजले अग्रेजी नया बर्षमा कार्यक्रम गर्न लागेको हो । यस संगै गल्कोट क्षेत्रमा सभाहल तथा पर्यटन क्षेत्रमा पनि क्रमिक सहयोग गर्दै जाने समाजको बैठक ले निर्णय गरेको छ । संगै उक्त बिधालय भबन बनाउने उपयुक्त स्थानको पहिचान तथा अन्य आबस्यक प्रक्रियाको लागि अध्ययन गर्न
More

चर्चित गायक प्रमोद खरेलको लगेज तोडफोड

काठमाण्डौं । चर्चित गायक प्रमोद खरेलको लगेज काठमाण्डौंस्थित त्रिभुवन विमानस्थलमा तोडफोड गरिएको छ । उनले आफ्नो फेसबुक टाइमलाइन मार्फत आफु पटकपटक मर्कामा परेको गुनासो गरेका छन् । शनिवारले आफ्नो फुटेको लगेजको फोटो राख्दै भनेका छन, यो मेरो सुटकेश हो । गत हप्ता अमेरिका बाट फर्कदा त्रिभुवन विमानस्थलबाट रिसीभ गर्दा नम्वर सिस्टम को लक तोडिएको पाइयो। त्यसको ठिक १० दिन पछि कोरिया बाट फर्कने क्रममा हिजो लगाएको ताला नै निकालिएको थियो । सामान्य कपडा मात्र राखिएको सुटकेश बाट दुवै चोटि कुनै पनि सामान भने झिकीएको छैन शायद मूल्यवान सामान नभएर होला । दुवै चोटि बाहिर निस्केपछि मात्र ताला फेरिएको देखेकोले उजुरी
More

अन्तरार्ष्ट्रिय वैज्ञानिक सम्मेलन आजबाट काठमाण्डौंमा

काठमाडौं । विश्वका करिब ४० देशका १५० वैज्ञानिक सहभागी हुने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आइतवारबाट काठमाण्डौंमा सुरु हुदैंछ । नेपालको त्रिभुवन, बेलायतको लिभरपुल, जापानको तोकोकु विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा वैज्ञानिकको संलग्नतामा क्वजिआइक्रिस्टलमाथि अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो। सम्मेलनमा भाग लिन रसायनशास्त्रका नोबेल पुरस्कार विजेता डानियल सेक्टमान आइतवार विहान काठमाण्डौं उत्रिएका छन् । सेक्टमानको सहभागिता सोमबार साँझ सोल्टी होटलमा बिषेश कार्यक्रमको आयोजना हुदैंछ । आइतवार देखि २३ सम्म चल्ने सम्मेलनमा भौतिकशास्त्र, रसायनशास्त्र, गणित तथा इन्जिनियरिङ विषयका १ सय १० भन्दा बढी कार्यपत्र पेस हुनेछन्। रसायनशास्त्रका नोबेल पुरस्कार विजेता डानियल सेक्टमानको सहभागिता निश्चित भएकोे सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक एवं बेलायतको लिभरपुल विश्वविद्यालयका प्राध्यापक डा।
More

‘छक्का पञ्जा’ बेलायतमा पनि उस्तै

लन्डन– हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले निमार्ण गरेको चलचित्र ‘छक्का पञ्जा’ बेलायतको अल्डरसटमा शनिबारदेखि प्रदर्शन सुरुवात भएको छ । नेपालमा प्रर्दशन सुरु भएको एक सातामै ५ करोडभन्दा बढी ब्यापार गरेको ‘छक्का पञ्जा’ले अल्डरशटको प्रिन्सेस हलमा पनि राम्रो ब्यापारको सुरुवात गरेको छ । शनिवार प्रिन्सेस हलमा भएको पहिलो शोको गैरआवासीय नेपाली संघका यूरोप संयोजक कुल आचार्यले शुभारम्भ गरे । उनले ‘छक्का पञ्जा’ले राम्रो सफलता पाउने आशा व्यक्त गरे । आयोजक नेपाली इन्टरटेन्मेन्ट यूकेका वीरेन खड्काले नेपालमा प्रदर्शन भएको साता दिनभित्रै बेलायतका नेपाली चलचित्रप्रेमीलाई उक्त चर्चित फिल्म देखाइएको जानकारी दिए । उनले चलचिलत्र बेलायतका अन्य शहरमा समेत प्रर्दशनी गरिने जनाकारी
More

नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा प्रसुना कंडेल निर्विरोध

लण्डन । नेपाली नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा प्रसुना कंडेल सर्वसम्मत भएकी छन् । आइतबार लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न एशोसिएसनको अधिवेसनले कंडेलको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । नयां कार्यसमितिको उपाध्यक्ष पदमा विनोदविकास सिंखडा र सुनिता गौतमबीच भएको निर्वाचनमा सिंखडा बिजयी भए भने महासचिव रस्मिता दर्लामी चुनिएकी छन् । यसअघिको कार्यसमितिमा सिंखडा महासचिव र दर्लामी कोषाध्यक्ष थिए । नवनिर्वाचित अध्यक्ष प्रसुना एशोसिएसनमा यसअघि उपाध्यक्ष र त्यसभन्दा अघिल्लो कार्यसमितिमा महासचिव थिइन् । रेखा खरेल सांस्कृतिक सचिव, गङ्गा साम्पाहांग कोषाध्यक्ष र यमुना आले सहकोषाध्यक्ष चयन भए । सदस्यहरुमा अनिता खरेल , रफी श्रेष्ठ , आज्ञा खनाल , बिनु लामिछाने र सुदर्शना
More

पूर्वराष्ट्रपति डा यादव उपचारका लागि अमेरिकातर्फ

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादव स्वास्थ्योपचारका लागि आज संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ । अघिल्लो महिना भारतमा उपचार गराउँदा उहाँको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो । उपचारका लागि अमेरिका प्रस्थान गर्नुअघि आज एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति डा यादवले चिकित्सकले ट्युमर जतिसक्दो चाँडो सुरक्षितरुपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार आवश्यक उपचारका लागि अमेरिका जान लागेको बताउनुभएको छ । पूर्वराष्ट्रपति डा यादवको अमेरिकास्थित मिचिगन राज्यको डेट्रोइट सहरस्थित हेनरी फोर्ड अस्पतालमा यही असोज १० गते ट्युमरको शल्यक्रियाका लागि समय लिइएको छ । उहाँले सबै नेपालीको कामनाले आफू चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने विश्वास दिलाउनुभएको
More

अरुका लागि संविधान संशोधन हुन नसक्ने : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताउनुभएको छ । मोतिदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका– १० भीमढुङ्गामा उद्घाटन गदै उहाँले संविधान संशोधन नेपाली जनतालाई मान्य र स्वीकार्य हुने खालको हुनु पर्ने धारणा राख्नु भयो ।उहाँले संविधान अनेकथरिसँग सम्झौता गरेर बनाइएकाले अहिले केहीले देशभित्र र बाहिर संविधान संशोधन र स्वीकार्य भन्ने शब्द चट्की र षड्यन्त्रपूर्वक रुपमा उठाइरहेको बताउनुभयो ।उहाँ अरुको एजेन्डामा संविधान संशोधन गर्ने प्रयास भइरहेको बताउँदै त्यसलाई नेपाली जनताले स्वीकार नगर्ने उल्लेख गर्नुभयो । ‘‘जहाँसुकै सम्झौता होस् जुनसुकैसँग होस् तर नेपाली जनताले राष्ट्रिय हितका लागि काम गर्छन्’’उहाँले भन्नुभयो–‘‘हामी
More

मिस्टर वुल्समेनको उपाधि वर्णवाललाई

पोखरामा भएको दोस्रो मिस्टर वुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताका विजयी खेलाडीहरु । सो प्रतियोगितामा नेपाल व्यायम मन्दिरका अर्जुन वर्णवालले पचहत्तर किलो तौल समूहमा विजयी हुनुभएको हो । उहाँले नगद रु एक लाख ५५ हजार ५५५ र ट्रफी प्राप्त गर्नु भएको छ । तस्बिर : निमदत्त सुवेदी ।
More

दुई वर्षभित्र चौध सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं । सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै उक्त लक्ष्य अगाडि सारेको हो । प्राधिकरणले निर्माण गरिरहेको ३२ मेगावाट क्षमताको चमेलिया र कुलेखानी तेस्रो आयोजनालाई आगामी माघसम्म सम्पन्न गर्ने बताएको छ । कुलेखानी तेस्रो १४ मेगावाट क्षमताको हो । यस्तै सहायक कम्पनीमार्फत अगाडि बढाइएका आयोजनालाई पनि छिटो सम्पन्न गर्न आवश्यक सहजीकरण गरिनेछ । त्यसमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना प्रमुख रहेको छ । सो आयोजनाको
More

‘प्रधानमन्त्रीको भारत भ्रमण सफल’

नयाँ दिल्ली  । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताउनुभएको छ । भारत भ्रमणबारे जानकारी दिन उहाँले आज एक होटलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भन्नुभयो, “सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो, त्यसमा हामी सफल भयौँ ।” भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको भ्रमणबाट उच्च उत्साह देखिएको आफूले महसुस गरेको उल्लेख गर्दै मन्त्री डा महतले यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ थपेको जिकिर गर्नुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै उहाँले दुई देशबीचका सबै विषयमा खुलेर छलफल भएको र त्यसले आगामी दिनमा सकारात्मक सन्देश दिने
More