Daily Archives September 21, 2016

लाइफ कोच इन्द्र गुरुङलाई बेलायतमा भ्याइनभ्याइ

लन्डन– लाइफ कोच इन्द्र गुरुङलाई अहिले भ्याइ नभ्याइ छ । मनोविज्ञान मार्फत मानिसको जीवन रुपान्तरण गर्न सक्ने दक्ष गुरुङ अहिले बेलायतमा चर्चाको शिखरमा छन् । आफ्नो ब्यवसायीक तालिमका लागि बेलायत भित्रिएका गुरुङले नेपालको महाभूकम्प पछि हजारौंको संख्यामा रहेको पीडितलाई मनोविज्ञानको काउन्सिलीङ गरेर निको पारेका थिए । फायरवाक (आगोमा हिंड्ने) को लाइसेन्स लिन उनी बेलायत आएका हुन् । आफ्नो तालिम बाहेक हरेक दिन जस्तो ब्यक्तिगत तथा सामूहिकरुपमा आउनेहरुको भिड लाग्छ उनकोमा । यसै हप्ता नेपाल फर्किने योजनामा रहेका गुरुङले आफ्नो बचेखुचेको समय बेलायतस्थित नेपाली समूदायमा खर्चिएर सयौंको संख्यामा काउन्सिलीङ गरे । उनले गत आइतबार दन्किरहेको आगोमा चार दिन हिंडेर बेलायती लाइसेन्स
More

अमेरिकी राष्ट्रपति ओबामा र परराष्ट्रमन्त्री डा महतबीच भेट

अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच न्युयोर्कमा भेट भएको छ । परराष्ट्रमन्त्री डा महत संयुक्त राष्ट्रसंघको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा हाल संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको ७१ औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको सम्मानमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार साँझ न्युयोर्कमा आयोजना गर्नुभएको स्वागत समरोहमा राष्ट्रपति ओबामासँग परराष्ट्रमन्त्री डा महतको भेट भएको हो । यसैबीच सोही समारोहमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अमेरिकी विदेशमन्त्री जोन केरीबीच संक्षिप्त कुराकानी भएको छ । त्यस क्रममा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा
More

दसैँ मनाउन आएका नेपालीहरु

विभिन्न कामका लागि मलेसिया गई दसैँ मनाउन नेपाल फर्कनेक्रममा नेपाल एयरलाइन्सको विमानमा नेपालीहरु । तस्बिर: प्रदीपराज वन्त
More

मधेसी मोर्चाको माग औचित्यहीन : अध्यक्ष ओलीको प्रतिवदेन

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ओलीले वर्तमान सरकारले एमालेलाई मधेसी, जनजाति तथा भारतविरोधी शक्तिकोरुपमा परिभाषित गरेको भन्दै त्यसकाविरुद्ध भन्डाफोर अभियान चलाउनुपर्ने उल्लेख गरेका छन् । यस्तै, मधेसी मोर्चाले उठाएको संविधान संशोधनको माग पनि औचित्यहीन रहेको भन्दै ओलीले निश्चित आधार र औचित्यबिना संविधान संशोधन गर्न नसकिने स्पस्ट पारेका छन् । केन्द्रीय कमिटी बैठकको सुरुमा आफ्नो भनाइ राख्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारका कारण मुलुकको राजनीति गलत बाटोमा अघि बढेको भन्दै त्यसविरुद्ध खबरदारी
More

चीनका लागि प्रस्तावित राजदूत पौडेलसँग मागियो सम्पत्ति विवरण

काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन वटा उजुरी परेको छ । समितिको आज बसेको बैठकमा उपाध्यायविरुद्ध परेका उजुरी अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको हो । सरकार ढाल्न सक्रिय भएको आरोप लगाउँदै केपी ओली नेतृत्वको सरकारले उपाध्यायलाई फिर्ता बोलाएको थियो । तर, कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकारले उपाध्यायलाई फेरि भारतकै लागि राजदूत सिफारिस गरेको हो । समितिमा चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलविरुद्ध भने लिखित उजुरी परेको छैन । पौडेल पूर्वमुख्य सचिव हुन् । समितिले प्रस्तावित दुबै राजदूतसँग १२ गते सुनुवाइ गर्ने तयारी गरेको छ । विशेष समितिले न्यायपरिषद सदस्यका लागि प्रस्तावित रामप्रसाद सिटौलाविरुद्ध
More

उच्च ओहोदादेखि सांसदसम्मको घरमा बालश्रमिक

भक्तपुर । सरकारी उच्च ओहोदाका कर्मचारीदेखि सांसदसम्मको घरमा घरेलु बालश्रम रहेको पाइएको छ । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई आगामी चैतसम्ममा उपत्यकाकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउने अभियानको क्रममा गरिएको अनुुगमनमा सो तथ्य उजागर भएको हो । अनन्तलिङ्गेश्वर नगरपालिका–६ स्थित सिरुटारबाट गत माघ २० गतेबाट औपचारिक रुपमा अभियान सुरु गरेको थियो । अभियानमा सक्रिय रहेको अनन्तलिङ्ेश्वर नगरस्तरीय बाल संरक्षण तथा संर्वद्धन उपसमितिले यस नगरपालिका क्षेत्रमा मात्रै ७८ जना घरेलु बालश्रमिक पाइएको उपसमितिका सदस्य सचिव सुनिता सिलवालले जानकारी दिनुभयो । विभिन्न जिल्लाबाट परिवार छाडेर आएका ७८ जनामध्ये १४ वर्ष मुनिका ४० जना घरेलु बालबालिका श्रममा रहेको पाइएको उहाँले जानकारी दिनुभयो । अभियानका क्रममा घरघरमा
More

चट्याङले दुईको मृत्यु

गाईघाट । जिल्लाको पूर्वी क्षेत्रको सिद्धिपुर गाविस– २ मा आज चट्याङले दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय चक्रबहादुर मगर र ५० वर्षीय जगतबहादुर मगर रहेका छन् । उनीहरुको उपचारको क्रममा लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ओम रानाले जानकारी दिनुभयो । बिहान सुतिरहेका अवस्थामा घर नजिकैको विद्युत्को पोलमा चट्याङ पर्दा दुवैजना घाइते भएका थिए ।
More

लन्डन दूतावासमा राष्ट्रिय दिवस (फोटो फिचर)

लन्डन । बेलायतस्थित नेपाली दूतावासले मंगलवार नेपाली समूदाय र कुटनीतिज्ञमाझ नेपालको राष्ट्रिय दिवस मनाएको छ । नेपाली दूतावास भवनमा आयोजित कार्यक्रममा बोल्दै बेलायतका लागि कार्यवहाक राजदूत शरदराज आरनले नेपाल र बेलायतको सम्वन्ध झन् मजवुत बन्दै गएको बताए । उनले बेलायत नेपालबीच लामो ऐतिहासिक सम्वन्ध रहेको बताउंदै यस वर्ष दुई देशबीच कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष मनाइएको अवगत गराए । कार्यक्रममा विशेष अतिथी बेलायती विदेश मन्त्रालयकी दक्षिण एसिया प्रमुख लाउरा क्लार्कले बेलायत सरकारको प्रतिनिधित्व गर्दै दुई शताब्दीदेखि बेलायत नेपाल सम्वन्ध ज्यादै बलियो रहेको उल्लेख गरिन् । उनले बेलायतमा नेपाली जनसंख्या ८० हजार बढि रहेको र प्रत्येक वर्ष करिब ३० हजार
More

प्रधानन्यायधीशले लोकमानको मुद्दा हेर्न किन नपाउने ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विवादसम्बन्धी मुद्दा पुनः सुनुवाई गर्ने निर्णय गरेकी प्रधानन्यायाधीश सुशीला कार्कीले त्यो मुद्दामा सुनुवाई गर्न नपाउने भएकी छिन्। १५ दिनअघि बनेको न्याय प्रशासन सम्बन्धी नयाँ कानुनले फैसला पुनरावलोकनको अनुमति दिने न्यायाधीशले उक्त मुद्दामा सुनुवाई गर्न नपाउने व्यवस्था गरेकाले प्रधानन्यायाधीश कार्कीले लोकमान नियुक्तिको विवाद सम्बन्धी मुद्दामा सुनुवाई गर्न नपाउने भएकी हुन् । प्रधानन्यायाधीश सुशीला कार्की र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको व्यक्तिगत इगोले संस्थागत स्वरुप लिएपछि यतिबेला सरकार, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच तनाव चर्किएको छ ।सर्वोच्चले अख्तियारका प्रमुख आयुक्त कार्कीविरुद्धको मुद्दाको फाइल पुनरावलोकनका लागि अगाडि
More

कांग्रेसले ७ राज्यमन्त्री थप्दै

काठमाडौं । कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए । तर, प्रधानमन्त्री दाहालले मन्त्रालय संख्याको पचास प्रतिशतभन्दा बढी राज्यमन्त्री थप नगर्ने अडान लिएपछि कांग्रेसले ७ राज्यमन्त्री पाउने भएको हो । कांग्रेसबाट ७ राज्यमन्त्री थप भएपछि वर्तमान मन्त्रिपरिषद ३८ सदस्यीय हुनेछ । हाल कांग्रेसका १५, माओवादी केन्द्रबाट ९ मन्त्री, ४ राज्यमन्त्री र राप्रपाबाट २ मन्त्री छन् । प्रधानमन्त्री दाहालसँग खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला, बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छन् । साना दलका लागि भनेर ती मन्त्रालय छुट्याइएका
More