Daily Archives September 22, 2016

म रहेसम्म पार्टी फुट्दैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएको गुटबन्दीप्रति चिन्ता व्यक्तगर्नुभएको छ । वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा लिखित ‘आगो निभेको छैन’ पुस्तकको विमोचन गर्न यहाँ आज आयोजित समारोहमा नेता पौडेलले पार्टीभित्र बढ्दै गएको गुटबन्दीले काँग्रेस कता जाँदैछ भनी चिन्ता व्यक्तगर्दै गर्दै आफू रहेसम्म पार्टी कुनै पनि हालतमा फुट्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पार्टी सभापति शेरबहादुर देउवालाई ‘तपाई सभापति भइसक्नुभयो, तीनपटक मुलुकको प्रधानमन्त्री पनि हुनुभयो अब सीमित घेरामा नबस्नुस् भनी सुझाव दिएँ ।” ठूलो बलिदानी र सङ्घर्षबाट आएको पार्टीको लेखाजोखा नगरी अघि बढ्न सकिदैन भन्दै उहाँले भन्नुभयो, “मैले निर्वाचनमा हारे पनि सभापति शेरबहादुर देउवालाई अप्ठ्यारो पारेको छैन
More

मधेश आन्दोलनका घाइतेलाई १ करोड ४० लाख

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को कृषि केन्द्र ढाकामा वरिष्ठ कृषि अर्थ विशेषज्ञ डा प्रद्युम्नकुमार पाण्डेलाई काजमा पठाउने निर्णय गरेको छ । बैठकले विश्व बैंकको खासगरी दक्षिणपूर्वी शाखामा काम गर्नका लागि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव दीननाथ उपाध्यायलाई कार्यकारी निर्देशकको सल्लाहकारका रुपमा पठाउने पनि निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले पत्रकारलाई जानकारी दिनुभयो । सरकारले आगामी दुई वर्षभित्र मुक्तहलिया पुनःस्थापनाको काम सक्ने अठोट गरेको छ । साथै विशेष धाविका भोजपुरकी मीरा राईलाई सरकारका तर्फबाट उपचारका लागि रु पाँच लाख दिने निर्णय भएको छ । त्यसैगरी आजको बैठकले नेपाल टेलिकमको कार्यकारी निर्देशकमा कामिनी
More

संविधान बमोजिम निर्वाचनमा जानुपर्ने एमाले निष्कर्ष

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ जारी बैठकमा आज सदस्यहरुले संविधान बमोजिम छिटो निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । संविधान कार्यान्वयन नै अहिलेको मुख्य विषय भएकाले छिटोभन्दा छिटो निर्वाचनमा जानुपर्नेमा उहाँहरुले जोड दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको विकसित परिस्थिति र आगामी कार्ययोजना सहितको लिखित राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा सदस्यहरुले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउनुपर्ने, कार्यकर्ता र जनपरिचालन गर्नुपर्ने, तराई–मधेसमा आर्थिक–सामाजिक रुपान्तरणका विशेष अभियान चलाउनुपर्ने, पार्टी नेतृत्वको सरकारले प्रस्तुत गरेका जनपक्षीय नीति, कार्यक्रम र बजेटलाई आम जनताकाबीचमा प्रचारप्रसार गर्नुपर्ने लगायत सुझाव बैठकमा प्रस्तुत गरेका छन् । पार्टी नेतृत्वको सरकार भएकोबेलामा मुलुकको स्वाभिमान र
More

पहिरोमा परी एक विदेशीसहित चारको मृत्यु

गोरखा । उत्तरी गोरखाको केरौँजा– ९ स्थित उहिया दोभानखण्डमा झरेको पहिरोमा परी आज एक विदेशी नागरिकसहित चार जनाको मृत्यु भएको छ । पहिरोमा परी चार विदेशी नागरिकसहित छ जना घाइते भएका छन् । पहिरोमा परी काठमाडौँका दोर्जे लामा र छिरि शेर्पा, ओखलढुङ्गा घर भएकी क्यान नेपाल संस्थामा काम गर्ने रञ्जना वस्नेत र एक स्पेनका नागरिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । घाइतेको फिष्टेल एयरले उद्धार गरी उपचारका लागि काठमाडौँ लगेको छ । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर शव निकाल्ने कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल सदरमुकामदेखि दुई दिनको पैदल दुरीमा पर्छ । गत
More

मन्त्री गिरी अचानक अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि सिँचाइमन्त्री दीपक गिरी अस्पताल भर्ना हुनुभएको छ । अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि उहाँ नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा गए राती भर्ना हुुनुभएको मन्त्री गिरीका स्वकीय सचिव युवराज जिसीले जानकारी दिनुभयो । डा यादव भट्ट नेतृत्वको टोलीले उहाँको उपचार गरिरहेको छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र दुई दिनपछि घर फर्कन सक्ने चिकित्सकको भनाइ उद्धृत गर्दै जिसीले बताउनुभयो । उहाँलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता अस्पताल पुग्नुभएको थियो ।
More

अमेरिकाको सार्लोटमा सङ्कटकाल

वासिङटन । अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लाेट महानगरमा जातीय रङगभेद भड्किई उत्पन्न भएको व्यापक हूलदङगा र अनियन्त्रीत हिंसाका कारण सङ्कटकाल घोषणा गरिएको छ । गतःमङ्गलबार कालो बर्णका एक व्यक्ति प्रहरीको कारबाहीमा मरणाशन्न हुने गरी सख्त घाइते भएका र पछि उनको मृत्यु भएको थियो । हजारौंँको सङ्ख्यामा काला वर्णका स्थानीय जनताहरु भेला भइ गोरा वर्णका जनसमुदाय विरुद्ध दुई दिनसम्म लगातार विरोध प्रदर्शन गरेकाले व्यापक हिंसा भड्किन गएको कारण सङ्कटकाल घोषणा गर्नुपरेको नर्थ क्यारोलिना राज्यका गभर्नर प्याट म्याक्क्रोरिले आफ्नो ट्वीटरमार्फत प्रष्ट पार्नुभएको छ । सङ्कटकाल लागू भएपछि अराजक स्थिति उत्पन्न हुन नदिन स्थानीय कानून बमोजिम हाल भारी सङ्ख्यामा नेशनल गार्ड र हाइवे
More

प्रेस काउन्सिलको वार्षिकोत्सव

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निवास शीतल निवासमा बिहीबार प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सव समारोहमा पुरस्कृतहरुलगायत ।
More

संघीय फोरमले आयोजना गरेको कार्यक्रममा सहभागी हुने

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लण्डन आउँदै छन् । नेपाल संघीय फोरमको निमन्त्रणामा बेलायतलगायत युरोपका विभिन्न देशको भ्रमणका लागि यादव विहीबार लन्डन प्रस्थान गर्नुभएको हो । बेलायतलगायत यादवले बेल्जियम, पोर्चुगललगायत अन्य सातवटा देशका नेपालीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने बताइएको छ । उनी असोज १६ गते काठमाडौं फर्किने बताइएको छ । १३ दिनको यूरोप यात्रामा संघीय समाजवादी फोरमको विदेशस्थित भ्रातृ संस्थाले आयोजना गरेको कार्यक्रमलाई अध्यक्ष यादवले सम्बोधन गर्ने बताइएको छ । अध्यक्ष यादवले बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो । अध्यक्ष यादवले पहिलो पटक प्रधानमन्त्री दाहाललाई एक्लाएक्लै भेट गरेका हुन् । भेटमा संविधान संशोधन र
More

अख्तियार प्रमुखका बारेमा संसदमा मैले छलफल चलाएको हुँ : गगन

चितवन । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद्मा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसद्मा छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तको विषयमा छलफल हुनु हुँदैन भन्ने मानसिकता गलत भएको बताउनुभयो । उहाँहरुमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने विषय छलफलपछिको विभाजनले देखाउने भन्नुहुँदै उहाँले आफू सांसद मात्रै रहँदा सार्वजनिक महत्वको विषय संसद्मा दर्ता गराएको बताउनुभयो । आफू अहिले जिम्मेवार मन्त्री पदमा रहेको भन्दै उहाँले यस
More

नेपालका मदिरा पसलमा बिहानैदेखि भारतीयको भीड

काठमाडौं । नेपाल भारतको सीमामा पर्ने धनुषाको जटही नाकामा दैनिक बिहानदेखि नै भारतीय युवाको भीड लाग्छ । युवाहरु भारतीय सवारीसाधन सीमामा ल्याएर मदिरा पिउँदै रमाइलो गर्छन् । भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीय युवा तराईका सीमा क्षेत्रमध्ये जटहीमा आउने गरेका छन् । बिहानदेखि रक्सी पसल भरिभराउ हुने र साँझमा सबै खाली हुने गरेको जटही भन्सार कार्यालयका सहायत वैद्यनाथ लाल कर्ण बताउँछन् । उनका अनुसार साँझको समयमा भारतीय नाकामा जाँच गर्न सुरक्षाकर्मी आउने भएकाले युवाहरु मदिरा पिउन विहानै आउने गरेका हुन् । विहान १० देखि १२ बजेत्रिै भारतीय गाडी लिएर आउने गरेका युवा रक्सी लिएर
More