Daily Archives September 23, 2016

एन्फा अध्यक्षमा श्रेष्ठको उम्मेदवारी

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले आगामी कात्तिक ८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा आज पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो जीवन फुटबलमा व्यथित गरेको स्मरण गर्दै फुटबल खेलको विकास र विस्तारका लागि नियमनकारी निकायको कार्यकारी बन्ने इच्छा रहेको भनाइ व्यक्त गर्नुभयो । कार्यक्रममा कार्यकारी अध्यक्ष श्रेष्ठसँगै वरिष्ठ उपाध्यक्ष पदका लागि मणि कँुवरले पनि उम्मेदवारी दिने घोषणा गर्नुभयो । त्यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले यसअघि नै उपाध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले अध्यक्ष र वरिष्ठ
More

हिन्दी र अङ्ग्रेजीलाई राष्ट्रिय भाषा बनाउने भन्ने प्रचार गलत

काठमाडौं । हिन्दी र अङ्ग्रेजी भाषालाई राष्ट्रिय भाषा बनाउने गरी संविधान संशोधन गर्न लागेको भन्ने प्रचार गलत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रासससँग कुरा गर्दै हिन्दी र अङ्ग्रेजीलाई राष्ट्रिय भाषा बनाउने गरी संविधान संशोधन गर्न लागेको भन्ने प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै भन्नुभयो, “हिन्दी र अङ्ग्रेजी भाषालाई राष्ट्रिय भाषा बनाउने गरी संविधान संशोधन गर्न लागिएको भन्ने प्रचार गलत हो, त्यससम्बन्धी कुनै पनि संशोधनको प्रस्ताव आएको छैन ।”
More

प्रमुख आयुक्त लोकमानको सक्कल कागजात सर्वोच्चमा

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा आज पठाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषद्को कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तका विषयमा सर्वोच्च अदालतले माग गरेबमोजिम कागजात खामबन्दी गरेर पठाएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को कार्यालयले यसअघि भूकम्पमा परी कागजात हराएको भनी जवाफ पठाएको थियो । सर्वोच्चले सरकारको उक्त जवाफ गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको र एक हप्ताभित्र पठाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशबमोजिम सरकारले आज आयोग प्रमुख कार्की नियुक्तिको सक्कल फाइल पठाएको हो । आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते
More

स्थानीय निकायको निर्वाचन अपरिहार्य : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ । तरुण प्रकाशन प्रालिले प्रकाशन गरेको नेपाली काँग्रेस महाधिवेशन विशेष पुस्तकको राजधानीमा आज लोकापर्ण गर्दै सभापति देउवाले स्थानीय निकाय पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदनलाई सबै दलले आत्मासात् गरी अगाडि बढ्नुपर्ने धारणा राख्नु भयो । संविधानमा स्थानीय निकायको संरचना गाउँपालिका, नगरपालिका, विशेष स्वायत्त र संरक्षित क्षेत्र, सीमा र सङ्ख्या निर्धारण गरेर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने प्रावधान छ । स्थानीय निकायको निर्वाचन नभएको झन्डै २० वर्ष पुगेको छ । स्थानीय निकायको निर्वाचन नहुँदा सर्वसाधारणको विकास निर्माणमा प्रत्यक्ष सहभागिता हुन सकेको छैन । कार्यक्रममा सभापति देउवाले संविधान
More

संघीय समाजवादी फोरमका अध्यक्ष यादव लन्डनमा

लन्डन— संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन आज लन्डन आइपुगेका छन् । पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आएका नेता यादवलाई स्वागत गर्ने बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन र समाजका अध्यक्ष धर्म तामाङ लगाएतको टोली हित्रो विमानस्थल पुगेको थियो । यादवले आइतवार अल्डरसटको एम्पायर हलमा आयोजना हुने अधिवेशनको उद्टन गर्ने कार्यक्रम छ। उनीसंगै पार्टी विदेश विभाग प्रमुख आंङकाजी शेर्पा समेत लण्डन उत्रिएका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादबले एक साता लामो बेलायत भ्रमण क्रममा बेलायती सरकारी अधिकारी तथा राजनीतिक दल, विभिन्न संघसंस्था र यहाँस्थित पूर्व
More

नेपाल प्रहरीमा भावी महानिरीक्षकको दौड सुरु

काठमाडौं । नेपाल प्रहरीमा भावी महानिरीक्षक(आइजिपी) नियुक्ति हुने समय आउनु पाँच महिनाअघि देखि नै सो पदका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । आइजिपीसँगै हाल कायम सबै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)ले पनि ३० वर्ष सेवा अवधि पूरा गरी आगामी फागुन १ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् र बहालवाला प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहेकाहरुबाट एक आइजिपी बन्ने छन् । २०४४ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका अहिलेका डिआइजीमध्ये वरिष्ठताको रोल क्रममा १ नम्बरमा रहेका नवराज सिलवाल, २ नम्बरमा रहेका प्रकाश अर्याल, ३ नम्बरमा रहेका जयबहादुर चन्द र ४ नम्बरमा रहेका बमबहादुर भण्डारीबीच नयाँ आइजिपी बन्न तीव्र प्रतिस्पर्धा सुरु भएको छ ।
More

मन्त्रीज्यु हाम्रो जीवन बचाउनुस्

चितवन– स्वास्थ्यमन्त्री गगन थापासंग थालेसिमियाका विरामीहरुले आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् । भरतपुर अस्पतालको सी ब्लक भवनको सिलान्यास गर्न चितवन आईपुग्नुभएका मन्त्री थापासँग बालबालिकाहरुले आफ्नो जीवनको रक्षा गरिदिन माग गरेका हुन् । टाडीका १६ बर्षीय महेश चौधरीले मन्त्री थापासँग थालेसिमियाको विरामीको उपचार सहज र निशुल्क गरिदिन आग्रह गरे । सो अवसरमा चितवन सहायता समाजले थालेसिमियका विरामीको उपचारमा सहयोग गर्न भरतपुर अस्पताललाई ९० हजार रुपैंया हस्तान्तरण गरेको छ । मन्त्री थापामार्फत अस्पतालका विकास समितीका अध्यक्ष विजय सुवेदीलाई संस्थाका सदस्य केशवराज सुवेदी र विरामी बालबालिकाले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले थालेसिमियाका विरामीको
More

उच्च अदालतको मुख्य न्यायाधीश तोक्न सिफारिस

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत जनकपुरका न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यात र उच्च अदालत दीपायलका न्यायाधीश प्रकाशकुमार ढुङ्गानालाई सोही अदालतको मुख्य न्यायाधीशमा नियुक्ति गरी पदस्थापन गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ । परिषद्को आजको बैठकले सो दुई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरी पदस्थापन गर्न प्रधानन्यायाधीशलाई सिफारिस गरेको न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिनुभयो । बैठकले राजस्व न्यायाधीकरण काठमाडौँको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश डिल्लीराज आचार्य, राजस्व न्यायाधीकरण विराटनगरको अध्यक्षमा उच्च अदालत विराटनगरका न्यायाधीश कुमार पोखरेल, राजस्व न्यायाधीकरणमा पोखरामा उच्च अदालत पोखराका न्यायाधीश सत्यराज गुरुङ र राजस्व न्यायाधीकरण नेपालगन्जमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश वीरबहादुर डागीलाई तोक्न नेपाल सरकार
More

छक्का पञ्जाको मर्मस्पर्सी सन्देश

काठमाडौं । नेपाली सिनेमाको इतिहासमा छक्का पञ्जाले निकै ठूलो तहल्का पिटेको छ । वर्षौँदेखि टेलिभिजनको पर्दामा देखिने हाँस्य कलाकारहरुले पछिल्लो समयमा निकै मर्मस्पर्शी कुरालाई पनि हाँसोको माध्यमबाट प्रस्तुुत गर्न कमेडी चलचित्र निर्माण गरेका छन् । हाँस्य टेलिसिरियल तितोसत्य ,जिरे खुर्सानी तथा मेरी बास्सैका कलाकारहरुले यस खाले चलचित्रमा भूमिका निर्वाह गरेका छन् । आफ्नो मन रुवाएर पनि दर्शकलाई हँसाउने हाँस्य कलाकारहरु यतिबेला छक्का पञ्जाको माहोलमा व्यस्त छन् । दिपाश्री निरौलाले निर्देशन र दिपक राज गिरीले निर्माण गरेको उक्त चलचित्रका निर्माताहरु, जितु नेपाल (मुन्द्रे), कुञ्जना घिमिरे (सुन्तली), केदार घिमिरे (माग्ने बुढो), ताराचन्द्र बजगाईँ (निसान), सुमन गिरी (भाञ्जा) रहेका छन् भने मुख्य कलाकारहरुमा
More

आङकाजी शेर्पा बोकेर यादव बेलायतमा

लन्डन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव हिजो बेलायत प्रस्थान गर्नुभएको छ । नेप्लिज फेडरल सोसाइटीका दोस्रो महाधिवेशनको उद्घाटनका लागि उहाँ बेलायत आइपुग्नुभएको हो । सेप्टेम्बर २३ र २४ गते हुन लागेको महाधिवेशनको प्रमुख अतिथिका रुपमा अध्यक्ष यादव सो कार्यक्रममा सहभागी हुन बेलायत आउनुभएको हो । सो कार्यक्रमपछि उहाँ बेल्जियम, पोर्चुगल समेत जाने कार्यक्रम रहेको पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष यादवको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष श्रेष्ठले नै अध्यक्ष पद सम्हाल्नुहुनेछ । यादव दुई सातापछि स्वदेश फर्कने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
More