Daily Archives September 24, 2016

कोरला नाका खोल्न कूटनीति पहलको खाँचो : मन्त्री गौचन

मुस्ताङ । वाणिज्य मन्त्री रोमी गौचन थकालीले सरकारले कोरला नाका खोल्न कुटनीतिक पहलको खाचो रहेको बताउनु भएको छ । मन्त्री बनेपछि पहिलो पटक उहाँकै गृहजिल्ला मुस्ताङ भ्रमणकाक्रममा जोमसोम गाउँ मुखिया समाजले गरेको कार्यक्रममा गौंचनले सरकारले कुटनीतिक पहल थाले अबको दुई बर्षभित्रै कोरला नाका खुलिसक्ने दाबी गर्नुभएको हो । नेपाल र चीनबीच व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको मुस्ताङको कोरला नाका कहिले खुल्छ भन्ने सर्वाधिक चासोको बेला उहाँले नाकालाई दिर्घकालिन तरिकारले संचालनको वातावरण मिलाउन आफूले पहल गर्ने दाबीसमेत गर्नुभएको हो । उहाँले मुस्ताङ पर्यटनका लागि प्रचुर सम्भावना भएको जिल्ला भएको बताउदै कोरला नाकामार्फत भारत र चिनसँग व्यापार, पर्यटन विस्तार गरी दोहोरो फाईदा लिन
More

संविधान संशोधनको प्रस्ताव तयार के-के छ ?

काठमाडौं । सरकारले आन्दोलनरत मधेसी मोर्चालाई सम्बोधन गर्ने प्रयासमा अर्को साता संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गर्ने तयारी गरेको छ । संशोधन प्रस्तावको मस्यौदा तयार भइसकेको छ । के छ संशोधन प्रस्तावमा ? सरकारले तयार पारेको संशोधन प्रस्ताव चार विषयमा छ । जसमा सीमांकन प्रमुख हो । पहिलो- भाषाःसरकारले संविधान अनुसार लवदेव अवस्थीको अध्यक्षमा भाषा आयोग गठन गरिसकेको छ । तर, आयोगले पूर्णता पाएको छैन । यो आयोगले दिने रिपोर्टका आधारमा भाषाका विषयलाई सम्बोधन गर्ने संविधानको अनुसूचीमा राख्ने प्रस्ताव छ । दोस्रो- राष्ट्रिय सभाः राष्ट्रिय सभाको गठनबारे छ । अहिलेको संविधान अनुसार ५९ सदस्यीय राष्ट्रिय सभाका ५६ सदस्य प्रत्येक
More

थाहा पाइराख्नुहोस् यसपालिको दशैंबारे

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत विहान पौने नौ वजे रहेको पञ्चांग निर्णायक समितिको भनाई छ । कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २५ गते बिहान पौने ९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताउनुभयो । उत्तम साइत पौने ९ बजे भने पनि कोजाग्रत पूर्णिमाको दिनसम्म जतिबेला पनि टीका लगाउन सकिने उहाँले बताउनुभयो । अरु ठाउँमा पूर्णिमासम्म टीका लगाइए पनि धेरै
More

नेपालको संविधान समावेशी छ : परराष्ट्रमन्त्री

न्युर्योक । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गर्नुभयो । उहाँले विगतका दुई वटा द्वन्द्वरत पक्ष र शान्ति सम्झौताका हस्ताक्षर कर्ताबीचमा भएको पछिल्लो गठबन्धनले पनि नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिएको तथा कार्यान्वयन पनि सहज रुपमा अगाडि बढ्ने स्पष्ट पार्नुभयो । नेपालको संविधान कुन हदसम्म समावेशी छ भन्ने स्पष्ट पार्दै उहाँले राज्यका पाँच महत्वपूर्ण पदमध्ये तीनवटामा महिला नै प्रमुख
More

नेपालको जेलमा क्याडनाको अर्बपति

काठमाडौं । अर्नेष्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो । उनै म्याकन्टोसका कारण तीन वर्षअघि त्यहाँका प्रान्तीय कानुनमन्त्रीले राजीनामा दिनुपरेको थियो । तिनै ७२ वर्षीय म्याकन्टोस २० महिनादेखि नेपाली जेलमा छन् । राम्रो काम गरेर उनले क्यानडामा चर्चा कमाएका भने होइनन् । बाल यौनदुराचार र न्यायालयमा पैसाको धाकले प्रभाव जमाएका कारण उनले क्यानडामा हंगामा मच्चाएको समाचार छ । अर्वपति व्यापारी भएर पनि बाल यौनदुराचार मुद्दाका कारण उनी कुख्यात भएका थिए । जघन्य अपराधमा समेत क्यानडा अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि ठूलै विवाद गलेको थियो ।तिनै म्याकोन्टोस ४ पुस २०७१ मा ललितपुरबाट पक्राउ परेका थिए । ललितपुर
More

एमालेको चियापान २९ गते

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ जारी बैठकमा सदस्यले सरकारले दण्डहीनतालाई प्रश्रय दिने, देशमा शान्तिसुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने किसिमले निर्णय गर्न लागेको भन्दै ध्यानाकर्षण गराएका छन् । गत वर्ष कैलाली जिल्लाको टीकापुर लगायतका विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जनधनको क्षतिबाट समग्र नेपाली समाज आहात भएको घटना ताजै रहेको जनाउँदै लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्नेगरी भएका ती घटनाका सन्दर्भमा गरिएको छानबिन प्रतिवेदनमा प्रवेश नै नगरी त्यस्ता निर्णय गर्नुपूर्व देशको संविधान, कानुन, लोकतन्त्रका मूल्य र मान्यताको अनुसरण गर्न बैठकले सरकारसँग माग गरेको छ । आजको बैठकमा सुझाव
More

बलात्कारको अभियोगमा प्रहरी पक्राउ

धनगढी । मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा आज एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउपर्नेमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिं फराल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले निज फरालमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरी कारबाही थालिएको बताउनुभयो । स्थानीय क्याम्पस चोकको झाडीमा मानसिक सन्तुलन गुमाएकी महिलालाई फरालले बलात्कार गर्दै गरेको देखिएपछि स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
More