Daily Archives 25th September 2016

साढे चार लाख पीडितसँग अनुदान सम्झौता

काठमाडौं । भूकम्प प्रभावित चार लाख ५४ हजार १५ घर परिवारसँग आइतबार बिहानसम्म अनुदान सम्झौता भएको छ भने तीन लाख ९३ हजार ६७७ परिवारलाई पहिलो किस्ताको रकम वितरण गरिएको छ । भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा हाल अनुदान सम्झौताको काम भइरहेको छ । सिन्धुपाल्चोकमा ७४ हजार ८५७, रामेछापमा ४० हजार ७८७, ओखलढुङ्गामा १८ हजार २०, गोरखामा ४९ हजार ९६९, दोलखामा ४४ हजार २२९, काभ्रेपलाञ्चोकमा ५७ हजार ९७९, रसुवामा नौ हजार ४३, नुवाकोटमा ५५ हजार ९७८, सिन्धुलीमा २६ हजार ३३९, धादिङमा ५८ हजार ७४४ र मकवानपुरमा १८ हजार ६६ पीडितसँग सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यस्तै ललितपुरको बुङ्मतीका चार
More

सुडान घोटालाबारे सर्वोच्चले सरकारलाई बोलायो

काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणका बारेमा सुनुवाइ गर्न सरकारलाई झिकाउने आदेश गरेको छ । न्यायाधीश गोविन्दप्रसाद उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले उक्त विषयमा सुनुवाइ गर्नका लागि सरकारलाई झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले आज जानकारी दिनुभयो । आदेशमा फौजदारी न्याय सिद्धान्तको रोहमा विचारणीय देखिने भएका कारणले विशेष अदालत काठमाडौँले २०६८ फागुन १ को फैसला विचारणीय भएको हुँदा विपक्षीलाई झिकाइएको उल्लेख छ । सुडानमा शान्ति सेनामा गएका प्रहरीका लागि बन्दोबस्ती सामान खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको विषयमा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो । आरोपित हेमबहादुर गुरुङ, शम्भु भारती, ओमविक्रम राणा र रमेशचन्द ठकुरीले
More

च्यारिटी डिनर गर्दै एनडिए युके

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेले आउँदो अक्टोबर २२ तारिख, शनिबारका दिन रमादा हेटल तथा कन्फरेन्स सेन्टर, केनिलवर्थ, वारविकशायरमा च्यारिटी डिनर आयोजना गर्न लागेको छ। कार्यक्रममा माइती नेपालकी संस्थापक तथा सिएनएन हिरो अनुराधा कोइराला, विश्वमै पहिलो पटक ‘मृत मुटु’ को सफल प्रत्यारोपणमा संलग्न रहेका अष्ट्रेलियास्थित सर्जन डा. कुमुद धिताल, सगरमाथको सफल आरोहण गरेका एकजना रेनल ट्रान्सप्लानट सर्जन प्रा. क्रिस्टोफर इम्रे विशेष अतिथिको रुपमा सहभागी हुनुहुने आयोजक संस्थाले जनाएको छ। हालै सम्पन्न रियो ओलिम्पिक्समा सबैभन्दा कान्छी खेलाडीको रुपमा चिनिएकी गौरिका सिंह पनि सहभागी हुनेछिन्। त्यसैगरी युकेस्थित नेपाली डक्टरहरुको पहिलो व्याण्ड ‘दृश्या’ तथा चर्चित नेपाली ब्याण्ड ‘दाजुभाइ’ ले पनि प्रस्तुति दिनेछन् ।
More

सूचना तथा सञ्चार केन्द्र

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार नेपाल सरकार तथा मित्रराष्ट्र दक्षिण कोरियाको सहयोगमा त्रिवि, इन्जिनियरिङ क्याम्पस पुल्चोकमा निर्मित सूचना तथा सञ्चार प्रविधि केन्द्रको उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त ।
More

भूकम्पपीडितलाई थप एक लाख दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय पुनःनिर्माणमा प्राधिकरणको काम सन्तोषजनक नभएको गुनासो गरेका छन् । दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक आज बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा प्रधानमन्त्री एवं समितिका अध्यक्ष दाहालले भूकम्पपीडितको अपेक्षाअनुसार काम हुन नसक्दा पीडितमा आक्रोश बढेको भन्दै प्राधिकरणको कामप्रति असन्तुष्टि जनाएका हुन् । बैठकमा कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणले हालसम्म गरेका कामको विवरण, अनुदान रकम वितरण, त्यसमा देखिएका कठिनाई, नीतिगत सुधार गर्नुपर्ने पक्ष र कमजोरीबारे जानकारी गराएका थिए । भूकम्प अति प्रभावित १४ जिल्लामा काम भइरहेकाले बाँकी १७ जिल्लामा के गर्ने भन्ने विषय पनि छलफल भएको प्राधिकरणले जनाएको छ । बैठकमा पहिलो किस्तामा ५० हजार,
More

पूर्व गृहमन्त्री घिमिरेसहित सातजना सवार गाडी दुर्घटना, तीनको मृत्यु

चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । चालक विष्णु राई घाइते छन् । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त रामचन्द्र कार्की र सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण काफ्ले रहेका छन् । उहाँका अनुसार घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नंको स्करपियो गाडी दुर्घटनामा परेको हो । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदैछ भने घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको
More

कांग्रेस शिकार खाएर सुतेको बाघ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई सिकार खाएर सुतेको बाघको संज्ञा दिएका छन् । उनले देशको सबैभन्दा ठूलो पार्टी भएपनि कांग्रेसको कुनै नीति प्रष्ट नभएको भन्दै व्यंग्य गरेका हुन् । राजधानीमा पत्रकार गोपाल खनालद्वारा लिखित पुस्तक ‘भूराजनीति’ विमोचन गर्दै ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले विदेशी रिझाउन सरकारले मनलाग्दी सहमति र सम्झौता गरेको आरोप लगाए । यस्तै, माआवादी नेता नारायणकाजी श्रेष्ठले देश बाह्य शक्तिकेन्द्रमुखी भइरहेको र राजनीतिक पार्टीहरुले स्वार्थ पूरा गर्न बाह्य हस्तक्षेप स्वीकार गर्दा स्वाधीनतामाथि नै आँच आएको बताए । कार्यक्रममा कांगे्रस नेता रामशरण महतले परराष्ट्रनीतिमा राष्ट्रिय एकता कायम हुनु पर्ने र राष्ट्रिय हितका मामलामा
More

प्रेमबहादुरलाई डेराको चिन्ता

काठमाडौं । प्रेमबहादुर सिंह यस्ता नेता हुन्, एक सिट हुँदा पनि उनी पटक–पटक मन्त्री बन्न सफल भएका छन् । कांग्रेस–माओवादी गठबन्धनमा फेरि मन्त्री हुने आशामा बसेका सिंहले मैतीदेवीको डेरा अझै नछाडेपछि उनको चर्चा सुरु भएको छ । केपी ओली नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइमन्त्री बनेका सिंहलाई सोही मन्त्रालय दिने बचन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि दिएको बुझिएको छ । सोही कारण सिंहले मैतीदेवीको नयाँ डेरा नछाडेको बताइएको छ । ओली नेतृत्वको सरकारमा रहनुअघि सिंह शान्तिनगरमा बस्थे, मन्त्री भएपछि सो घर छाडेर ३५ हजार भाडा तिरेर रातारात मैतीदेवी सरे । तर, सरेको केही महिनामै उनको मन्त्री पद ओलीको राजीनामा सँगसँगै गयो
More

आयोजक समिति सदस्य घटाउने माओवादी केन्द्रको तयारी

काठमाडौं । सङ्गठनात्मक विषयमा निर्णय लिन बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठक आइतबार पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सङ्गठनात्मक विषयमा छलफल भएको केन्द्रीय कार्यालय सदस्य अग्नि सापकोटाले जानकारी दिनुभयो । सङ्गठनका विषयमा सदस्यले धारणा राख्नेक्रम जारी रहेकाले बैठक आइतबार पुनः बस्ने गरी स्थगित गरिएको हो । बैठकमा तत्काल महाधिवेशन हुने सम्भावना नरहेकाले महाधिवेशन आयोजक समितिको सदस्य सङ्ख्या घटाउनेबारे छलफल भइरहेको छ । विभिन्न माओवादी घटकबीचको एकतापछि पुसमा महाधिवेशन गर्ने भन्दै केन्द्रले करिब दुई हजार ५०० सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो । महाधिवेशन स्थगित
More

बेलायती प्रतिपक्ष नेतामा कर्विन पुनः निर्वाचित

लिभरपुल । प्रसिद्ध समाजवादी नेता जेरमी कर्विन बेलायतको प्रतिपक्षी दल ल्यावर पार्टीको विभाजित समूहको चुनौतीलाई सामना गर्दै पुनः उक्त दलको नेता निर्वाचित हुनुभएको छ । कर्विनले ल्यावर पार्टी करिब पाँच लाख सदस्यबाट ६२ प्रतिशत मत प्राप्त गर्नुभएको बताइएको छ । उहाँका प्रतिस्पर्धी ल्यावर पार्टीका अर्का नेता ओयन स्मिथले ३८ प्रतिशत मत प्राप्त गर्नुभएको उक्त दलले लिभरपुलमा गरेको प्रेस सम्मेलनमा बताइएको छ । कर्विनले प्रतिपक्षी दलको सांसदका रुपमा लामो समय काम गर्नुभएको थियो भने गतवर्ष पार्टीको प्रमुख नेताका रुपमा निर्वाचित हुनुभएको थियो । बेलायतमा लेवर पार्टीले सन् १९९७ र सन् २०१० मा सत्ता सम्हालेको थियो ।
More

समृद्ध नेपालको जग बसाउन अन्तर्राष्ट्रिय समुदायको सहयोग रहने : परराष्ट्रमन्त्री डा महत

न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले शान्त, स्थिर, प्रजातान्त्रिक तथा समृद्ध नेपालको दरिलो जग बसाउने कार्यमा अन्तर्राष्ट्रिय भाइचाराको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका तर्फबाट संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभालाई आज सम्बोधन गर्दै उहाँले संविधानको कार्यान्वयन तथा मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि असल आकाङ्क्षा, ऐक्यबद्धता तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताउनुभयो । नेपालको मुख्य लक्ष्य शान्ति, स्थिरता र समृद्धि भएको र त्यसका लागि समावेशी आर्थिक विकास तथा राजनीतिक स्थायित्वका लागि आगामी २०७४ माघसम्ममा तीन चरणको निर्वाचन गर्ने मुख्य जिम्मेवारीका साथ मुलुक अगाडि बढेको उहाँले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभयो । पछिल्लोपटक कार्यान्वयनमा ल्याइएको संविधानको मूल उद्देश्य सामावेशी
More

मिर्गौला रोगका लागि आयुर्वेदिक उपचार वरदानसावित

काठमाडौं । मिर्गौला समस्याका कारण धेरैले अकालमा जीवन गुमाउनुपरेका घटना पछिल्लो समयमा आइरहेका छन् । आयुर्वेद उपचारपद्धति मिर्गौला उपचारका लागि वरदान सावित हुँदै आएको छ । आयुर्वेद उपचार पद्धतिले राम्रो स्वास्थलाभ लिएर पहिलेकै अवस्थामा खुसी जीवन बिताइरहेका धेरै मानिस छन् । गत वैशाखमा काठमाडौँ नयाँबजारका ५७ वर्षीय टीका राणालाई असहज महसुस भयो । त्यसपछि उहाँ उपचारका लागि अस्पताल जानुभयो । डाक्टरको उत्तर सुनेर उहाँलाई झन असजिलो भयो । उहाँले भन्नुभयो – “डाक्टरले दुवै मिर्गौला छैन भनेको सुन्दा म झसङ्ग भए, त्यही ढल्छु जस्तो भयो तर मैले त्यहाँ डायलासिस गरिन, आयुर्वेद उपचार गर्न आएँ ।” राणालाई उपचार गर्ने वैद्यलाई देख्दा भगवान्
More

कीर्ते गरी पोर्चुगल छिरेका तीन नेपाली फिर्ता हुने

ब्रसेल्स । नेपालबाट दुई महिना अगाडि कीर्ते कागजात गरी पोर्चुगल गएका तीन युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका छन्। उनीहरु युरोपियन संस्थाले आयोजना गरेको एक सांगीतिक कार्यक्रमको लागि भनेर संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनि युरोप छिरेका थिए । धादिङ निलकण्ठ नगरपालिका स्थायी घर भई काठमाडौंमा बस्दै आएको कुमार लामा भन्ने राम कुमार तामाङले युरोपियन संस्थाको सांगीतिक कार्यक्रम र लक्समबर्ग सरकारको आमन्त्रण गरेको कार्यक्रमको लागि भनेर ति ३ जनालाई पठाएको थियो । तामाङले सांगीतिक कार्यक्रममा जानको लागि नेपालका चर्चित कलाकार अनिल सिंह लगायतको नाम प्रयोग गरेको थियो । तामाङले अनिललाई झुकाएर संस्थाका कागजात कीर्ते गरी नक्कली कलाकार बनाई
More

अस्ट्रेलियामा धान्याचल गरेर रु १० लाखको सहयोग

रत्ननगर । नेपालको सडकपेटीमा कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा लागेको मानवसेवा आश्रम चितवनको सेवा विस्तारका लागि अस्टे«लियामा बस्ने नेपालीले धान्याचल लगाएर रकम सङ्कलन गरेका छन् । चितवनबाट गोरखा जिल्लामा मानव सेवा आश्रमको शाखा विस्तार गरी असहायको उद्धार गर्र्न सहयोग गर्ने उद्देश्यले गोरखा समाज अस्ट्रेलिया परिवारले धान्याचल लगाई रु १० लाख रकम सङ्कलन गरेको हो । सो रकम मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय भएको गोरखा समाज अस्ट्रेलियाका अध्यक्ष ध्रुव पोखरेलले बताउनु भयो । सो श्रीमद् भागवत ज्ञान महायज्ञमा कथा वाचन युवावाचक दीनबन्धु पोखरेलले गर्नुभएको थियो । गोरखा जिल्लामा ३० जना असहाय राख्न सकिने क्षमताको आश्रमका लागि अनुमानित लागत
More