Daily Archives September 26, 2016

संघीय समाजवादी फोरम बेलायतको अध्यक्षमा गुरुङ

लन्डन । संघीय समाजवादी फोरम बेलायतको अध्यक्षमा कलम गुरुङ सर्वसम्मत भएका छन् । गुरुङलाई फोरमको आइतवार अल्डरशटमा सम्पन्न दोस्रो अधिवेशनले नयाँ नेतृत्व सुम्पेको हो । पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्धघाटन गरेको सो अधिवेशनको २८ सदस्यीय कार्यसमितिको चयन गरेको छ  । अधिवेशनले दुई सहअध्यक्ष तथा चार उपाध्यक्ष सहितको नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको सहअध्यक्षमा नरेश काङमाङ राई र बालकृष्ण राई, उपाध्यक्षहरूमा भानुभक्त राई, बसुन्धरा याक्खा राई, योगेश राई र पंकज बजगाइं चयन भए ।महासचिवमा कमल राई, उपमहासचिवमा मिलनचन्द्र राई, सचिवहरूमा देवेन्द्र राई, विमला 
कुमारी राई र दावा स्याङ्वो, कोषाध्यक्षमा जानुका राई, 
सह कोषाध्यक्षमा होम सुनुवार र
More

केसी र यादवविरुद्ध आरोपपत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखास्थित एक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष केसीविरुद्ध बिगो रू १० लाख २३ हजार ५१ कायम गरी सोहीअनुसार कैद र बिगोबमोजिम जरिवाना सजाय माग गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अध्यक्ष केसीले जिविससँग गरेको सम्झौताका सर्त पालना नगरी जिविसको कार्यालयबाट सडक निर्माण प्रयोजनका लागि करिब रु २१ लाख ७७ हजार भुक्तानी लिएकामा भुक्तानी लिएबमोजिमको काम सम्पन्न नगरी उपभोक्ता समितिको राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखामा रहेको करिब रु १० लाख २३ हजार अनियमितता गरेको पुष्टि भएको आयोगको जिकिर छ । त्यसैगरी आयोगले सेवाग्राहीसँग रु १० हजार घुस लिँदै गर्दा थलामा नै
More

बाल बाल बच्यो यात्रुको ज्यान

काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौंतर्फ आउदै गरेको नेपाल वायुसेवा निगमको बिमान दुर्घटना हुनबाट जोगिएको छ । नयाँदिल्लीबाट सोमबार अपरान्ह काठमाडौ आइपुग्न लाग्दा १२ हजार ५ सय फिटमाथि रहेको बिमानमा एक्कासी धूँवा देखिएको थियो । निगमका अनुसार चालक दलका सदस्यहरुले लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेर १ सय ६३ यात्रुको ज्यान जोगाएका हुन् । आरए २०६, ९ एन एकेएस लुम्विनी कलसाइन भएको एयरबसको ककपिटमा समस्या आई नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । सो जहाजमा चालक दलका सदस्यसहित १ सय ६३ यात्रु रहेका थिए । १२ हजार ५ सय फिटको उचाईमा जहाजमा धूँवा देखिएपछि चालक दलले आकस्मिक अवतरणको
More

नेपाल र नेपालीको हितबाहेक मेरो कुनै स्वार्थ छैन : राजदूत सुवेदी

काठमाडौं । बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुवसु) ले नेपाल र नेपालको हितबाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको बताएका छन् । कार्यभार सम्हाल्न बेलायत प्रस्थान गर्नुअघि नेपाल ब्रिटेन चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको भेटघाट कार्यक्रममा राजदूत सुवेदीले उक्त कुरा बनाएका हुन् । उनले आफ्नो कार्यकालमा नेपाल र नेपालीको इज्जत बढाउने काम मात्र गर्ने बताए । उनले भने, ‘मैले अब आफ्ना लागि कमाउनुपर्ने केही पनि छैन, जति सक्छु देश र समाजका लागि योगदान पु¥याउँछु, यसैले मेरो प्रोफाइल बढाउनेछ ।’ निश्चित योजना बनाएर जिम्मवारी सम्हाल्न बुधबार लन्डन प्रस्थान गर्ने तयारी गरिरहेका राजदूत सुवेदीले भने ‘भ्रष्टाचार शब्द म सुन्न पनि
More

माओवादी केन्द्रको राष्ट्रिय भेला

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठकले कात्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले सङ्गठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सचिवालयको बैठकमा पार्टी सङ्गठनबारे गम्भीर छलफल भयो । पार्टीको आन्तरिक सङ्गठनलाई व्यवस्थित गर्न कात्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।” प्रवक्ता भुसालका अनुसार राष्ट्रिय भेलामा सङ्गठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको निर्वाचन लक्षित सङ्गठनात्मक संरचना तयार गर्ने र स्थानीय निर्वाचनमा पार्टीको विजयलाई सफल
More

घटनास्थल निरीक्षणमा मन्त्री लेखक

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी दुर्घटना भएको स्थल दारेचोक गाविस–३ घोप्टेभिरस्थित घटनास्थल निरीक्षण गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक । साथमा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह घटनाको जानकारी दिनुहुँदै । तस्बिर : नारायण अधिकारी ।
More

जापानमा ६.० रिक्टर स्केलको भूकम्प

हङकङ्ग । जापानमा सोमबार ६.० रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ । यस भूकम्पको केन्द्रविन्दु जापानको नागो प्रान्तबाट ११३ किलोमिटर टाढा सामुद्रिक सतहबाट ४०.२५ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पबाट हालसम्म मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । भूकम्पबाट के कति क्षति भएको हो र यसको विस्तृत विवरण प्राप्त भईनसकेको समाचारमा बताइएको छ ।
More

नेपथ्यको न्यूयोर्क प्रस्तुती सम्पन्न

यहाँस्थित म्यानहटन सेन्टरमा नेपथ्यले शनिबार आफूलाई प्रस्तुत गरेको छ । सधैँजस्तै घडीको संकेत जसै ४, ३, २, १ गर्दै ० मा अडियो, भुइँबाट स्टेजभरि छरिएको निलो बत्तीले गितारको आवाजसँगै नृत्य सुरुगरेको थियो । गितारको ध्वनी तीब्र हुँदै गएपछि क्रमशः अन्य वाद्ययन्त्रहरु पनि गुञ्जन सुरु भए । र, त्यति नै खेर भित्तामा थुप्रै आमाहरुका तस्बिर लगालग देखापर्न थाल्यो । ‘सन्तानहरु कहाँ पुग्छन् खोलाहरु जस्तो आमा हुनु साह्रै असजिलो छ…’ कवि तीर्थ श्रेष्ठद्वारा पहाडको बिम्बमा उभ्याइएको आमालाई नेपथ्यले यसरी संसार डुलेर नेपाली छोराछोरीलाई सुनाउँदै गर्दा सधैँजस्तै अमेरिकाकै सर्वाधिक ब्यस्त क्षेत्रमा रहेको यो हल भावनामा डुबेको थियो । त्यसपछि सदैव श्रोताहरुले मनपराउँदै आएका
More

रेडिङमा एमाले नेता केशवलाल श्रेष्ठसंग अन्तरक्रिया

लन्डन । प्रवासी नेपाली मञ्च बेलायत अन्तर्गत रेडिङ इलाका कमिटीले नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा अखिल नेपाल किसान महासंघका सह अध्यक्ष्य केशव लाल श्रेष्ठसंग देशको समसामयिक, आर्थिक तथा राजनीतिक विषयमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । गत सेप्टेम्बर २१ मा रेडिङमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले देश संक्रमणकालमा रहेको र अत्यन्तै संगीन अवस्थाबाट गुज्रिरहेको बताउंदै जनताको आर्थिक अवस्था दिन प्रतिदिन जर्जर र परनिर्भर हुदै गएको धारणा राखे । देशका मुख्य पार्टीहरु देशको सार्वभौमिकता र राष्ट्रियतालाइ केन्द्रमा राखेर पार्टी तथा सत्ता सञ्चालन गर्ने भन्दा पनि छिमेकीलाई खुसी बनाएर सत्तामा धेरै टिक्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरिरहेको
More