Daily Archives 28th September 2016

युवा ब्यवसायी राजु थापाको सफलता, बिइङ ह्युमन पोखरामा खुल्यो

काठमाण्डौं । विश्वविख्यात क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमन’को आधिकारीक सो रुम तीन बर्षअघि नेपालमा सञ्चालन आए पछि अब देखी दोश्रो शाखाबाट आफ्नो सेवा शुरु गरेको छ । युवा ब्यवसायी राजु थापाको सकृयतमा सोरुमले पहिलो पटक नेपालमा ब्यवसाय सुरुवात गरेको हो । गत असोज ८ गते दरबारमार्गको राइजिङ मलबाट उक्त नेपालको पहिलो आधिकारीक सोरुम दरबारमार्गकै क्यापिटल मलमा सारिएको साथै सोही दिन ललितपुर स्थित पु्ल्चोकको लबिम मलमा शाखा विस्तार गरिएको छ । बिइङ ह्युमनले आज बुधवार एक विज्ञप्ति निकाल्दै सुन्दर प्राकृतिक नगरी पोखराको चिप्लेढुंगामा अवस्थित पोखरा ट्रेड मलमा बिइङ ह्युमनको अर्को एक सो रुमको उदघाटन भएको जनाएको छ । चिप्लेढुंगा स्थित पोखरा ट्रेड
More

हिन्दु राज्यका बिषयमा जनमत संग्रह गरिनेपर्ने कांग्रेस महामन्त्री कोइरालाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले धर्मका बिषयमा ठोस निर्णय लिन जनमत संग्रहमा जानुपर्ने बताउनु भएको छ । न्युज २४ टेलिभिजनसंग कुरा गर्दै महामन्त्री कोइरालाले धर्मका बिषयमा जनमतसंग्रहमा गए देशलाई पनि फाईदा हुने स्पष्ट पार्नु भयो । उहाँले आफु शुरु देखिनै धर्मनिरपेक्ष भन्दा पनि हिन्दु राज्यका पक्षमा भएकाले जनमत संग्रह भएमात्र त्यो बिषयको टुंगो लाग्ने दावी गर्नु भयो । नेपालमा ७० प्रतिशत भन्दा बढी मानिस हिन्दु भएकाले हिन्दु राज्यनै राम्रो हुने उहाँको धारणा छ । संविधान कार्र्यान्वयन गर्दा भोलिका दिनमा द्धन्द्ध नहुनका लगि पनि हिन्दु राज्य कायम गर्ने नगर्ने बिषयमा जनमतसंग्रह गर्नुपर्ने महामन्त्री डा. कोइरालाई भनाई थियो ।
More

देशको अस्थिरताप्रति क्यानडामा रहेका नेपालीद्वारा चिन्ता व्यक्त

टोरेन्टो । क्यानडामा रहेका नेपाली नागरिकले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । अस्थिरताका कारण देश विकास र समृद्धिको दिशामा अगाडि बढ्न नसकेको उनीहरुले गुनासो गरेका छन् । नेपाली जनसम्पर्क समिति क्यानडाले मिसीसागामा आयोजना गरेको ‘नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास ः सम्भावना र चुनौती’ विचार गोष्ठीका सहभागी वक्ताले चिन्ता व्यक्त गरेका हुन् । अर्थविद् तथा सरकारका पूर्वमुख्यसचिव डा विमलप्रसाद कोइरालाले सङ्क्रमणकालका कारण मुलुक अगाडि बढ्न नसकेको बताउनुभयो । “सङ्क्रमणकालका कारण राजनीतिक अस्थिरता र विकास अवरुद्ध छ,” उहाँले भन्नुभयो । अहिले अवलम्बन गरिएको समानुपातिक निर्वाचन प्रणालीले आगामी निर्वाचनमा कुनैपनि दलले बहुमत ल्याउने अवस्था नदेखिएकाले
More

दोस्रो राष्ट्रिय आप्रवास सम्मेलन

अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम), दी एसिया फाउन्डेसन, माइती नेपाललगायत आप्रवासका क्षेत्रमा क्रियाशील १४ सङ्गठनको संयुक्त अयोजनमा मङ्बारदेखि काठमाडौँमा सुरु भएको ‘दोस्रो राष्ट्रिय आप्रवास सम्मेलन’मा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडालगायत सहभागीहरु । तस्बिर : रोशन सापकोटा ।
More

परदेशका बन्दीलाई नेपाल फिर्ता ल्याउने तयारी

मोरङ । श्रममन्त्री सूर्यमान गुरुङले सरकारले खाडी मुलुकमा जेल जीवन बिताइ रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले खाडीको कारागारमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा नेपाल फर्काउन समस्या भइरहेको बताउनुभयो । मन्त्री गुरुङले सरकारले ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’ को योजना ल्याएपनि विदेश जानेको सङ्ख्या भने घटेको बताउनुभयो । गैरकानुनी तरिकाबाट वैदेशिक रोजगारमा पठाउनेलाई सरकारले कडा कारबाही गर्ने उहाँको भनाइ थियो ।
More

फेल्थाम हन्स्लो बस्नेलाई छक्का पन्जा हेर्ने अवसर

लन्डन । बर्षकै चर्चित चलचित्र ‘छक्का पन्जा’ हन्स्लोस्थित स्ट्यान्समा प्रर्दशन हुने भएको छ । बेलायतमा सार्वजनिक भएसँगै दर्शकहरुको भिड जम्मा गर्न सफल सो चलचित्र ७ अक्टोवर शुक्रवार प्रर्दशनी गरिने बुद्ध रेष्टुरेन्ट एण्ड बारका संचालक किशोर थापाले जनाएका छन् । साँझ ६ बजेबाट शो सुरु हुने थापाले जनाकारी दिए दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको चलचित्रको कमेडी संवादले भरिएको छ । दीपकराज गिरी, वुद्धी तामाङ, जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका कलाकारले खुबै हसाएका छन् । साथमा प्रियंका कार्की, नम्रता सापकोटा र बर्षा राउत पनि चलचित्रको आकर्षण बनेका छन् । चलचित्रले गरिबी, बेरोजगारीको कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।
More

हिन्दू भेलाका आयोजक विभाजित

काठमाडौं । आगामी कात्तिक ६ गते दशरथ रंगशालामा गर्न लागिएको बृहत् हिन्दु भेलामा राजतन्त्र पुनर्बहालीको मुद्दा उठाउने कि नउठाउने भन्ने विषयमा हिन्दुवादीहरू विभाजित भएका छन् । समाचार स्रोतका अनुसार नेपाली कांग्रेसमा आवद्ध रहेका हिन्दुवादीहरूले राजतन्त्र पुनस्र्थापनालाई एजेन्डा बनाइए बहिष्कार गर्ने चेतावनी दिएका छन् भने पूर्वपञ्चहरूमा पनि विभाजन देखिएको छ । भेलाका हर्ताकर्ता दिलविकास राजभण्डारी भएका कारण कमल थापा नेतृत्वको राप्रपा नेपाल उक्त भेलामा नजाने भएको छ । राजभण्डारी राप्रपा नेपालका पूर्वसहायक महामन्त्री हुन् । कमल थापाले पार्टीबाट निष्कासन गरेपछि उनले छुट्टै अभियान सुरु गरेका छन् । कात्तिक ६ गते हुन गइरहेको भेलाको मूल आयोजक समितिको अध्यक्ष राजभण्डारी हुन् । राजनीतिक
More

दसैँ अगावै संविधान संशोधन : मन्त्री केसी

विराटनगर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधनका विषयमा दलहरुसँग छलफल भइरहेको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दलहरुकै सहमतिमा दसैँ अगावै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारले तयारी सुरु गरिसकेको बताउनुभयो । मन्त्री केसीले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि असन्तुष्टका मागलाई पूरा गर्न संशोधन आवश्यक रहेको बताउँदै संविधानको सफल कार्यान्वयनका लागि मधेसी, आदिवासी जनजातिको मागप्रति सरकार गम्भीर रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन प्रक्रियामा सरकार लागि सकेकाले मधेसी मोर्चालाई धैर्य गरेर पर्खनुपर्ने हुन्छ,” मन्त्री केसीले तीन तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेकाले निर्वाचन हुनेमा ढुक्क रहन सबैमा आग्रह गर्दै “निर्वाचन नभएमा मुलुकमा संवैधानिक सङ्कट उत्पन्न
More

नवनियूक्त राजदूत क्षेत्रीले भोलिबाटै दूतावास समाल्ने

लन्डन । बेलायतका लागि नवनियूक्त राजदूत डा. दुर्गाबहादुर क्षेत्री आफ्नो कार्य समाल्न आज बेलायत आइपुग्दै छन् । क्षेत्री आफ्नी श्रीमती पुनम क्षेत्री सहित आजै काठमाण्डौंबाट लन्डनका लागि प्रस्थान गरेका छन् । क्षेत्री बेलायतका लागि २० औं नेपाली राजदूत हुन् । झापाका स्थायी बासिन्दा सुवेदीले परराष्ट्र सेवामा प्रवेश गरेको झण्डै ३० वर्षको अवधिमा २१ भदौंमा लामो दौत्य सम्बन्धको इतिहास बोकेको मुलुकको राजदूत बन्ने अवसर पाएका हुन् । राजदूत नियुक्त हुनुअघि सहसचिव सुवेदी परराष्ट्र मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । सुवेदीका लागि परराष्ट्र सेवा र विभिन्न मिसनहरुमा हासिल गरेको लामो अनुभव सबैभन्दा पुरानो मित्रराष्ट्रसँग सम्बन्ध सुधार, जनस्तरमा सम्बन्ध निर्माण र
More

फोरम अध्यक्ष यादव र बेलायती विदेश मन्त्रालयका अधिकारी बीच भेटघाट

लण्डन – बेलायत सरकारले आन्दोलनरत उत्पीडित समुदायलाई समेटेर सर्वस्वीकार्य हुनेगरी संविधान संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको उपेन्द्र यादवको सचिवालयले जनाएको छ । बेलायत सरकार पनि सार्थक संविधान संशोधनको पक्षमा रहेको सन्देश दिँदै मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले अघि सारेको माग अनुसार संशोधन गरी संविधानमा सबैको अपनत्व हुनेगरी त्रुटिपूर्ण प्रावधान हटाउन बेलायतले आग्रह गरेको हो । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटवार्तामा बेलायत सरकारको दक्षिण एशिया र अफगानिस्तान तथा पाकिस्तान सम्बन्धी मामिला हेर्ने विशेष प्रतिनिधिहरुले नेपालको शान्ति र विकासका लागि संविधान संशोधनको विकल्प नभएको सुझाव दिएको यादवको सचिवालयले जनाएको छ । लण्डनको विदेश मन्त्रालयमा बुधबार फोरम नेपालका अध्यक्ष
More

नायक ध्रुव दत्त र बिनाको पिडा सार्वजनिक (भिडियो)

लन्डन– बेलायतमा हालै छायांकन भएको चर्चित गायक उदितनारायण झाले गाएको गीतको म्युजिक भिडियोको लण्डनमा पोस्टर सार्वजनिक भएको छ ‘झरी सरी…’ बोलको गीतको म्युजिक भिडियोमा बेलायतमा नै रहेका नेपाली फिल्म अभिनेता ध्रुव दत्तले अभिनय गरेका छन्। दत्तसँगै बेलायतमा नै रहेकी अभिनेत्री विना राईले अभिनय गरेकी छन्। म्यूजिक भिडियोको निर्देशक सुल्तान इढिङ्गोले गरेका छन् भने अनल गौतमको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । म्युजिक भिडियोको छायांकन स्वप्निल लिम्बूले गरेका छन्। सुल्तान फिल्मस् युकेको व्यानरमा निर्माणमा भएको गीतको भिडियोको छायांकन बेलायतको असफोर्डमा गरिएको हो। यो गीतको भिडियो चाँडै सार्वजनिक गरिने जनाइएको छ ।
More

वैज्ञानिक सम्मेलनबाट बचेको रकमले विद्यालयलाई सहयोग

काठमाण्डौं । नेपालमा गतहप्ता सम्पन्न वैज्ञानिक सम्मेलनबाट बचेको रकम बाग्लुङको अमलाचौरस्थित पृथ्वी माविमा जाने भएको छ । वैज्ञानिक सम्मेलनबाट बचेको ४ लाख रुपैया पृथ्वी उच्च मावि अमलाचौरको शैक्षिक गुणस्तर वृद्दीका लागी प्राप्त भएको सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्माले बताए । सो रकम पूर्व विद्यार्थीहरुको सँस्था अमलाचौर एलुम्नाई मार्फत विद्यालयमा खर्चिने भएको छ । सम्मेलनको संयोजकको हैसियतले डा हेमराज शर्माको प्रस्तावलाई अन्तर्रा्ष्ट्रिय सल्लाहकार बोर्डले स्वीकार गर्दै सो रकम विद्यालयमा सहयोग गर्न राजी भएको हो । विद्यालयको शैक्षिक गुणस्तर बृद्दीको लागि रु १ करोड पुर्याउने दोश्रो चरणको सहयोग संकन अभियानका सरिक हुन एलुम्नाइका अध्यक्ष समेत रहेका डा शर्माले सबैलाई आग्रह
More

दलित विद्यार्थीलाई सहयोग

नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष डा .भरत श्रेष्ठले दाङको दलित परिवारका दुई बालबालिकाको पठनपाठनमा सहयोग गर्नुभएको छ। घोराही नगरपालिका वडा नं ४ चौघेरा निवासी सन्ध्या नेपाली तथा विशेषजङ्ग नेपाली दिपशिखा उच्चमाविमा क्रमश: कक्षा ७ र ५ मा अध्ययनरत छन्। टुहुरा ती बालबालिकाको फि तिर्न समेत समस्या परेपछि डा. श्रेष्ठले उनीहरुको पठनपाठनमा सघाउने तत्परता देखाउनु भएको थियो। डा. श्रेष्ठ र उहाँको परिवारले पश्चिम नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीमा आफ्ना स्वर्गीय पिता भूपेन्द्रश्वर श्रेष्ठको संझनामा धर्मशाला बनाएको छ। त्यसैगरी दाङको धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा श्रेष्ठ परिवारकै लगानीमा धर्मशाला निर्माण भैरहेको छ। ब्रिटेनको प्लेमाउथमा सपरिवार बसीरहनुभएका डा. श्रेष्ठ तथा श्रीमती डा. रेखा श्रेष्ठले
More

आगामी सार्क सम्मेलन अनिश्चित

काठमाडौं । पकिस्तानमा आयोजना हुने भनिएको उन्नाइसौं सार्क शिखर सम्मेलन अनिश्चित भएको छ । भारतले आपसी सम्बन्धलाई कारण देखाउँदै सहभागिता जनाउन नसक्ने जनाउ दिएपछि सार्कको आगामी नोभेम्वरमा इस्लामावादमा हुने भनिएको सम्मेलन अनिश्चित भएको हो । भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको हो । अन्तरदेशीय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा सहभागिता जनाउन नसक्ने भारतीय विदेश मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा एउटा देशले तयार गरेको वातावरणका कारण इस्लामावादमा हुने सार्क सम्मेलनमा सहभागी हुने अवस्था नरहेको र सार्कका अन्य राष्ट्रको समेत सम्मेलनका बिषयमा ‘रिजर्वेसन’ रहेको आफूले पाएको जनाइएको छ ।
More

भारतीय राजदूत कोरला नाकामा

मुस्ताङ । भारतीय राजदूत रणजित राय छदिने मुस्ताङ भ्रमण गरी मङ्गलबार राजधानी फर्कनु भएको छ । यो बसाइमा नेपाल र चीनको सिमाना कोरलानजिक पुगेर त्यहाँको वस्तुस्थितिको समेत जानकारी लिनुभएको छ । छदिने भ्रमणका क्रममा राजदूत रणजित रायले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधा दर्जन आयोजनाको उद्घाटन गर्नुभयो । दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका राजदूतले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको भवन, कागबेनीमा निर्मित तटबन्ध र मुक्तिनाथस्थित झारकोटमा सामुदायिक भवनको उद्घाटन गर्नुभएको थियो । यही असोज ८ मा उहाँले मुक्तिनाथ दर्शन गर्नुका साथै मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको धर्मशाला र खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुभयो । स्थानीयवासी र मुक्तिनाथका
More

सुरक्षा निकायका प्रमुखलाई कुरान प्रदान

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा रहेकोे सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका (डिएसपी) प्रहरी नायब उपरीक्षकलाई कुरान प्रदान गरिएको छ । राष्ट्रिय मदरसा सङ्घले कृष्णनगरमा आउनुभएका (डिएसपी) प्रहरी नायब उपरीक्षक तारिखचन्द्र चौधरीलाई मुस्लिमको पवित्रा धार्मिक ग्रन्थ कुरान प्रदान गरिएको हो । प्रहरी नायब उपरीक्षक चौधरीसहित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रहरी निरीक्षक परशुराम पन्थी र इलाका प्रहरी कृष्णनगरका प्रमुख सञ्जय रिजाललाई स्वागत गर्दै कुरान दिइएको छ । राष्ट्रिय मदरसा सङ्घले समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्नका लागि अहोरात्र खटिने सुरक्षाकर्मीलाई मुस्लिमको धर्मको बारेमा पनि जानकारी होस् भन्दै कुरान प्रदान गरेको हो । राष्ट्रिय मदरसा सङ्घका अध्यक्ष
More

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको आज संसदीय सुनुवाइ गरेको छ । सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसद्मा पठाएको थियो । प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइका क्रममा आफ्नो अवधारणा, कार्ययोजना र सोच प्रस्तुत गर्नुभएको थियो । सो क्रममा उहाँहरुले आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएको खण्डमा दुई देशबीचको सम्बन्धलाई नेपालको हितमा केन्द्रित रहेर सुदृढ तुल्याउन योगदान दिने विश्वास दिलाउनुभयो । उहाँहरुले भन्नुभयो, “कूटनीति भनेको कला, कौशल र चातुर्यता हो, त्यसअनुसार कूटनीतिक जिम्मेवारीमा रहुन्जेल तटस्थ भएर काम गर्नेछौँ ।”
More

दलित विद्यार्थीलाई सहयोग

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष डा .भरत श्रेष्ठले दाङको दलित परिवारका दुई बालबालिकाको पठनपाठनमा सहयोग गर्नुभएको छ । घोराही नगरपालिका वडा नं ४ चौघेरा निवासी सन्ध्या नेपाली तथा विशेषजङ्ग नेपाली दिपशिखा उच्चमाविमा क्रमश: कक्षा ७ र ५ मा अध्ययनरत छन्। टुहुरा ती बालबालिकाको फि तिर्न समेत समस्या परेपछि डा. श्रेष्ठले उनीहरुको पठनपाठनमा सघाउने तत्परता देखाउनु भएको थियो। डा. श्रेष्ठ र उहाँको परिवारले पश्चिम नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीमा आफ्ना स्वर्गीय पिता भूपेन्द्रश्वर श्रेष्ठको संझनामा धर्मशाला बनाएको छ। त्यसैगरी दाङको धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा श्रेष्ठ परिवारकै लगानीमा धर्मशाला निर्माण भैरहेको छ । ब्रिटेनको प्लेमाउथमा सपरिवार बसीरहनुभएका डा. श्रेष्ठ तथा
More