Daily Archives October 1, 2016

पूर्व गृहमन्त्री घिमिरेको निधनले एनआरएन स्तब्ध

लन्डन । पूर्व परराष्ट्रमन्त्री एवं गृहमन्त्री तथा नेपाल सरकारका पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेको निधन प्रति गैरआवासीय नेपाली संघ (एनआरएन) ले गहिरो दुःख ब्यक्त गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले शुक्रवार विज्ञप्ति जारी गर्दै घिमिरेको खबरले गैरआवासीय नेपाली संघ स्तब्ध भएको जनाएका हुन् । विज्ञप्तिका पूर्णपाठ पूर्व परराष्ट्रमन्त्री एवं गृहमन्त्री तथा नेपाल सरकारका पूर्व मुख्य सचिव श्री माधवप्रसाद घिमिरेको गत असोज ९ गते पृथ्वी राजमार्गको दारेचोकमा भएको सवारी दुर्घटनामा परी बेपत्ता हुनुभएको खवरले गैरआवासीय नेपाली संघलाई स्तब्ध बनाएको छ । राष्ट्रसेवकका रुपमा लामो समय ब्यतित गरेर मुख्य सचिवजस्तो गरिमामय पदमा पुग्नुभएका उहाँ परराष्ट्रमन्त्री एवं गृहमन्त्रीजस्तो चुनौतीपूर्ण पदमा
More

एनआरएन एसिया क्षेत्रिय भेला २२ जनवरीमा हुने

लन्डन। गैरआवसीय नेपाली संघ (एनआरएन) को एसिया क्षेत्रीय बैठक मलेसियाको क्वालालाम्पुरमा हुने भएको छ । आगामी जनवरी २२ तारिख सो सम्मेलनका आयोजना गरिने एनआरएन मलेसियाले जनाएको छ । यसअघि गैरआवासीय नेपाली सँघको युरोप, अमेरिका क्षेत्रीय बैठक सम्पन्न भैसकेका छन् । एनआरएन मलेसियाको हालै सम्पन्न बैठकले सो बैठक सफल पार्न गैरआवासीय नेपाली समूदायलाई आग्रह गरेको छ ।
More

१९ औं सार्क शिखर सम्मेलनको पहल नेपालले गर्ने : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को स्थगित १९ आँै शिखर सम्मेलन आयोजना गराउन नेपालले सदस्य राष्ट्रसँग छलफल गरी आवश्यक पहल गर्ने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– सबै सहभागी हुने सुनिश्चित गरेर शिखर सम्मेलन गर्नुपर्छ, त्यसका लागि सबै सदस्य राष्ट्र संवेदनशील हुन आवश्यक छ । क्षेत्रीय सहयोग र विकासलाई अघि बढाउन सार्क महत्वपूर्ण मञ्चका रुपमा रहेको हँुदा सदस्य राष्ट्रबीचको सुमधुर सम्बन्धले यस क्षेत्रको विकास र मञ्चको उपयोगिता बढ्ने बताउँदै परराष्ट्रमन्त्री डा महतले भन्नुभयो–“सदस्य राष्ट्रसँगको छलफलबाट उपयुक्त वातावरणको सुनिश्चितता गर्दै शिखर
More

आजदेखि नेपालीमाझ दशैं भित्रियो

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी
More

सरकारमा काँग्रेस मुसा बन्यो : सिह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भएको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो— काँग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले “स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा काँग्रेस नेतृत्व गम्भीर हुनुपर्छ,” भन्दै काँग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न भएको बताउनुभयो । पार्टी विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उहाँले पार्टी महाधिवेशन भएको ६
More

पहिरोमा पुरिएर तिनको मृत्यु

मेलम्ची । अविरल वर्षाका कारण सिन्धुपाल्चोक राम्चेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुईको शव आज प्रहरीले फेला पारेको छ । सिन्धुपाल्चोक राम्चेका चन्द्रकान्त तिमल्सिनाका कान्छा छोरा उद्धब तिमल्सिना र उनको श्रीमती सम्झनाको शव फेला पारेको हो । गएराति २ बजे गएको पहिरोमा दुबै बेपत्ता भएका थिए । पहिरोले पुरिएको ठाउँवाट दुबैको शव आज प्रहरीले निकालिएको छ । पहिरोमा परेर चन्द्रकान्तका जेठाछोरा रामकुमार तिमल्सिनाको पनि मृत्यु भएको थियो । शव परीक्षणका लागि बाह्रबिसे उप स्वास्थ्य केन्द्रमा लगिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो । राम्चे– ६ पुराना गाउँमा गएको पहिरोले तीनवटा टहरा पुरेको थियो भने चन्द्रकान्त र उनको
More

राष्ट्रपति जमरा राख्नुहुँदै

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति निवासमा दशैँका लागि शनिबार जमरा राख्नुहुँदै । तस्बिर: प्रदीपराज वन्त ।
More

वार्ता र संवादबाट समाधान खोजौँ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान वार्ता र संवादबाट खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाले आज विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उहाँले संविधानले सङ्घीयता, लोकतन्त्र र सबै जातजातीको भावना समेटेकाले मधेसी जनताले संविधानलाई अस्वीकार गर्न नमिल्ने बताउनुभयो । नेता रामचन्द्र पौडेलले भन्नुभयो, “संविधानमा मधेसीका अधिकारका विषयमा केही कमी कमजोरी होलान आउनुहोस् वार्ता र संवादबाट समाधान खोजौँ ।” राजनीतिक दलबीच संविधान कार्यान्वयनको कुरा हलो अड्काएर गोरु चुट्ने काम भएको भन्दै उहाँले यसलाई सबै राजनीतिक दल मिलेर समाधान खोज्नुपर्ने बताउनुभयो । नेता पौडेलले संसदीय प्रजातन्त्र नमानेका
More

संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घ । भारत र पाकिस्तानबीच क्रमिकरुपमा बढ्दै गएको तनावको विषयमा संयुक्त राष्ट्र सङ्घीय महासचिव बान कि मुनले शुक्रबार गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । बिगतमा भारत र पाकिस्तानले आ–आफ्ना सीमा क्षेत्र निर्धारण गरी सीमा नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) कायम गरेपश्चात् युद्ध विराम भइसकेपछि पनि पुनः आक्रमण हुनुलाई दुर्भाग्यपूर्ण भन्ने सङ्ज्ञा दिँदै महासचिव मुनले चिन्ता प्रकट गर्नुभएको छ । लाइन अफ कन्ट्रोलले काश्मिरलाई दुइ खण्डमा विभाजन गरी भारत र पाकिस्तानको सीमा क्षेत्र निर्धारण गरेको छ । निर्धारित उक्त दुई अलगअलग खण्डलाई भारत अधिनस्थ र पाकिस्तान अधिनस्थ काश्मिरको नाम दिइएको छ र दुई देशको विभाजन रेखा यही लाइन अफ कन्ट्रोल
More