Daily Archives October 2, 2016

ब्रुनाई विदेशी कामदारका लागि उपयुक्त गन्तव्य

बुनाई । ब्रुनाई विदेशी कामदारका लागि रोजगारीको उपयुक्त गन्तव्य भएको छ । ब्रुनाईमा अहिले १ लाख विदेशी कामदार कार्यरत रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । ब्रुनाईको श्रम विभागका कार्यवाहक आयुक्त हि शरिफुल बहारीले अधिकांश कामदार निर्माण कम्पनीमा कार्यरत रहेको जानकारी दिनुभएको छ । निर्माण कम्पनीहरु विदेशी कामदारका लागि लोकप्रिय रहेको सो विभागले जानकारी दिएको छ । सरकारी तथ्याङ्कअनुसुार सन् २०१४ मा चार लाख ११ हजार ९ सय जनसङ्ख्या रहेको ब्रुनाईमा धेरै जसो कामदार छिमेकी मुलुक र एसियाली मुलुकबाट गएका छन् । जसमा इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका धेरै रहेका छन् । यस्तै भारत र बङ्गलादेशबाट पनि धेरै कामदार बु्रनाई पुगेका छन्
More

नेपाली काँग्रेसले चियापान कार्यक्रम नगर्ने

काठमाडौं । नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण कोजाग्रत पूर्णिमाका अवसरमा गर्दै आइएको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम यसवर्ष नगर्ने जनाउनुभएको छ । काँग्रेसले विसं २०३३ सालमा तत्कालीन पार्टी सभापति विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाका दिन जलपान तथा शुभकामना आदानप्रदान गर्दै आएको थियो । यस वर्ष पार्टी शोकमा रहेका कारण सभापति देउवाले चियापान कार्यक्रमको आयोजना गर्नु हुने छैन । तर
More

महिला हिंसाविरुद्ध भैरव नृत्य

सर्वोच्च अदालतद्वारा आयोजित महिला विरुद्धको हिंसा र न्याय पहुँच राष्ट्रिय कार्यक्रममा भैरव नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर: प्रदीपराज वन्त ।
More

किन अख्तियारविरुद्ध उभिए विश्वभरका प्राज्ञहरू ?

लण्डन । हालै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालस्थित एक प्रतिष्ठित प्राज्ञिक गैरसरकारी संस्था ‘सोसल साइन्स बहा:’ (Social Science Baha) माथि गरेको अनुसन्धान र यस्मा अनियमितता भएको भनी गरेको सार्वजनिक वक्तव्यबाजी दुर्नियतपूर्ण र कपोलकल्पित भएको निष्कर्ष निकाल्दै बेलायतस्थित ‘ब्रिटेन नेपाल एकेडेमिक काउंसिल’ले त्यस्तो कामकारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । काउंसिलले हिजो एक प्रेस वक्तव्य जारी गर्दै सोसल साइन्स बहाको अन्तरराष्ट्रिय शाख र मर्यादामा आघात पुग्नेगरी अख्तियारले आफ्नो कार्यक्षेत्रबाहिर गई खेलेको भूमिकाप्रति असन्तोष व्यक्त गरेको हो । काउंसिलमा नेपालसम्बन्धमा चासो राख्ने विश्वभरका धेरै प्राज्ञहरूको समर्थन र सहभागिता छ । यो विज्ञप्तिमा बेलायत, जापान, अमेरिका, अस्ट्रिया, डेनमार्कलगायतका धेरै विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता र
More

तीन यात्रुको निधन

हेटौँडा । मकवानपुर जिल्लाको पश्चिम भेकमा पर्ने हाँडीखोला–२ मकरीबाट जिल्ला सदरमुकाम हेटौँडातर्फ आउँदै गरेको ना४ख ४३०७ नंको बस मकरी नजिकै अनियन्त्रित भई घुम्तीमा ठोक्किँदा बसका तीन यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ । सो बसका यात्रुमध्ये हाँडीखोला–२ बस्ने २० वर्षीय पनिस लामिछाने, २१ वर्षीय सूर्यबहादुर लामा र नाम नखुलेकी एक महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दसैँबजारमा आएका करिब ६० यात्रु सो ठक्करबाट घाइते भई अहिले हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जिप्रकाका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । घाइते यात्रुमध्ये करिब १० जना गम्भीर भएकाले थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पतालमा पठाउन तयारी
More

जर्मनीमा इटालियन स्वादको रेस्टुरेन्ट

रोम– जर्मनीको मुन्स्टर शहरमा नेपालीहरूको लगानीमा दा आल्दा नामको ईटालीयन रेष्टुरेन्ट खुलेको छ । शहरकै ऐतिहासिक र अत्यन्त लोकप्रिय उक्त रेष्टुरेन्ट विगत तीस वर्षदेखि व्यवसायिक सफलताका साथ स्वदिष्ट खाना प्रस्तुत गर्दै आएको प्रवद्र्धकले बताएका छन् । जर्मनीको सुन्दर मध्येको एक शहर मुन्स्टरको मध्य भागमा अवस्थित रेष्टुरेन्टमा चार सय मानिसहरू एकैसाथ सेवा लिन सक्नेछन । आ आल्दाले इटालियन खानाका पारखीहरूलाई एउटै छानामुनि आबद्द गराउने सञ्चालक क्षेत्रकुमार श्रेष्ठले जानकारी दिए । यूरोपमा गैरआवासीय नेपालीहरुले व्यापार व्यवसायमा सफलता पाउँदै गएका छन् । जर्मनी, बेल्जियम, इटाली, बेल्जियम र नेदरल्याण्डमा थुप्रै नेपालीहरुको रेस्टुरेन्टको व्यवसाय फस्टाउँदै गएको छ ।
More

बेलायती अधिराजकुमारीद्वारा आँखा अस्पतालको अवलोकन

काठमाडौं । बेलायती अधिराजकुमारी बिट्रिकाले स्थानीय तिलगङ्गास्थित आँखा अस्पतालको अवलोकन गर्नुभएको छ । बेलायती महारानी एलिजावेथकी नातिनी एवम् योर्ककी राजकुमारी बिट्रिकाले आज बिहान आँखा अस्पतालमा पुगेर आँखा बैंक, लेन्स बनाइने कारखाना, तालिम कक्ष लगायतको चासोपूर्वक अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले आजको २१औँ शताब्दीमा सर्वसाधारणले उपचार नपाएर दृष्टिविहीन हुनुपरेको एवम् अर्थ अभावमा अस्पतालसम्म पुग्न नसकेको समस्याप्रति गम्भीर चासो लिनुभएको थियो । अधिराजकुमारीले विशेषगरी तालिमका लागि आँखा अस्पतालमा विभिन्न मुलुकबाट आउने चिकित्सकको तालिम कक्षको चासोपूर्वक अवलोकन गर्नाका साथै चिकित्सकसँग कुराकानी समेत गर्नुभएको थियो । अस्पतालले आर्थिक रुपमा सक्षम हुनेलाई शुल्क लिएर र नहुनेलाई निःशुल्क रुपमा सेवा प्रदान गरेको जानकारी पाएर अधिराजकुमारी
More

कांग्रेसका ७ राज्यमन्त्री भोलि थपिने

काठमाडौं । नेपाली कांग्रेसले भोलिसम्म ७ राज्यमन्त्री सरकारमा पठाउने भएको छ । सरकार गठन भएको झण्डै दुई महिनापछि कांग्रेसले पाएका १५ मन्त्रालयमध्ये ७ मन्त्रालयमा राज्यमन्त्री पठाउने तयारी गरेको हो । पार्टीमा जातीय लंगिक, क्षेत्रीय सन्तुलन मिलाएर राज्यमन्त्री पठाउने तयारी भइरहेको एक नेताले बताए । ‘संभवतः सोमबारसम्म राज्यमन्त्रीले सपथ लिनेछन्’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने,‘पार्टीको आन्तरिक सन्तुलन जातीय, क्षेत्रीय र लंगिक पक्ष मिलाएर मन्त्री चयन हुन्छन् ।’ सात राज्यमन्त्रीका लागि तीन दर्जनभन्दा बढी आकांक्षी छन्। सभापति देउवा, पौडेल र सिटौलाका तीन धारको प्रतिनिधित्व हुँदै राज्यमन्त्री चयन हुने बताइएको छ। स्रोतका अनुसार पौडेलबाट तीन र सिटौलाबाट एक राज्यमन्त्री बन्ने सम्भावना छ।
More

हेटौँडा–कुलेखानी सडक अवरुद्ध

हेटौँडा । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ । आज बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडालगायत चन्द्रनिगाहपुर, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८५० दैनिक काठमाडौँमा आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । आज दिउँसो मौसम अनुकूल भएमा हेटौँडा–कुलेखानी सडकखण्डको पहिरो हटाइ आज अपराह्नसम्ममा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
More

इन्टरनेटको सहायताबाट आम्दानी

पाल्पा । पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न सफल भएका हुन् । गुगलमा हाँस र टर्की पालन गर्ने तरिका सिक्नका लागि पाण्डेयले करिब एकवर्षदेखि इन्टरनेट प्रयोग गर्दै आएका हुन् । एक बिगाहा क्षेत्रफलमा हाँस तथा टर्कीको फार्म सञ्चालन गरेका पाण्डेय पहाडी जिल्ला पाल्पामा समेत हाँस र टर्की पालन व्यवसायमा सफल बन्दै यस क्षेत्रकै नमुना बनेका
More