Daily Archives 3rd October 2016

नेपाली दूतावास लन्डनको प्रवक्तामा आरन

लन्डन । नेपाली दूतवास लन्डनको प्रवक्तामा शरदराज आरन चयन भएका छ । नेपाली दूतावासको सोमवार बसेको बैठकको निर्णय अनुसार आरनलाई प्रवक्ता तोकिएको दूतावासले जनाएको छ । बैठकको निर्णय अनुसार आरनले मंगलवार देखी उक्त जिम्मेवारी समाल्ने जनाएको छ । दूतावासका उपनियोग प्रमुख तथा काउन्सेलर आरनलार्ई दूतावासको प्रवक्ता र सूचना अधिकारी तोकिएको हो । यसअघि कार्यवाहक राजदूतको जिम्मेवारी समालेका आरनले छोटो समयमा नेपाली समूदाय भित्र लोकप्रियता कमाएका छन् । नवनियूक्त राजदूत दुर्गा बहादुर सुवेदीले पदभार समाले पछि दूतावासलाई अझ प्रभावकारी बनाउने उदेश्य बिभिन्न निर्णय गर्दे आएका छन् । यसअघि दूतावासको काउन्सिलर, भिसा लगायतको सेवाको लागि कार्यालय समय थप गर्ने निर्णय दूतावासले गरेको
More

अन्तक्र्रियामा अध्यक्ष घले

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घले सोमबार चितवनमा क्रियाशील पत्रकार महिलाको आयोजनामा भएको पत्रकार भेटघाटका क्रममा बोल्नुहुँदै । तस्बिर: नारायण ढुंगाना ।
More

स्थानीय निकाय पुनर्संरचना प्रतिवेदन बुझाउन आग्रह

काठमाडौं । सरकार र मुख्य तीन दलले स्थानीय निकाय पुनर्संरचना आयोगलाई कात्तिक मसान्त भित्र प्रतिवेदन बुझाउन आग्रह गरेको छ । स्थानीय निकाय पुनर्संरचनाका विषयमा देखिएका विवादबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा दलहरुबीच सहमति भएको हो । छलफलमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकाय पुनर्संरचनामा देखिएको अस्पष्टता हटेको र अब काम नियमति रुपमा हुने बताए । बैठकपछि एमाले नेता भीम रावलले चाँडै नै स्थानीय निकायको चुनाव गर्ने गरी काम गर्ने सहमति बनेको बताए । आयोगका अध्यक्ष बालानन्द पौडेलले दलका नेताले कात्तिक भित्र प्रतिवेदन आउने गरी काम गर्न आग्रह गरेको बताए । बैठकले इलाकीय संरचनालाई मूख्य आधार बनाएर
More

सेयर बजार १६ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज रु ७९ करोड ३ लाख ४३ हजार १७५ मूल्य बराबरको सेयर कारोबार भएको छ । कुल १३६ कम्पनीको आठ लाख ९६ हजार ४१ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिनको तुलनामा १६.६२ अङ्कले बढेको नेप्से आज एक हजार ७८० बिन्दुमा पुगेको हो । ‘क’ वर्गका सेयरको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ३.६६ बिन्दुले उकालो लागेको छ । स्टकका अनुसार आज अन्य समूहबाहेक सबै समूहको सेयर कारोबार उकालो लागेको छ । बैंकिङ १.०६, होटल १.२१, विकास बैंक ०.६१,जलविद्युत् ०.२५, फाइनान्स १.२१ र उत्पादन समूह ०.३ प्रतिशतले बढेको छ भने अन्य समूहको सेयर
More

बलात्कारको आरोपमा पक्राउ

त्रिशूली । एक बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–६ घलेगाउँका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । अभियुक्तविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता भएको छ । अभियुक्तले असोज १२ गते साँझपख घर नजिकै खेतमा लगेर बलात्कार गरेको पीडितकी आमाले प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख छ । मौखिक उजुरीका आधारमा अभियुक्तलाई प्रहरीले घरैबाट पक्राउ गरेको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
More

नेपालमा जे पनि सम्भव छ ?

काठमाडौं– केपी ओली नेतृत्वको सरकार ढाल्न महत्वपूर्ण हतियार बनाइएको बजेटआश्रित तीन विधेयक माओवादी सरकारले हुबहु पास गराएपछि सरकारको प्रवृत्तिको सरोकारवालाले खुलेरै आलोचना गरेका छन् । जसले नेपालको राजनीतिमा जे पनि सम्भव छ भन्ने सन्देश गएको उनीहरुको भनाइ छ । अर्थमन्त्री हुनुपूर्व माओवादी नेता कृष्णबहादुर महराले संसदबाट बजेट आश्रित तीन विधेयक फेल गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । बजेटलाई खिचडी र पुँजीवादीको संज्ञा दिदै उनले आर्थिक विधेयकमा प्रगतिशीलताको परिणाम नभएर एकाधिकार पुँजीवादीलाई संरक्षण गर्ने खालको भएको भन्दै संसदबाट अस्वीकृत गराउन अहिलेका महराले मुख्य भूमिका खेलेका थिए । जसले अघिल्लो सरकार ढल्नलाई निकै नै बल पुगेको थियो । जब उनै महरा अर्थमन्त्री
More

घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित आज पक्राउ गरेको छ । आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले आज अभियुक्त लामिछानेलाई बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ गरेको हो । घुस रकम पु¥याउने शिक्षक अनिल पौडेललाई समेत पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । यस्तै आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु रामनरेश रायलाई रु १२ लाख २५ हजार घुससहित पक्राउ गरेको छ । ईश्वरपुर
More

फार्क सम्झौताको विपक्षमा बहुमत आएपछि अन्योल

बोगोटा । कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) सँग हालै सरकारले गरेको शान्ति सम्झौता स्वीकार्य छ वा छैन भन्ने विषयमा आईतबार सम्पन्न जनमत सङग्रहको विपक्षमा वहुमत परेपछि सो सम्झौताको भविष्य अन्यौलमा परेको छ । जनमत सङ्ग्रहका लागि भएको मतदानमा ५२.२ प्रतिशत मतदाताले संझौताको विपक्षमा भोट हालेका छन् भने वाँकी ४९.८ प्रतिशतले भने यसको पक्षमै मतदान गरेको राष्ट्रिय नागरीक अभिलेख संस्थाको वेबसाइटले जनाएको छ। जनमत सङ्ग्रह शुरुहुनुभन्दा केही हप्ता पहिले देखि नै “स्वीकार्य हुन्छ” भन्ने पक्षमा कमसेकम दुई तिहाई मत पक्कै आउँछ भन्ने ब्यापक अडकलबाजी गरिएकोमा झिनो (शुन्य दसमलब चार प्रतिशत) को अन्तरले “शान्ति सम्झौता स्वीकार्य छैन” भन्ने
More

टोली नयाँदिल्ली प्रस्थान

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को बैठकमा सहभागी हुन नेपाली टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ । नेपाली टोलीका संयोजक भेषबहादुर थापाको नेतृत्वमा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र सूर्यनाथ उपाध्याय आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बैठक मङ्गलबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ । बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने नेपाली टोलीका सदस्य भट्टराईले जानकारी दिनुभयो । यसअघि नेपालमा भएको इपिजी बैठकमा भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि तयार रहेको जानकारी दिँदै नेपालले के कस्तो संशोधन चाहेको हो प्रस्ताव ल्याउन आग्रह गरेको थियो । इपिजी गठन भएको झन्डै चार महिनापछि यसको पहिलो बैठक गत असारमा
More

प्राकृतिक सौन्दर्यता

म्याग्दीको घार गाविस १ मा पर्ने पनुहिलबाट देखिएको पहाडी भेगको मनमोहन दृश्य । तस्बिर: सन्तोष गौतम ।
More

शर्मिलाले ल्याइन् ‘मेरो ठुम्कामा’

लण्डन । नेपाली आधुनिक तथा लोकप्रिय पार्श्व गायिका शर्मिला बर्देवाको गीत ‘ मेरो ठुमकामा ‘ आईतवार लण्डनमा एक समारेह वीच बिमोचन गरिएको छ । समधुर स्वरकी धनी गायिका बर्देवाको यस् संगीतीक भिडियो बेलायतमा कार्यरत पत्रकारहरुको बीचमा बिमोचन गरिएको हो । पत्रकार द्वोय नबिन पोखरेल र चिरन शर्मा सहित बालिका आन्शिका परियारले संयुक्त रुपमा म्युजिक भिडियो ‘ मेरो ठुमकामा ‘ बिमोचन गरेका हुन् । नृपेश उप्रेतीको शब्द र बसन्त सापकोटाको संगीत रहेको ‘ मेरो ठुमकामा ‘ नाच्न मिल्ने रमाईलो गीत हो । यस गीतको म्युजिक भिडियो भने बेलायत निवासी बिजय घिमिरेले निर्देशन गरेका हुन भने भिडियोमा स्वयं बिजय र चर्चित मोडेल
More

राजधानीमा दुई अर्ब बढीको मासु व्यापार

काठमाडौं । दसैंको अवसरमा राजधानी काठमाडौंमा मात्रै एक अर्ब रुपैयाँभन्दा बढीको मासु व्यापार हुने कृषि विकास मन्त्रालयको आंकलन छ । राजधानी काठमाडौंमा करिब ४० लाख मानिसको बसोबास छ । जसमध्ये आधा जसो दसैं मान्न राजधानी बाहिर जान्छन् । २० लाखले मासुका लागि सरदर प्रतिव्यक्ति एक हजार रुपैयाँ खर्च गरेछन् भने पनि दुई अर्ब रुपैयाँको मासुको व्यापार हुन्छ । एक साताभित्रै दुई अर्ब रुपैयाँ बढीको मासु व्यापार हुनु भनेको निकै ठूलो कुरा हो । व्यापारीहरूले पनि त्यहीअनुसारको लगानी गर्ने गर्दछन् । यस वर्षको दसैंमा करिब दुई लाख किलो अस्ट्रिचको मासु राजधानी भिœयाउने तयारी व्यापारीहरूले गरेका छन् । हाड भएको नौ सय
More

विपन्न विद्यार्थीका नाममा अक्षयकोष

पाल्पा । पाल्पाली समाज युएइले जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिकस्तर वृद्धि गर्नका लागि अक्षयकोष स्थापनाको लागि अभियान सञ्चालन गरेको छ । रोजगारीका लागि युएई पुगेका पाल्पालीको प्रयासमा जिल्लाका ६० वटा विद्यालयमा रु २५ हजारको दरले अक्षयकोष स्थापना गर्ने उद्देश्य बनाएर अगाडि बढेको समाजका महासचिव वेदप्रसाद अर्यालले बताउनुभयो । उहाँले पहिलो चरणमा २० वटा विद्यालयमा आगामी मङ्सिरभित्र अक्षयकोष स्थापना गरिसक्ने बताउनुभयो । समाजले हाल यम्घाको अरनी निमावि, दर्लमडाँडाको सरसस्वती निमावि, चापपानीको कालिका निमावि, बराङ्दीको जन निमाविमा अक्षयकोष स्थापना गरिसकेको छ । यसैगरी खानीगाउँको खानीगाउँ निमावि, गल्धाको राईकोट निमावि, वीरकोटको जनकल्याण निमाविमा कोषको रकम हस्तान्तरण गरिसकेको जनाएको छ ।
More

कुन कुन नेता दसैं मान्न विदेशतिर

काठमाडौं । सर्वसाधारण दशैं मान्न गाउँ गइरहदाँ मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन्। केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारूढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् ।फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश र्फकने कार्यक्रम तय भएको छ । तर त्यो मिति लम्बिनसक्ने उनी निकट नेताहरुले बताएका छन्। यसैगरी नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का पनि बुधबार नयाँ दिल्ली जाँदै छन्। यही क्रममा उनले स्वास्थ्य परीक्षण पनि गर्ने बताइएको छ । दशैपछि मात्र उनी
More

टोटनह्यामद्वारा म्यान्चेस्टर सिटी पराजित

लन्डन । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीको शत प्रतिशत विजयी यात्रामा पुर्णविराम लागेको छ । आइतबार राती भएको खेलमा टोटनह्याम हट्सपरसँग २-० ले पराजित भएपछि पेप ग्वार्डीयोलाको टोली म्यान्चेस्टर सिटीको विजयी यात्रामा पुर्णविराम लागेको हो । खेलमा म्यान्चेस्टर सिटीका अलेक्जेन्डर कोलारोभले आत्माघाति गोल गरेपछि अग्रता लिएको टोटनह्यामका डेले अलीले एक गोल थप्दै टोलीको जित पक्का गरे । जितसँगै टोटनह्याम हट्सपर जारी लिगमा एक मात्र अपराजित टोली बनेको छ । लिग अन्तर्गतको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडलाई झड्का लागेको छ । म्यानयुले घरेलु मैदानमा स्टोक सिटीसंग १–१ गोलको बराबरीमा चित्त बुझाएको हो । खेलमा म्यान्चेस्टर युनाईटेडका एन्टोनियो मार्सियलले पहिलो गोल गरेपनि
More

बहिर्गमन औपचारिक प्रक्रिया अर्को वर्ष

बिर्मिङ्गहाम । बेलायतका प्रधानमन्त्री टेरेसा मेले बेलायत युरोपियन युनियन (ईयू)बाट बहिर्गमनको औपचारिक प्रक्रिया अर्को बर्षको अप्रिलपछि मात्र सुरु हुने बताउनु भएको छ । बेलायतका महारानी गर्नु हुने आगामी सम्बोधनको बेलामा बेलायत युरोपियन युनियनभित्र रहेको कानुनलाई उल्टाइने नयाँ विधयेक ल्याइने मेले बताउनुभएको छ । कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनको क्रममा मेले सो कुरा प्रष्ट पार्नु भएको हो । बेलायत युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा गत जुन २३ मा जनमत संग्रह भएको थियो । सो जनमत संग्रहले युरोपेली सङ्घछोड्ने जनादेश दियो र औपचारिक रुपमा बेलायतले बाहिरिने घोषणा पनि ग¥यो । तर यसको औपचारिक प्रक्रिया भने सुरु भएको थिएन । यो जनमतसँगै
More

ढुङ्गा प्रहारबाट बुहारीको मृत्यु

बर्दिया । जेठाजुले हानेको ढुङ्गा प्रहारबाट भाइबुहारीको मृत्यु भएको छ । बर्दिया पाताभार गाविस–८ बस्ने अन्दाजी ५५ वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति अंशबन्डा तथा घरायसी झै–झगडा हुँदा मादकपदार्थ सेवन गरेका ढकालले गरेको ढुङ्गा प्रहारबाट आफ्नै बुहारीको टाउकामा गरी गम्भीर चोट लागेको थियो । घाइते भएकी बुहारी मनसराको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनापछि फरार रहेका जवालसिंह ढकाललाई राति नै कैलाली टीकापुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
More