Daily Archives October 5, 2016

उपसचिव घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित आज पक्राउ गरेको छ । जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट घुस रकमसहित आयोगले नियन्त्रणमा लिएको आयोगले जनाएको छ । यसैगरी मालपोत कार्यालय सिराहाका कार्यालय प्रमुख ज्ञानराज लम्साललाई रु ४० हजार घुससहित आजै नियन्त्रणमा लिइएको छ । कार्यालय प्रमुख लम्सालले नक्सा सुधार गरी क्षेत्रफल कायम गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ४० हजार घुस लिँदै गर्दा कार्यकक्षबाटै आयोग टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
More

दसैँ मनाउन दश लाख उपत्यका बाहिरिए

काठमाडौं । दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ । असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १० लाख यात्रु उपत्यकाका पाँच वटा नाकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले जानकारी दिनुभयो । “थानकोट, ककनी, साँखु, फर्पिङ, साँगा गरी पाँचवटा नाकाबाट दैनिक बाहिरिनेको सङ्ख्या बढेको छ, यात्रुबाहक सवारी, जीपलगायत ठूला सवारी नै १० हजार नाघेका छन्, यसमा मोटरसाइकलको अभिलेख छैन”– उहाँले भन्नुभयो । उपत्यका बाहिरिने यात्रुले भने सहज रुपमा सवारी पाउन नसकेको गुनासो गरेका छन् । दाङ जाने टिकटका लागि पटक–पटक
More

देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताउनुभएको छ । चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औंँ साधारणसभा तथा सामाजिक लेखा परीक्षणको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै प्रचारमुखी भन्दा परिवर्तनमुखी भएर काम गर्न आह्वान गर्नुभएको हो । बाल अधिकारको संरक्षणका लागि सरकारको मात्र नभई संस्थागत र व्यक्तिगतबाट योगदान हुनुपर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय बालअधिकार सम्मान प्रारम्भिक बाल विकासका अभियानकर्ता अगाथा थापालाई प्रदान गर्नुभयो । थापाले सेतो गुराँस बाल विकास संस्थाका माध्यममा यस क्षेत्रमा दिनुभएको
More

दुई नेपाली महिलालाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’

रत्ननगर । ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ । चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लाग्नुभएकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएकि छिन् । जनही एक हजार डलर अर्थात् झन्डै रु एक लाख छ हजार राशिको उक्त पुरस्कार अन्तर्राष्ट्रिय महिला दिवसका अबसरमा यही अक्टोबर १५ अर्थात असोज २९ गते काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उहाँहरुलाई प्रदान गरिने प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा धर्मराज डङ्गोलले जानकारी
More

राष्ट्रसङ्घको सर्वोच्च पदका उम्मेदवारको परीक्षा

संयुक्त राष्ट्र सङ्घ । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिव पदका लागि भएको दौडले निर्णायक मोड लिएको छ । महाशक्ति राष्ट्रहरुले पहिलो पटक समर्थन गरेका उम्मेदवार बुल्गेरियाकी क्रिस्टालिना जर्जिएभाको अग्नि परीक्षा लिन राष्ट्रसङ्घीय महासभाले सोमबार जनसमक्ष प्रस्तुत गरेको थियो । महासचिब पदका अन्य उम्मेदवारहरुमा अर्थशास्त्री तथा कुटनीतिज्ञ जर्जिएभासँगसँगै बुल्गेरियाकै इरिना बोकोभासहित अन्य सात जना पनि छन् । राष्ट्रसङ्घको सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुकाबीच गरिएको अनौपचारिक सर्वेक्षणमा इरिनाले उत्कृष्ट छवि बनाउन भने सकिनन् । पोर्चुगलका पूर्वप्रधानमन्त्री तथा संयुक्त राष्ट्रसङ्घीय शरणार्थी आयोगका पूर्वप्रमुख समेत रहनु भएका एन्टोनिओ गुटेरेस पनि यस प्रतिस्पर्धामा अग्रपङ्क्तिमा नै हुनुहुन्छ । हाल १९३ सदस्य देश रहेका संयुक्त राष्ट्र सङ्घमा फरकफरक देशका
More

एनआरएनको एकीकृत बस्तीमा ६१२ घर बन्ने

काठमाडौं— गत वर्ष गएको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्ने एकीकृत नमुना बस्तीको शुक्रबार शिलान्यास हुने भएको छ। गोरखाको लाप्राकको गुप्सीपाखामा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यको शिलान्यास गर्नेछन्। ६१२ घर सहित एकीकृत नमुना बस्तीमा बाटो, खानेपानी, बिजुलीलगायत पूर्वाधार समेत निर्माण गरिनेछ। ‘भूकम्पको केन्द्रविन्दूमै निर्माण गर्न लागिएको एकीकृत नमुना बस्तीको शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीज्यूले सहभागी हुने बचन दिनु भएको छ’, एनआरएनएका कार्यकारी निर्देशक राजेशसम्शेर राणाले भने, ‘पुनःनिर्माणमा एउटा सन्देश पनि हुने भन्दै उहाँले उपस्थितिको बचन दिनुभएको हो।’ सरकारले लाप्राक गाउँका ६ सय १२ घरधुरी भूकम्पबाट प्रभावित रहेको तथ्याङ्क संकलन गरेको छ। पुरानो बस्ती रहेको ठाउँ प्राबिधिक
More

क्यानडा-नेपाल संसदीय मैत्री संघ गठन

ओटवा। क्यानडाको तल्लो सदन-हाउस अफ कमन्स्र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा क्यानडा-नेपाल संसदीय मैत्री संघको गठन भएको छ। क्यानडाको संसदका उप-सभामुख Hon. Bruce Stantonको अध्यक्षतामा संसदको समिति कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य Hon. Gen Tangको अध्यक्षतामा 7 सदस्यीय कार्यकारी समितिको निर्वाचित गरेको छ। उक्त कार्य समितिको उपाध्यक्षहरुमा Hon.Harold Albrecht तथा Hon. Julie Dabrusin, 4 जना निर्देशकमा माननीय Hon. Ramesh Sangha, Hon. RaynellAndrychuk (Senator), Hon. Mark MarawaरHon. Jati Sidhuचुनिनु भएको छ भने सदस्यमा Hon. Chandra Arya, Hon. Larry Bagnell, Hon. Larry Campbell (Senator), Hon. Joseph Day (Senator), Hon. Julian Peter, Hon. Gord Johns, Hon. Robert Kitchen, Hon. Larry Miller,
More

नोट साट्नेको बैंकमा भीड

दसैँका लागि नयाँ नोट साट्नेको बुधबार बिहानैदेखि थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा लागेको भीड । बैंकमा पैसा साट्नेको अत्यधिक चाप बढे पनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा नोट साट्नेको राष्ट्र बैंकदेखि प्रसूतिगृहसम्म नै भीड लागेको छ । तस्बिर : रोशन सापकोटा ।
More

बडा दसैंको आज पाँचौ दिन

काठमाडौं । दसैंको पाँचौ दिन आज शक्तिस्वरुपा भगवती स्कन्दमाताको विशेष पूजा गरिंदैछ । कमल ओछ्याएर बस्ने भएकाले स्कन्दमातालाई पद्मासना देवी पनि भनिन्छ । धार्मिक ग्रन्थअनुसार सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्त अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने विश्वास छ । दसैंको ९ दिनसम्म हरेक दिन छुट्टाछुट्टै देवीको पूजा गरिन्छ । दसैंका अवसरमा देशभरका शक्तिपिठमा भक्तजनको घुँइचो लागेको छ । काठमाडौं उपत्यकाका भद्रकाली, नक्साल, शोभा भवगती, मैतीदेवीलगायत देवी मन्दिरमा दर्शनाथी बढेका छन् भने पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामनालगायत शक्तिपीठमा विहानैदेखि दर्शनार्थीको घुँईचो छ ।
More

नेपालद्वारा सन् १९५० को सन्धि संशोधनको प्रस्ताव

काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी नेपाल र भारत प्रबुद्ध समूहको बैठकमा नेपालले सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । हिजोबाट जारी बैठकमा नेपालले सन्धी संशोधनको बिषय औपचारिक रुपमा प्रस्ताव गरेको हो । सन्धीका कतिपय बुँदा अब्यबहारिक रहेको भन्दै नेपालले संशोधनका लागि छलफल अघि बढाएको हो । नेपाली पक्षको मागअनुसार सन् १९५० को सन्धि संशोधनको विषय प्रबुद्ध समूहको पहिलो एजेन्डा भएको छ । नेपाल र भारतबीच भएका सन्धि–सम्झौता पुनरावलोकनको सिफारिसका लागि प्रबुद्ध समूह गठन गरिएको हो । समूहको सिफारिसका आधारमा दुई मुलुकबीच वार्ता हुनेछ । सन् १९५० को सन्धिमा उल्लेख गरिएका प्रावधानमध्ये नेपालले तेस्रो मुलुकबाट
More