Daily Archives 6th October 2016

लेस्टरमा दशैं शुभकामना कार्यक्रम सम्पन्न

लन्डन । सिर्जन्शिल लेस्टर नेपाल यूके ले ३ अक्टोबर २०१६ सोमबारका दिन एभरेष्ट डाइन लेस्टरमा बिजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुझकामना साँझ सम्प्नन भयो । संस्थाका अध्यक्ष प्रेम आलेको अध्यक्षता सम्पन्न कार्यक्रम महासचिब बरुण भण्डारीले संचालन गरेका थिए । कार्यक्रममा अतिथिहरु विश्व साइकल यात्री लोक बन्धु कार्की, भण्डारी ब्रदर्सका डाइरेक्टर कमल भण्डारी, साँझा नेपाली समाजका सस्थापक अध्यक्ष शंकर भण्डारी, शान्ती नेपाली समाज बेलायतका उपाध्यक्ष भोजराज भण्डारी, साझा नेपाली समाजका कोषाध्यक्ष नारायण फुयाल, सस्थाका संरक्षकहरु दयानिधि सापकोटा र पशुपती पोखरेलले बिजया दशमी तथा दीपावलीको शुभकामना मन्तब्य दिए । सँस्थाकी उपाध्यक्ष कला पोखरेले अतिथी तथा उपस्थित सबैलाई स्वागत गरिन् । पुण्डरी
More

सन् १९५० को सन्धी पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल र भारतबीचको उच्चस्तरीय प्रबुद्ध समूहको संयुक्त बैठक १९ सय ५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकनमा सहमति जुटाउँदै समापन भएको छ। दुई देशबीचको प्रबुद्ध समूह ईपीजीको दुई दिनसम्म भारतको राजधानी नयाँ दिल्लीमा बसेको बैठकमा दुबै मुलुकका प्रतिनिधी सन्धी पुनरावलोकनमा सहमत भएका हुन् । नेपाली पक्षले सन्धीका कतिपय बुँदा असान्दर्भिक रहेको भन्दै पुनरावलोकनका लागि एजेण्डा बनाउन आग्रह गरेको र भारतीय पक्ष समेत सहमत भएको बताइएको छ । भारतीय पक्षका नेता भगतसिंह कोसियारीले भने सन्धी पुनरावलोकनका बिषयमा नेपाली पक्षको कुरा सुनेको प्रतिक्रिया दिएका छन् । बैठकमा सन्धि लगायत दुई देशबीचको व्यापार, पारवहन, सिमाना, सामाजिक र सांस्कृति पक्षका बारेमा निचोड
More

उपत्यकाको विद्युत आपूर्ति जुनसुकै बेला ठप्प हुन सक्ने

काठमाडौं । काठमाडौको उपत्यकाको विद्यूत प्रसारण जुन सुकै बेला पनि बन्द हुने अवस्था छ । गत साउन १७ गते स्यूचाटार स्थित नेपाल विद्युत प्राधिकरणको सव स्टेसनमा आगलागी हुँदा पावर ट्रान्सफर्मरमा क्षति पुगेको र सो पावर ट्रान्सफर्मर दुई महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन । १ सय ३२ केभी प्रसारणलाई ६६ केवीमा परिणत गर्ने तीन वटा पावर ट्रान्सफर्मर मध्ये एक वटा पावर ट्रान्सफर्मर आगलागीमा नष्ट भएपछि अहिले सबै भार दुई वटा पावर ट्रान्सफर्मरमाथि आएको छ । दुई वटा पावर ट्रान्सफर्मरमाथि अत्याधिक भार पर्दा यी दुई ट्रान्सफर्मर जति बेला पनि बन्द हुन सक्ने प्राविधिकहरुले बताएका छन ।
More

संविधान कार्यान्वयनमा सहमति जुटाउन आग्रह

काठमाडौं । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनमा एकताबद्ध भएर अगाडि बढ्न प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ठूलाठूला राजनीतिक सङ्कट र विवादलाई समेत प्रमुख दलको सहमतिमा नै सहजताका साथ अगाडि बढाइएको र मुलुकलाई निकास दिएको जनाउँदै उहाँले संविधान कार्यान्वयनमा पनि त्यस्तै एकता प्रदर्शन गर्न आग्रह गर्नुभयो । संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई कार्यान्वयन गर्ने सवालमा केही विषय अगाडि बढेको भए पनि महत्वपूर्ण कार्यभार बाँकी छ भन्दै उहाँले विवाद बढाउनेभन्दा पनि विवाद घटाउनेतिर लाग्नमा जोड दिनुभयो । उहाँले प्रमुख दलको सहमतिमा संविधानसँग जोडिएका विभिन्न समिति पनि छिट्टै गठन हुने र त्यसको प्रक्रिया सुरु
More

सोह्रबुँदे सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड

मोरङ । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सोह्रबुँदे सहमतिकै आधारमा संविधान जारी भएकाले संविधान कार्यान्वयनका लागि पनि सो सहमतिलाई आधार मानेर दल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । दलहरुले आत्मालोचना गरेर फेरि पुरानै स्थानमा आउनाको विकल्प नभएको बताउँदै अध्यक्ष गच्छदारले सहमतिबिना संविधान संशोधन र यसको कार्यान्वयन सम्भव नभएकाले सबै दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।
More

डा केसीलाई अनशन अन्त्य गर्न आग्रह

काठमाडौं । अनशनरत डा गोविन्द केसीले उठान गरेका अधिकांश माग पूरा हुने प्रक्रियामा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले उहाँलाई अनशन फिर्ता लिन पुनः आग्रह गरेको छ । समग्र चिकित्सा शिक्षा सुधारको माग पुनः उठान गरी डा केसीले नवौँ अनशन सुरु गर्नुभएको आजबाट १० औं दिन भएको छ । “म डा केसीले उठान गर्नुभएका माग सरकारले पूरा गर्नुपर्छ भन्ने व्यक्ति हुँ, यसअघिका अनशनमा मैले उहाँलाई साथ र सहयोग दिएको हुँ, अहिले त्यही माग पूरा गर्नेमध्ये एक जिम्मेवारीमा छु, सबै माग सम्बोधनका क्रमा छन्” – स्वास्थ्यमन्त्री गगन थापाले आज भन्नुभयो । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले “डा केसीले अनसन बस्नु पर्ने दिन
More

प्रेमीले धोका दिएपछि अपाङ्ग महिला न्यायको खोजीमा

गाईघाट । उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका पे्रमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन् । विवाह गर्छु भन्दै दश वर्षसम्म यौन शोषण गरेर अहिले धोका दिने बेल्टार बसाहा गाविस–२ बेल्टार बजार बस्ने वर्ष ३४ को देवनकुमार राई रहेको आज यहाँ आयोजित पत्रकार भेटघाटमा ती पीडित महिलाले बताएकी हुन् । दश वर्ष अघि हँडियाबाट त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा अध्ययनका लागि एक घरमा डेरालिएर बसेको र सोही क्याम्पस अध्ययन गर्ने देवनले पनि एउटै घरमा डेरा लिएका थिए । एक राति देवनले आफ्नो कोठामा जबर्जस्ती प्रवेश गरेर करणी
More

राप्रपा नेपालको युरोप शाखामा सुरेन्द्रमान अमात्य

लन्डन । राप्रपा नेपाल बेल्जियमका संस्थापक नेता सुरेन्द्रमान अमात्यको सर्वसम्मत नेतृत्वमा राप्रपा नेपालको युरोप शाखा गठन भएको छ । युरोपभर छरिएर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालनिकट नेपालीलाई संगठित गर्ने उद्देश्ययले प्रवासी नेपाली एकता समाज युरोप शाखा गठन गरिएको हो । समाजले विहीवार एक विज्ञप्ति जारी गर्दै सुरेन्द्रमान अमात्य (बेल्जियम) को अध्यक्षतामा समिति गठन भएको जनाएको हो । राजतन्त्र र हिन्दु राज्यको पक्षमा सक्रिय वकालत गर्दै आएका पाका नेता अमात्यले युरोप शाखा गठन हुनुअघि युरोप प्रतिनिधि भएर काम गरिसकेका थिए । २३ सदस्सीय रहेको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोशन सापकोटा (यूके) र गौरव न्यौपाने (पोर्चुगल) छानिएका छन् । समाजले महामन्त्रीमा विक्रम बानियालाई
More

‘एनआरएन डे’ मा लाप्राकको नमुना वस्तीको अनावरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकमा निर्माण हुने नमुना वस्तीको शुक्रबार अनावरण गर्ने भएको छ । ‘एनआरएन डे’ का अवसरमा नमुना वस्तीको अनावरण गर्न लागिएको हो । लाप्राकको घुम्सीपाखामा शुक्रबार विहान आयोजना हुने अनावरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुँदैछन् । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र एनआरएन अध्यक्ष शेष घलेले संयुक्तरुपमा नमुना वस्तीको अनावरण गर्ने छन् । कार्यक्रममा सहभागी हुन् एनआरएन पदाधिकारीहरु शुक्रबार विहान ७ बजे हेलिकोप्टर चढेर लाप्राक पुग्ने छन् । प्रधानमन्त्री र एनआरएन पदाधिकारीको बेग्लाबेग्लै हेलिकोप्टर हुने बताइएको छ । कार्यक्रम विहान ९ बजेका लागि तोकिएको एनआरएन कार्यालयका अधिकृत अनिल ढुंगानाले नेपाल ब्रिटेन
More

भारतीय प्रधानमन्त्री मोदीको टाउको पाकिस्तानी सेनाप्रमुखको हातमा

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको काटिएको टाउको पाकिस्तानी सेना प्रमुखको हातमा झुण्ड्याएर लगेको दृश्य प्रचारमा आएको छ । यो कार्टुन होला तर यो कार्टुनले संकेत अमानवीयताको हदसम्मको दुश्मनीलाई देखाएको छ । दक्षिण एसियाको राजनीतिमा युद्धका बादलहरु मडारिएको सन्देश दिएको छ । काश्मीरको उरीमा १८ जना भारतीय सैनिक मारिए । मार्ने आतंककारी होलान् तर भारत पाकिस्तानी सेनाले मारेको दोष लगाएर राष्ट्रसंघमा पुगेर पाकिस्तानलाई आतंककारी मुलुकको दर्जामा एक्ल्याउनुपर्ने कूटनीतिक प्रचारबाजी गरेपछि पाकिस्तान आक्रोसित हुनपुगेको थियो । त्यसको केही दिनमै भारतीय सैनिकले २ जना पाकिस्तानी सेना मा¥यो र भन्यो– खूनका बदला खून । पाकिस्तानी विदेशमन्त्रीले एटम वम हान्ने चेतावनी दिए, सैनिक प्रमुखले राहिल
More

साउदी अरबबाट खोजी पत्रकारितालाई एक लाख

साउदी अरब- खोजी पत्रकारितालाई प्रोत्साहन गर्न साउदी अरबमा रहेको एक नेपाली रेष्टुरेण्ट व्यवसायीले एक लाख रुपैयाँ प्रदान गरेका छन् । जुबैल स्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्टका संचालक यावा लिम्बूले नेपाली साझा मंचको “देशका लागि केही त गरौं !” अभियान अन्तर्गत खोजी पत्रकारितालाई प्रोत्साहित गर्न घोषणा गरेको कार्यक्रमलाई शुक्रबार सहयोग स्वरुप एक लाख रुपैयाँ प्रदान गरेका हुन् । प्रथम न्यू अन्नपूर्ण गोल्डकप २०१६ का सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा प्रमुख प्रायोजक समेत रहेको सो नेपाली रेष्टुरेण्टका संचालक एवं कार्यक्रमका संयोजक श्री यावा लिम्बूले मंचका अन्तर्राष्ट्रिय अभियंता महेश श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेका हुन । लिम्बूले मंचको अभियानलाई सहयोग गरेर आफूले
More

म्याग्दीमा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

बाबियाचौर । म्याग्दीमा २०७२ को प्रवेशिका परिक्षा (एसएलसी)मा सर्वोकृष्ट अङ्क ल्याउने सामुदायिक विद्यालयका दुई विद्यार्थी र उनीहरुले अध्ययन गरेको विद्यालयलाई बुधबार पुरस्कृत गरिएको छ । म्याग्दी प्रवासी नेपाली सङघ (मोना) हङकङले बेनी सामुदायिक माविका अर्जुन पौडेललाई रु ४० हजार र छात्रातर्फ सर्वोकृष्ट जामुनाखर्क माविकी प्रकृति ढुङ्गानालाई नगद रु २५ हजार प्रदान गरेको हो । पौडेलले प्रवेशिका परीक्षामा ३.९० जिपीए र ढुङ्गानाले ३.७० जिपीए ल्याएका थिए । मोनाको प्रथम साधारणसभाको उद्घाटन कार्यक्रममा बेनी सामुदायिक माविलाई रु दश हजार र जामुनाखर्क माविलाई रु सात हजार प्रदान गरिएको थियो । सांसद नवराज शर्मा, मोनाका अध्यक्ष योगेन्द्र क्षेत्री, जिशिअ रामकुमार श्रेष्ठ, मोना हङकङका पूर्वअध्यक्ष
More

पेरिस सम्झौता अनुमोदनको कागजात राष्ट्र सङ्घलाई

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले बुधबार नेपालले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गरेको दस्तावेज नेपाल सरकारका तर्फबाट बुधबार राष्ट्र सङ्घलाई बुझायो । नियोगद्वारा बुधबार प्रकाशित प्रेस विज्ञप्ति अनुसार असोज १८ गते नेपालको व्यवस्थापिका–संसद्ले अनुमोदन गरेको कागजात परराष्ट्र मन्त्रालयले नियोगलाई पठाएपछि सो हस्तान्तरण गरिएको हो । साथमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले बोनस्थित युएनएफसीसी सचिवालयमा आफ्नो राष्ट्रिय योगदान दर्ता गरेको कागजात पनि प्रस्तुत गरिएको छ । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदनको कागजातमा परारष्ट्रमन्त्री डा प्रकाशशरण महतले हस्ताक्षर गर्नुभएको छ । नेपाललगायत अन्य देशले बुधबार प्रस्तुत गरेको कागजातले पेरिस सम्झौता कार्यान्वयन हुन चाहिने हरितगृह ग्यास उत्सर्जनको ५५ प्रतिशत वा
More

बन्धनमुक्त अमितको निःशुल्क उपचार हुँदै

इनरुवा । सुनसरी जिल्ला औरावनी–९ का अमित साहले आठवर्षे कष्टकर जीवनबाट छुटकारा पाएका छन् । बाइस वर्र्षीय मानसिक रोगी अमितलाई परिवारले आठ वर्षयता सिक्रीमा बाँधेर राख्दै आएको समाचार राष्ट्रिय समाचार समिति (रासस) बाट प्रकाशन भएपछि अमितका लागि सहयोगी हातहरु जुट्न थालेका थिए । अमितको विषयमा समाचार प्रकाशन भएपछि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले उनको उद्धार गरेको हो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन नसकी सिक्रीमा बाँधेर राखिएका अमितको उद्धारका लागि आयोगका क्षेत्रीय संयोजक झन्कारबहादुर रावलसहित इन्सेक पूर्वाञ्चल संयोजक सोम थापा, साझा सवालका लागि साझा मञ्च (कोकन)की मञ्जिता उपाध्याय र पहल समूहका प्रतिनिधि बुधबार औरावनी पुगेका थिए
More

पौरखी हात

आफैले स्थापना गरिएको निरु घरेलु ढाका उद्योगबाट उत्पादन गरेको ढाका निर्मित सामान उर्लावारीमा बिक्री कक्ष खोलेर सञ्चालन गर्दै मोरङको उर्लाबारी ४ की निरु चौहान । तस्बिर: गोपालप्रसाद पोखरेल ।
More