Daily Archives October 10, 2016

दशैं शुभकामना आदानप्रदान

नेपाली दूतावास लन्डनद्धारा शुक्रवार दूतावास भवनमा आयोजित दशैं शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी बेलायतका लागि नेपाली राजदुत दुर्गा वहादुर सुवेदी र श्रीमति पुनम सुवेदी सहित अन्य अतिथिहरु सामूहिक फोटो सेसन गर्दै ।
More

पुरस्कारको रकम द्वन्द्व पीडितलाई दिने घोषणा

कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषले आफूले पाएको यस वर्षको नोवेल शान्ति पुरस्कारको रकम आफ्नो देशका द्वन्द्व पीडितलाई प्रदान गरिने आइतबार घोषणा गर्नु भएको छ । सो पुरस्कारको रकम नौ लाख २५ हजार अमेरिकी डलर बराबरको रहेको छ । कोलम्बियामा विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) विद्रोही समूहले आधा शताब्दीभन्दा लामो समयदेखि जारी राखेको हिंसाको कारण कोलम्बियामा लाखौंको सङ्ख्यामा द्वन्द्व पीडित भएका छन् । कोलोम्बियामा पाँच दशकसम्म जारी यस द्वन्द्वमा परी २ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । त्यसैगरी ४५ हजार बेपत्ता भएका छन्. । यस द्वन्द्वका कारण सात लाख व्यक्ति विस्थापित भएका छन्. ।
More

टीकाको उत्तम साइत बिहान ८ः ४५ बजे

यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ । दसैँको टीकाका लागि आफ्नो पारिवारिक मिलनसहित सर्वसाधारणले पनि तयारी गरिरहेका छन् । रासस
More

आज विजयादशमी

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो । आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी
More

एकता र सहकार्य अपरिहार्य : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिनुभएको सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र हो बताउनुभएको छ । विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् भन्दै उहाँले सन्देशमा भनिएको छ – “विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।” प्रधानमन्त्रीले दाहालले दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले
More

काँग्रेस केन्द्रीय समितिको बैठक

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अगामी कात्तिक ४ गते बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भएको छ । बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस
More

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहनुभएका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहनुभएको छ । यादवकी छोरी अनिता यादवले रासससँग कुरा गर्दै भन्नुभयो – गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ । अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा राससलाई जानकारी दिँदै भन्नुभयो – अब बुबा क्यान्सरको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । अहिले उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । गत अक्टोबर २ तारिखको दिन डा मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेकोे थियो । रोवोटिक सर्जरी प्रविधिमा
More

छाप्रो मै उम्रिए जमरा, भूकम्पपीडितलाई आएन दसैं

भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आउनुभएकी रीता पोखाले पालभित्रै जमरा उमार्नु भएको छ । गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आउनुभएको पोखाले साँघुरो छाप्रो मै जमरा उमार्नु भएको हो । सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि ददसैं मनाउने योजना भने नभएको उहाँ बताउनुहुन्छ । पोखा भन्नुहुन्छ˗ “दसैं आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसैं, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दसैं आएजस्तै छैन ।” यही शिविरको पालमा बस्दै आएका कमल विनायकका राजु सुवालको पनि उस्तै छ समस्या । तीनजना परिवार रहेको उहाँले भने भत्किएको घरको
More

देशभर शान्ति सुरक्षाको अवस्था सामान्य : गृह

गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् । केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ । गएराति तनहुँको आबुखैरेनीमा गएको पहिरो बिहान पन्छाइएकाले यात्रु सहजरुपमा आवतजावत गरिरहेको मन्त्रालयले जनाएको छ । विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । रासस
More

प्रहरीको कारबाहीमा एक युवकको मृत्यु

पर्सा प्रहरीको कारबाहीमा गएराति एक जनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका–१८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएको हो । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा लागू गरेको विशेष सुरक्षा योजनाअन्तर्गत वीरगन्ज उपमहानगरपालिकाको सुनसान क्षेत्रको नियमित गस्ती गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलमा सवार भई आउँदै गरेका दुई जनालाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली चलाएकाले प्रहरीले गरेको कारबाहीमा गोली लागी युवकको मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । मृतकको परिचय नखुलेको र मृतकसँगै रहेका भारतीय
More