Daily Archives October 12, 2016

‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु

काठमाडौँको जोरपाटीस्थित शेल्कर गुम्बामा ‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु भएको छ । दुई सातासम्म जारी रहने सो शास्त्रार्थमा काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायअन्तर्गत गुम्बाका ४०० लामा, विद्वान तथा अनुयायीको सहभागिता छ । शास्त्रार्थमा बौद्धदर्शनप्रतिको अन्धविश्वासलाई अन्त्य गर्न सहभागीमध्येबाट सोधिएका प्रश्न तथा जिज्ञासाको तार्किक बहस गरिने छ । बौद्ध दर्शनमा महत्वपूर्ण मानिएका माध्यामिक, प्रज्ञापारमिता, अभिधर्मकोष, प्रमाणवर्तीका र विनयजस्ता बौद्ध साहित्यका आधारमा प्रश्न तथा उत्तर गरिने छ । शास्त्रार्थमा प्रमाणका आधारमा न्याय तथा तर्क पनि प्रस्तुत गरिने छ । सो शास्त्रार्थले बौद्ध विज्ञानका शिक्षालाई व्यवहारिक अभ्यासका लागि सहयोगी हुने बौद्व विद्धान टीका शेर्पाले जानकारी दिनुभयो । गेलुक सम्प्रदाय सङ्घका अध्यक्ष गेसे काल्साङ
More

बालश्रमिकको सर्वेक्षण प्रक्रिया सुरु

रत्ननगर नगरपालिकाका घरघरमै पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न प्रक्रिया सुरु भएको छ । बालश्रममुक्त नगर बनाउन यहाँका घरघरमा पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न लागिएको रत्ननगर उद्योग वाणिज्य सङ्घले जनाएको छ । रत्ननगरका करिब २१ हजार घरधुरीमा पुगेर बालबालिकाको सङ्ख्या, स्वास्थ्य अवस्था, श्रमिक बालबालिकाको सङ्ख्या तथा हालको अवस्थाबारे जानकारी लिन सर्वेक्षण थालिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो । युनिसेफ नेपाल र रत्ननगर नगरपालिकाको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य सङ्घद्वारा बालश्रममुक्त नगर बनाउनका लागि वडा नं १४, १५ र १६ मा छलफल समेत भएको विसुरालले जानकारी दिनुभयो । रत्ननगर नगरपालिकाका सामुदायिक शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले बालश्रम न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिँदै
More

कञ्चनपुरमा मासु अडकिदा एकजनाको मृत्यु

घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– २ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ । गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्िकएर रावलको मङ्गलबार राति मृत्यु भएको बताउनुभयो । उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु-याउँदा बाटोमै मृत्यु भएको थियो । त्यसैगरी मोटरसाइकलले ठक्कर दिंदा भीमदत्तनगरपालिका– २ उल्टाखामाका साइकलमा सबार कालुराम चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । से २ प ९०६१ नं को मोटरसाइकलले पूर्व–पश्चिम राजमार्गको बेदकोट नगरपालिका– १३ दैजी क्षेत्रमा ठक्कर दिंदा घाइते भएका साइकलयात्री चौधरीको मङ्गलबार उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी
More

बस दुर्घटनामा ६० घाइते

झापाको विर्तामोडस्थित पश्चिम काँटामा आज बिहान करिब भएको दुर्घटनामा ६० जना घाइते भएका छन् । विपरीत दिशाबाट आइरहेका ना अ ख १८९८ र ना. अ. ख ६५६१ नं को यात्रुबाह बस एकआपसमा ठेक्किदा बसमा रहेका यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको उपचार स्थानीय बिएण्डसी अस्पतालमा भइरहेको र प्रहरीले तीनकोे विवरण सङ्कलन गरिरहेको जनाइएको छ यसैबीच रसुवाको धुन्चेमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा आर्का एक बालक सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धुन्चेबाट त्रिशूली नदीतर्फ गइरहेको वा.६८ प ८४७३ नं को मोटरसाइकलले ठक्कर दिएको हाकु– ३ का पँचवर्षीय रुवीन तामाङ सख्त घाइते भएका हुन्
More

थिमिको प्रसिद्ध कुभिन्डेजात्रा सम्पन्न

विजयादशमीको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिन्डेजात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु गरिएको थियो । कुभिन्डेजात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा बलि दिइएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिन्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो । एकादशीका दिन आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुन्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने,
More