Daily Archives October 14, 2016

असल छिमेकीमा हुनु पर्ने १२ गुण के के हुन् ?

छिमेकीलाइ झर्को लगाउने हल्ला गर्नु र छताछुल्ल चुलिएको बीन बक्स (फोहर–डिब्बा) देखिनु बेलायती समाजमा अभद्र छिमेकीको परिचय बन्ने गर्छ । तर यस्ता विषयले मात्र असल छिमेकीको निर्धारण गर्दैन र कानूनको पालना गर्ने तथा असल छिमेकी बन्ने छुप्रै आचरणले सभ्य नागरिकको झल्को दिने गर्छ । आफ्नो बारीभित्र फैलिएको छिमेकीको हाँगाबाट फल टिप्नुदेखि राति ८ बजेपछि हुबर (सफाइ यन्त्र) चलाउँदा पनि कानून मिचिन्छ भन्ने जानकारी सवै नागरिकलाइ नहुन पनि सक्छ । अभद्र ब्यवहार (न्यूसेन्स) सम्बन्धी कतिपय कानूनी प्रावधान कतिपयलाइ अचम्म लाग्ने खालका पनि छन् । नेपालको मुलुकी ऐन, चोरीको महलले फलफूल चोरेको बात लाग्दैन भनेर सिकाएको थियो तर यो देसमा त आफ्नै
More

मुक्ति एण्ड रिभाइवलका सदस्यहरुलाई जापानमा स्वागत

गोरेटो प्रोडक्सन जापानको कन्सर्टको लागि जापान आईपुग्नु भएका मुक्ति एण्ड रिभाइवल व्याण्डका मुक्ति शाक्य, सुनित कंशाकार, निखिल तुलाधर र रोशन कंशाकारको स्वागत तथा सम्मानमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले आज एक दिवाभोज सहितको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।उहाँहरुलाई संस्थाका सल्लाहकार अनिल कुमार शाक्यज्युले खाडा ओढाई स्वागत तथा सम्मान गर्नु भएको थियो l हिजो बिहिबारका दिन आकाशाका स्थित मण्डला रेष्टुरेन्टमा भएको सो कार्यक्रममा आयोजकको तर्फबाट जनक राज शाक्य ,सकुल प्रजापति ,सुनिल कुमार शाक्य ,प्रकाश लाल श्रेष्ठ ,अनिल कुमार शाक्य र बाल दिपक कारंजित लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । परिचयात्मक कार्यक्रमबाट सुरु भएको सो कार्यक्रममा उपस्थिति महानुभावहरुको परिचय संगै आ-आफ्नो छोटो भनाई
More

एमालेको चियापानमा राष्ट्रपतिलाई निमन्त्रणा

नेकपा (एमाले)ले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा भोलि असोज २९ गते आयोजना गर्ने चियापान कार्यक्रमका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि निमन्त्रणा पठाएको छ । कार्यक्रमका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक र सुरक्षा निकायका अधिकारीलाई निम्तो गरिएको एमालेले जनाएको छ । यस्तै, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्तालाई निमन्त्रणा कार्ड पठाइसकिएको पार्टीका सचिव
More

कपिलवस्तुमा चोरहरुको भेला

पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् । हालसम्म शिवराज नगरपालिकाभित्र बेचन गुप्ता, पदम ढकाल, सिराज खान डक्टर, तिलक गैरे, अनिरुद्ध सपकोटा र विष्णु हमालका मोटरसाइकल चोरी भएका छन् । दसँैको आसपासमा मात्र तीनवटा मोटरसाइकल चन्द्रौटा क्षेत्रबाट चोरी भएको छ । असोज २२ गते राति सिराज खान डक्टरको लु २० प ९४१७ नंको मोटरसाइकल उनकै निवास पर्सियाबाट चोरी भयो । त्यसपछि असोज २६ गते राति शिवराज नगरपालिका–६ निवासी विष्णु हमालको लु १८ प २३९८ नंको मोटरसाइकल चोरी भयो र सोही रात तिलक गैरेको लु १२ प
More

दसैँबिदापछि खुले सरकारी कार्यालय

दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय आजदेखि खुलेका छन् । दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो । मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र पनि कर्मचारीको उपस्थिति न्यून छ । दसैँ बिदापछि पहिलो दिन भएकाले पनि कर्मचारीको चहलपहल कम भएको गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले राससलाई जानकारी दिनुभयो । उहाँकाअनुसार भोलि शनिबार दसैँको पूर्णिमा र सार्वजनिक बिदा परेकाले टाढा रहेका कर्मचारी तथा सेवाग्राही पनि फर्कने क्रममा रहेकाले सामान्य बन्न अझै एक दुई दिन लाग्नेछ । दसैँमा छ दिन बन्द रहेका सरकारी कार्यालय खुलेपछि कामकाजी सर्वसाधारणले केही राहत महसुस गरेका छन् । दसैँमा सुनसान बनेको उपत्यकाको
More