Daily Archives October 16, 2016

नेपाल सरकार, भूपूगोर्खा, र बेलायत सरकार बीच त्रिपक्षीय वार्ता हुने

लन्डन । भूपूगोर्खाहरुको समान पेन्सन र अधिकारका माग माथि छलफल गर्न त्रिपक्षीय वार्ता हुने भएको छ । गोर्खा सत्याग्रह संयूक्त संघर्ष समितिका अनुसार बेलायत सरकार, नेपाल सरकार र आन्दोलनरत भूपू गोर्खा बीच त्रिपक्षीय वार्ता हुन लागेको हो । सत्याग्रह समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै त्रिपक्षिय वार्ता आगामी केहि हप्ता भित्रै आयोजना हुने जनाएको छ । विज्ञप्तिको पूर्ण विवरण श्रीमान अध्यक्ष ज्यू • बि.जी.डब्लु.एस. • गेसो • यु.बि.जी.एन. • नेसा • बिगेसो • सम्पुर्ण गोरखा समुदाय बिषय : बिशेष बैठकमा उपस्थित हुने बारे । महोदय : उपर्युक्त सम्बन्धमा, गोरखाहरुको करिब ३ दशक लामो समानताको आन्दोलनक्रममा, गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति
More

नेपाल र श्रीलङ्का बीच सिधा हवाई सेवा सञ्चालन वारे सहमति

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच भेटबार्ता भएको छ । आईतबार बिहान गोवाको लिला होटलमा भएको भेट बार्तामा दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नेबारे छलफल भएको थियो । भेटमा नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ले भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहेपनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री प्रचण्डले नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनमार्फत् दुई देशबीचको सम्बन्धलाई थप मजभूत बनाउनुपर्ने विचार राखे । भेटमा प्रधानमन्त्रीले सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सार्क राष्ट्रहरुबीच साझा धारणा आवश्यकता
More

राष्ट्रपति भण्डारीकी छोरी र पूर्वराष्ट्रपति यादवका नातिवीच ईंगेजमेन्ट

प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीबीच राजनीतिक मात्र होइन, अब पारिवारिक नाता पनि जोडिएको छ । पूर्वराष्ट्रपति यादवकी छोरी किरण यादवका छोरा इन्जिनियर अभिषेक यादव र भण्डारीकी कान्छी छोरी डा.निशाकुसुमबीच पारिवारिक जमघटकावीचमा राष्ट्रपतिभवन शितल निवासमा ईग्गेजमेन्ट भएको छ । उनीहरुवीच लामो समयदेखि पे्रेम सम्बन्ध थियो । डा. यादव र भण्डारीबीच २०७३ सालमै पारिवारिक नाता जोडिन लागेको हो । बिहेको मिति पनि पक्का भइसकेको छ । अभिषेककी आमा किरण कांग्रेसकी सांसद हुन् । यादव र भण्डारीवीच अध्ययनको शिलशिलामा अमेरिकामा भेट भएको थियो र उनीहरु अमेरिका मै हुँदा प्रेमममा थिए । यादवका पारिवारिक स्रोतका अनुसार यी दई
More

प्रधानमन्त्री दाहाल, मोदी र चिनियाँ राष्ट्रपति सीबीच त्रिपक्षीय भेटबार्ता

गोवा–प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच त्रीपक्षीय भेट बार्ता भएको छ । ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो। प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटबार्ता भएको हो। दाहालले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताए भेट बार्तामा प्रधानमन्त्री दाहालले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा
More

नेपाली सेनाबाट चिनियाँ सेनाले सिक्न चाहेको छः चिनियाँ रक्षामन्त्री

विपद् व्यवस्थापनमा नेपाली सेनाको क्षमता वृद्धि गर्ने कार्यमा चीनले सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ । ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी बेइजिङमा सम्पन्न सातौैँ सियाङसान सम्मेलनमा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले शान्तिस्थापना कार्यमा खटिएर नेपाली सेनाले देखाएको व्यावसायिक दक्षता, इमान्दारी र बहादुरीको चिनियाँ रक्षामन्त्रीले प्रशंसा गरी ‘विलक्षण’ क्षमता बोकेका नेपाली सेनाबाट चिनियाँ सेनाले पनि केही सिक्न आवश्यक रहेको बताउनुभएको जानकारी दिनुभयो । रक्षामन्त्री बालकृष्ण खाणले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा सुरक्षा र सहयोगलाई कसरीसँगै लैजाने भन्ने विषयमा सियाङसान सम्मेलनमा गहन छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो– “आतङ्कवादका कारणले
More

पत्रकार नारद वाग्ले नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल चीनतिर

राजनीतिक विश्लेषक एवम् पत्रकार नारद वाग्ले नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डल चीनको साताव्यापी भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा पत्रकारसहित विभिन्न राजनीति दलका भ्रातृ सङ्गठनका सदस्य सहभागी छन् । चाइना डेभलपमेन्ट फोरमको निमन्त्रणामा चीन भ्रमणमा रहेको उक्त टोलीले सिचुवान प्रान्तको छेन्दुमा आयोजना हुने ‘नेपालमा दिगो विकास’ विषयको कार्यशालामा भाग लिने टोली नेता वाग्लेले राससलाई बताउनुभयो । नेपाली टोलीले कार्यशालामा कार्यपत्रसमेत प्रस्तुत गर्नेछ । प्रतिनिधिमण्डलमा नेकपा (एमाले) केन्द्रीय सदस्य हिक्मत कार्की, गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल, पत्रकार महेश्वर दाहाल, राजेश अहिराज, सङ्केत कोइराला लगायत छन् । रासस
More

हिमालयज लायन्स क्लब लङमन्टको आयोजनामा बृक्ष रोपण सम्पन्न

नातिबाबु भट्ट । कोलोराडोमा नेपालीहरुको सकृयतामा गठित हिमालयज लायन्स क्लब लङमन्टको आयोजनामा सनिबार एक रमणीय पार्कमा बृक्षरोपण कार्यक्रम सम्पन्न भयो । लङमन्टको स्थित जिमहाम पार्कमा सम्पन्न बृक्ष रोपण कार्यक्रममा विभिन्न जातका रुखहरु रोपिएका थिए । रोपिएका रुखहरु बिभिन्न व्यक्तिहरुले आङ्खनो दिवांगत बाबु आमाको संझनामा रोप्न सहयोग गरेका हुन् । यसरी सहयोग गर्नेहरुमा धर्मराज श्रेष्ठले बाबु सुर्यबहादुर श्रेष्ठ र हालै दिबंगत आमा छन्दकुमारी श्रेष्ठको संझनामा, जोशन श्रेष्ठले बाबु रामबहादुर श्रेष्ठको संझनामा, नारायण श्रेष्ठ र शोभा श्रेष्ठले बाबु पुर्णकुमार श्रेष्ठको संझनामा, क्रान्ति गौलीले बाबु शिबकुमार गौलीको संझनामा, नरकुवेर राईले हालै दिबंगत आमा डलीमयां राईको संझनामा बृक्षरोपण गर्न सहयोग गरेका हुन् । बृक्षरोपण
More