Daily Archives October 18, 2016

बेल्जियमको ‘एसेण्टा ट्रेड फेयर” मानव तस्करी सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक हुने

लन्डन । वेल्जियममा सन् २०१३ मा सम्पन्न भएको ‘एसेण्टा ट्रेड फेयर’ मा भएको मानव ट्राफिकीङ सम्बन्धी छानविन समितिको प्रतिवेदन सार्वजानिक हुने भएको छ । गैरआवासीय नेपाली संघ बेल्जियको उच्चस्रोतका अनुसार सो प्रतिवेदन आगामि आइतवार लुभेन शहरमा हुने एनआरएन बेल्जियमको साधारणसभामा सार्वजानिक गर्ने तयारी गरिएको हो । नेपाल र बेल्जियमको ५० औ दौत्य सम्बन्धको अवसर पारेर आयोजित सो फेयरमा आएका १४ जना नेपाली सम्पर्क विहीन भए पछि मानव तस्करीको आशंका गरिएको थियो । गैरआवासीय नेपाली सँघ बेल्जियम, एफएनसीसीआईको सकृयता आयोजित सो फियर बारे विवाद उत्पन्न भए पछि गैरआवासीय नेपाली संघ बेल्जियमले पूर्वअध्यक्ष जानकी गुरुङको अध्यक्ष्यतामा ९ सदस्सीय छानविन समिति गठन गरिएको
More

नारी समाज पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न

नेपाली नारी समाज पोर्चुगलले हिजो १६ अक्टोबरका दिन प्रथम अधिवेशन सम्पन्न गरी सीता बरालको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । लिस्वोनका लागि नेपाली कन्सुलर मकर बहादुर हमालको प्रमुख आतिथ्यता तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य रमेश कुमार गुरुड॰को विशेष आतिथ्यतामा लिस्वोनको कल्चर हाउसमा सम्पन्न उक्त अधिवेशनमा पोर्चुगलस्थित सबै जसो संघसंस्थाहरुको प्रतिनिधि र उल्लेख्य रुपमा नेपालीहरुको उपस्थिती रहेको थियो । हिजो सम्पन्न अधिवेशनबाट उपाध्यक्षद्धयमा कला राई र निर्मला खराल, महासचिवमा मनु मल्ल रानाभाट, सचिवद्धयमा मीना खरेल र विन्दु लामा, कोषाध्यक्षमा सरु भण्डारी सापकोटा, सहकोषाध्यक्षमा निर्मला किराँती राई र सदस्यहरुमा जया गौतम ज्ञवाली, जमुना परियार, गीता राना, माया घले,
More

सभामुख अाेनसरी जेनेभा अाउदैं

स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर व्यवस्थापिका–संसद्सम्बन्धी सम्मेलनमा सहभागी हुन नेपालको तर्फबाट सभामुख ओनसरी घर्ती नेतृत्वको संसदीय टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । कार्तिक ७ देखि ११ सम्म सम्पन्न हुने सम्मेलनमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा नेपालका प्रमुख सचेतकहरू पनि सहभागी हुनेछन् ।
More

भारतीय राष्ट्रपतिलाई जनकपुमा भव्य स्वागतको तयारी

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा यहाँ भव्य स्वागतको तयारी हुँदैछ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रपतिको जनकपुर भ्रमणको दिनमा सर्वसाधारणलाई आफ्नो घरबाट बाहिर निस्केर स्वागत तथा नेपाल भारतको संयुक्तरुपमा झन्डा फहराएर स्वागत गर्ने निर्णय गरिएको छ । जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने समेत निर्णय भएको छ । यसका लागि आआफ्नो स्तरबाट तयारी थाल्न समेत निर्णय भएको छ । बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईं, राजनीतिक दलका अतिरिक्त बृहत्तर जनकपुर क्षेत्र
More

स्वास्थ्यमन्त्री थापा म्याग्दी जिल्ला अस्पतालमा

नमुना म्याग्दी जिल्ला अस्पताल 2016-10-18 12:10 बेनी(म्याग्दी), २ कात्तिक । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सीमित साधन र स्रोत भए तापनि म्याग्दी जिल्ला अस्पतालले समुदायको सहयोगका कारण नेपालका अरु जिल्ला अस्पतालभन्दा उत्कृष्ट सेवा प्रवाह गरेको बताउनुभएको छ । अस्पतालको अनुगमन भ्रमणका क्रममा आज सदरमुकाम बेनी आउनुभएका मन्त्री थापाले नेपालका अरु जिल्ला अस्पताललाई म्याग्दी जिल्ला अस्पताल जस्तै सहज उपचार सेवा प्रदान गर्नसक्ने प्रविधि र चिकित्सकयुक्त अस्पताल बनाउन आवश्यक भएकामा जोड दिनुभयो । सरकारी सुविधा र बजेटका अतिरिक्त स्थानीय र विदेशमा रहेका म्याग्देलीको सहयोगले तीन वर्षयता म्याग्दी अस्पतालमा सुविधायुक्त पूर्वाधार निर्माण भएका छन् । पन्ध्र शय्याको सो अस्पतालले हालै ५० शय्याको स्वीकृति पाएको छ
More

क्यानाडामा ‘एनआरएन डे’ मनाइंदै

प्रवासी नेपालीहरुको साझा संघठन ‘एनआरएन’ स्थापना दिवसको अवसर पारेर एनआरएन क्यानाडाले यही अक्टोबर २२ मा बिशेष कार्यक्रम बिच ‘एनआरएन डे’ मनाउने भएको छ । टोरोन्टो,मिसिसागास्थीत गोर्खा प्यालेस हुने कार्यक्रममा क्यानाडामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, राजदुत , खेलाडी, कलाकार,पत्रकार लगायतलाई आमन्त्रण गरिएको कार्यक्रम संयोजक तुला भट्टचनले बताए । ‘सांस्कृतिक कार्यक्रम संगै संसारभर छरिदै गएको नेपालीहरुको साझा संस्था एनआरएनको महत्व र आवश्यकताका बिषयमा बहस गरिनेछ । ‘ उनले भने । पछील्लो समय एनआरएनको प्रवाभकारीता संयन्त्र संसारभर छारिदै जांदा यसको महत्व बड्दो छ । नेपालीहरुको मुख्य पर्व दशै तिहारको अवसर पारेर आयोजना गर्न लागिएको यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिदै जाने
More

दूतावासको पत्र बिना श्रम स्विकृत नहुने

युएई – घरेलु कामदारका रुपमा वैधानिक रुपमा युएई आएका नेपालीहरुले बिदामा नेपाल जाँदा नेपाली दूतावास युएईबाट पत्र नलगेमा श्रम स्विकृत नहुने भएको छ। नेपाली दूताबास युएईले आइतबार एक विज्ञप्ति जारी गर्दै युएईमा कार्यरत घरेलु कामदारहरुलाई श्रम स्विकृतको लागि नयाँ नियम बारे जानकारी गराएको हो। नियम कार्तिक १ गते बाट लागु हुने दूताबासले विज्ञप्तिमा जनाएको छ । वैधानिक रुपमा नेपालबाट श्रम स्विकृत लिएर घरेलु कामदारको रुपमा युएई आएका घरेलु कामदारहरुले मात्र दूताबासबाट पत्र पाउने छन्। तर त्यसको लागि उनिहरुले नेपालबाट आउँदा श्रम स्विकृत गरेको प्रतिलिपि, राहादानी र युएई भिषाको प्रतिलिपि, कामदार र कम्पनिसंगको सम्झौतापत्रको प्रतिलिपि र घरेलु काममा लगाउने मालिक वा
More