Daily Archives October 19, 2016

अख्तियार प्रमुख लोकमानसिंह कार्की निलम्बित

लन्डन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव भए पछि उनको पद स्वत: निलम्बित हुने भएको छ । २५ प्रतिसत सभासदले महाभियोग प्रस्ताव दर्ता गरेको पत्र विहीवार सभामुखले सदनमा पढेर सुनाए पछि सो प्रक्रियाको टुग्गो नलागे सम्म उनी निलम्बनमा पर्ने संवैधानिक प्रावधान रहेको छ । संविधानको धारा १०१ (६) बमोजिम अख्तियार प्रमुखकाे हैसियतले काम गर्न नपाउने भएका हुन् । यसअघि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेकपा एमालेका १५७ जनाको लिखित हस्ताक्षरसहित कार्कीविरूद्ध बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
More

पूर्व उपप्रधानमन्त्री कमल थापा आज लन्डन आउदैं

लन्डन। पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा आजै लन्डन आउने भएका छन् । प्रवासी नेपाली एकता समाज बेलायतका संस्थापक अध्यक्ष रोसन सापकोटाका अनुसार थापा २ हप्ताको निजी भ्रमणमा आउन लागेका हुन् । उनी कतार एयरवेजको विमानबाट आज साँझ १० बजे लन्डनस्थित हित्रो विमानस्थलमा उत्रिने तयारीमा छन् । थापाका छोरी ज्वाई बेलायतका स्थाई बासिन्दा हुन् । थापाले वेलायत बसाईको क्रममा वेलायतस्थित बिभिन्न संघसँस्थाका प्रतिनिधी तथा वेलायती सरकारी अधिकारीसंग समेत भेटघाट गर्ने अपेक्षा गरिएको छ । राप्रपा नेपालको भातृसंस्था प्रवासी नेपाली एकता समाज वेलायतले अक्टोवर ३० तारिख आइतवार लन्डनमा बिषेश अन्तरकृया कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
More

एनआरएनलाई नेपालकाे सेयर बजारमा भित्राउने तयारी

गैरआवासीय नेपाली (एनआरएन)ले पनि नेपालको दोस्रो पुँजी बजारमा लगानी गर्न सक्ने भएका छन्। यस सम्वन्धमा कार्यविधि बनाउन एक समिति गठन भएको छ। धितोपत्र बोर्ड नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठित समितिमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नेप्सेका पदाधिकारीहरु सदस्य रहने छन्। समितिमा एनआरएनको समेत प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ। बोर्डका कार्यकारी निर्देशक निरज गिरीका अनुसार गठित समितिले एनआरएनको लगानी सहज रुपमा पुँजी बजारमा भित्र्याउने र चाहेका बेला बाहिरिन सक्नेगरी कार्यविधि बनाएर बोर्डमा पेश गर्नेछ। बोर्डले सो सम्वन्धमा सम्बद्ध सबै पक्षसँग छलफल गरी काम अघि बढाउने छ। उक्त समितिले एनआरएनको सहभागिताबाट धितोपत्रको दोस्रो बजार हुँदै अर्थतन्त्रमा पर्ने प्रभाव समेतको
More

देउवा–पौडेल पानी बाराबारको स्थितिमा

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच पानी बाराबारको स्थिति अझैसम्म रहेछ भन्ने कुरा हिजो सार्वजनिक भएको छ । सभापति देउवा र वरिष्ठ नेता पौडेलले एउटै मञ्चमा मंगलबार राजधानीमा आयोजित एक समारोहमा झण्डै अढाई घण्टा समय व्यतित गरे तर उनीहरुवी सञ्चो विसञ्चोबारेमा सोधीखोजी गर्न हाईहल्लो समेत नभएको देख्दा तमाम काँग्रेस कार्यकर्ताहरु कानेखुशी गर्दै भन्दै थिए,“भन्ने बेलामा हाम्रा नेताहरु पार्टीमा अब गुटबन्दी छैन भन्छन्, तर आज यहाँ अचम्म देखियो, बोलाई र व्यवहारमा फरक छ भन्न धेरै टाढा जानुपर्दैन् ।” हुन त यी दुई नेता एक महिना अघि भएको भातृ संगठन नेपाल महिला संघको
More

क्लिनटन–ट्रम्पको अन्तिम वहस अाज राती हुने

अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदबार रहेका डेमोक्र्याटिकतर्फकी उम्मेदबार हिलारी रोधाम क्लिन्टन र रिपब्लीक उम्मेदवार डोनाल्ड ट्रम्पकाबीचमा बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ । मतदान हुनुभन्दा २० दिन अगाडि उहाँहरुको अन्तिम संयुक्त बहस हुन लागेको हो । त्यो रात अमेरिकी राजनीतिका लागि एउटा महत्वपुर्ण रात पनि मानिने छ । स्थानीय समयअनुसार साँझ ६ः०० बजे बहस सुरु हुने बहस ९० मिनेटको हुनेछ । बहस लस भेगसमा रहेको नेभादा विश्वविद्यालयमा हुनेछ । वहसका लागि दुवै उम्मेदवारलाई पहिले वहसमा जस्तैगरी राखिने छ । लामो समयदेखि राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका ६९ वर्षीय क्रिस वाल्सले सञ्चालन गर्ने सो कार्यक्रम अमेरिकाका अधिकांश टेलिभिजनले प्रत्यक्ष प्रसारण
More

गोर्खा नेपाली कम्युनिटी युकेद्धारा पर्वतको स्कुललाई ५ लाख सहयोग

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको यहाँको एक विकट गाउँको विद्यालय पुनःनिर्माण लागि प्रवासमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् । भूकम्पले भत्काएको दलित समुदायका विद्यार्थीले मात्र अध्ययन गर्ने शङ्करपोखरी–८ स्थित बालज्योति प्राथमिक विद्यालयको पुनःनिर्माणका लागि कुश्मामा घर भई हाल लण्डनमा बस्दै आएका दीपकराज जोशीको सक्रियतामा माइडस्टोन गोर्खा नेपालीज् कम्युनिटी युकेमार्फत सङ्कलन भएको रु पाँच लाख ६६ हजार मङ्गलबार आयोजित कार्यक्रममा विद्यालयलाई हस्तान्तरण गरिएको हो । सो विद्यालय भूकम्पका कारण पूर्णरुपले भत्किँदा पठानपाठनमा समस्या भएको थियो । विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरुले उक्त रकम सहयोग गरेको दाता जोशीले भनाइ छ । लण्डनमा
More

साउदी राजकुमारलाई मृत्युदण्ड दिइयो

रियाद । अत्यधिक मृत्युदण्डका लागि चर्चित रहेको साउदी अरेबियाले राजपरिवार सदस्य राजकुमार तुर्की बिन साउद अल-कबीरलाई हत्या अभियोगमा गत मङ्गलबार मृत्युदण्ड दिएको बताएको छ । राजकुमार तुर्कीमाथि सन् २०१२ मा आफ्नै साथीको गोली हानी हत्या गरेको अभियोग थियो । उनलाई कसरी मृत्युदण्ड दिइयो भन्ने नखुलाइएता पनि अधिकांश केसमा तरबारले टाउको काटेर मृत्युदण्ड दिने चलन साउदीमा रहेको छ । मृत्युदण्ड एकदम सामान्य रहेको साउदीमा राजपरिवार सदस्यलाई दिइएको यस्तो मृत्युदण्डलाई भने असामान्य मानिएको छ । मानवअधिकारवादी संस्थाहरूले साउदी न्यायप्रणालीको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएका छन् । तर अरब न्यूजले यो घटनाको हवाला दिँदै साउदीको न्यायव्यवस्था सबैका निम्ति समान रहेको सन्देश दिएको छ ।
More