Daily Archives 21st October 2016

कांग्रेसले महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने संकेत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगबारे नेपाली काँग्रेसभित्र पक्ष र विपक्षमा बहस चर्किएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यले महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रभाव पार्ने विषय भएकाले विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव राखेका छन् । केही केन्द्रीय सदस्यले महाअभियोगका प्रस्ताव व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलसँग कुनै सरसल्लाह नगरी आएकामा आक्रोस पोखेका छन् । धेरैले महाअभियोगका पक्षमा पार्टी उभिनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा १७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । यिमध्ये अधिकांशको मत महाअभियोगका पक्षमा रहेको बुझिएको छ । बैठकमा कार्कीका सन्दर्भमा केहीले मध्यमार्गी धारणा राखेका
More

डब्लुटिएफ अध्यक्ष डा. चो नेपालमा

काठमाडौ । तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आइपुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आएका डब्लुटिएफ अध्यक्ष डा.चो  लगायत टोलीको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । चो लगायत टोलीलाई नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकास सम्सेर राणा,उपाध्यक्ष हरिश्वर पोख्रेल,महासचिव दिपराज गुरुङ,केन्द्रिय सदस्य,विभिन्न डोजाङ प्रमुख र खेलाडीहरुले फुलमाला लगायतले भब्य स्वागत गरे । त्यस्तै भ्रमणको दौरानमा उनले तेक्वान्दोका विभिन्न गतिविधिकाबारेमा अध्ययन गर्नेछन् । अध्यक्ष डा.चोले त्यसबिच भगवान गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनी र स्वंयम्भुनाथको दर्शन एवम् भ्रमण गर्ने कार्यक्रम रहेको छ । डा.चोलाई नेपाल तेक्वान्दो सघंले विश्वमा तेक्वान्दो खेलको विकासमा पु¥याएको
More

भद्रा घलेलाई देवकोटा शिखर सम्मान

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा राजनीतिज्ञ, समाजसेवी तथा साहित्यकार सुश्री भद्राकुमारी घलेलाई ‘देवकोटा शिखर सम्मान’ द्वारा सम्मानित गरिएको छ । कात्तिक १ गते भद्रा घले सेवा सदन देवीनगरमा आयोजित समारोहमा प्रमुख अतिथि नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष तथा वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले घलेलाई सम्मानित गर्नुभएको थियो । पूर्वमन्त्री हरिप्रसाद न्यौपाने, इजरायलका लागि नेपालका पूर्व राजदूत प्रल्हादकुमार प्रसाईं, कथाकार जलेश्वरी श्रेष्ठ, वरिष्ठ कवि गोपालप्रसाद पराजुली, प्रतिष्ठानका सल्लाहकार समाजसेवी लक्ष्मीप्रसाद प्रसाईं, संगीत तथा नाट्य प्रतिष्ठानकी प्राज्ञ उन्नति बोहोरा शिला, समाजसेवी आमा दिलमाया श्रेष्ठ, गोरखापत्रका पूर्वमहाप्रबन्धक भरतकुमार प्रसाईंसहितले विशिष्ट आतिथ्यता ग्रहण गर्नुभएको
More

दूतावासको निर्णयले सामाजिक सञ्जालमा निम्त्यो चर्को बहस

लन्डन । लन्डनस्थित नेपाली दूतावास भवन भित्र बाहिरी संघसंस्थाको आयोजनामा हुने कार्यक्रम माथि रोक लगाएको छ । सुरक्षाको दृष्टीकोणबाट निकै संवेदनशिल क्षेत्र केन्जिङटन प्यालेस गार्डेन्स हुने गतिविधी कम गर्न बेलायतस्थित सुरक्षा निकायले आग्रह गरे पछि दूतावासले उक्त कदम चालेको हो । यसअघि जातिय, च्यारिटी देखि साहित्यिक लगायतका संघसँस्थाले दूतावास भवन भित्र कार्यक्रम गर्दै आएका थिए । नवनियुक्त राजदूत डा. दुर्गा बहादुर सुवेदीले पछिल्लो समयमा दूतावास सुधारका लागि बिभिन्न निर्णय गर्दै आएका छन् । सुवेदीको पछिल्लो निर्णयलाई सामाजिक सञ्जाल प्रयोगकर्ता निकै राम्रो निर्णय भनेर स्वागत गरेका छन् । दूतावासको पछिल्लो निर्णयलाई को कोले के भने ? Boz Raj शायद त्यो पनि
More

लोकमानको बचाउमा नयाँशक्ति पार्टी

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले भ्रष्टाचार निवारणका लागि निःस्वार्थ र निर्भीकताका साथ काम गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख नै विवादमा तानिनु दुःखद् भएको जनाएको छ । पार्टी प्रवक्ता खिमलाल देवकोटाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा र संस्थाको गरिमामै चोट पुग्ने स्थिति आएको छ भन्दै संसद्बाट सिधै नियुक्त हुने पद राजनीतिक नेतृत्वप्रति उत्तरदायी नभई सिधै संसद्प्रति उत्तरदायी होस् भन्ने पार्टीकोे माग भएको उल्लेख छ । संस्थाको गरिमा बचाइराख्न आगामी दिनमा संवेदनशील संवैधानिक पदमा नियुक्ति गर्दा हाम्रा नभई राम्रा र जनोत्तरदायी व्यक्तिलाई नियुक्ति गरियोस् भनी पार्टीले ध्यानार्कषण गराएको छ । संसदीय समितिले बोलाउँदा नजाने,
More

विकट कान्दामा खुल्यो नमुना ‘चेपाङ छात्रावास’

चितवन । विषालु च्याउ खाएर एकै परिवारका आठजनाको दुःखद् निधन भएको गाउँ चितवनको विकट लोथर गाविस–९ कान्दामा चेपाङ बालबालिकाको शिक्षाका लागि नमुना छात्रावास सञ्चालनमा आएको छ । उक्त छात्रवासमा अहिले १२३ जना बालबालिका बसेर सरकारी स्कुल कान्देश्वरी राप्राविमा अध्ययन गर्दछन् । यहाँ बस्नेमा अधिकांश चेपाङ बालबालिका छन् भने केही गुरुङ, मगर, तामाङ विद्यार्थी छन् । लक्ष्मी प्रतिष्ठान नेपालले देशविदेशमा रहेका दाताको सहयोगमा सङ्कलित रकमबाट यहाँ छात्रवास निर्माण गरेको हो । अहिले छात्रवासमा विषयगत दक्ष शिक्षकसमेत राखिएको छ । चितवनको सदरमुकाम भरतपुरबाट पूर्व करिब चार घन्टाको सवारी यात्रापछि छ घन्टाको उकालो पहाड चढेर कान्दा पुगिन्छ । सवारी दुर्घटनामा परी मृत्यु भएका
More

छक्का पञ्जाको बेलायतमा नयाँ किर्तिमान

लन्डन । हाँस्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा’ ले बेलायतबाट ३० लाख रुपैयाँको व्यापार गरेको छ । बेलायतमा नेपाली चलचित्रले गरेको व्यापार अहिलेसम्मकै ठूलो रकम भएको वितरक कम्पनी नेप्लिज इन्टरटेन्मेन्ट यूकेका वीरेन खड्कले बताए । उनका अनुसार ‘छक्का पन्जा’ ले करिब ३० लाख रुपैयाँ बेलायतमा मात्र संकलन गर्न सफल भएको छ । सेन्ड्रस, स्वीन्डन, उलवीच, ग्रीनफोर्ड, अल्डरशट, केन्टलगायतका शहरमा गरिएको प्रदर्शनमा दर्शकको उपस्थिति बाक्लो थियो । ‘निकै राम्रो रेस्पोन्स आइरहेको छ’, खडकाले भने, ‘विभिन्न सिटीमा बस्ने दर्शकले चलचित्र आफ्नो शहरमा पनि ल्याइदिनु पर्यो भनेर आग्रह गरेका छन् । अब स्कटल्याण्ड र वेल्सका दर्शकको मागअनुसार
More

अध्यक्ष ओलीको भ्रमण स्थगित

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आज हुने भनिएको बङ्गलादेशको भ्रमण स्थगित भएको छ । मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण पूर्वप्रधानमन्त्री ओलीको भ्रमण स्थगन भएको पार्टीकाकार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । बङ्गलादेशको ढाकामा हुने अवामी लिगको २०औँ वार्षिक सम्मेलनमा सहभागी हुन पार्टीका तर्फबाट अध्यक्ष ओली जाने कार्यक्रम तय भएको थियो । उक्त सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य राजन भट्टराई जानु हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग दर्ता भएपछि विभिन्न दलका नेताहरुको विदेश भ्रमण स्थगित भएको छ ।
More

एन्फा विवादको फैसला आजै

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न चुनावको पारो ह्वात्तै बढेको छ । चुनावको मिति कात्तिक ८ नजिकिँदै जाँदा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मत तान्न सक्रिय छन् । एन्फा अध्यक्षको लागि कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हु्ँदैछ । दुबै उम्मेदवारले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । कार्यवाहक अध्यक्ष श्रेष्ठलाई पूर्व अध्यक्ष गणेश थापाको समर्थन रहेको दाबी एउटा पक्षले गरिरहँदा स्वयं श्रेष्ठले भने यसलाई स्विकारेका छैनन । तर पनि जिल्ला, क्लब तथा अन्य समुहको भोट आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ । उता तत्कालिन अध्यक्ष थापाविरुद्ध लामो समयमसम्म आन्दोनल गरेका कर्मा छिरिङ शेर्पाले एन्फामा
More

हत्या आरोपित दुई नेता एमालेबाट निष्कासित

अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीले धनचौर निवासी पार्टीको धनचौर गाउँ कमिटीका पूर्व सदस्य कल्पना भुसालको हत्याका आरोपित दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । धनचौर गाविसका भूतपूर्व अध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो । अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्तिमा एमालेले हत्याको निष्पक्ष छानबिन गरी हत्यारालाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । हराएको भनिएकी धनचौर–५ रातामाटाकी कल्पना भुसालको हत्या भएको खुलासा भएको छ । हत्याको अभियोगमा पक्राउ परेका गणेशकुमार भुसालले हत्या आफँैले गरेको बताएपछि कल्पना भुसालको हत्या भएको खुलासा भएको हो । गत असोज १८ गते धनचौर–९
More

अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मेलन काठमाडौंमा जारी

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीतिले विद्रोह निम्त्याउने चेतावनी दिएका छन् । हिजोदेखि पशुपति क्षेत्रस्थित वनकालीमा आयोजित विराट हिन्दू सम्मेलनलाई विहीबार सम्बोधन गर्दै पूर्वराजा शाहले असन्तुलनले उपेक्षा जन्माउने र उपेक्षितमा विद्रोह जन्मिन सक्ने चेतावनी दिएका हुन् । गणतन्त्र स्थापनापछि पहिलोपटक सार्बजनिक सम्बोधन गरेका पूर्वराजा शाहले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता कारण देशमा बाह्य हस्तक्षेप र जनतामा चरम निराशा छाएको दावी पनि गरे । पूर्वराजा शाहले यस्तो परिस्थिति कसरी सिर्जना भयो भनेर जनताले प्रश्न गर्नुपर्ने बेला आएको धारणासमेत राखे । ‘बहुजन हिताय : बहुजन सुखाय’ मूल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो । पूर्वराजा शाहले मौलिक चिनारी, परम्परागत
More