Daily Archives October 23, 2016

बेलायतमा देउसीभैलोको रौनक : खेल्न निम्त्याउनेको प्रतिष्पर्धा

लण्डन । प्रवासी नेपालीहरू बीच देउसीभैलो त्यति बाक्लो सुनिने संस्कृति होइन । तर नेपालीको बस्ती बाक्लिँदै गएपछि नेपाली चाडबाड़ र सांस्कृतिक परम्पराहरूप्रति मोह र महत्त्व दिनदिनै बढ्दै गएको सन्दर्भमा पछिल्लो पटक बेलायतमा देउसीभैलोलो आफ्नो प्रभाव र लोकप्रियता बढाउँदै लगेको छ । ससाना सामूहिक देउसीभैलो खेल्नेहरू यदाकदा देखिए पनि संस्थागत रूपमा देउसीभैलोलाई नेपाली समुदायबीच नवजीवन दिन र लोकप्रिय बनाउन तल्लीन परेको छ नेपाली ब्रिटिश कम्युनिटी युके । विगत वर्षझैँ यस वर्ष पनि दीपावली तथा तिहार पर्वको पावन अवसरमा नेपलीज व्रिटिश कम्यूनिटी यु.के. (NBC-UK) ले नेपाली शैली, परम्परा र संस्कृतिलाई अनुसरण गर्दै वेलायतबासी नेपालीहरूको घरआँगनमै गई देउसी-भैलो खेली आशीर्वाद र शुभकामना व्यक्त
More

तरुण दल बेलायतले अन्तक्र्रिया गर्ने

लन्डन । नेपाल तरुण दलको ६३ औं स्थापना दिवसका अवसरमा तरुण दल बेलायतले केन्द्रीय प्रतिनिधिको आतिथ्यमा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी आइतबार अर्थात् ३० अक्टुबरमा आयोजना हुने दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघीयता, लोकतन्त्र र राष्ट्रिय एकतामा नेपाली युवाहरुको भूमिका विषयमा अन्तक्र्रिया हुनेछ । नर्थहोल्टको ब्लु अर्किड रेस्टुरेन्टमा दिउँसो १ बजे आयोजना हुने उक्त कार्यक्रममा बेलायतवासी नेपाली समुदायलाई सहभागिताका लागि दलले आग्रह गरेको छ ।
More

महायोग साधना चार ठाउँमा एकैपटक

चितवन । चितवनका विभिन्न चार ठाउँमा आइतवार एकैपटक सिद्धमहायोग ध्यान साधना शिविर सञ्चालन भएको छ । जगदगुरु श्री रामानानन्दर्चाय सेवा पिठ सिद्धमहायोग ध्यान साधना केन्द्ध को आयोजनामा सो ५ दिने ध्यान शिविर सञ्चालन भएको हो । महायोगले नै मानवयोनीबाट देवयोनी को ढोका खोल्ने सकिने ध्यान साधना केन्द्र नेपालका उपाध्यक्ष एवं श्री श्री १००८ डा. वैष्णव कृष्णदास महाराजीको उतराधिकारी गोविन्दबाबु तिवारीले बताउनु भयो । उहाँले जगद्गुरु श्री रामानानन्दर्चाय सेवा पिठ नेपालका पिठाधिस श्री श्री १००८ डा. वैष्णव कृष्ण दास जी महाराजले सिद्धमहायोग साधनालाई नेपाली जनजनमा पुर्याउने संकल्प साथ ध्यान साधनाशिविर अगाडि बढाएको बताउनु भयोे । महायोग साधनाका ६ चरण र ३६
More

म्याग्दीको प्राविलाई सहयोग

म्याग्दीको दुर्गम मुदी गाविसको नाउरामा समुदायबाट सञ्चालित रनजनज्योती प्राविलाई रु २ लाख १२ हजार ४ सय १५ सहयोग हस्तान्तरण गर्दै मोना हङकङ र महिला विभागका प्रतिनिधि । तस्बिर : कमल खत्री, म्याग्दी ।
More

कार्कीविरुद्धको महाभियोग प्रस्ताव टुङ्गिन डेढ महिना लाग्ने

काठमाडौं । संसद्मा प्रवेश पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव छिनोफानो हुन करिब डेढ महिना समय लाग्ने देखिएको छ । प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा पेस भएको प्रस्तावमाथि यही कात्तिक ९ गतेदेखि छलफल प्रारम्भ हुँदैछ । महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिन दलीय आधारमा अतिरिक्त व्यक्ति विशेषबाट बोल्न चाहने सांसदलाई पनि समय दिइनेछ । सम्भवतः कात्तिक ९ र १० गतेभित्र उक्त प्रस्तावमाथिको प्रारम्भिक छलफल सकिने छ । सदनमा उक्त प्रस्तावमाथि सांसदहरुले बोल्ने क्रम सकिएपछि बैठकमा उठेका विषयवस्तुलाई समेटेर प्रस्तावलाई व्यवस्थापिका–संसद् मातहतको महाभियोग सिफारिस समितिमा पठाइने छ । केही दिनअघि मात्र गठन भएको ११ सदस्यीय उक्त समितिले आफ्नो
More

प्रतिभा निखार्दै नेशनल एक्टिङका प्रतियोगी

काठमाडौ । युवा युवतीको अभिनय कला निखार्ने प्रतियोगीता ‘नेशनल एक्टिङ कम्पिडिसन २०१६’का अन्तिम स्पर्धी प्रशिक्षमा जुटेका छन् । पहिलो र दोस्रो चरणको अडिसन मार्फत देशभरबाट छानिन सफल ५० प्रतियोगी इन्टरनेशनल क्लब सानेपामा प्रशिक्षणमा जुटेका हुन् । प्रशिक्षण मार्फत प्रतियोगीका कला निखार्ने काम भने कलाकार अनुप बराल ,दिया मास्के, बिक्रम परियार ,देव न्यौपानेलगायतले गरिरहेका छन् । अभिनय ,नृत्य, संगीत, गायन, ब्यक्तित्व बिकाश, फेसन ओरिन्टेसन, सेल्फ मेकअफलगायत बिषयमा उनीहरुले ज्ञान हासिल गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । युवा युवतीको अभिनय कला पहिचान गरि नेपाली चलचित्र तथा अभिनय जगतमा नयाँ आयाम ल्याउने उदेश्यले नेपालमा आयोजित अभिनयको यो
More

अल्डरशटमा पूर्वउपप्रधानमन्त्री थापाले सम्बोधन गर्ने

लन्डन । पूर्वउपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले वेलायतस्थित नेपाली समूदायलाई सम्बोधन गर्ने भएका छन् । थापाले प्रवासी नेपाली एकता समाज बेलायतले २९ अक्टोबर शनिबार अल्डरशटमा आयोजना हुने वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् । समाजका संस्थापक अध्यक्ष रोसन सापकोटाका अनुसार कार्यक्रमलाई तमोलपाका प्रवक्ता बिमल श्रीवास्तव, भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी बाच्पेयका पूर्व सल्लाहाकार गौतम सेन र प्रोफेशर सूर्य सुवेदीले सम्बोधन गर्ने भएका छन् । थापा २ हप्ताका लागि निजी भ्रमणमा बेलायत आएका हुन् ।
More

महाअभियोगका पक्षमा लाग्न माओवादी केन्द्रका सांसदलाई निर्देशन

काठमाडौं । नेकपा (माओवादीकेन्द्र) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगका पक्षमा लाग्न सांसदहरुलाई निर्देशन दिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सांसदलाई महाअभियोग अघि बढाउन निर्देशन दिनुभएको नेता अग्नि सापकोटाले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको शनिबारको बैठकले महाअिभयोगसम्बन्धी निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिएको थियो । सोही अनुरुप आफूले सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न पार्टीका नेतासँग छलफल अघि बढाएको आजको बैठकमा अध्यक्ष दाहालले जानकारी दिनुभएको थियो । अध्यक्ष दाहालले वैधानिक रुपमा दर्ता
More

महाभियोग प्रस्तावमाथि कात्तिक ९ गते छलफल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावले आज सदनमा प्रवेश पाएको छ । नेकपा (माओवादी)का महेन्द्रबहादुर शाहीसहित १५७सांसदले प्रमुख दर्ता गराएको महाभियोगको प्रस्तावमाथि सदनमा यही कात्तिक ९ गते छलफल हुने छ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले कार्कीविरुद्धको महाभियोगसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि यही कात्तिक ९ गते अपराह्न ३ बजे तोकिएको जानकारी दिनुभयो । नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् व्यवस्थापिका– संसद् नियमावली, २०७३ को १३८ को उपनियम नियम १ बमोजिम उक्त प्रस्ताव दर्ता गरिएको हो । प्रमुख कार्कीलाई पदीय आचरण विपरीत कार्य गरेको अभियोग लगाइएको छ ।
More

साहित्यतर्फको नोबल पुरस्कार अलपत्र

स्टकहोम । सन् २०१६ को साहित्यतर्फको नोबल पुरस्कार अलपत्र परेको छ । उक्त पुरस्कार अमेरिकी गीतकार तथा गायक बब डिलनलाई दिइने घोषणा गत अक्टुबर १३ मा गरिएको थियो । अहिलेसम्म डिलनले उक्त पुरस्कार स्वीकार गर्ने वा नगर्ने टुंगो छैन । नोबेल पुरस्कार दिने संस्था स्वीडिस एकाडेमीका एक सदस्य ले डिलनको यो रबैया असभ्य र अहंकारले भरिएको बताएका छन् । ७५ वर्षीय डिलनसँग स्वीडिस एकाडेमीले सम्पर्क गर्ने प्रयास गरिरहेको बताइएको छ । एकेडेमीका सदस्य वास्टवर्गले स्वीडिस टेलिभिजनलाई दिएको जानकारी अनुसार उनी जो हुने त्यही हुन् । पुरस्कार प्राप्त भएको खबरप्रति डिलनले गरेको उपेक्षा गम्भीर छ । बब डिलनको वेभसाइटबाट पनि नोबल
More