Daily Archives 24th October 2016

कांग्रेसका अधिकांश युवा नेता महाअभियोगको पक्षमा

काठमाडौं । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आफूलाई कुनै जानकारी नदिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्तावलाई रहस्यमय भनेको छ । तीन दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा सदस्यहरुले प्रमुख सत्ता साझेदार दललाई थाहा नदिई सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले प्रमुख विपक्षी दल नेकपा (एमाले) सँग मिलेर व्यवस्थापिका–संसद्मा दर्ता गरेको महाअभियोगको प्रस्तावलाई रहस्यमय भनेका छन् । बैठकमा नेता गुरुराज घिमिरेले महाअभियोग प्रस्ताव ल्याइएको पृष्ठभूमिका बारेमा गहन अध्ययन गरेर मात्र पार्टीले निर्णय लिनुपर्ने धारणा राखेको जानकारी दिनुभयो । उहाँले काँग्रेसको सहयोगबिना महाअभियोगको प्रस्ताव पारित हुँदैन भन्ने जानकारी हुँदाहुँदै माओवादी केन्द्र र एमालेले अघि
More

पदमार्ग पुनःनिर्माणका लागि १५ लाख पाउन्ड सहयोग

काठमाडौं । संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)ले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि १५ लाख पाउन्ड बराबरको अनुदान सहायता प्रदान गरेको छ । खासगरी भूकम्पबाट भत्केका दुर्गम क्षेत्रमा पदमार्ग र गोरेटोजस्ता महत्वपूर्ण पूर्वाधार पुनःनिर्माण गर्ने नेपाल सरकारको प्रयासलाई सघाउन डब्लुएफपीले उक्त अनुदानको उपयोग गर्ने डब्लुएफपीद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । भूकम्पबाट अति प्रभावित क्षेत्रका ६ वटा गोरेटो (एक सय २९ किमी) लाई पुनः सञ्चालनमा ल्याउन र थप ६ वटा (एक सय ५८ किमी)को प्राविधिक मूल्याङ्कन सम्पन्न गर्न सो सहायता प्रयोग गरिनेछ । साथै, नयाँ गोरेटोलाई मौसमी पहिरो थेग्ने र भूकम्प प्रतिरोधी हुने गरी
More

भाषाभाषी चलचित्रमा योगदान दिनेलाई सम्मान

काठमाडौं । नेपाल चलचित्र विकास बोर्ड मातृभाषी समितिले नेपाली कलाकर्मीलाई बेलायतमा सम्मान गरेको छ । नेपाल आदिवासी जनजाति महासङ्घ, जनजाति महिला महासङ्घ र जनजाति पत्रकार महासङ्घ बेलायतको सहआयोजना तथा १३ जातीय उत्थान संस्थाको सहयोगमा आयोजित आदिवासी जनजाति चलचित्र सम्मान तथा बजार प्रबद्र्धन समारोह (प्रवास विशेष) मा निर्देशक बलिराज जवेगु र मनीष श्रेष्ठ,कलाकार विमोचना लिम्बू, शशि थापा सुब्बा र अनिता राना मगर, निर्मात्री देवमाया पुन मगर र खेजी राई, नायिका सरु गुरुङ, तेन्नियाङ राना, सहनिर्माता दीपक श्रेष्ठ, निर्माता काजीमान याक्सो लगायतलाई विशेष सम्मान र सहयोगी १३ संस्थालाई आभारपत्र प्रदान गरिएको विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । नेपाली
More

एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ विजयी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको एन्फाको १५औं साधारणसभाले श्रेष्ठलाई निर्वाचित गरेको हो । एन्फाका ६७ प्रतिनिधिले सहभागिता जनाएको निर्वाचनमा श्रेष्ठले ३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी कर्माछिरिङ शेर्पाले ३१ मतमात्र ल्याए । त्यस्तै, उपाध्यक्षमा मणि कुँवर विजयी भएका छन् । कुँवरले ३४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्धन्द्धी दीपक खातीले २५ मत प्राप्त गरे । त्यस्तै, उपेन्द्रमान सिंहले ८ मतमात्र ल्याए । कुँवर श्रेष्ठको प्यानलबाट तथा खाती शेर्पाको प्यानलबाट उठ्दा सिंहले भने स्वतन्त्र उम्मेदवारी दिएका थिए । एन्फाको इतिहासमा पहिलोपटक अध्यक्षका लागि भएको निर्वाचनमा विजयी भएसँगै एक वर्षसम्म कार्यबाहक अध्यक्षको
More

एनआरएन यूकेको बैठक सम्पन्न, सदस्यता खुल्ला

लन्डन । गैरआवासीय नेपाली सँघ (एनआरएनए) यूकेको बैठक सम्पन्न भएको छ । आइतवार अल्डशरटमा सम्पन्न बैठकले संघको साधारण सदस्यता वितरणलाई तिब्र पार्ने निर्णय गरेको छ । कार्यसमितिका सचिव फडिन्द्र भट्टराईका अनुसार एनआरएन यूकेलाई जनस्तर सम्मै लैजाने उदेश्यले सदस्यता वितरण सम्बन्धी अभियान संचालन गर्ने निर्णय भएको हो । वैठकले दासु पाण्डेको संयोजकत्वमा क्षेत्रिय समिति गठन गर्न एक समिति गठन गरेको छ । संघको क्षेत्रिय समिति सम्बन्धी अवधारणलाई लागु गर्ने उदेश्यले अगामी दिनमा वेल्स, स्कटल्याण्ड लगायतका क्षेत्रमा समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै बैठकले नेपाल हाउसका लागि आर्थिक संकलन गर्न २५ डिसेम्बरमा बिषेश च्यारीटी इभेन्टको आयोजना गर्ने निर्णय गरेको
More

सुनार जीवनभर ढुंगा कुटेर जीविकोपार्जन

लिबाङ (रोल्पा) गजुल ३ का ५७ वर्षीय आइतराम सुनार खुमेलगाढ खोलाको किनारमा ढुंगा कुटेर जीविकोपार्जन गर्दै । तस्बिरः कविता उपाध्याय,रोल्पा
More

इमान्दारमाथि तरबार झुन्डिएको महसुस हुन्छ : प्रम दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर)को समग्र विकास एवम् प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक रुपमा काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायत, सङ्घीय मामिला तथा स्थानीय विकास, अर्थ, गृह र ऊर्जा लगायतका मन्त्रालयका सचिव तथा उच्चस्तरीय कर्मचारीको संयुक्त बैठकलाई आज निर्देशन दिँदै उहाँले भन्नुभयो — एकीकृत र समन्वयात्मक कामले मात्र परिणाम निकाल्न सकिन्छ । प्रधानमन्त्री दाहालले खानेपानीले गरेको काम विद्युत् प्राधिकरणलाई जानकारी हुँदैन, भौतिकले गरेको काम स्थानीयलाई थाहा हुँदैन, यसरी एउटा मन्त्रालय वा निकायले गरेको काम अर्को निकायलाई थाहा हुँदैन, यसले कसरी परिणाम निकाल्न सकिन्छ भन्ने प्रश्न गर्दै परिणाम
More

काँग्रेसलाई गुम्राहामा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियो : कोइराला

तम्घास । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई गुम्राहामा राखेर हतार हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन गुल्मीले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — काँग्रेसलाई गुम्राहामा राखेर नेकपा (एमाले) र माओवादी (केन्द्र) ले हतार हतारमा महाअभियोग प्रस्ताव दर्ता गराएकाले यस सम्बन्धमा पार्टी गम्भीर भएर छलफलमा जुटेको छ । नेता कोइरालाले महाअभियोग जस्तो संवेदनशील विषयमा काँगेसले कुनै लहडको भरमा निर्णय नगर्ने बताउँदै त्यसका लागि पार्टीमा छलफल गरेरमात्र निर्णय लिने बताउनुभयो । मुलुक वाहिरका शक्तिहरु संविधान निष्क्रय बनाउनका लागि देशलाई अस्थिर बनाएर राख्न
More

आर्थिक भन्दा बौद्धिक लगानी नेपालमा आवश्यक — प्रोफेशर सूर्य सुवेदी

ब्रिटेनस्थित नेपाली प्राज्ञ तथा पेसाकर्मीले विदेशमा बसिरहेका नेपालीको ज्ञान र सीप नेपालको विकासमा प्रयोग गर्ने वातावरण बनाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । लन्डन उलविचस्थित साउथ लन्डन एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा ब्रिटेनको लिडस विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले अहिले नेपालमा संकीर्ण राष्ट्रियता र सोचाइ हावी रहेको आक्षेप लगाए । ‘पैसाको मुठोमात्र होइन, ज्ञानको मुठो लिएर फर्कनेहरूलाई पनि स्वागत गर्ने वातावरण नेपालले बनाउनुपर्छ,’ उनले भने । उनले आफू स्वदेश फर्केर सकेको सेवा गर्न तयार रहेको पनि बताए । सुवेदीले मेची–महाकालीको सीमाभित्र मात्रै नेपाल राष्ट्रलाई संकुचित गर्न नमिल्ने बताए । बौद्धिक लगानी नेपालमा भित्र्याउने इच्छा नेपाल सरकारमा छ कि छैन
More

डार्टफोर्डमा दशैं तिहार शुभकामना कार्यक्रम सम्पन्न

लण्डन । डार्टफोर्ड नेपाली समाजको दशैँ तिहार कार्यक्रम शनिबार डार्टफोर्डस्थित टेम्पल हिल कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ । समाजका अध्यक्ष राजेश पाठकको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि गारेथ जोन्सन एमपी र अतिथिहरुमा डार्टफोर्ड बरो काउन्सिलका मेयर जोन बरेल, काउन्सिलरहरु आन अलान, टम म्याडिसन, डेइजी पेज र बच्चुकैलाश कैनी, समाजका पूर्व अध्यक्षहरु चण्डिका भट्ट र युवराज गर्बुजा, रोयल ग्रेनिच नेपलिज कम्युनिटीका महासचिव खुशी लिम्बु थिए । महासचिव दीपक थापाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष सन्तोष श्रेष्ठले दिएका थिए भने शुभकामना मन्तब्य दिनेहरुमा काउन्सिलर बच्चुकैलाश कैनी, डेइजी पेज, टम म्याडिसन, आन अलान, मेयर जोन बरेल र प्रमख अतिथि गारेथ जोन्सन
More

अष्ट्रीयामा नेपाली खेलाडी सम्मानित

भियना । गैरआवासीय नेपाली सँघ अष्ट्रीयाले तेक्वान्दो खेलाडी बिनय कार्कीलाई सम्मान गरेको छ । संघका अध्यक्ष धर्मराज खतिवडाको सभापतित्वमा आइतवार सम्मान कार्यक्रममा उनी सम्मानित भएका हुन् । गतहप्ता एनआरएन अष्ट्रीयाको तर्फबाट तेक्वान्दो खेल्न अमेरिका पुगेर सफलता हाँसिल गरेका खेलाडी कार्कीको सम्मान कार्यक्रममा अष्ट्रीयामा रहेका विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो । सँघका प्रबक्ता शिब सापकोटाले संचालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेकोमा धन्यवाद स्वरुप ५ सय यूरो र सम्मानपत्र प्रदान गरिएको छ । उक्त कार्यक्रममा गैरआवासीय नेपाली सँघका अध्यक्ष धर्मराज खतिवडाले कार्की अष्ट्रीया बस्ने नेपालीहरुको मात्र नभई सारा नेपाली र नेपालको नाम राखेको भन्दै खुशी ब्यक्त गरे ।
More

भूपूगोर्खा सम्बन्धी त्रिपक्षीय वार्ता नौटंकी हो — गेसो

चिरन शर्मा । लन्डन । बेलायती सेनाबाट निवृत्ति भएका भूतपूर्व गोर्खाको मागबारे बेलायत सरकारसँग नेपाल सरकारले औपाचारिक वार्ता गर्ने भएको छ। समान पेन्सन र अधिकारकालागि तीन दशकदेखि संर्घषरत भूपू गोर्खाको मागबारे बेलायत सरकारसँग औपाचारिक वार्ताको प्रस्ताव गर्दै बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा वार्ता समिति गठन भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ। नेपाली दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार सरकारले बेलायतमा आन्दोलनरत भूपूगोर्खा र बेलायत सरकारसँग तत्काल समन्वयन गरी त्रिपक्षीय वार्ताको वातावरण तयार गर्न राजदूत सुवेदीलाई जिम्मा लगाएकोे हो। परराष्ट्र मन्त्रालयले बेलायतस्थित मिनिस्ट्री अफ डिफेन्स (एमओडी) र बेलायती परराष्ट्र मन्त्रालयलाई समेत वार्ताकालागि पत्राचार गरिसकेको छ। आरनका अनुसरा परराष्ट्र मन्त्रालयले बेलायतस्थित
More

टोरोन्टोमा एनआरएन दिवस मनाइयो

गोकर्ण लामिछाने। (टोरोन्टो) क्यानाडा— एनआरएन क्यानाडाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘एनआरएन डे’ मनाएको छ। क्यानाडाको टोरोन्टोस्थित मिसिसागामा प्रवासी नेपाली भेला भएर एनआरएन डे मनाएका हुन्। पछील्लो समय संसारभर छरिदै गइरहेको प्रवासी नेपालीहरुको अधिकारिक संघठन ‘एनआरएन’ को उद्देश्यलाई सार्थक बनाउन नेपालीहरुलाई गोलबन्द गराउँदै नेपाल र नेपालीको हितमा आफूहरु लागि पर्न तयार भएर यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक एनआरएन क्यानाडाले बतायो। कार्यक्रम क्यानाडाको विभिन्न क्ष्रेत्रिय शहरहरुमा पनि एकै दिन एकै साथ गरिएको छ। नेपाल र क्यानाडा राष्ट्रिय धुन बजाए लगत्तै एनआरएन क्यानाडा महिला विभागकी संयोजक प्रमिला बस्नेतको स्वागत मन्तब्य सँगै सुरु भएको औपचारिक कार्यक्रममा क्यानाडामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले एनआरएनको
More

लोकमानमाथि लगाइएको महाअभियोग प्रस्तावमा निर्णय गर्दै

काठमाडौं । लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव लगायतका विषयमा आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ । गत बिहीबार सुरु भइ दुई दिन स्थगित भएको बैठक आज बसेको हो । संबिधान संसोधन, स्थानीय निकाय पुनसंरचना तथा पार्टी संगठनका गतिबिधी बिषयमा छलफल गर्न बोलाइएको बैठकमा बुधवार दर्ता भएको महाअभियोगको बिषयले प्रवेश पाएपछि बिषयान्तर भएको छ। माओवादी केन्द्र र एमालेका एकसय सन्ताउन्न साँसदले सदनमा दर्ता गराएको प्रस्तावमा काँग्रेसको आधिकारिक धारणाको प्रतिक्षा भइरहेका बेला भोलीबाट संसदमा अभियोगमाथि छलफल हुँदैछ । यसअघि जारी बैठकमा बोल्ने नेताहरुमध्ये कतिपयले अहिलेको सत्ता गठवन्धन टुटाउने नियतले महाभियोगको प्रस्ताव अघि बढेको आरोप लगाएका थिए । फरक
More

काठमाडौंका अस्पतालमा रगतको अभाब

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा रगत अभाब भएको छ । तीनदेखि पैंतीस दिनसम्म मात्रै सञ्चित गर्न सकिने र चाडपर्वका बेला दाता घट्दा अभाव बढेको भन्दै रक्त सञ्चार केन्द्रले दैनिक चारसय पच्चीस युनिट माग रहे पनि दुईसय मात्रै संकलन भइरहेको जनाएको हो । रक्त सञ्चार केन्द्रसँग अहिले सात सय यूनिट मात्रै मौज्दात छ । अस्पतालहरु आफैंले संकलनमा प्रोत्साहित नगर्ने, माग्न मात्रै पठाउने गरेका कारण पनि समस्या बल्झिरहेको केन्द्रको भनाइ छ । केन्द्र पुगेका विरामीका आफन्त भने रगत पाउन आफैंले रक्तदाता खोज्नुपर्ने बाध्यता रहेको गुनासो गर्छन् । केन्द्रले रगत अभाव पूर्तिका लागि रक्तदाता शिक्षा र रक्तदानलाई अभियानकै रुपमा अगाडि बढाउनु पर्नेमा जोड
More

एन्फाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । आज हुने एन्फाको साधारणसभाले एकवर्षका लागि अध्यक्ष र उपाध्यक्ष चयन गर्न लागेको हो । तत्कालिन अध्यक्ष गणेश थापालाई फिफाले भ्रष्टाचारी ठहर गर्दै निलम्बन गरेको र उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको मृत्यु भएका कारण दुई पदमा एक बर्षका लागि चुनाव हुन लागेको हो । अध्यक्षका लागि एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मािछरिङ्ग शेर्पा प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा श्रेष्ठ पक्षबाट मणी कुँवर र कर्मा पक्षबाट दीपक खाती चुनावी मैदानमा छन् । उपाध्यक्षमै स्वतन्त्र रुपमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका उपेन्द्रमान सिंहले पनि उम्मेदवारी दिएका छन्
More

राष्ट्रिय आविस्कार केन्द्रका लागि हङकङमा रु ४० लाख सङ्कलन

बेनी । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ । मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहयोग गरेका हुन् । अहिलेसम्म आफ्नो क्षेत्र, जिल्ला र जातिका लागि सेवा गरिएको तर अब महावीरले चालेको राष्ट्र निर्माणलाई सहयोग गर्ने भन्दै हङकङवासी नेपालीले मुठी खोलेर आर्थिक सहयोग गरेको मोनाका संयोजक सेर्बुजाले जानकारी दिनुभयो । ज्यानको प्रवाह नगरी
More

बेलायती प्रधानमन्त्री मे र क्षेत्रीय नेताहरूबीच ब्रेक्जिटबारे छलफल हुने

लन्डन । बेलायतकी प्रधानमन्त्री थेरेसा मे र क्षेत्रीय नेताहरूबीच ब्रेक्जिटबारे सोमबार छलफल हुने भएको छ । मेले जनमतसङ्ग्रहले बेलायतलाई युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी दिएको जनादेशअनुसार आगामी दिनका लागि रणनीति तयार पार्ने अभिप्रायका साथ सल्लाह र छलफलका लागि मुलुकका क्षेत्रीय नेताहरुलाई डाउनिङ स्ट्रिटमा बोलाउनुभएको हो । छलफल विशेषत स्कटल्यान्ड, वेल्स तथा उत्तरी आयरल्यान्डसँगको सम्बन्धलाई मजबुत पार्ने र आगामी दिनमा ईयूसँगको छलफलमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा केन्द्रित हुने बताइएको छ । सोमबार हुने यो बैठक प्रधानमन्त्री मेको नेतृत्वमा बेलायत आएपछि हुन लागेको प्रथम बसाई हुनेछ । बैठकले बेलायतको ईयूबाट बहिर्गमन गर्ने निर्णयपछि आगामी दिनमा बेलायतलाई कसरी जीवन्त बनाइराख्ने भन्ने
More