Daily Archives October 26, 2016

रक्षा मन्त्री खाँड बेल्जियम आउने

लन्डन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवंम रक्षा मन्त्री बालकृष्ण खाँड बेल्जियम आउने भएका छन् । फ्रान्सको राजधानी पेरीसका आयोजना भएको एक सरकारी औपाचारिक कार्यक्रम सकेर मन्त्री खाँड विहीवार लुभेन आउन लागेको गैरआवासीय नेपाली सँघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले जनाए । मन्त्री खाँडको सम्मानमा गैरआवासीय नेपाली सँघ बेल्जियमले उनको सम्मानमा अन्तरक्रिया तथा रात्रिभोजको आयोजना गर्दैछ । यस्तै मन्त्री खाँडले शुक्रवार त्यहाँस्थित नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुसँग शुक्रवार विहानभेटघाट गर्ने कार्यक्रमतय गरिएको छ । मन्त्री खाँड शुक्रवार साँझनै पेरिस विमानस्थलबाट नेपाल फर्किने तयारीमा छन् ।
More

शान्ति समाज बेलायतको दसैं तिहार शुभकामना कार्यक्रम भव्य (भिडियो)

लन्डन । शान्ति नेपाली समाज, बेलायको आयोजना दसैं तथा तिहार शुभकामना आदानप्रदान साँझ सम्पन्न भएको छ । संस्थाका अध्यग सभापति कृष्ण ढकाल र गायक सुर्य खड्काले कार्यक्रमको उद्धघाटन गरे ।४ सय भन्दा बढीको उपस्थिती रहेको कार्यक्रममा लोकप्रिय कलाकार सुर्य खड्का ,कल्पना श्रीपालकाले मनोरन्जन दिलाए । सोमवार उद्घाटन गरिएको थियो भने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट को भुपेन्द्र पाठकले कार्यक्रम संचालन गरेको कार्यक्रममा सचिब शंकर भण्डारीले शुभकामना मन्तब्य दिएका थिए । सोमवार भएको कार्यक्रममा गैरआबासीय नेपाली संघ यूकेका सचिब तथा पत्रकार फडिन्द्र भट्टराई ,गुल्मी जिल्ला समाज यूकेका सदस्य बरुण भण्डारी , शान्ति नेपाली समाज बेलायतका निबर्तमान अध्यक्ष काशिनाथ शर्मा, बिश्व
More

संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती : नेता पौडेल

कैलाली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकारसम्मेलनमा नेता पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीतासहितको संविधान कार्यान्वयनका लागि स्थानीय तथा प्रादेशिक तहको निर्वाचन सम्पन्न गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । निर्वाचनको वातावरणका लागि मधेसी मोर्चासँग संवाद भइरहेको बताउँदै उहाँले केही दिनमै संविधान संशोधनका प्रस्ताव संसदमा दर्ता हुने उल्लेख गर्नुभयो । नेता पौडेलले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको विषयमा संसदीय प्रक्रिया अघि बढिसकेको र संसदको प्रक्रियाले अन्तिम टु¬ङ्गो लगाउने उल्लेख गर्नुभयो ।
More

तीन शीर्ष नेताबीच समसामयिक विषयमा छलफल

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच महाअभियोगको प्रस्ताव, संविधान कार्यान्वयनलगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एमाले) का तीन शीर्ष नेताबीच व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव, निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनुभयो । संविधान संशोधन नगरी संविधान कार्यान्वयन गर्न सजिलो छैन भन्ने विषयमा र संशोधनका लागि मधेस केन्द्रित दलसँग कुरा गर्नुपर्ने विषयमा छलफल भएको काँग्रेस सभापति शेरबहादुर देउवाले बताउनुभयो । बैठकमा महाअभियोगका सम्बन्धमा पनि छलफल भएको जानकारी दिँदै सभापति देउवाले भन्नुभयो, “महाअभियोगका सम्बन्धमा काँग्रेसले कुनै निर्णय गरिसकेको छैन । महाअभियोगको प्रस्ताव
More

फूल खरिद गर्दै देउवा

ललितपुरको जावलाखेलस्थित खेलमैदानमा बुधबारदेखि सुरु भएको दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा राखिएको फूल खरिद गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजू देउवा । तस्बिर: रत्न श्रेष्ठ ।
More

संविधान संशोधनको अन्तिम तयारीमा सरकार र दलहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्ने बताएका छन् । आज माओवादी केन्द्र पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले सरकार निर्वाचनमार्फत संविधान कार्यान्वयनमा लागेको बताए । उनले संविधान संशोधनको अन्तिम तयारीमा सरकार र दलहरु लागेको दाबी गर्दै छिट्टै नै सहमति जुट्ने बताए । आफू प्रधानमन्त्री बनेको कतीपयलाई मन नपरेको गुनासो गर्दै प्रधानमन्त्री दाहालले केही व्यक्ति र दलले देशको हितमा आफूले गरेको कामलाई गलत रुपले प्रचार गरिरहेको बताए । उनले नेपाल, भारत र चीनबीचको सम्बन्ध निकै सकारात्मक दिशामा अगाडि बढेको दाबी गरे । भेटमा प्रधानमन्त्री दाहालले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले गम्भीरताका साथ लिएको
More

लोकमानलाई कानुनी राज्यको पक्षमा उभिन सांसदहरुको सुझाव

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध प्रस्तुत महाभियोग प्रस्तावमाथि व्यवस्थापिका–संसद्मा छलफल सुरु भएको छ । मंगलबार दिउँसो तीन बजेपछि बसेको संसद बैठकमा सत्तारुढ माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले महाअभियोग प्रस्ताव पेश र प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले समर्थन गरेपछि नेपालको संसदीय इतिहासमै पहिलो पटक संसदमा महाअभियोग प्रस्ताबबारे छलफल सुरु भएको हो । प्रस्ताव पेश र समर्थन गर्दै सांसदद्वय शाही र ढकालले महाअभियोग लगाउनुपर्ने कारणबारे स्पष्ट पार्दै पारित गराउन आग्रह गरेका थिए । छलफलमा भाग लिएका अधिकांश सांसदले प्रस्ताव पारित गरी विधिको शासन र कानूनी राज्यको पक्षमा उभिन राजनीतिक नेतृत्व र सांसदलाई आग्रह गरेका थिए
More

हेटौंडास्थित नापी कार्यालयमा आगलागी

मकवानपुरको हेटौंडामा रहेको जिल्ला नापी कार्यालयमा आगलागी भएको छ । कार्यालय समयमा आगलागी भएपछि भागदौड मच्चिँदा उन्नाईस जना घाइते भएका छन् । उनिहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । आगलागीबाट कार्यालयमा रहेका महत्वपूर्ण कागजात जलेको छ भने भौतिक पूर्वाधारमासमेत सामान्य क्षति पुगेको छ । दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ । आगलागीको कारण अझै यकिन हुन सकेको छैन ।। पोल आगलागी यता, काठमाडौको अनामनगर चोकस्थित बिगमार्ट छेउमा बिजुलीको तार सर्ट भएर आगलागी भएको छ । बिजुलीको पोलमा रहेको तार निकै लामो समय बल्न थालेपछि पैदल यात्रु तथा सर्वसाधारणलाई आवातजावत गर्न समस्या भएको थियो । पोलमा भएको आगलागीका
More