Daily Archives October 29, 2016

सहयोग जुटाउन देउसी भैलो, मौलिकता जोगाउने कमै चिन्ता

म्याग्दी । तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसी भैलोले छोएको छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाधारणलाई आकर्षित गरेको छ । बेनीस्थित सुनचाँदी व्यवसायी कमल विश्वकर्माले थाली नाच, पुख्र्यौली नृत्य जस्ता परम्परागत संस्कृतिसहित बेनीमा देखाइने देउसी भैलो जिल्लाकै आकर्षक भएको बताउनुभयो । परम्परागत रुपमा रहेका विभिन्न जातजातिका लोपोन्मुख संस्कृतिहरुलाई देउसी भैलोमा समावेश गर्दा कला संस्कृति संरक्षणमा टेवा पुग्ने उहाँको धारणा छ । बेनीमा नेपाल मगर सङ्घ, छन्त्याल सङ्घ लगायत विभिन्न समूहले देउसी भैलो खेल्न सुरु गरेका
More

तिहारलाई सयपत्री

चितवनको भरतपुरमा उत्पादन गरेको सयपत्री पूmल तिहारका लागि टिप्दै महिला । तस्वीर : नारायण ढुंगाना ।
More

महाअभियोगको निर्णय संसदीय दलले गर्छ : परराष्ट्रमन्त्री महत

चितवन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाली काँग्रेसको संसदीय दलले अख्तियार प्रमुखमाथिको महाअभियोग विषयको टुङ्गो लगाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता समेत रहनुभएका डा महतले पार्टीको केन्द्रीय समितिले यो विषयको टुङ्गो लगाउने जिम्मा संसदीय समितिलाई दिएको बताउनुभयो । न्यायिक प्रक्रिया अघि बढिरहेको भन्दै उहाँले यसको टुङ्गो लाग्दै गर्दा काँग्रेसले पनि निर्णय लिने उल्लेख गर्नु भयो । नेपाली काँग्रेस परिपक्क पार्टी भएको भन्दै उहाँले न्याय र सुशासनको पक्षमा पार्टी कहिल्यै नचुक्ने बताउनुभयो । फरक प्रशङ्गमा मन्त्री महतले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने बताउनुभयो । कार्यकारी तहबाट
More

भारतीय राष्ट्रपतिको भ्रमणका लागि विशेष सुरक्षा योजना तयार

काठमाडौं । भारतीय राष्ट्रपति प्रवण मुखर्जीको कात्तिक १७ देखि १९ सम्मको नेपाल भ्रमणको लागि विशेष सुरक्षा योजना तयार पारिएको छ । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रपति मुखर्जीको भ्रमणका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताउनुभयो । राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार पारिएको छ । केही दिन अघिदेखिनै नेपाल– भारत सीमानाकामा समेत विशेष निगरानी र कडाइ सुरु गरिएको छ । काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाकामा यात्रुको जाँचमा कडाइ गरिएको छ । प्रवक्ता पन्थीले भन्नुभयो–“भ्रमणको विशेष सुरक्षा योजना बनिसकेको छ, त्यसको कार्यान्वयन समेत सुरु भइसकेको छ । ” उहाँले भ्रमणको क्रममा चारै सुरक्षा
More

राजधानीमा रगत अभाव, बिरामीको बिचल्ली

काठमाडौं । दाङका इन्द्र गिरीका बुवा काशीरामको क्यान्सर पुष्टिपछि पित्तथैलीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो । थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना भएका काशीरामको शल्यक्रिया गर्नुअघि रगतको जोहो गर्न चिकित्सकले परिवारसँग आग्रह गरे । अस्पतालमा नपाइएपछि इन्द्र अत्तालिदैं बालकुमारीस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार केन्द्रमा पुगे । केन्द्रले रगत स्टक नभएको र रक्तदानका लागि कसैलाई खोजेर ल्याउन भन्यो । शुक्रबार उनी रगत राख्ने भाँडो बोकेर छट्पटाउँदै थिए । पसिनाले उनको अनुहार भिजेको थियो । इन्द्रको आडैमा छट्पटाइरहेका रामेछापका रामेछापका भीमबहादुर बस्नेतको हालत पनि उस्तै थियो । मोटरसाइकल दुर्घटनामा परेका उनका भान्जा दीपेश बुढाथोकीको मध्यपुर ठिमीमा उपचार भइरहेको छ । चिकित्सकले रगत नभए ज्यान
More

लेबोर पार्टीको स्थानीय कार्यसमितिमा नेपाली निर्वाचित

लन्डन । बेलायतमा आप्रवासीको बढदो आगमन संगै बेलायती राजनीतिमा उनीहरुको उपस्थिति पनि बढ्दो छ । बेलायती सरकारमा आप्रवासीहरुको उपस्थिति त छदैछ, लण्डनको प्रभावशाली मेयर तथा स्थानीय काउन्सिलमा पनि राम्रो उपस्थिति देखिइसकेको छ । यसबाट नेपाली समुदाय पनि टाढा छैनन् , नेपालीहरुले काउन्सिलर, उपमेयर हुदै मेयर समेत भैसकेका छन् । साथै हाल आएर पार्टीको नीति निर्माण गर्ने कार्यसमितिमा पनि उपस्थिति देखिन थालेको छ । यसै सन्दर्भमा भर्खरै सम्पन्न बेजिंगस्टोक लेबोर पार्टीको अधिबेशनबाट कार्यसमितिमा शिवजी श्रेष्ठ अल्पसंख्यक इथ्निकको प्रमुखको रुपमा पुन: निर्वाचित भएका छन् । स्थानीय निर्वाचनको उम्मेदवार छनौट समितिमा समेत बसेर काम गरिसकेका शिवजी श्रेष्ठलाइ बन्द सत्रले सर्बसम्मत रुपमा पुन: निर्वाचित
More

प्रेमको गीतमा नम्रता र रवि

काठमाडौं— गायक प्रेम सेनको नया“ गीत ‘तिम्रो पाउजु…’ को म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको एउटा नया“ जोडीलाई दर्शकले मन पराएका छन् । अभिनेत्री वर्षा राउतसंग मोडल रवि सिंहको जोडि आकर्षक देखिएको छ । निकेश खड्काको निर्देश्ँनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा वर्षा र रविलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । गायक कमल खत्री यो गीतका गीतकार तथा संगीतकार हुन् । विजेश्वर तण्डुकारले यो गीतलाई संगीत संयोजन गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । सानैदेखि अभिनयमा रुची राख्ने रवि सिंहले यसअघि पनि केही म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरिसकेका छन् । काठमाडौंको भिमसेनस्थानमा जन्मिएका
More

भारतीय राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै पुग्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमै पुगेर स्वागत गर्ने भएकी छन् । छिमेकी मित्रराष्ट्र भारतबाट लामो समयपछि हुन लागेको यो भ्रमणलाई उच्च प्राथमिकतामा राखी राष्ट्रपति आफैं विमानस्थल पुगेर स्वागत गर्ने भएकी छन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी भारतीय समकक्षी मुखर्जीको स्वागत र बिदाई दुबैमा विमानस्थलमै पुग्ने कार्यक्रम तय भएको छ । भ्रमणलाई विशेष महत्व दिदैं सरकारकै आग्रहमा राष्ट्रपति भण्डारीले स्वागत र विदाई गर्न लागेको स्रोतले बतायो । – राजधानीबाट
More

नरके चतुर्दशी र कुकुर तिहार आज

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । वैवस्वत मन्वन्तरका कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । तत्कालीन सोभियत सङ्घले सन् १९५७ नोभेम्बर ३(विसं २०१४ कात्तिक१८ गते) मा ‘लाइका’ नामक कुकुरलाई अन्तरीक्षमा पठाएको
More

उडान भर्न लागेको विमानमा अचानक आगलागी

वासिंटन । अमेरिकाको सिकागोमा रहेको ओ’हार अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि विमानमा आगलागी भएको छ । अमेरिकी एयरलाइन्सको विमानमा उडान भर्नुअघि धावन मार्गमा रहेका बेला आगो लागेको हो । अमेरिकी एयरलाइन्सको विमान ७६७ को दाहिने भागमा आगो लागेको बताइएको छ । विमानको दुई नम्बर इन्जिनमा आगो लागेको विमानस्थलमा अग्नि नियन्त्रण प्रमुख टिमोथी सामपीले बताए । मायामीका लागि उडान भर्न लागेको विमानमा आगलागी भएपछि धावनमार्ग सकिनु पूर्व नै रोकिएको थियो । एक सय ६१ जना यात्रु र चालक दलका ९ सदस्य गरी विमानमा एक सय ७० जना थिए । २० जना सामान्य घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
More