Daily Archives October 30, 2016

अफ्रिकामा देउसी भैलो खेल्दै मनाइयो तिहार

लेगोस, नाइजेरिया। नाइजेरियाको लेगोसमा गैरआबाशिय नेपाली संघको नाइजेरिया राष्ट्रिय समन्वय समितिले हरेक बर्ष झै यस् बर्ष पनि लेगोसको अपापामा देउसी भैलो खेलेर तिहार मनाएको छ। संघका अन्तरराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा आयोजित कार्यक्रमको संयोजन अन्तरराष्ट्रिय समन्वय समितिका सदस्य चिरन्जिबी रोकाले गरेका थिए । देउसी भैलोमा संघका सचिब रोशन थापा , विश्वाश पौडेल , गंगासागर श्रेष्ठ, ईन्द्र टण्डन , अभिशेक सिंह, बुधराम महतो,मदन बोहरा, मन थापा,अन्जु पौडेल,अर्चना सिंह लगाएत सदस्य हरुको सहभागीता थियो । उक्त देउसी भैलो कार्यक्रमबाट नेपाली रु सत्तरी हजार संकलन गरिएको र उक्त रकम संघले गर्ने कुनै परोपकारी सामाजिक कार्यमा नेपालमा पठाउने जनाइेएको छ ।
More

चितवनमा सामूहिक गाई पूजा

चितवन । वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम गौ संरक्षण समितिको आयोजनामा यस वर्षको लक्ष्मी पूजाको सन्दर्भ पारेर सामुहिक गौ पुजा गरियो । भूमि सुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेको प्रमुख आतिथ्यमा सामुहिक गौपुजन कार्यक्रम भएको थियो । मन्त्री पाण्डेले परिषदको गौशालमामा रहेका गाईहरुको पुजा गरी कार्यक्रमको उद्घटान गरेका थिए । कार्यक्रममा सांसद तथा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, नेपाली कांग्रेसका सांसद रामकृष्ण घिमिरे, गीता वाग्ले प्रहरी प्रमुख बसन्तराज कुवँर, परिषदका संरक्षक योगी शिरिषनाथ लगायत संघसंस्था प्रतिनिधिहरु र स्थानीयको बाक्लो उपस्थिति थियो । कार्यक्रमा गौ संरक्षण र सेवामा लागि परेकाहरुलाई सम्मान गरिएको थियो । परिषद् गौ संरक्षण समितिका संयोजक टंकनाथ
More

पूजाका लागि सयपत्री फूल

न्यूरोडको सडकपेटीमा लक्ष्मी पूजाका लागि सयपत्री फूलको माला बिक्री गर्दै फूल व्यापारी । तस्बिर : प्रदीपराज वन्त ।
More

गोमा कटवालको गाई गोठमा भीड (फोटो फिचरसहित)

काठमाडौं । अनामनगरस्थित गोमा कटवालको गाई गोठ आइतबार विहानैदेखि भीडभाड देखिन्थ्यो । लक्ष्मी पूजाको बिहान गाई पूजा गरिने भएकाले कटवालको गोठमा भिडभाड देखिएको हो । अनामनगर क्षेत्रका अधिकांश कटवालकै गोठमा पुगेर लाइन बसेर पालैपालो गरी गाईको पूजा गरेका थिए । कटवालको गोठमा ७ वटा गाइ रहेछन् । लक्ष्मीपूजामा मात्र होइन, अन्य बेला पनि गोबर गौहुत चाहिए अनामनगरवासी कटवालकै गोठमा पुग्ने गर्छन् । गोठका अगाडि गोबर र गौहुत राखिएको छ, आवश्यकता अनुसार लिन पाइन्छ । सातवटा गाईले दैनिक ७० लिटर दूध दिन्छ । गोमाका अनुसार दुध बेच्नलाई बजार जानु पर्दैन् । माग अनुसार आवश्यकता पूरा गर्न सकिएको छैन, गोमाले भनिन्– ‘नियमित
More

राष्ट्रपति मुखर्जीको सुरक्षाका लागि कमाण्डो र ब्लुटेप्रुफ गाडी भारतबाटै आउँदै

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा भित्री सुरक्षाका लागि भारतबाटै सुरक्षाकर्मी आउने भएका छन् । राष्ट्रपति मुखर्जीसँगै ७० जनाको टोली कात्तिक १७ मा आउँदैछ । टोलीसँगै आधुनिक हतिायरसहितको भारतीय सुरक्षाकर्मीसमेत आउँदै छन् । गृह मन्त्रालयले तीनदिने नेपाल बसाइका क्रममा सुरक्षा प्रबन्धका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहतिको संयुक्त परिचालनसम्बन्धी सुरक्षा रणनीति बनाइसकेको छ । गृह मन्त्रालयले मुखर्जीको भित्री सुरक्षामा नेपाली सेना परिचालन गर्ने गरि अति बिशिष्ठ व्यक्तिको सुरक्षामा अपनाइने ‘क’ बर्गको सुरक्षा रणनीति बनाएको हो । नेपालले आफ्नो तर्फबाट सबै सुरक्षा तयारी गरेपनि मुखर्जीको सुरक्षाका लागि भित्री घेरामा नेपाली सेनासँगै भारतीय
More

आज लक्ष्मीपूजा

काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भ-याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहेणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल,
More

महाकवि लक्ष्मी जयन्ती

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ
More

सामूहिक यज्ञ गराउँदै जापानी

धुलिखेल । वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले आजदेखि दुई दिने अनुष्ठान सुरु गराएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल लज रिसोर्टमा आजदेखि १३ नेपाली वैदिक पण्डित राखेर यज्ञ सुरु गरिएको हो । जापानको कोउची सहरबाट आउनुभएका जापानी धर्मगुरु आराधा आयातोसीसहितका ५२ जनाले आँखा चिम्लेर वैदिक रुद्राभिषेक चाखपूर्वक सुनेका थिए । विश्वमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आर्थिक उन्नति र दिगो शान्तिको सङ्कल्प लिएर हिँड्नुभएका धार्मिक गुरु आयातोसीले विश्वका धेरै देशमा त्यहाँको धर्म अनुसार अनुष्ठान गर्दै आउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको शान्ति दूतका रुपमा समेत काम गरिसक्नुभएका उहाँले
More

सांसद परियारलाई मन्दिरको सम्मान

चितवन । व्यवस्थापिका सांसद विण्णुमाया परियारलाई पश्चिम चितवनको चित्रवन नगरपालीकामा सम्मान गरिएको छ । चित्रवन नगरपालिका कार्यालय नयाँ बजारमा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले ग्रामीण क्षेत्रको विकासको लागि उल्लेखनीय भूमिका निभाएको भन्दै सांसद परियारलाई ताम्रपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको हो । मन्दिरको भौतिक पुर्वाधार निमार्ण तथा व्यवस्थापनमा २ लाख रुपैया सहयोग गरेपछि मन्दिर निमार्णमा सहजभएको भन्दै स्थानियले सम्मान गरेका हुन् । सो अवसरमा सांसद परियारल गाउँघरको विकासमा आफुलागि पर्ने भन्दै मठ मन्दिरको निमाणले समाजमा सकारात्मक प्रभाव पारेको बतांईन् । आफु जनप्रतिनिधी भएको क्षेत्रको विकासनिमाण पहिलो प्राथमिकतामा राखेको भन्दै सांसद परियारले जनताको हित अनुकुलको कार्यमा आफु लागि रहने विश्वास दिलाईन्
More