Daily Archives November 3, 2016

मुखर्जी एसियाकै उच्च नेता : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गर्नुुभएको छ । काठमाडौं विश्वविद्यालयले आज राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न आज यहाँ आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै त्यसो भन्नुभएको हो । प्रधानमन्त्री दाहालले उच्च राजनीतिक छवि बोक्नुभएका मुखर्जीको राजनीतिक व्यक्तित्व र विचार अर्थपूर्ण जीवनका लागि प्रेरक हुने पनि उल्लेख गर्नुभयो । नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीलाई अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक सेवा र कुशल राजनीतिका लागि गुणस्तरीय शिक्षामा केन्द्रित काठमाडौँ विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको हो । प्रधानमन्त्रीले
More

तरकारीवाली नेपाली चेलीद्वारा इन्टरनेट कब्जा

काठमाडौं । पाकिस्तानी चियावाल अरशद खानपछि नेपालकी एक तरकारी बेच्ने चेलीले टुइटर ट्रेडमा स्थान बनाएको समाचार बीबीसीले लेखेको छ । स्थानीय बजारमा सब्जी बेच्ने ती नेपाली चेलीको केही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरिएको थियो । त्यसको केही समयपछि टुइटरमा टे«ड गर्न थालियो । हेन्डलबाट सभ्यसाँची पुहान लेख्छन्– ‘जब क्युटनेस र कडा मेहनत गरेको परिणाम नेपालको तरकारीवालीजस्तै हुन्छ । सोसल मिडिया फेम जिन्दवाद ।’ यसैगरी रवि लेख्छन्– ‘नेपालकी तरकारवालीको हेराइले इन्टरनेट कब्जा गरिन् ।’ त्यस्तै दिपेश यादव लेख्छन्– ‘तरकारवाली हुन् इन्टरनेटको सनसनी ।’ त्यस्तै राजा ढुंगाना लेख्छन्, ‘आशा छ, चियावाला र तरकारवालीको कहानी देखेर मानिसले त्यो पेशाको सम्मान गर्न सिक्ने
More

किन आउदैं छन् पूर्वप्रधानमन्त्री डा.भट्टराई बेलायत ?

लन्डन । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी नोभेम्बर ११ मा बेलायत आउने भएका छन् । पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा भाग लिन डा. भट्टराई लन्डन आउने भएका हुन् । भट्टराईले १३ तारिख आइतबार पार्टीको आयोजनामा अल्डरशटस्थित एम्पाएर हलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनालले जानकारी दिए । सो कार्यक्रममा भट्टराईले ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयाँ राजनीतिक शक्तिको आवश्यकता’ विषयमा प्रवचन दिने कार्यक्रम तय गरिएको छ । पार्टीका अन्य नेताहरु मदन भट्टराई, डिवी गुरुङ तथा विदेश विभाग प्रमुख नवराज सुवेदीले समेत
More

भारतका राष्ट्रपति पशुपतिनाथमा

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी बिहीबार आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना गर्नुहुँदै । राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गर्नुभयो । तस्बिर : रत्न श्रेष्ठ, ।
More

वरिष्ठ नेता पौडेल र अमेरिकी राजदूत टेप्लिजबीच भेट

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच पौडेल निवास बोहराटारमा आज भेटवार्ता भएको छ । नेपाल अमेरिकाबीचको द्विपक्षीय हित र आपसी चासोका विषयमा उहाँहरुका बीच कुराकानी भएको थियो । कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलले राजनीतिक दलको सहमतिमा संविधान कार्यान्वयन भइरहेको र संशोधनको प्रक्रिया समेत अगाडि बढेको राजदूत टेप्लिजलाई जानकारी गराउनुभएको भेटपछि वरिष्ठ नेता पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँले दलहरुका बीचमा आपसी सहमति र सहकार्यमा विभिन्न तहका निर्वाचन सम्पन्न गर्न समेत लागिरहेको राजदूत टेप्लिजको एक जिज्ञासामा बताउनुभएको थियो । राजदूत टेप्लिजले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा अमेरिकी सरकारले नेपाललाई निरन्तर रुपमा
More

भारतीय राष्ट्रपतिको आगमन पोखराका लागि अवसर

पोखरा । अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा आफ्नो पहिचान स्थापित गरेको पोखरा पछिल्ला समयमा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण व्यक्तिको भ्रमणको स्थल समेत बन्नुले यसको गरिमा र महत्व अझै बढाएको छ । भारतीय राष्ट्रपतिको शुक्रबार हुन लागेको पर्यटकीय नगरी पोखराको भ्रमणले यो विदेशी राष्ट्रप्रमुखको भ्रमणको प्राथमिकतामा पनि परेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल बताउनुहुन्छ । “राष्ट्रपति मुखर्जीको भ्रमणले पोखराको गरिमा र महत्वलाई थप उचाइमा पु¥याएको छ,” उहाँले
More

प्र्रवासीको सहयोगमा पुस्तकालय

म्याग्दी । प्रवासीको सहयोगमा म्याग्दीको हिस्तान गाविसको घराम्दी निमाविमा पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीको पढाइप्रति रुचि बढाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा पुस्तक खरिद र फर्निचर व्यवस्थापनका लागि प्रवासीबाट रु चार लाख ३० हजार नौ सय ७२ सहयोग प्राप्त भएको प्रधानाध्यापक तीर्थबहादुर पुनले बताउनुभयो । हाल बेलायतमा रहेका घराम्दीका बासिन्दाले पुस्तकालय स्थापनाका लागि सहयोग सङ्कलन गरेर पठाएका थिए । पुस्तकालयमा पाठ्यक्रम, साहित्य, बालसाहित्य, इतिहास, राजनीति, धर्मलगायत विधाका करिब एक हजार थान पुस्तक रहेका छन् । विद्यार्थीका अतिरिक्त गाउँका अभिभावक र युवायुवती पनि पुस्तकालयमा अध्ययनका लागि आउने गरेका छन् । सो विद्यालयले कम्प्युटर विषयका साथै अडियो र भिडियोको
More

कांग्रेस नेता राहुल गान्धी पक्राउ

नयाँ दिल्ली । भारतीय कँग्रेसका नेता राहुल गान्धी र दिल्लीका उप–मुख्यमन्त्री मनिस सिसोडियालाई भारतीय सुरक्षाकर्मीले आरएमएल अस्पताल परिसर, दिल्लीबाट पक्राउ गरेको छ । उहाँहरु ओआरएपी मुद्दापछि आत्महत्या गरेको भनिएका पूर्व कर्मचारीका आफन्तजनलाई भेट्न आरएमएल अस्पताल पुग्नुभएकोमा कँग्रेस नेता राहुललाई अस्पताल परिसरभित्र सुरक्षाकर्मीले पस्न नदिएको बताइएको छ । उक्त असवरमा नेता गान्धीले मोदी सरकारविरुद्ध व्यापक आलोचना गर्दै पत्रकारसँग भन्नुभयो, ‘के प्रजातान्त्रिक व्यवस्थामा विश्वास गर्ने सरकारले यसरी काम गर्नु राम्रो हो ?’ यसैबीच गान्धीलाई नियन्त्रणमा लिएपछि प्रतिक्रिया दिदै अस्पतालमा हुने स्वास्थ्य सेवालाई रोकिन नदिनु सुरक्षाकर्मीको जिम्मेवारी भएको भारतीय उच्च प्रहरी अधिकृत एम के मीनाले भन्नुभयो । “हामी दिल्लीमा अस्पतालभित्र कुनै पनि राजनीति
More

भारतीय राष्ट्रपति मुखर्जी पशुपतिमा पूजाअर्चनापछि दीक्षान्त समारोहमा

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन् । राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने र त्यसका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । राष्ट्रपति मुखर्जीको स्वागतका लागि पशुपतिनाथ मन्दिरमा भव्य स्वागतको तयारी भएको छ । पशुपतिनाथ मन्दिरको पश्चिम प्रवेशद्वारसहितका स्थानमा पुुष्पमालाले सजाइएको छ । राष्ट्रपति पशुपति आउँदा विशेष साँस्कृतिक झाँकी प्रस्तुत हुनेछ । सन्ध्या पुस्तकालयले परम्परागत बाँसुरी, ज्यापु पुचःले धिमे, सिर्जनशील युवा क्लबले साँस्कृतिक झाँकी प्रस्तुत गर्दैछन् । राष्ट्रपति मुखर्जीले पशुपतिनाथको दक्षिण मुहार अघोरतर्फबाट पञ्चामृतसहितको रुद्राभिषेक पूजा गर्र्न कार्यक्रम छ । राष्ट्रपति मुखर्जीलाई मन्दिरको दक्षिण
More

क्षेत्री समाज बेल्जियमको शुभकामना साँझ सम्पन्न

ब्रसेल्स । ९ अक्टुबर को दिन बेल्जियम स्थित आन्तरपेन शहरमा शुभ कामना आदानप्रदान सहित् भब्य रुप मा मनाइयो । क्षेत्री समाज बेल्जियम आफ्नो स्थापना काल देखी मुलत नेपाली सस्कृतिक पर्ब लाई नेपाली बिच मनाउदै अाइरहेको छ । यस शुभ कामना तथा सस्कृतिक साँझ २ चरण् मा सु सम्पन्न भएको थियो । प्रथम चरण् को कार्यक्रम को अध्यक्षता समाज का अध्यक्ष् नगेन्द्र बस्नेत ले गर्नु भएको थियो भने यो कार्य क्रम को सन्चालन महसचिब यसोदा थापा ले गर्नु भएको थियो ।यस शुभ कामना समारोह मा समाज का पूर्व अध्यक्ष मोहन खत्री गैराअबाशिय महिला सह सम्योजक रजनी प्रधान, पर्यटन् दुत शिव बरुवाल
More