Daily Archives November 6, 2016

अनेसास जापानको ३८ औं साहित्य श्रृङ्खला सम्पन्न

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको ३८ औं साहित्य श्रृङ्खला आइतबार सम्पन्न भयो । श्रृङ्खलाअन्तर्गत कविता वाचन प्रतियोगिता, चौथो विश्व सम्मेलनमा सहयोग पु¥याउने व्यक्तित्वलाई सम्मान तथा आजीवन सदस्यलाई ब्याच वितरण गरियो । कविता प्रतियोगितामा ३७ कवि सहभागी थिए । ३७ कविबाट तीनजनालाई उत्कृष्ट कवि घोषणा गरी अनेसास जापान सिटी मनी साहित्य पुरस्कार प्रदान गरिएको समाजकी सहसचिव भगवती उप्रेतीले जानकारी दिइन् । रविन शर्मा, दीप पाठकको कविता उत्कृष्ट भएको थियो । पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ । टोकियोको सिनेकोभोस्थित सोलमारी सभा हलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले गरेका थिए । कार्यक्रममा
More

माग सम्बोधन नभए आन्दोलनमा उत्रिने : अध्यक्ष यादव

इनरुवा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग सम्बोधन नभए आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ । सुनसरीको लौकही गाविसमा समाजवादी विद्यार्थी फोरम नेपाल, सुनसरीले आज आयोजना गरेको म्याराथन दौड तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष यादवले सो कुरा बताउनुभएको हो । सरकारले देखावटी प्रक्रियास्वरुप संविधान संशोधनको प्रक्रिया अघि बढाउने सङ्केत गरेकोतर्फ इङ्गित गर्नुहुँदै अध्यक्ष यादवले आफूहरुले उठाउँदै आएको माग सम्बोधन नभए आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो । अध्यक्ष यादवले सरकारले अघि बढाउन लागेको संविधान संशोधनको प्रक्रियाप्रति विश्वास गर्ने वातावरण बन्न नसकेको समेत बताउनुभयो । नेता यादवले दाहाल नेतृत्वको सरकारले छठलगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने
More

अस्ताउँदो सूर्यलाई अर्घ अर्पण

वीरगन्जको रानीघाटस्थित सिर्सिया खोलामा आइतबार छठ पूजाको अवसरमा सूर्य देउतालाई अर्घ अर्पण गर्दै व्रतालु महिला । तस्बिर : विजयकुमार महतो
More

प्रतिनेपालीको थाप्लोमा उन्नाइस हजार वैदेशिक ऋण !

काठमाडौं । हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । पुरानो शक्ति अभियान नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो अझ बढेर जाने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान विभागका प्रमुखमाथि महाअभियोग लगाउँदा त्यसले भ्रष्टाचार गर्ने प्रवृत्तिलाई बल पुग्ने भएकाले त्यसो नगर्न उहाँहरुको आग्रह थियो । सो प्रस्ताव फिर्ता नभए कात्तिक २९ देखि सो अभियानले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणासमेत सो
More

बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका लागिन् खुसी

काठमाडौं । हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उहाँलाई केही भएको होला भन्ने कल्पना गर्न पनि सक्दैनन् । आफू रक्त क्यान्सरबाट गुज्रिरहेको भए पनि उनको व्यवहार भने बिरामीको जस्तो नभएर निरोगी मानिसलाई पनि पाठ सिकाउने खालको छ । रक्त क्यान्सरबाट पीडित यी बालिकाले आफ्नो बोनम्यारो ट्रान्सप्लान्टका लागि आफ्नै प्रयासमा दाताको खोजी गरेकी छिन् । उनी गत बुधबार आफ्ना बुबाआमा र बहिनीका साथ बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका गएकी छिन् । उहाँका बुबा राजेशकुमार पुरीको सहयोगमा उनी आफैँले पत्र लेखी अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, युरोपियन युनियनलगायतका ११ ठाउँमा बोनम्यारो ट्रान्सप्लान्टका लागि
More

मृगौला पीडितलाई सहयोग

काठमाडौं । नेवाः पुच दक्षिण कोरियाले एक जना मृगौला पीडितलाई उपचार्थ आर्थिक सहयोग गरेको छ । टोखा नगरपालिका ६ पुरोक्व निवासी वीरलक्ष्मी श्रेष्ठलाई टोखाका दक्षिण कोरियामा कार्यरत नेवाः पुचःका सदस्यले १ लाख ६० हजार रूपैयाँ हस्तान्तरण गरेका हुन् । दुबै मृगौला फेल भएर उपचार गराई रहेका श्रेष्ठको उपचार सहयोगार्थ कोरियामा क्रियाशिल नेवाः पुचको समुहले उनकै घरमा गएर उक्त रकम हस्तान्तरण गरेको राम कृष्ण श्रेष्ठले बताउनु भयो । दक्षिण कोरियाबाट फर्केका टोखाबासि, स्थानीय निकायका टोखा नगरपालिकाका प्रतिनिधि प्रकाश डंगोल, र वडा ५र६ का प्रतिनिधि कृष्ण बहादुर सुर्खेति र स्थानीयबासिहरूको उपस्थितमा नेवाः पुच कोरियाका सचिव राजकुमार डंगोलले उक्त रकम हस्तान्तरण गरिएको थियो
More

अंगीकृतले पनि संवैधानिक अंगको प्रमुख बन्न पाउने

काठमाडौं । अंगीकृत नागरिकता लिएको १० वर्षपछि कुनै पनि व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री सहित देशका महत्वपूर्ण पदमा आसीन हुन पाउने प्रस्तावसहित सरकारले संविधान संशोधन गर्ने भएको छ । यही महिनाभित्रै संसदमा संबिधान संसोधन प्रस्ताव पेश गर्ने तयारी गरिरहेको सरकारले संशोधनको मस्यौदा अध्ययनका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतालाई पठाएको हो । सरकारले मधेस केन्द्रित दलको माग सम्वोधन अनुसारै अंगिकृत नागरिकता पाएकाले पनि राष्ट्रप्रमुख बन्न पाउने ब्यवस्था गर्न लागेको हो । छठ लगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने सरकारको तयारी छ । संबिधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा
More

मिथिलाञ्चलको महापर्व छठ आज

काठमाडौं । तराइवासी नेपालीहरुको महान् चाड छठ आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर धूमधामका साथ मनाइँदै छ । भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ दिएपछि छठ पर्व सम्पन्न गरिन्छ । सूर्यको आराधना तथा व्रत पूजालाई छठ पर्व भन्ने चलन छ । मूलतः तराईवासी र मैथिली समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया आदिको नामले पुजिन्छ । छठ पर्वका अवसरमा तराईका नदी–तलाउमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ । श्रद्धालु भक्तजनका अनुसार सात्विक र श्रद्धाका साथ गरिने यस पूजाबाट सुख शान्ति, धनधान्य र पुत्र प्राप्ति हुने तथा विभिन्न कठिनाइबाट मुक्ति पाइने विश्वास रहेको छ
More

देवघाटको मुलगेटदेखि नै पुष्प बाटिका निर्माण गरिने

चितवन । धार्मिक तथा पर्यटकि क्षेत्रको रुपमा देवघाट धामलाई विकास गर्न धार्मिक पुष्प बाटिका निर्माण गरिने भएको छ । देवघाटको महिमालाई अझै फराकिलो बनाउन यस पुश्प बाटिकाले विशेष महत्व राख्ने धार्मिक पुश्प बाटिका निर्माण समितिको विश्वास छ । शनिवार बसेको समितिको बैठकले पुश्प बाटिका निर्माण तथा सडक फराकिलो बनाउने कामलाई तिव्रता दिने जानकारी गराएको छ । आंपटारी देखी देवघाट क्ष्ँेत्रसम्म धार्मिक महत्व बोकेका बोट विरुवा तथा फुलहरु रोप्ने र हाल भइरहेको सडकलाई बिस्तार गरी २ लेनको सडक निर्माण गर्ने पुश्प बाटिका निर्माण समितिका अध्यक्ष्ँ तथा देवघाट क्ष्ँेत्र विकास समितिका अध्यक्ष्ँ टंकनाथ पौडेलले बताएका छन् । डिभिजन सडक कार्यालय भरतपुरका निमित्त
More

प्रवासी म्याग्देलीले इन्टरनेटका लागि जुटाए ५० लाख

बेनी । रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् । देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु ५० लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिनुभयो । मोनाका पदाधिकारीका साथै केही देशबाट सहयोग प्राप्त भएको छ । सबै देशमा रहेका मोनाको कार्यसमितिमार्फत सहयोग सङ्कलन कार्यलाई निरन्तरता दिइएको छ । मोनाको विश्वका २२ देशमा राष्ट्रिय समिति गठन भएको छ । रु
More