Daily Archives 11th November 2016

लन्डनको पत्रकार सम्मेलनमा के भने पूर्व प्रधानमन्त्री भट्टराईले (भिडियो)

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई लन्डन आइपुगेका छन्। शुक्रवार लन्डनस्थित हित्रो विमानस्थल उत्रिए लगत्तै उनले पत्रकार सम्मेलन गरेका थिए । पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको आयोजना इलिङमा भएको पत्रकार सम्मेलन बारेको छोटो भिडियो यहाँ प्रस्तुत गरिएको छ ।
More

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लन्डनमा

लन्डन- नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लन्डन आइपुगेका छन्। शुक्रवार लन्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा वहादुर सुवेदीले स्वागत गरे। पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा भाग लिन डा. भट्टराई वेलायत आएका हुन्। भट्टराईले आइतबार पार्टीको आयोजनामा अल्डरशटस्थित एम्पाएर हलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। भट्टराईको स्वागतकालागि अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनाल, नेपाली दूतावास लन्डनका प्रवक्ता शरद आरन लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको विमानस्थलमा बाक्लो उपस्थिती थियो। भेलामा भट्टराईले ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयाँ राजनीतिक शक्तिको आवश्यकता’ विषयमा प्रवचन
More

नवनिर्वाचित राष्ट्रपतिविरुद्ध अमेरिकाभरी प्रदर्शन

वासिङ्गटन । निर्वाचन अभियानभरी आक्रामक शैलीमा प्रस्तुत हुनुभएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बिभिन्न रुपबाट देशभर प्रदर्शन भै रहेका छन् । निर्वाचन अभियानको क्रममा आवेशमा आई उहाँले मेक्सिकालीहरुलाई “अपराधी”, अफ्रिका तथा अन्य मुलुकबाट आएका आप्रवासीहरुलाई “बदमास र देशद्रोही” भन्ने शव्दले आरोप लगाएपछि रुष्ट भएकाहरु र हिलारी क्लिन्टनको हारपश्चात् खिन्न भएका डेमोक्र्याटिक समर्थकहरु समेत मिलेर देशका सबैजसो ठूला, साना सहरहरु सर्वत्र जुलूस, नाराबाजी गर्दै ट्रम्प बिरोधी प्रदर्शनको श्रृङखलावद्ध अभियान नै शुरु भएको छ । निर्वाचन परिणाम घोषणापश्चात् शुरु शुरुमा देखिएको असन्तुष्टि र विरोध प्रदर्शनलाई राष्ट्रपति ट्रम्पले “निष्पक्ष र स्वतन्त्र निर्वाचनमा विजयी भएको राष्ट्रको बिरोध गर्न भरौटे प्रदर्शनकारीहरुको भीड, सञ्चारमाध्यमहरुले उक्साएर आएकाहरु,
More

संविधान संशोधन प्रस्ताव छिटै दर्ता गर्छौ : प्रम दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव शीघ्र सदनमा दर्ता गरिने बताउनुभएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एकसय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री कार्यालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयन एवम् संशोधन अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस निम्ति राष्ट्रिय सहमति अपरिहार्य छ । सबै राजनीतिक दल एकताबद्ध हुनै पर्छ ।”
More

एक चीन नीतिमा काँग्रेस अडिग

काठमाडौं । नेपाली काँग्रेसले एक चीन नीतिप्रति पार्टीको स्पष्ट दृष्टिकोण रहेकोे जनाएको छ । काँग्रेसले आज विज्ञप्ति जारी गरी पार्टी पञ्चशीलको सिद्धान्तमा दृढ रहेको जनाउँदै काँग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण हो भनी उल्लेख गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ,“पार्टीको एक चीन नीतिप्रतिको दृष्टिकोण काँग्रेस पार्टी र सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले सिकाइरहनु पर्दैन । ” अनर्गल प्रचारप्रति ध्यानाकर्षण सभापति देउवाको भारत भ्रमणका सम्बन्धमा केही छापामाध्यममा भ्रामक र कपोलकल्पित प्रचार भएको भन्दै काँग्रेसले त्यसको निन्दा गरेको छ । सभापति देउवा इन्डिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रमको प्रमुख
More

पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालन गरेको सय दिन पुगेको अवसरमा शुक्रबार पत्रकार सम्मेलनमा कार्यकालको गतिविधिबारेमा जानकारी गराउनु हुँदै । साथमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की । तस्बिर : प्रदीपराज वन्त ।
More

क्रान्तिकारी माओवादीले ‘देशव्यापी विरोध प्रदर्शन’ गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । माओवादीको कात्तिक २४ र २५ गते बसेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न घटकमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध तुल्याउन, नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्न र ध्रुवीकरणको प्रक्रियालाई गति दिन आवश्यक पहल गर्ने निर्णय गरेको अध्यक्ष मोहन वैद्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ । माओवादीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलका मान्यता तथा मापदण्डविरुद्ध कतिपय गम्भीर प्रकृतिका गतिविधि हुँदै आएकामा आफ्नो पार्टीको विशेष ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ–“एक अर्काे मुलुकको सार्वभौमिकता, राष्ट्रिय
More

महाभियोग माथिको छलफल जारी, अर्काे बैठक सोमबार

काठमाडौं । व्यवस्थापिका– संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्की विरुद्धको महाभियोग प्रस्ताव माथिको छलफलमा १७ जना सांसदले भाग लिनुभएको छ । बैठकमा भाग लिने अधिकांश सदस्यले महाभियोगको पक्षमा आफनो धारणा जाहेर गर्नुभएको हो । उनीहरुले निलम्बित प्रमुख कार्कीले संविधान र कानुनको उपहास गरेको, पदीय आचरण विपरितको काम गरेको तथा सार्वभौमसत्ता सम्पन्न संसद्लाई बेवास्ता गरको आरोप लगाउनुभयो । आजको बैठकमा सांसद मिलन राजवशी, यशोदाकुमारी लामा, शेरबहादुर तामाङ, जगदीशनरसिंह केसी, राजाराम स्याङताङ, भरत साउद, पाँचकर्ण राई, सीता गिरी, सुरेन्द्र चौधरीलगायतले भाग लिनुभएको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही कातिक २९ गते सोमबार बिहान ११ बजे बस्ने छ ।
More

बेलायतकी प्रधानमन्त्री थेरेसा मे सारीमा, गरिन् शिव मन्दिरमा पूजाआजा (हेर्नुस् तस्बिर)

नयाँदिल्ली । भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री थेरेसा मेले बैंगलुरुस्थित एक हिन्दु मन्दिरमा पूजाआजा गरेकी छन् । गोल्डेन रङको सारी र हरियो रङको ब्लाउजमा सजिएर मन्दिरमा पूजाआजा गरेकी थेरेसा निकै सुन्दर देखिएकी छन् । भारत भ्रमणको पहिलो दिन (८ नोभेम्बर) मा उनी बैंगलुरुस्थित हालासुरु सोमेस्वारा मन्दिर पुगेर पूजाआजा गरेकी थिइन् । त्यसदिन अमेरिकामा नयाँ राष्ट्रपतिको लागि मतदान भइरहेको थियो । संसारको ध्यान अमेरिकातिर आकृष्ट भइरहेका बेला बेलायती प्रधानमन्त्री थेरेसा भने भारत भ्रमणमा थिइन् । भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री थेरेसाको सारी र ब्लाउज लगाएर शिव मन्दिरमा पूजाआजा गरेको तस्बिर सार्वजनिक भएको हो । सारी–चोलो लगाएर
More

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । धेसी मोर्चासहितका मधेस केन्द्रित दलहरुले आजको संसद बैठक बहिष्कार गरेका छन् । संसदको शुक्रबारको बैठक सुरु हुनासाथ विशेष समय लिएर मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले बोले लगत्तै मोर्चामा आवद्ध दलका सांसदहरु बैठकबाट बाहिरिएका छन् । संसदमा बोल्दै राईले नयाँ सरकार बन्नु अघि भएको तीन बुँदे सहमति अनुसार मधेस आदिवासी लगायतका आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सरकारले गम्भिरता साथ कुनै काम नभएको आरोप लगाएका थिए।
More

मिस एण्ड मिसेज नेवा:जापानको उपाधि संगीता शाक्यलाई

टोकियो । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले पहिलो पटक जापानमा मिस एण्ड मिसेज नेवा: जापान ११३७ नागानो केन को तातेसिना रिजोर्ट होटेलमा नोवेम्वर ६ आईतवार एक कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ । पहिलो मिस एण्ड मिसेज नेवा:जापान ११३७ को उपाधि टोकियो संगीता शाक्यले जितेकी छिन् । त्यस्तै दोस्रोमा अनुस्का शाक्य ,तेस्रोमा सृजना शाक्यले उपाधि हासिल गर्नु भएकी छिन् । त्यस्तै क्रमसः चौथौमा सनम रंजितकार ,पाँचौमा प्रमिला शाक्य ,छैंठौमा शर्मिला शाक्य ,सातौंमा खुशी डंगोल सुबेदी ,आठौंमा नेहा श्रेष्ठ ,नवौंमा शर्मिला महर्जन र दशौं स्थानमा मेलिना महर्जन पर्नु भएकी छिन् । प्रतियोगितामा ४३ जनाले प्रतिस्पर्धीहरु गरेका थिए । तातेसिना नागानोको कार्यक्रममा रुमी शाक्य
More

करिव साढे तीन करोडको पाँच सय र हजारका भारतीय नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफू र अनुमति प्राप्त वित्तीय संस्थासँग झण्डै साढे तीन करोड रुपैयाँ बराबरको एक हजार र पाँच सय दरका भारतीय नोट रहेको भन्दै सटहीमा सहयोग गर्न भारतीय रिजर्भ बैंकलाई अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले पनि काठमाडौंस्थित भारतीय दूतावासमार्फत सोही आशयको औपचारिक पत्र पठाएको छ । भारत सरकारले एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेका त्यस्ता नोट सटहीको समस्या देखिएको छ । भारतको केन्द्रीय बैंकले नेपालमा रहेको भारतीय नोटको परिमाणको जानकारी मागेपछि राष्ट्र बैंकले त्यसको जवाफसमेत पठाइ सकेको छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग अढाई करोड बराबरको भारतीय
More

महाभियोग सिफारिस समितिको अर्काे बैठक मङसिर २ गते बस्ने

काठमाडौं । व्यवस्थापिका–संसद् मातहतका महाभियोग सिफारिस समितिको अर्को बैठक फेरि ६ दिन पर धकेलिएको छ । समितिको आजको बैठकमा आन्तरिक कार्यविधि सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो । उक्त छलफलपछि समितिको अर्काे बैठक आगामी मङसिर २ गते बस्ने गरी स्थागन भएको हो । आन्तरिक कार्यविधि पारित गर्ने सन्दर्भमा एक-दुईवटा विषयको भाषामा संशोधन गर्नुपर्ने देखिएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिनुभयो । बैठकमा महाभियोगको प्रस्ताव दर्ता गरेको व्यक्तिउपर सार्वजनिक सूचना प्रकाशित गरी जानकारी लिनुपर्छ भन्ने भनाई केही सदस्यबाट प्रस्तुत भएको थियो । सार्वजनिक सूचना प्रकाशित गरेर उजुरी लिन नमिल्ने जनाउँदै संयोजक बिडारीले भन्नुभयो– “प्रस्तावमा जेजे कारण र आधार देखाइएको छ, त्यही
More

विद्यालय पुनःनिर्माणका लागि प्रवासीको सहयोग

बागलुङ । पहिरोबाट क्षतिग्रस्त बनेका जिल्लाको दर्लिङ–४ स्थित सिद्ध मावि पुनःनिर्माणका लागि प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बागलुङ समाज जापानले पुनःनिर्माणका लागि रु एक लाख दुई हजार ४१४ सो विद्यालयलाई हस्तान्तरण गरेको हो । लियो क्लब अफ बागलुङ कालिकामार्फत हस्तान्तरण गरिएको उक्त रकम विद्यालयको नयाँ भवन बनाउन खर्चिने छ । गत साउनमा गएको पहिरोबाट सो विद्यालय क्षतिग्रस्त बनेका थिए । समाजका महासचिव कृष्ण सुवेदीले दुर्गमको विद्यालय भत्किएर विद्यार्थी चौरमा पढ्न बाध्य भएको खबर थाहा पाएपछि जापानमा सहयोग जुटाइएको बताउनुभयो । जापानमा रहेका बागलुङ्गेबाट सो सहायता रकम सङ्कलन गरिएको थियो । “समाजले बागलुङ र सामाजिक सेवाका अन्य क्षेत्रमा काम
More

विमानस्थलको शौचालयमा भेटिएको शिशुको मृत्यु

भियना । बिहीबार बिहान भियना विमानस्थलको शौचालयको एक डब्बामा भेटिएको शिशुको उपचारका क्रममा बिहीबारै स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । बिहानै शौचालयको सफाइ गर्न पुगेकी एक महिलाले जीवित शिशुलाई डस्टबिनमा प्लास्टिकमा बेरेर फालिएको अवस्थामा भेटेपछि तत्कालै शिशुलाई आपतकालीन उपचार सेवाका लागि स्थानीय एक अस्पतालमा पु¥याइएको तर उनको उपचारका क्रममा त्यहाँ मृत्यु भएको प्रहरी प्रवक्ता राइमण्ड स्वाइगरलेनरले बताउनुभयो । शिशुमा व्यापक अक्सिजनको कमी भएको अवस्थामा उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रवक्ता स्वाइगरलेनरले अस्पताल स्रोतलाई उद्धृत गर्दै बताउनुभयो । शिशुलाई एक नाइजेरियाली २७–वर्षीया युवतीले त्यहाँ जन्माएपछि डस्टबिनमा फालेको सुरक्षा अधिकारीले बताए । बच्चालाई आफू भियनामा ट्रान्जिटमा रहेका बेला जन्म
More