Daily Archives 13th November 2016

तरुण सभापति जितजंग बस्नेतलाई बनाइने

पोखरा । पोखरामा शनिबारदेखि सुरु भएको नेपाल तरुण दलको चौथो महाधिवेशन सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै सोमबार सम्पन्न हुने निश्चितजस्तै देखिएको छ । महाधिवेशनमार्फत सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने परम्परा पनि नेपाल तरुण दलमा रहँदै आएको छ । लामो समयसम्म नेविसंघमा काम गरेका नेता जितजंग बस्नेतलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने सहमति भएको नेपाली काँग्रेसका नेताहरूले बताएका छन् । भोलि सोमबार पार्टीका शीर्ष नेताहरूद्वारा नाम घोषणा हुने जनाइएको छ । यद्यपि आइतबार बेलुकीसम्म पार्टी नेता एवं निर्देशक समिति सदस्य बालकृष्ण खाँण र समिति सदस्य हृदयराम थानीले सहमतिका लागि नामहरू प्रस्ताव गर्नसकेका छैनन् । पुरानो कार्यसमितिका अधिकांश सदस्यहरू आपूm चुनाव लड्न नपाएको
More

संशोधनपछि मात्रै संविधान कार्यान्वयन : सभापति देउवा

वालिङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संशोधनपछि मात्रै संविधानको कार्यान्वयन हुने बताउनुभएको छ । नेपाली काँग्रेस आरुखर्क गाउँ कार्यसमितिद्वारा आयोजित प्रजातन्त्र सेनानी तथा काँग्रेस स्याङ्जाका नेता मोहनीप्रसाद पौडेलको अभिनन्दन कार्यक्रममा उहाँले संविधान संशोधनका लागि प्रमुख तीन दलबीच वार्ता भइरहेकाले छिट्टै समाधान निस्कने बताउनुभयो । “नेपालीको छ दशकको चाहना हामीले २०७२ असोजमा पूरा गरेका छौँ”–सभापति देउवाले भन्नुभयो, “संविधान कार्यान्वयन गरेर देशलाई अग्रगतितर्फ लैजानु पर्दछ ।” देश सङ्क्रमणकालमा रहेको अवस्थामा आरोपप्रत्यारोप गरेर समय फाल्नुको सट्टा दलगत स्वार्थभन्दा माथि उठेर चुनौतीलाई पार लगाउनु अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो । छैसठ्ठी वर्षीय पौडेल विगत एक वर्षदेखि मस्तिष्कघातबाट पीडित हुनुहुन्थ्यो । पौडेललाई सभापति
More

अङ्गिकृतले संवैधानिक पद पाउनु हुँदैन : अध्यक्ष गच्छदार

नेपालगन्ज । मधेसी–जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अङ्गिकृत नागरिकलाई संवैधानिक पद दिन नहुने बताउनुभएको छ । सो दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अङ्गिकृतलाई संवैधानिक पद दिन नहुने जनमत मधेसमै अधिक रहेकाले कसैको व्यक्तिगत र पार्टीगत स्वार्थमा उक्त व्यवस्था लागू हुन नसक्ने बताउनुभयो । “संविधान संशोधनको मुख्य एजेण्डा सीमाङ्कनको बाँडफाँड नै हो, तसर्थ यस विषयमा सबै दल सहमतिमा आउनुपर्छ,” उहाँले भन्नुभयो । आजै पार्टीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले पार्टी एकताबाट सबै कार्यकर्ताको हित हुने बताउनुभयो । सो कार्यकर्ता भेला तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।
More

अभिनन्दन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइतबार नेपाली काँग्रेस आरुखर्क गाउँ कार्यसमितिद्वारा आयोजित कार्यक्रममा प्रजातन्त्रका सेनानी तथा नेपाली काँग्रेस स्याङ्जाका नेता मोहनीप्रसाद पौडेललाई अभिनन्दन गर्नुहुँदै । तस्बिरः वासुदेव पौडेल
More

प्रा डा केसीद्वारा दसौँ पटकको अनशन सुरु

काठमाडौं । वरिष्ठतालाई मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा प्रा डा केशवप्रसाद (केपी) सिंह नियुक्त भएको भन्दै प्रा डा गोविन्द केसीले आजदेखि दसाँै अनशन सुरु गर्नुभएको छ । शनिबार विज्ञप्ति जारी गर्दै आइतबार २ बजेसम्म डिन नियुक्त गर्नुपर्ने अल्टिमेटम दिनुभएका प्रा डा केसीले शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी आज अनशन सुरु गर्नुभएको हो । सोहीअनुसार डिन नियुक्त गरिए पनि वरिष्ठताक्रम मिचिएको भन्दै उहाँले विरोध गर्नुभएको छ । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आज प्रा डा सिंहलाई सो अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ । उहाँले आजै पदभार सम्हाल्नुभएको छ । डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा
More

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

क्याइटचर्च । न्युजिल्यान्डको दक्षिणी द्विपमा आइतबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ७.६ रिक्टर स्केलको मापन गरिएको न्युजिल्यान्डको भूकम्प मापन केन्द्र जियोनेटले जानकारी दिएको छ । त्यसैगरी भूकम्प ७.८ रिक्टर स्केलको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । त्यसैबीच चिनियाँ भूकम्प मापन केन्द्रले यस भूकम्प ८.० भएको जानकारी दिएको छ । यसप्रकार भूकम्पको मापन भिन्दाभिन्दै आएको छ । तर भूकम्प शक्तिशाली भएको यस भूकम्पपछि सुनामी चेतावनी दिइएको र विद्युत र टेलिफोन लाइनहरू अवरुद्ध भएको बताइएको छ । सो भूकम्प स्थानीय समायानुसार सोमबार बिहान सबेरै १२ः०२ बजे गएको बताइएको छ । सो ठूलो भूकम्पपछि ६.६ रिक्टर स्केलको
More

गोर्खाली समाजको च्यारिटीमा १ करोड संकलन

लन्डन । गोरखा केन्द्रविन्दू भएर गत वर्ष गएको भूकम्पले गोरखामा मात्र ४९४ विद्यालयका ३ हजार ५२ वटा कक्षा कोठा पूर्ण रुपमा क्षतिग्रस्त 
बनाइदियो । सयौं वालवालिका आफ्ना आमा बाबु गुमाउन पुगे । तिनै भूकम्प प्रभावित गोरखाका अनाथ तथा गरिव वालवालिकाको सहयोगार्थ गोर्खाली समाज यूकेले शनिबार गरेको च्यारिटीबाट एक करोड रुपैयां बढि संकलन भएको छ । नयां शक्ति नेपालका संयोजक गोर्खा निवासी डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा अल्डरसटमा भएको कार्यक्रममा उक्त रकम उठेको हो । च्यारिटीमा जापानबाट आएका एनआरएनए आइसीसी उपाध्यक्ष भवन भट्ट एक्लैले २० लाख रुपैयां र बेलायतका व्यवसायी रबिचन्द्र लामिछानेले दश लाख रुपैयां दिने उद्घोष गरे । कार्यक्रमलाई सम्वोधन
More

केबाट थर्कबहादुरलाई सहयोग प्रदान

गत १२ नोभेम्बर २०१६ का दिन मानसिक असन्तुलनको कारण विगत एक बर्षदेखि फलामको साङ्लोमा बाँधिन बाँध्य थर्कबहादुर लिम्बुको उपचारको निम्ति युकेबाट नेरु ४६ हजार ५ सय २० रुपैया हस्तान्तरण भयो । तेलिया ७ खाम्नेरा, धनकुटाका लिम्बुलाई उपचारको लागि धरान ल्याइएको बखत स्वयं उनलाई समाजसेवी कमल तिगेला खेवाहाँङको हातबाट विजयपुर एफएमका हाईकिङ समुहको उपस्थितीमा हस्तान्तरण गरिएको हो । लिम्बुको अवस्थाबारे पत्रकार भैरब आङ्ला र सन्तोष काफ्लेको भिडियो समाचार रिपोर्ट हेरेलगतै युकेमा विश्वास दीप तिगेला र साथिहरुले सोसियल मिडिया मार्फत सहयोग संकलन अभियान संचालन गर्नुभएको थियो र हङकङ साथै कोरियामा पनि संकलन अभियान चलेको थियो । हङकङ र कोरियाबाट प्राप्त सहयोग रकमले
More

सहमतिमै नेतृत्व चयन गर्ने प्रयास

पोखरा । हिजोदेखि सुरु भएको तरुण दलको महाधिवेशन आजबाट बन्दसत्र सुरु हुने भएको छ । प्रतिनिधि विवाद सामन्य भइनसकेकाले बन्दसत्र ढिलो सुरु हुने बताइएको छ । प्रतिनिधि विवाद नमिले पनि सहमतिमै नेतृत्व चयन गर्ने बताइएको छ । नेविसंघ र महिला संघमा पराजय व्यहोरेका पौडेल पक्षले पनि तरुण दलको अधिवेशनमा सहमतिमै नेतृत्व चयन हुनुपर्नेमा जोड दिएको छ । मोटामोटी भएको सहमतिअनुसार अध्यक्ष संस्थापन पक्षले लिएपछि उपसभापति, महासचिव र कोषाध्यक्षमा पौडेल र सिटौलालाई दिने भएको छ । सहमतिमै नेतृत्व छनोट भए संस्थापनले जीतजंग बस्नेतलाई अघि सार्ने भएको छ । त्यसैगरी पौडेल पक्षले भूपेन्द्रजंग शाहीलाई महासचिव अथवा उपाध्यक्ष बनाउने तयार गरेको छ भने
More

बन्दका कारण राजधानीको जनजीवन प्रभावित

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण काठमाडौँमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । निजी नम्बर प्लेटका सवारी साधन भने केही बढी चलेका छन् । बन्दका कारण राजधानीका विद्यालय, क्याम्पस, पसललगायत बन्द भएका छन् । सडकमा बन्दकर्ताका खासै सहभागिता नभए पनि बन्दको प्रभाव परेको छ । ७६ बन्दकर्ता पक्राउ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले काठमाडौँका विभिन्न स्थानबाट ७६ जना बन्दकर्ता पक्राउ परेको जानकारी दिनुभयो । कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट बन्दकर्ता पक्राउ परेको उहाँले बताउनु भयो
More

क्यासिनो माजोङले कर्मचारीहरुको बक्यौता तिर्न सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले सोल्टी होटलस्थित क्यासिनो माजोङले पूर्ववर्ती क्यासिनोको दायित्व वहन गरी मुकुन्दराज खरेलसमेतका ४९ जना कर्मचारीहरुको बक्यौता रहेको तलब भत्ता सुविधाबापत आठ करोड आठ लाख रुपैंया तिर्नुपर्ने गरी अन्तिम फैसला गरेको छ । क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठले कम्पनीका तर्फबाट श्रम अदालत, श्रम कार्यालय र मुकुन्दराज खरेलसमेतका ४९ जना कर्मचारीहरुको विरुद्द दायर गरेको रिट निवेदनमा रिट खारेज हुने ठहर गरी सर्वोच्चले अन्तिम फैसला गरेको हो । यससँगै अन्ततः चार वर्ष लामो कानुनी संघर्षपछि सोल्टी क्यासिनोमा विगत तीस वर्षभन्दा बढी अवधि काम गरेका मुुकुन्दराज खरेलसहितका ४९ जना कामदार कर्मचारीहरुले नयाँ व्यवस्थापनबाटै बक्यौता पारिश्रमिक, भत्ता लगायत सुविधा पाउने निश्चत
More

वर्ल्ड नेवा:अर्गनाईजेशन जापान सम्मेलन सम्पन्न

टोकियो । वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको पहिलो जापान सम्मेलन एक लाख रुपियाँको “मचा सिरपा घोषणा “(बाल पुरस्कार ) गर्दै सम्पन्न भएको छ । नेपाल संवत ११३७ न्हुँ दँ को उपलक्षमा नागानोकेनको तातेसिना रिजोर्ट होटेलमा दुई दिन सम्म चलेको बिभिन्न कार्यक्रमहरु मध्य दोस्रो दिन नोवेम्वर ६ तारेखका दिन भएको जापान सम्मेलनले सात बुँदे घोषणा पत्र जारी गरेको छ । हाम्रो भाषा संस्कृति भनेको नै नेपालको गर गहना भएको हुनाले त्यसलाई उत्थान र प्रबर्द्वन गर्नु सबै नेपालीहरुको दायित्व भएको कुरामा जोड दिंदै उक्त सम्मेलनको समापन गरिएको थियो l उक्त सम्मेलनमा एन आर एन जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग ,सिटी एक्सप्रेस एण्ड ट्राभलका
More

युकेबाट थर्कबहादुरलाई सहयोग प्रदान

लन्डन । मानसिक असन्तुलनको कारण विगत एक बर्षदेखि फलामको साङ्लोमा बाँधिन बाँध्य थर्कबहादुर लिम्बुको उपचारको निम्ति युकेबाट नेरु ४६ हजार ५ सय २० रुपैया हस्तान्तरण भयो । तेलिया ७ खाम्नेरा, धनकुटाका लिम्बुलाई उपचारको लागि धरान ल्याइएको बखत स्वयं उनलाई समाजसेवी कमल तिगेला खेवाहाँङको हातबाट विजयपुर एफएमका हाईकिङ समुहको उपस्थितीमा हस्तान्तरण गरिएको हो । लिम्बुको अवस्थाबारे पत्रकार भैरब आङ्ला र सन्तोष काफ्लेको भिडियो समाचार रिपोर्ट हेरेलगतै युकेमा विश्वास दीप तिगेला र साथिहरुले सोसियल मिडिया मार्फत सहयोग संकलन अभियान संचालन गर्नुभएको थियो र हङकङ साथै कोरियामा पनि संकलन अभियान चलेको थियो । हङकङ र कोरियाबाट प्राप्त सहयोग रकमले पहिलो चरणको उपचार पुरा
More

बैंकमा प्रतिबन्धित भारतीय नोट साट्न हजारौँको भीड

नयाँदिल्ली । भारत सरकारले भारतीय ५०० रुपैयाँ र एक हजार रुपैयाँलाई प्रतिबन्ध गर्ने घोषणा गरेपछि सर्वसाधारण, व्यापारी उद्योगपतिलगायतले आफूसँग रहेका नोट साट्न बैंकहरुमा भीड लागेपछि शनिबार केही बैंक वरपरको स्थानमा भद्रगोलको अवस्था सिर्जना भयो । नयाँदिल्लीमा पनि नगद साट्न मानिसहरु घन्टौँ लाइनमा बसे । तर हजारौँ मानिसले पालोका लागि अघि बढ्ने क्रममा सामान्य भागदौडको स्थिति बन्यो । ठूलो भीड देखिएका ठाउँमा सरकारले प्रहरीको व्यवस्था ग-यो । प्रहरीले भीडलाई सम्यमित रुपमा लाइनमा बसेर आफ्नो नगद साटेर फर्किन दिनभर अनुरोध गर्दैमा व्यस्त बने । केहीले सरकारको अदूरदर्शिताका कारण आफ्नो पैसा लिनसमेत घन्टौँ लाइनमा बस्नुपरेकामा दुखेसो पोख्दै थिए । ‘मलाई सरकारले यति ठूलो
More