Daily Archives November 15, 2016

भिडियोमै हेर्नुहोस् “यूके डान्स अफ” को टप टेन डान्स्

लन्डन । सपन इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको “यूके डान्स अफ” को लागि गत शनिबारका दिन अल्डरसटको प्रिन्सेस हलमा अडिशन कार्यक्रम सम्पन्न भएको छ । नोभेम्बर २७ तारिखका दिन हुन् गइरहेको ग्राण्ड फिनालेका लागि १५ सहभागीहरुमध्यबाट टप टेनको छनौट गरिएको छ । टप टेन हुनेहरुको नृत्यलाई युट्युबमा राखिनेछ र त्यसबाट २५ प्रतिशत, अडियन्सबाट २५ प्रतिशत र निर्णायक समितिबाट ५० प्रतिशत अंक प्रदान गरिनेछ । टप टेनमा पर्नेहरुमा आर्टिष्ट कल्चर ग्रूप, सविता एण्ड ग्रूप, जेनी सुनुवार, काजल गुरुङ, रीचा एण्ड स्नेहा, पुनम गुरुङ,श्रद्दा, प्रतिष्ठा त्रिपाठी, योजना थापा र प्रमिला तामांग रहेका छन् । सन् २००८ मा सपन इन्टरटेन्मेन्ट लिमिटेडले ‘ट्यालेन्ट हट’ गरेपछि करिब
More

प्रवचन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वेलायतको प्रशिद्ध विश्वविद्यालय अक्सफोर्डमा प्रवचन दिएका छन् । मंगलवार आयोजित एक कार्यक्रममा उनले नेपालको शन्ति प्रकृया र आर्थिक विकारका बारेमा बोलेका थिए । फोटो – बिरेन्द्र श्रेष्ठ
More

बारपाकमा राज्य पुनरसँरचना

धनेष घले । बारपाक । गोरखा समुन्द्री सतहदेखि २ हजार मिटर उचाइमा अवस्थित ऐतिहासिक गाउँ बारपाक गोरखाको नाम नसुन्ने सायद कमै होला । यसको परिचय दिइरहनु पर्ने जरूरी छ जस्तो लाग्दैन । वारपाकको ईतिहास, नेपालकै एक हजार चार सय छैसठ्ठी घरको एउटै ठुलो गाउं थियो । भिसि गजे घले जन्मेको गाउँ अनि भुकम्पको केन्द्रबिन्दु बनेको कारण राष्ट्रिय,अन्तररास्ट्रीय स्तरसम्म चर्चामा आयो । पर्यटकीय हिसाबले पनि यो गाउँ उत्तिकै प्रख्यात छ । प्रायः जस्तो आन्तरिक तथा बाह्य पर्यटक जो कोही बारपाक गाउँ भनेपछि भुतुक्कै हुन्छन् । बौद्ध हिमालको काखमा रहेको बारपाक उतरमा लाप्राक, दक्षिणमा सौरपानी,पूर्वमा गुम्दा र पश्चिममा घ्याचोक गाबिस सम्म फैलिएको
More

संविधान संशोधन प्रस्ताव केही ढिला हुने

काठमाडौं । प्रमुख दलबीचको गृहकार्य अपुग र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप १५ दिनको समय दिएपछि व्यवस्थापिका–संसद्मा यही कात्तिक मसान्तभित्र पेस हुने भनिएको संविधान संशोधनको प्रस्ताव केही दिन ढिला हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही कात्तिक २६ गते सरकारको एक सय दिन पुगेको अवसरमा गर्नुभएको सम्बोधनमा संविधानको सर्वस्वीकार्यताका लागि कात्तिक मसान्तभित्र प्रस्ताव दर्ता हुने बताउनुभएको थियो । संशोधनको माग गरिरहेको मोर्चाले सोमबार ज्ञापनपत्र बुझाउँदै १५ दिनभित्रमा पेस नभए आन्दोलनको चेतावनी दिएपछि समय सरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाली काँग्रेसका सभापित शेरबहादुर देउवाले पनि केही दिन छलफलका लागि समय माग्नुभएको र मोर्चाले १५ दिन भनेका कारण
More

१२ लाख लिएर एनआरएन कतारका पूर्वअध्यक्ष सम्पर्कविहीन

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएन) कतारका पूर्वअध्यक्ष मक्सुद आलाम ३८,७९६ रियाल (झन्डै १२ लाख रुपैयाँ) लिएर सम्पर्कविहीन भएका छन् । गत शुक्रबार एनआरएन कतारको राष्ट्रिय परिषद् भेलामा कार्य प्रगति तथा आर्थिक प्रतिवेदन विवादित भएपछि उक्त रहस्य सार्वजनिक भएको हो । परिषद् भेलाले अध्यक्ष आलाम र तत्कालीन कोषाध्यक्ष द्रोणबहादुर बस्नेतलाई निलम्बन गरी एक महिनाभित्र सत्य तथ्य सार्वजनिक गर्ने सहमति भएपछि परिषद् भेला सम्पन्न भएको थियो । पूर्व कार्यसमितिले वर्तमान कार्यसमितिलाई बेरुजुलगायत केही विषयमा प्रष्ट हुन बाँकी रहेकाले परिषद् भेलामा विवाद सिर्जना भएको एक सदस्यले बताए । लेखा समितिले दिएको प्रतिवेदनमा पूर्वअध्यक्ष मक्सुद आलमको नाममा ३८ हजार ७ सय ९६ रियाल बेरुजु
More

काठमाडौ र ललितपुरमा धेरै क्लिनीक अवैध, १३ ओटामा तालाबन्दी

काठमाडौं । काठमाडौ र ललितपुरमा धेरै क्लिनीकहरु अवैध रुपमा सञ्चालन भईरहेको पाइएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले काठमाडौ उपत्यकाका धेरै क्लिनीकहरु अवैध रहेको गुनासो आएको भन्दै खटाउनु भएको अनुगमन टोलीले अधिकांश क्लिनीकहरु अवैध रहेको पत्ता लगाएको हो । स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरी लगायतको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा काठमाडौका ४ र ललितपुरका ४ ओटा क्लिनीकहरुमा तालाबन्दी गरिदिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती दुई टोलीले यसअघि सोमबार पनि काठमाडौका ४ र ललितपुरको एउटामा तालाबन्दी गरिदिएको थियो । दुई दिनमा कुल १३ ओटामा तालाबन्दी भएकोमा ती सवै क्लिनीक रहेका छन् । दुवै टोलीले सोमबार र
More

निलम्बित सांसद लामालाई सफाइ

काठमाडौं । विशेष अदालतले नेकपा (माओवादी केन्द्र)का निलम्बित सांसद ल्यारक्याल लामालाई सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपको मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई सदस्यहरु प्रभा बस्नेत र महेश पुडासैनीको इजलासले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेअनुसार अवैध स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने आधार नदेखिएकाले निजलाई सफाइ हुने फैसला गरेको हो । लामाले सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति जोडेको आरोपमा गत वैशाख ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले लामाको करिब रु ३० करोड सम्पत्तिमा रु २० करोडको मात्रै स्रोत खुलेको बाँकी सम्पत्ति अवैध
More

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई

काठमाडौं । मलेसियामा सञ्चालित एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जितेको छ । नेपालले मकाउलाई १–० गोलले पराजित गरी उपाधि जितेको हो । बर्षाले प्रभावित खेलमा मिडफिल्डर सुजल श्रेष्ठले एएफसी सोलिडारिटी कपअन्तर्गत नेपाललाई पहिलो गोलको अग्रता दिलाएका थिए । उक्त गोल नै निर्णायक बन्यो । उनले २९ मिनेटमा डिबक्स भित्रबाट भरत खवासले दिएको क्रस पासमा को पासमा हेडिङमार्फत उत्कृष्ट गोल गरेका थिए ।
More

आमा ८४ वर्ष पुगेको अवसरमा आचार्यद्धारा पुस्तकालय स्थापना

पर्वतको मल्लाज माझफाँटमा रहेको विद्याज्योती माविमा विद्युतीय पुस्तकालय स्थापना भएको छ ।धाईरीङ घर भई हाल बेलायतमा ब्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली संघ एनआरएनका युरोप संयोजक कुल आचार्यले कम्प्युटरमा पढ्न र सुन्न सकिने पुस्तकालय स्थापना गर्नुभएको हो । आचार्यले माध्यमिक तह सम्मको अध्ययन गरेको विद्यालयमा आफ्नो आमा चौरासी वर्ष पुग्नुभएको अवसरमा विद्युतीय पुस्तकालय स्थापना गरेको बताउनुभयो । कक्षा २ देखि दश सम्मका पाठ्यक्रम सहित विभिन्न बिधाका दश हजार पुस्तकलाई डिजीटलाईज्ड गरिएको पुस्तकालयमा बिस वटा कम्प्युटर रहेका छन् । पुस्तकालय स्थापना गर्न आचार्यले करिब आठ लाख रुपैयाँ लगानी गर्नुभएको विद्यालयले जनाएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा तिन सय
More

डडेल्धुरामा उग्रतारा मेला

डडेल्धुरामा सञ्चालित उग्रतारा मेलामा दर्शनार्थीको घुईँचो । यस मेलामा नाचेर धामी र स्थानीयवासीले मनोरञ्जन लिने गर्दछन् । तस्बिर ः धनबहादुर भण्डारी ।
More