Daily Archives November 16, 2016

एकीकरणका लागि दुई पार्टीको संयुक्त बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको संयुक्त बैठकले दुबै पार्टीका एकीकरणका लागि यही मङ्सिर ६ गते गरिने घोषणा सभालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको छ । धुम्बाराहीस्थित राप्रपा नेपालको कार्यालयमा बसेको बैठकले दुबै पार्टीबाट १२-१२ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसम्पादन समिति तथा १५०-१५० प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसमिति बनाउने निर्णय गरेको छ । त्यसैगरी एकीकरणपछि दुबै पार्टी एक भएको सूचना निर्वाचन आयोगमा दिने बारेमा समेत छलफल गरिएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा राप्रपा नेपालका नेतृत्व उपाध्यक्ष राजीव पराजुली तथा राप्रपाको नेतृत्व महामन्त्री तथा आपूर्तिमन्त्री दीपक बोहरालगायतका नेताहरू सहभागी
More

लन्डन दूतावासमा डा. भट्टराई भेट्न पत्रकारलाई रोक

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लन्डनस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा नबोलाइएको भन्दै सञ्चारकर्मीले आक्रोस पोखेका छन् । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग बेलायतमा रहेका राजनीतिक दलका प्रतिनिधिबीच शुक्रबार साँझ दूतावास भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजदूत डा. सुवेदीले कुनै पनि सञ्चारकर्मीलाई बोलाएनन् । अन्तरक्रियामा बेलायतस्थित नेपालका सबै राजनीतिक दलका भ्रातृ संस्थाका नेता तथा कार्यकर्ता उपस्थिति थिए । शनिवार बिहान पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ताका लागि लन्डन दूतावास जान लागेको नेपाली टिभी यूकेको टोली र लन्डनस्थित नागरिक संवाददता चिरन शर्मालाई दूतावास भवनभित्र कुनै पनि नेताको अन्तरर्वार्ता रेकर्ड गर्न नमिल्ले भन्दै रोक लगाइएको थियो ।
More

डा. बिष्णुमाया परियार बेलायतमा सम्मानित

अल्डरशट । समाजसेवी डा. बिष्णुमाया परियारलाई बेलायतमा आयोजित एक समारोहका बीच सम्मान गरिएको छ । सृजनशील समाजले आईतबार अल्डरशटको भेटघाट रेष्टुरेन्टमा उनको सम्मान गरेको हो । सृजनशील समाजका अध्यक्ष सुक बहादुर सुनारले नेपालका दलित समुदायको उत्थानमा योगदान पुर्याए बापत डा। बिष्णुमाया परियारलाई सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपछि बोल्दै डा।बिष्णुमाया परियारले आफूले संचालन गरेको छात्रबृति र लधुबित्त कार्यक्रमले सबै समुदायलाई समेटेको चर्चा गरेकी थिईन् । कार्यक्रममा संस्थाका संरक्षक शेर बहादुर सुनार सहित अन्य पदाधिकारीहरु बिकास रनपैली , कुमार सुनार , राजकुमार सुनार , चेत बहादुर परियार , दिलीप मोहरा लगाएतले डा। बिष्णुमायाको योगदानको चर्चा गर्दै समाजमा भएको बिभेद हटाउन सबै
More

एउटै विवाहमा आठ अर्ब रुपैयाँ खर्च

जहाँ पैसा साट्न बैंकमा लाइन बस्नुपर्छ, त्यही देशमा एउटा अभिजात वर्गले आफ्नी छोरीको विवाहमा पाँच अर्ब भारतीय रुपैयाँ खर्च गर्दैछ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । व्यवसायी तथा पूर्वमन्त्री जी जनार्दन रेड्डीले आफ्नो छोरी ब्रह्माणीको पाँच दिनसम्म चल्ने विवाहमा पाँच अर्ब रुपैयाँ खर्च गर्दैछन् । यो रुपैयाँ नेपालीमा रुपान्तर गर्दा ८ अर्ब रुपैयाँ हुन्छ । यति पैसाले नेपालमा २० मेगावट विजुली उत्पादन हुन्छ । सुनपानीको निमन्त्रणा र बलिउडका कलाकारको प्रदर्शनीले विवाहलाई विवादमा ल्याइदिएको छ । आलोचकहरुले यसलाई पैसाको लाजमर्दो खर्च भनेका छन् । हालै भारत सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्द लगाएको छ । यसको प्रभाव जनतामा स्पष्ट देखिएको
More

नेताका छोरा भतिजा एड्जस्ट भएनन तरुण दलमा

पोखरा । नेताका छोरालाई एडजस्ट गराउन लम्बिएको तरुण दलको महाधिवेशन आज अपरान्ह पत्रकार सम्मेलनमा घोषणा गरी सम्पन्न भयो । नेताहरुबीच भागवण्डा मिलेपछि पत्रकार सम्मेलनमार्फत् अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौलाबीच पदीय भागबन्डामा सहमति जुटेपछि नेतृत्व सर्वसम्मत हुनेछ । भागबन्डाअनुसार अध्यक्ष संस्थापन पक्षले, महासचिव पौडेल पक्षले, उपाध्यक्ष सिटौला समूहले र कोषाध्यक्ष खड्का समूहले पाउने भएका छन् । संस्थापन पक्षले नेविसंघका पूर्वमहामन्त्री जितजंग बस्नेतलाई तरुण दलको अध्यक्ष बनाउने निर्णय गरिसकेको छ । उपाध्यक्षमा सिटौला समूहले उत्तम चापागाईंलाई सिफारिस गरेको छ भने महासचिवमा भुपेन्द्रजंग शाहीलाई पौडेल समूहले सिफारिस
More

नेपालका भारु नोट अलपत्र

काठमाडौं । भारत सरकारले नोभेम्बर ९ तारिखदेखि एक हजार र पाँच सयका नोट सटहीमा रोक लगाएपछि नेपालमा यसको प्रत्यक्ष असर परेको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले एभिन्यूज खबरसँग प्रतिक्रिया दिँदै पछिल्लो समय सञ्चारमाध्यममा भारतीय रिजर्भ बैंकले नेपाल राष्ट्र बैंकले रकम सटहीका लागि गरेको अनुरोध अस्वीकार्य गरेको भन्ने खबरको खण्डन गरेका छन् । उनले भारतीय रिजर्भ बैंकले यस विषयमा कुनै पत्र नपठाएको बताए । सहप्रवक्ता पण्डितले भारत सरकारले कालो धन मास्न अभियान चलाएकाले भारतीय रिजर्भ बैंकले रकम सटही गर्न रोकेपछि सबै नोट कागजी खोस्टा हुने दाबी गरे । उनले सटहीको आशा भने जीवितै रहेको बताए ।
More

कर दिवसमा सिद्धार्थशमशेर सम्मानित

काठमाडौं । ‘गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने नारासहित आज पाचौं राष्ट्रिय कर दिवस मनाइँदै छ । दिवसको अवसरमा विहान आन्तरिक राजस्व विभाग लाजिम्पाटबाट प्रभातफेरी निकालिएको छ । दिवसकै अवसरमा काठमाडौंको प्रज्ञा भवनमा उत्कृष्ट करदातालाई पुरस्कृत गरियो । मूल्य अभिवृद्धि कर लागू भएको दिन मंसिर एक गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको हो । विभागले ३० जिल्लामा ४९ कार्यालयमार्फत सेवा दिँदै आएको छ । गतवर्ष ४ खर्ब ७५ अर्ब राजश्व संकलन गरेको विभागले यसवर्ष ५ खर्ब ६६ अर्ब संकलनको लक्ष्य राखेको छ । दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री कृष्णबहादुर महराले शुभकामना दिएका छन ।
More