Daily Archives November 18, 2016

तमुधिं यूकेको सबै पदमा सर्वसम्मत, अध्यक्षमा ज्ञाम गुरुङ

लण्डन । संस्था तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ निर्विरोध भएका छन । निर्वाचन समितिका अनुसार शनिबार अल्डरसटमा हुने अधिवेसनका लागि अध्यक्ष पदमा उनको मात्र उम्मेदवारी परे पछि उनी अध्यक्ष बन्ने पक्का भएको हो । उम्मेदवारी दिने शुक्रबार दिउंसोको समयसीमाभित्र अध्यक्ष पदका लागि उनकोे मात्रै उम्मेदवारी परेको हो । गुरुङ तमुधिं यूकेको वर्तमान उपाध्यक्ष समेत हुन् । कार्यसमितिको उपाध्यक्षमा भने ३ पदका लागि ६ जनाको उम्मेदवारी परेकोमा विधान संसोधन गरेर सवैलाई उपाध्यक्ष पद दिने गरि सहमति भएको तमुधीं यूकेका अध्यक्ष सुर्जे गुरुङले जानकारी दिएका छन् । विधान संसोधन पछि उपाध्यक्षमा नन्द गुरुङ, हितकाजी गुरुङ, हरि गुरुङ, जुमकाजी गुरुङ, मन्जु गुरुङ, पुनम
More

पितृको नाममा बंशको नाम १९० के.जि. को घण्टमा लेखेर पहिलो कीर्तिमान

– रामप्रसाद घिमिरे । रेडिङ, बेलायत । स्वर्ग भैसक्नु भएकी हाम्रीमाताले सपनामा मलाई एउटा इच्छाप्रकट गरेको कुराले बिपनामा म बिचल्लि भै एउटा बिचार जन्मियो । हामी बुईपाखिरीका घिमिरेहरुको बंशावलि एउटा बृहत धलौट घण्टमा लेखेर खोटाङ जिल्लाको पर्यटकिय स्थल हलेसी महादेव थानमा प्रतिस्थापन गरी युग युगको लागि बंशावलिको अनागत लिखित अभिलेख बनाउने इच्छा । एउटा सिङ्गो नेपालकै विशाल घण्ट निर्माण गरेर तीनसय जना भन्दा ज्यादा बाजे जि. बैजनाथ घिमिरेका सन्तानहरुको नाम लेखेर हामीले टेकेको धरती हलेसीमा प्रतिष्थापन गर्न सके यो नेपालकै लागि एउटा अभिलेख बन्ने छ । बाजे बैजनाथका सन्तानहरु बिश्वको सबै शक्तिशाली देशमा कार्यरत छन् । उनीहरुसँग समुन्वय स्थापना गर्न
More

एनआरएन केन्द्रीय उपाध्यक्ष भट्ट लाई बेल्जियममा स्वागत

बिष्णु सापकोटा । बेल्जियम। गैर आवसिय नेपाली संघ बेल्जियमको आयोजनामा गत बुधबारका दिन बेल्जियमको आन्त्रोपेन शहरमा अवस्थित नेशनल होटलको सभा हलमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का उपाध्यक्ष भट्टको स्वागतार्थ छलफल तथा रात्रि भोज कार्यक्रम संपन्न भएको छ । गोर्खा समाज बेलायतको निमन्त्रणामा बेलायत आएका भट्ट यूरोपका बिभिन्न देश भ्रमण तथा भेटघाट कार्यक्रम संगै गैर आवासीय नेपाली संघ बेल्जियमले आयोजना गरेको स्वागत तथा छलफल एवं रात्री भोज कार्यक्रमा प्रमुख अतिथिको आसन बाट बोल्दै गैर आवासीय नेपाली संघ ले बिगतमा गरेका कार्य अन्तर्गत हाल भइरहेको गतिविधि र भावी कार्य नीति बारे बताउदै सबै क्षेत्र बाट आफ्नो सहयोग, सल्लाह, सुझाव संगै
More

राप्रपा नेपालले राष्ट्रवादी तेश्रो धार समात्ने

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसको मागलाई सम्बोधन गर्दै आगामी १४ महिनाभित्र तीन वटा निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । राप्रपा नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधान कार्यान्वयनका लागि मधेसको जायज मागलाई सरकारले सम्बोधन गरेर मुलुकलाई गति दिनुपर्ने बताउनुभयो । मधेसलाई बाहिर राखेर मुलुकको समस्या समाधान नहुँने र निर्वाचन पनि सम्भव नरहेको थापाको भनाइ थियो । नेपालमा प्रदेशको संरचना अनुसन्धानका आधारमा वैज्ञानिकतवरले निर्माण नगरिएको बताउँदै थापाले काँग्रेस, एमाले तथा माओवादीले भोटका आधारमा राज्य विभाजन गरेको आरोप लगाउनुभयो । उहाँले राप्रपा नेपालले अब देशको राष्ट्रवादी तेस्रो धारको नेतृत्व गर्ने बताउनुभयो ।
More

मह वर्ष

चारजना मौरीपालक किसानलाई मौरीको घार प्रदान गर्दै जाजरकोटको मैदे गाउँबाट मह वर्षको औपचारिक सुरुवात । तस्बिर: हेमन्त के सी, जाजरकोट ।
More

संविधान संशोधन प्रस्ताव चाँडै दर्ता गरिने

काठमाडौं । सरकारले केही दिनभित्रै प्रमुख राजनीतिक दलको सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संविधान संशोधनका लागि नियमित परामर्शमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग चाँडै संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा सरकार रहेको बताउनुभएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्रीले प्रमुख तीन दलका बीचमा भएका छलफलका विषयका आधारमा सरकारले उक्त तयारी गरेको हो । तमलोपा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीसँग आज भएको छलफलमा सरकार असन्तुष्ट पक्षका मागको सम्बोधन गर्न तयार रहेको आफूले पाएको राससलाई बताउनुभयो । “प्रधानमन्त्रीले केही दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्ने विश्वास दिलाउनुभएको छ”उहाँले दिनुभयो । संविधानको
More

उपत्यकाका ३२ ओटा स्वास्थ्य संस्थामा अनुगमन

काठमाडौं । स्वास्थ्य मन्त्रालयका दुई ओटा टोलीले काठमाडौ उपत्यकामा शुक्रबार ३२ ओटा निजि स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेका छन् । अनुगमन गरिएका मध्ये काठमाडौका पाँच ओटामा र ललितपुरका दुई ओटामा गरी सात ओटामा तालाबन्दी गरिएको अनुगमन टोलीहरुले जनाएका छन् । काठमाडौमा २० ओटा र ललितपुरमा १२ ओटामा अनुगमन गरिएको हो । काठमाडौको कालीमाटी देखि कलंकी सम्मको बाटोको छेउमा रहेका क्लिनीकहरु मध्ये सुभारम्भ डेण्टल क्लिनीक, हक मेडिकल हल, स्पार्क पोली क्लिनीक, कालीमाटी डेण्टल क्लिनीक, सिटी भ्याली डेण्टल क्लिनीकमा तालाबन्दी गरिएको छ । क्लिनीक संचालनका लागि आधारभुत मापदण्ड समेत पुरा नगरी संचालन गरिएको पाइएकाले बन्दी गराइएको र वाँकी प्रक्रियाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा
More

महाभियोग प्रस्तावमाथिको छलफल आइतबार सकिने

काठमाडौं । आगामी आइतबारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथिको छलफल टुङ्गोमा पुग्ने भएको छ । व्यवस्थापिका–संसद्को बैठकपछि आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख ओनसरी घर्तीले महाभियोगका विषयमा लामो समयसम्म छलफल गर्नेभन्दा पनि छिटो टुङ्ग्याउन आफूले प्रमुख दलका नेतालाई अनुरोध गरेको र प्रतिनिधिमूलक ढङ्गले कुरा राख्न प्रमुख सचेतकमार्फत सांसदलाई आग्रह गरेको जानकारी दिनुभयो । महाभियोग प्रस्तावमाथिको छलफलमा हालसम्म ५१ सांसदले आफ्नो धारणा राखिसक्नुभएको तथा बाँकी ३० सांसदले बोल्न बाँकी छ । सभामुखका अनुसार हाल ३३ विधेयक छलफलका क्रममा छन् । प्रमुख विषयमा राजनीतिक दलबीच सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले पछिल्ला दिनमा लगातार
More

फागुनमा स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेको छ । स्ववियु निर्वाचन नजिकिँदै गर्दा निर्वाचनलाई सफल बनाउने र निर्वाचनसम्बन्धी केही आचारसहिंताका बारेमा विद्यार्थी सङ्गठनसँग छलफल गरिएको त्रिविका उपकुलपति डा तीर्थ खनियाँले जानकारी गराउनुभयो । “फागुनमा निर्वाचन गर्नेमा विद्यार्थी सङ्गठनमा विवाद देखिएन”,उहाँले भन्नुभयो, “सबै सकारात्मक हुनुहुन्छ । मिलेर निर्वाचन गर्नेमा सहमत हुनुहुन्छ । त्यसैले निर्वाचन हुन्छ ।” उहाँले उमेर हदका बारेमा त्रिवि सभाले निर्णय गर्ने जानकारी गराउनुभयो । निर्वाचनमा २८ वर्ष उमेर हदबन्दीको विषयलाई लिएर विद्यार्थी सङ्गठनबीच विवाद हुँदै आएको छ । आचारसंहितामा निर्वाचन भड्किलो नबनाइने, सभा गर्न नपाइने,
More

यसरी बन्दैंछ बालुवाटारमा एनआरएनको भब्य भवन

काठमाण्डौं । गैरआवासीय नेपाली सँघ (एनआरएनए) को केन्द्रिय कार्यालय भवन निमार्णको काम शुरु भएको छ । करिब ११ करोडको लागतमा निमार्ण हुने सो भवन निमार्णको जिम्मा रविन कन्ट्रक्सन लिमिटेडले लिएको गैरआवासीय नेपाली सँघले जनाएको छ । कम्पनीले पहिलो चरणको काम आगामी अक्टोवर महिना सम्म सक्ने लक्ष लिएको छ । सो भवन निमार्णका लागि विदेशस्थित गैरआवासीय नेपालीहरुले करिब १९ करोड दिने घोषणा गरेता पनि हाल सम्म जम्मा ९ करोड रुपैयाँ मात्र संघको खातामा जम्मा भएको छ । यसअघि संघले १३ करोड रुपैयाँको लगानीमा बालुवाटारमा जग्गा किनेको थियो । तत्तकालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलन्यास गरेको सो भवन निमार्ण कार्य ढिलाइ हुदाँ बिभिन्न
More