Daily Archives November 20, 2016

प्रबासी नेपाली मंच बेलायतले बाह्रौं स्थापना दिवश मनाउने

कुमार के.सी. । प्रबासी नेपाली मंच बेलायतले आगामी डिसेम्बर २० तारिख मंगलबारका दिन यूरो ट्राभलर होटल लण्डनमा एक भब्य समारोह बीच बाह्रौ स्थापना दिवश मनाउने निर्णय गरेको छ । मंचको गत आइतबार लन्डन ह्यारोमा बसेको सातौँ पूर्ण बैठकले उक्त निर्णय गरेको हो । बैठकले मंचको आगामी आर्थिक, सांगठनिक तथा बिबिध कार्यजोजनाहरु निर्माण गरेको छ । मंचका आगामी कार्यक्रमहरु मध्ये आसन्न बाह्रौं स्थापना दिवश भब्य रुपमा मनाउन मंचका अध्यक्ष्य राम शरण सिम्खडाको अध्यक्ष्यता एक आयोजक समिति गठन गरिएको छ । सो आयोजक समितिमा मंचका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, सचिबालय सदस्यहरु, हरेक इलाका कमिटिका अध्यक्ष्य तथा कार्यक्रम आयोजना गरिने नर्थ वेस्ट इलाका कमिटिका
More

ग्याँस पड्किँदा भोजपुर बजारमा भीषण आगलागी

भोजपुर । ग्याँस पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी भएको छ । आज साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्याँस पड्केपछि बजारमा आगो लागेको हो । अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय बासिन्दाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राधा पराजुलीले जानकारी दिनुभयो । भोजपुर नगरपालिकाको एकमात्र वारुण यन्त्रको मद्दतमा आगो निभाउने प्रयास जारी छ । यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयवासी आफैले आगो निभाइरहेका छन् । तर आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट पसल तथा घरमा राखिएका ग्याँस सिलिन्डर पड्किन थालेपछि आगलागी फैलिँदै गएको छ ।
More

शेयर बजार ६६ अंकले गिरावट

काठमाडौं । सेयर बजारमा निकै गिरावट आएको छ । साताको पहिलो दिन बजार खुलेदेखि नै रातो भएको नेप्से पौनै एक बजेसम्म ६६ अंकले आरोलो लागेको छ । गत बिहीबार पनि बजार चालिस अंकले तल ओर्लिएको थियो । बजार खुलेको डेढ घण्टामै ४ प्रतिशतभन्दा बढी अर्थात ६६ अंकले बजार तल ओर्लिएपछि ‘सर्किट ब्रेक’ लागेर कारोबार आधा घण्टाका लागि स्थगित गरियो । चार प्रतिशतभन्दा बढी दरमा बजार ओर्लिन थालेपछि कारोबार स्थगित भएको हो । बिहीबारको ओरालोले अत्तालिएका लगानीकर्ता आजको गिरावटबाट तर्सिएका छन् । अधिकांश कम्पनीले गत वर्षभन्दा बढी नाफा कमाइरहेको पहिलो त्रैमासिक रिपोर्ट दिइरहेको र गत वर्षको कमाइबाट कम्पनीले बोनस र हकप्रदको
More

प्रत्येक सांसदले महिनामा असी हजारभन्दा बढी बुझ्ने

काठमाडौं । व्यवस्थापिका संसदका सदस्यको सेवा–सुविधा दोब्बरले बढाइएको छ । आजको संसद बैठकले संघीय संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक, सुविधा वृद्धि गर्ने विधेयक पारित गरेसँगै सांसदको सेवा–सुविधा बढेको हो । सामान्यतया विधेयकलाई संसदीय समितिमा पठाएर छलफल गरी पास गर्नुपर्नेमा सभामुख ओनसरी घर्तीले प्राथमिकतामा राखेर सीधै संसदको पूर्ण बैठकमा छलफल गराई निर्णयार्थ पेश गरेकी थिइन् । सरकारले प्रस्ताव गरेको विधेयकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले राखेको संशोधन पारित भएको हो । सरकारले विधेयकमा एक दिनको बैठक भत्ता पाँचसय प्रस्ताव गरेकोमा केही सांसद्को आग्रहपछि एकहजार पु-याइएको छ । यसअघि प्रतिसांसदले दुई सय रुपैयाँ बैठक भक्ता पाउथे । मासिकरुपमा पाउँदै आएको ६
More

फास्ट ट्रयाक स्वदेशी पूँजीमै निर्माण गरिने

काठमाडौं । सरकारले निर्वाचनको मिति आफैं घोषणा गर्न पाउनु पर्ने निर्वाचन आयोगको मागप्रति ‘विवाद गर्न जरुरी नरहेको’ स्पष्ट पारेको छ । व्यवस्थापिका संसदअन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा उप–प्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सरकार निर्वाचनको मिति घोषणा गर्ने जिम्मेवारी आयोगलाई नै दिनुपर्छ भन्ने सोचमा रहेको र त्यसमा विवाद गर्न जरुरी नभएको स्पष्ट पारेका हुन् । मन्त्री निधिले आयोगलाई सक्षम बनाउन सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउँदा बैठकमा निम्त्याइएकी निर्वाचन आयुक्त ईला शर्माले अन्तर्राष्ट्रि प्रचलनअनुसार निर्वाचन मिति घोषणाको अधिकार आयोगले नै पाउनुपर्ने माग गरेकी थिइन् । छलफलमा समिति सदस्यहरुले आयोगको निष्पक्षता र प्रभावकारितामा जोड दिएका थिए । उनीहरुले आवधिक निर्वाचन सम्पन्न गर्न
More

महाभियोग प्रस्तावमा छलफल जारी

काठमाडौं । व्यवस्थापिका– संसद्को आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहेको छ । नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवम् व्यवस्थापिका– संसद् नियमावली, २०७३ को नियम १६८ को उपनियम (१) बमोजिम प्रमुख आयुक्तमाथि एक सय ५७ सदस्यले उक्त प्रस्ताव दर्ता गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलमा आज तीन सांसदले मात्र भाग लिनुभयो । सांसद टुकराज सिग्देल, जनकबहादुर बुढा र ममता गिरीले भ्रष्टाचार निवारण गर्न गठित संवैधानिक आयोगको प्रमुख नै विधिको शासनको बर्खिलाफ लागेको भन्दै त्यस्ता व्यक्ति उक्त निकायको प्रमुख हुन नसक्ने भएकाले महाभियोग प्रस्ताव दर्ता गरिएको बताउनुभयो । “यो धर्तीको
More

१,४७२ पत्रकार दुर्घटना बीमामा आबद्ध

काठमाडौं । ‘पत्रकार दुर्घटना बीमा’ कार्यक्रममा अहिलेसम्म एक हजार चार सय ७२ जना सहभागी भएका छन् । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि गत वर्षदेखि बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए । सो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । पत्रकारिताको क्षेत्रमा क्रियाशील रहँदाका बखत कुनै दुर्घटनामा परी चोटपटक लागेको वा अङ्गभङ्ग भएको अवस्थामा औषधोपचारको व्यवस्था गर्न तथा त्यस्तो दुर्घटनाका कारणबाट उनको मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति प्रदान गरी पत्रकारको आर्थिक सुरक्षा तथा पेसागत व्यावसायिकता अभिवृद्धिमा सहयोग पु¥याउन यो कार्यक्रम सुरु गरिएको पत्रकार महासङ्घले जनाएको छ । बीमा कार्यक्रममा
More

हरेक महिना ८० भन्दा बढी बालबालिका यौन दुव्र्यवहारमा

काठमाडौं । आज विश्व बाल अधिकार दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघको आब्हानमा नोम्भेम्बर २० तारिखका दिन विश्व बाल दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व बाल अधिकार दिवस मनाइँदैछ । बालबालिकामाथि बढ्दो दुव्र्यवहारका घटनालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघको महासभाले बालबालिकासम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई दिवसका रुपमा मनाउन थालेको हो । नेपालले पनि महासन्धिलाई सन् उन्नाइस सय नब्बेमा हस्ताक्षर गरेको थियो । नेपालले महासन्धिमा हस्ताक्षर गरेपनि बाल अधिकारको अवस्थामा भने सोचेजस्तो परिवर्तन देखाउन सकेको छैन । संविधानले समेत बालबालिकाको अधिकार सुनिश्चित गरेपनि अझै धेरै बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य छन् । कतिपयले
More

हिन्दू राष्ट्र कायम गराउन भूमिका खेल्ने समझदारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको निवास विशालनगरमा आज बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने जनाएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा सोमबार हुन लागेको दुई पार्टीको एकीकरण तथा घोषणासभाको तयारीका लागि समेत छलफल भएको छ । दुवैै पार्टीबीच संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने तथा नेपाललाई ‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी गरिएको छ । अन्तरिम विधान २०७३ अनुसार दुवै पार्टीका पदाधिकारी तथा नेताको
More

सिटी र टोटनह्याम विजयी

लन्डन । इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले गएराती क्रिष्टल प्यालेसलाई २-१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन दुबै गोल याया टुरेले गरे । यो सिजन सिटीका लागि पहिलो खेल खेलेका टुरेले दुई गोल गरेका हुन् । प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाईटेडलाई ३-२ ले हराएको छ । टोटनह्यामको जितमा ह्यारी केनको दुई तथा ह्यारी विङ्क्सको एक गोल गरे । वेष्ट ह्यामका लागि मिचेल एन्टोनियो र म्यानुअल लान्जिनीले एक–एक गोल फर्काए । प्रिमियर लिग अन्तर्गतकै
More