Daily Archives November 21, 2016

कान्तिपुर टिभीमा बन्द भयो “सुमनसँग”

काठमाण्डौं । बीबीसी नेपाली सेवामा लामो समय काम गरेका पत्रकार सुमन खरेलले कान्तिपुर टिभीमा चलाउने ‘सुमनसँग’ कार्यक्रम बन्द भएको छ । कान्तिपुर टिभी स्रोतका अनुसार गएको बिहीबारकी अतिथि कन्चन शर्मा रेग्मीको विवादीत अन्तरवार्ताले कान्तिपुर टिभीको शाख गिरेको भन्दै संचालक समितिले सो कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार संचालक समितिले खरेललाई मौखिक जानकारी दिए पनि औपचारिक निर्णय भने सार्वजानिक गरेको छैन् । अन्तरवार्ताका क्रममा कन्चनले आफ्नो वेदना पोख्दै छोराहरुले अपहेलना गरेको आरोप लगाएकी थिइन् । उनले रचनाकार रवि प्राञ्जलले यो १५ वर्षअघिे लेखेको गलज आफ्नो भएको दावी गरकी थिइन् । सो अन्तरवार्ता एक पक्षीय भएको भन्दै सामाजिक सञ्जालमा
More

राप्रपा र राप्रपा नेपाल एकीकृत

काठमाडौं । मुलुकको राजनीतिमा अनुभवी र पञ्चायती पृष्ठभूमि बोकेकाहरुका राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज औपचारिक एकीकरण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा र पार्टी एकतासम्बन्धी सम्झौतापत्रमा आजै हस्ताक्षर गर्नुभएको थियो । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने झन्डामा गाई चिह्न अङ्कित छ । पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी पशुपति शम्शेर राणालाई दिइएको छ भने पार्टीको अध्यक्षमा कमल थापा हुनुुहुन्छ । मुलुकमा प्रजातन्त्रको पुनर्बहालीपछि २०४७ साल जेठ १५ गते गठन भएको राप्रपा(थापा) र राप्रपा(चन्द) पार्टी पटक पटक विभाजित र एकीकृत भई
More

पचास हजार घुससहित नासु पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय काठमाडौँका नासु अङ्गुरकुमार सिग्देललाई रु पचास हजार घुसहित कार्यस्थलमा नै पक्राउ गरेको छ । आयोगका प्रवक्ता गणेशराज कार्कीकाअनुसार सेवाग्राहीसँग घुस रकम मागिरहेको प्राप्त सूचनाका आधारमा पुगेको आयोगको टोलीले कार्यालय परिसरबाटै उहाँलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
More

बीबीसीको बर्षका सय महिला सूचीमा दुई नेपाली

बीबीसीले सन् २०१६ का लागि सार्वजनिक गरेको बीबीसी १०० महिला २०१६ को सूचीमा २ नेपाली महिला समावेश भएका छन्। बीबीसीले सोमबार सार्वजनिक गरेको सूचीमा नेपालको तर्फबाट पूर्व कुमारी चनीरा बज्राचार्य र पर्वतारोही लाक्पा शेर्पा परेका हुन्। बीबीसीले २१ वर्षीया पूर्वकुमारी बज्राचार्यलाई पूर्वकुमारीलाई सामान्य जीवनयापनमा जान सहयोग गरेकाले को सूचीमा राखेको जनाएको छ। त्यस्तै ४५ वर्षीया पर्वतारोही शेर्पालाई भने सात पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरण गरेकाले उक्त सूचीमा राखेको जनाएको छ।
More

नेपालको रङ्गमञ्च: विगत र आगत’ लोकार्पण

संस्कृतिविद् एवं नाटककार डा. सत्यमोहन जोशीले काठमाडौंमा ‘नेपालको रङ्गमञ्च ः विगत र आगत’ नामक नाट्यकृतिको विमोचन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘सातौं बृहत पुस्तक प्रदर्शनी’को दोस्रो दिन नाट्यकर्मी कृष्ण शाह यात्रीले लेखेको उक्त पुस्तक बारे बोल्दै डा. जोशीले भने, “यस नाट्यकृतिमा नेपालको रङ्गमञ्चको इतिहासको बृहत अभिलेखन भएको छ । यो पुस्तक सामान्य पाठकदेखि नाट्यकलामा चासो राख्ने अनुसन्धाता, अध्येताहरुका निम्ति पनि ज्यादै उपयोगी बनेको छ” । लोकार्पित पुस्तकबारे समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका नाटक विषयका प्राध्यापक डा. अशोक थापाले भने, “यस पुस्तकले नेपाली रङ्गमञ्चको स्पष्ट र वैज्ञानिक तरिकाले कालक्रम विभाजन गर्नुका साथै कलेज र विश्वविद्यालयमा वर्षौंदेखि अभाव रहेको रङ्गमञ्च
More

नेपाली समुदायमा स्कटिस विन्टर फेस्टिवल

स्कटल्याण्ड । स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर (ओएनसीडब्लू ) को आयोजनामा स्कटिस विन्टर फेस्टिवल कार्यक्रम एबर्डिन सहर मा आयोजना गरिएको छ। कार्यक्रम अन्तर्गत नेपाली सांस्कृतिक कार्यक्रम को साथै चुंगी र क्यारम प्रतियोगिता आयोजना गरिएको थियो। नेपालमा निकै लोकप्रिय भएपनि बिदेशमा पहिलो पटक यस्तो प्रतियोगितमा भाग लिदा सहभागीहरु निकै उत्साहित भएका थिए। १२ जना सहभागी चुंगी प्रतियोगितामा डा बिभु पौड्याल र १७ जना सहभागी क्यारम प्रतियोगितामा अमृत बोहरा प्रथम हुनु भएको थियो। प्रतियोगिता बिजयीहरुलाई जेस्ठ नागरिक श्रीमती सोमा घिमिरेले पुरस्कार प्रदान गर्नु भएको थियो। यस्तै संस्कृतिक कार्यक्रममा चार वर्षदेखि ७६ वर्ष सम्मका सहभागीहरुले प्रस्तुति दिएका थिए। संस्कृतिक
More

लाप्राक नमुना वस्ती बनाउन एनआरएनले पायो स्वीकृति

काठमाडौं । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना वस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बाटो खोलिदिएको छ । यसअघि सरकारले दिएको अनुमतिमा एनआरएनले ‘कार्यबिधिअनुसार’ वस्ती निर्माण गर्नुपर्ने सर्त थियो । जसको अर्थ लाभाग्राहीकै हातमा सरकारले तोकेको तीन लाख रुपैयाँ हस्तान्तरण गर्नुपर्ने थियो । तर, लाप्राकका स्थानीय वासिन्दाले गैरआवासीय नेपाली संघले नै वस्ती बनाइदियोस् भन्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि सरकारले ‘पाइलट प्रोजेक्ट’का रुपमा गैरआवासीय नेपाली संघले नै घर बनाइदिन पाउनेगरी नयाँ निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार अब लाप्राकको नमुना बस्ती निर्माणमा कार्यविधिमा रहेको ३ लाखको सिलिङ लागू हुने छैन । साथै पीडितको खातामा पैसा जम्मा गर्नु
More

एकीकृत पार्टीको नाम राप्रपा

काठमाडौं । पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आज एकीकरण हुदैछ । एकीकरणको लामो प्रयासपछि दुवै पार्टी राजधानीको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच एकता घोषणा गर्न सहमत भएका हुन् । राजासहितको हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपा नेपाल र गणतन्त्र स्वीकार गरिसकेको राप्रपाबीच राजतन्त्रका विषयमा आगामी महाधिवेशनबाट टुंगोमा पुग्ने सहमतिसहित एकिकरण हुन लागेको हो । हिन्दू धर्ममा भने राप्रपा राप्रपा नेपालकै अडानमा सहमत भएको बताइएको छ। एकीकृत पार्टीको नाम राप्रपा हुनेछ भने निर्वाचन चिन्ह गाई प्रस्ताव गरिएको छ । एकीकरणपछि जबरा राष्ट्रिय अध्यक्ष र थापा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता बन्नेछन्
More

प्रधानमन्त्री दाहालद्वारा प्रमुख दलको बैठक आह्वान

काठमाडौं । संबिधान संसोधनका विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख दलको बैठक बोलाएका छन् । साँझ प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा हुने बैठकमा आन्दोलनरत मधेस केन्द्रित दलको माग सम्वोधनका लागि सहमतिको प्रयास हुने बताइएको छ । प्रदेश सीमांकन, नागरिकता, भाषा र राष्ट्रियसभाको प्रतिनिधित्वका विषयमा संविधान संशोधन प्रस्ताव गर्ने तयारी भइरहेका बेला बैठक बोलाइएको हो । मधेस केन्द्रित दलले संबिधान संसोधन प्रस्ताव अघि बढाउन दुई साताको अल्टिमेटम दिएपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी सहित सहमति जुटाउन क्रियाशिलता देखाएका हुन् ।
More

संविधान संशोधनको विपक्षमा एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले औचित्य पुष्टि नहुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारी गरेको भन्दै आपत्ति जनाएको छ । हिजो बसेको एमाले स्थायी समिति बैठकले सरकारमा रहेका र बाहिरका दलले समेत संशोधनको विपक्षमा रहेका बेला सरकारले संशोधन दर्ताको विषयलाई चर्चामा ल्याउनु गम्भीर भएको निष्कर्ष निकालेको हो । एमाले उपाध्यक्ष भीम रावलले संविधान संशोधन गर्नुपर्ने कारण पुष्टि नभइकन गरिने संशोधनको विपक्षमा एमाले रहेको बताउनुभयो । “स्थायी समिति बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे विमर्ष भयो, खासगरी सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने चर्चा चलाएको छ, जुन औचित्यहीन छ, जे जस्ता विषयमा संशोधन गरिँदैछ, त्यो जनताको अहितमा छ,
More