Daily Archives November 23, 2016

रंगशाला बनाउन विदेशमा १० लाख रुपैयाँ संकलन

चितवन । चितवन नगरपालिकामा रङ्गशाला निर्माणका लागि विदेशमा बस्ने चितवनका वासिन्दाले सामाजिक सञ्जालमार्फत आर्थ सङ्कलन अभियान सुरु गरेका छन् । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का केन्द्रीय सदस्य सोमप्रसाद सापकोटाको नेतृत्वमा सामाजिक सञ्जालमार्फत सो अभियान थालिएको हो । यही शनिबारबाट सुरु भएको अभियानमा आजसम्म रु १० लाख सङ्कलन भएको अभियानका अन्तर्राष्ट्रिय संयोजक सापकोटाले जानकारी दिनभयो । उहाँका अनुसार एक महिनासम्म सञ्चालन हुने सो अभियानका लागि विभिन्न देशमा संयोजक समेत तोकिएको छ । सो अभियानका लागि मिडिया संयोजक विष्णु चापागार्इँलाई तोकिएको छ । कतार संयोजकमा प्रकाश अर्याल, युएईमा गणेश न्यौपाने र सुनिल पौडेल, बहराइनमा वेदराज पौडेल, इजरायलमा शान्ता
More

स्वास्थ्य मन्त्री थापाले बनाए विदेश भ्रमणको मापदण्ड

काठमाडौं । कर्मचारी कार्यालयमा भन्दा विदेश भम्रणमा धेरै समय बिताउन थालेको जनगुनासो बढेपछि स्वास्थ्य मन्त्रालयले विदेश भम्रणलाई व्यवस्थित गर्न मापदण्ड बनाएको छ । माथिल्लो पदमा रहेका कर्मचारी वर्षको आधाभन्दा धेरै समय विदेशमा बिताउँदा कार्यालयका महत्वपूर्ण कार्य प्रभावित भएपछि मन्त्रालयले ‘मन्त्रालय र मातहतका कर्मचारी विदेश भम्रण मनोनयन समिति मापदण्ड’ बनाएर मङ्गलबारदेखि लागू गरेको हो । विदेश भम्रणमा जाने विषयमा कुनै मापदण्ड नभएकाले एकै व्यक्ति वर्षमा पाँच पटकभन्दा बढी देश बाहिर जाने, एउटै विषयवस्तुको कार्यक्रममा दोहोरिएर एकै व्यक्ति जाने र तल्लो स्तरका कर्मचारीका नाममा आएको निमन्त्रणामा पनि माथिल्लैस्तरका कर्मचारी मात्र जाने परिपाटीको अन्त्य गर्न मन्त्रालयले मापदण्ड बनाएको मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले जानकारी
More

भारत र पाकिस्तान युद्ध सुरु, दर्जनौं हताहात

नयाँदिल्ली । भारतीय पक्षबाट पाकिस्तानी गाउँहरुलाई लक्षित गरी तोप तथा गोलाबारुदद्ध आक्रमण हुँदा विवादास्पद काश्मिरी क्षेत्रको सीमा क्षेत्रमा एक बसमा लाग्दा बुधबार बसमा यात्रारत कम्तिमा १२ जना सर्वसाधारणको मृत्यु भएको पाकिस्तानी सैनिक तथा अन्य अधिकारीले बताएका छन् । उक्त घटनामा करिब १५ जना अन्य मानिस घाइते भएको जनाइएको छ । यसको केही घण्टापछि पाकिस्तानी सेनाले जवाफी कारबाही चलाएको र दुई देशका सेनाबीच भएको झडपमा एक क्याप्टेनसहित तीन जना पाकिस्तानी सेनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ । झडपमा भारतीय पक्षका सात जवानको पनि मृत्यु भएको पाकिस्तानको दाबी छ । यसको भारतीय पक्षबाट पुष्टि भएको छैन । पाकिस्तानी डेपुटी कमिसनर वाहिद खानका
More

अल्ट्रालाइट जहाज

पोखराको आकासमा उड्दै अल्ट्रालाइट जहाज । अल्ट्रालाइट जहाजमा उडेर पोखरा आसपासका हिमाली तथा पहाडी मनमोहक दृश्यको अवलोकन गर्ने स्वदेशी एवम् विदेशी पर्यटक आकर्षण बृद्धि भएको छ । तस्बिर : वासुदेव पौडेल ।
More

रसियन पाइलट अलेकजेन्डर म्याक्सीमोभको मृत्यु

काठमाडौं । कास्कीको कास्कीकोट लौरुकमा ह्याण्ड ग्लाइडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान एभिया क्लबको नाइन–एन–एल–एल ओपन फ्लाइट जहाज दुर्घटना हुँदा रसियन पाइलट अलेक्जेण्डर म्याक्सिमोभको मृत्यु भएको हो । चापाकोट गाविसको बाम्दीस्थित आफ्नै मैदानबाट तानेर उडाउनेक्रममा ह्याण्ड ग्लाइडर रनवेबाट दुईसय मिटर पर जमिनमा बजारिएको प्रत्यक्षदर्शीले जनाएका हुन् । प्रहरीले भने प्राविधिक समस्याका कारण दुर्घटना भएको हुन सक्ने औल्याएको छ । घाइते क्यानेडियन महिला जिलेनी भोल्करको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचार भइरहेको छ ।
More

बाल्यकालमा केपी ओली कस्ता थिए ?

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली ठ्ट्यौली पारामा गम्भीर कुरा गरिरहेका हुन्छन् । कार्यक्रममा अध्यक्ष ओली बोल्दा उखान टुक्का र हास्य प्रसँग जोड्ने गर्छन्, जस सहभागीलाई मनोरञ्जनसहितको खुराक दिएको हुन्छ । अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला बोलेका कुरा अहिलेसम्म चर्चाको विषय बनेको छ । रमाइलो पारामा प्रस्तुत हुने अध्यक्ष ओली बाल्यकालमा कस्ता थिए धेरैलाई चासो हुनसक्छ । उनी पहाड घरबाट तराई झरेपछि केही समय दमक–१७ मा बसेका थिए । झापामा उनले पहाड घर तेह्रथुमका छिमेकी इङनाम परिवारमा केही समय बिताए । त्यसबेला इङनाम परिवारकी छोरी शिवरुपा इङनाम (आङवोहाङ) सात वर्षकी थिइन् । यो त्यस्तै १८–१९ सालतिरको कुरा हो, शिवरुपाले
More

संविधान संशोधनमा मधेशी मोर्चा विभाजित

काठमाडौं । संविधान संशोधनको विषयलाई लिएर मधेशी मोर्चाभित्रै विवाद सुरु भएको छ । विहीबार बालुवाटारमा मधेशी मोर्चा र सत्तारुढ दलबीच भएको वार्तामा उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम सहभागी भएन । सरकारसँग छलफलमा सहभागी भएका मोर्चाका अन्य दलहरु भने संविधान संशोधनको प्रस्ताव अघि बढाउन सहमत भएका छन् । मोर्चाका केही घटक बालुवाटारमा वार्ता गरिराख्दा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव राजविराजमा थिए । सरकार र मधेस केन्द्रित दल संविधान संशोधन प्रस्ताव ल्याउन सहमत भएका छन् । बालुवाटारमा आज भएको छलफलमा प्रमुख प्रतिपक्षी एमालेसँग छलफल गरी दुई तीन दिन भित्रमा व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव पेस गर्न दुवै पक्ष सहमत भएका
More

पूर्वराजा ज्ञानेन्द्रको रहस्यम चीन भ्रमण

काठमाडौं । अघिल्लो बुधबार सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला कहाँ छन् ? भन्नेबारे सरकार अनभिज्ञ छ । तर प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पूर्वराजा शाह सिंगापुरबाटै गत मंगलबार चीन भ्रमणमा गएको र चिनियाँ सेनासँग कुराकानी गरेको सूचना आफूले पाएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने पूर्वराजा शाह सिंगापुरबाट निस्केको भन्नेसम्मको सूचना आफूले पाएको, तर मलेसिया गएका छन् वा चीन ? भन्ने विषयमा भने आफूले थाहा पाउन नसकेको बताए । प्रधानमन्त्री प्रचण्डले पाएको त्यो सूचना पनि सरकारी संयन्त्रबाट नभएर राप्रपाका एक सांसदबाट पाएको आभास उनले दिएका थिए । पूर्वराजा शाह व्यापारी मात्रै होइन, भ्रमणको सौखिन पनि भएका
More

लालचन्द्रलाई ४५ वर्षदेखि एउटै कुर्सी प्यारो !

बागलुङ । कुनै कृत्रिम रङ्गले होइन, बस्दा–बस्दा कुर्ची टिलिक्क टल्कने भएको छ । चिल्लो, पुतली पनि लर्कलाजस्तो ! ४५ वर्षसम्म लगातार प्रयोगमा आउँदा कुर्ची सायद पातलियो पनि होला, साह्रै हलुङ्गो भएको छ । उसबेला ठोकेका काँटी खुकुलो हुँदा कुर्ची लरखराउँछ पनि । तर उक्त कुर्ची अझै एक पसल मालिकको ‘प्रियवस्तु’मा पर्छ । यतातिरको ज्यादै बलियो मानिने सिर्मुको कुर्ची । ५२ वर्षदेखि पुस्तक पत्रपत्रिका बेच्दै आउनुभएका लालचन्द्र राजभण्डारी बस्ने कुर्ची । बागलुङ नगरपालिका–३ लालीगुँरासस्थित लालचन्द्र–राजेशचन्द्र पुस्तक तथा पत्रपत्रिका पसलमा अहिले पनि त्यही कुर्ची छ, जहाँ ७४ वर्षीय राजभण्डारीका छोरानातिसमेत बस्छन् । आलोपालो गरी पसलमा बस्ने त्यही कुर्चीमा बसेर व्यवसाय सम्हाल्दै आएका
More

संशोधन प्रस्तावमा सहमति जुटाउन पहल गर्ने कांगेस निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन पहल गर्ने भएको छ । प्रमुख तीन दलको बैठकमा संविधान संशोधनको विषयमा सहमति जुट्न नसकेपछि कांग्रेसले सहमतिका लागि एमाले, मधेसकेन्द्रित दल र अन्य दलसँग छलफल गर्ने भएको हो । सिंहदरबारमा कांग्रेस शीर्ष नेताको हिजो बसेको बैठकले संविधान संशोधनको विषयमा सहमति जुटाउन अधिकतम पहल गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शीर्ष बैठकमा एमालेले संविधान संशोधनमा सहयोग नगर्ने स्पष्ट पारेपछि संसोधन प्रस्ताव अन्यौलमा परेको थियो । तर बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले अन्य दलहरुसँग पनि छलफल गरेर छिट्टै संविधान संशोधन
More