Daily Archives 24th November 2016

एनआरएन बेल्जियमले नवनियूक्त राजदूत थापालाई स्वागत गर्ने

लन्डन । गैरआवासीय नेपालीस संघ बेल्जियमले त्यहाँका लागि नवनियुक्त राजदूत लोक बहादुर थापालाई स्वागत गर्ने भएको छ । संघका अध्यक्ष गंगाधार गौतमका अनुसार अगामी आइतवार लुभेन शरहमा एक बिषेश कार्यक्रमका बीच उनको सम्मान गरिन लागिएको हो । एनआरएन बेल्जियमको आयोजनामा ओन्ज हाउसमा आयोजना हुने च्यारीटी कार्यक्रममा राजदूत थापा बिषेश अतिथिको रुपमा उपस्थित रहने छन् । साँझ ७ बजेबाट शुरु हुने सो कार्यक्रममा सहभागी हुन गैरआवासीय नेपाली संघ बेल्जियमले सबै नेपाली समूदायलाई आग्रह गरेको छ । सोही कार्यक्रममा नेपाल ताराले चर्चित गायक दिपक लिम्बु, साईमा श्रेष्ठ , झरना रिजाल, अनजल श्रेष्ठको समूहले आफ्नो प्रस्तुती दिने भएका छन् ।
More

युकेमा लुम्बिनी बुद्ध विहार स्थापनाका लागि च्यारेटी डिनर आयोजना हुने

लन्डन । युकेमा प्रथम बुद्ध विहार निर्माणार्थ एक च्यारेटी डिनर नाईटको आयोजना हुने भएको छ । मगर बुद्ध समाज यु केको बर्षागाठ पुगेको उपलक्ष्यमा यही आउदो ११ डिसेम्बर २०१६ आईतबारको दिन मगर बौद्ध समाज युके द्धारा बेलायतबासी नेपालीहरुको साझा धार्मिक आस्थाको केन्द्र “लुम्बिनी बुद्ध बिहार” निर्माण योजनालाई सफल पार्नका लागी आर्थिक सहयोग संकलन गर्ने उद्देश्य अनुरूप संस्थाको प्रथम बार्षिक उत्सव समारोह तथा च्यारिटी डिनर साँझको आयोजना गर्ने भएको छ । मगर बौद्ध समाज बेलायत बिधिवत रुपमा स्थापना भएको यहि आउने डिसेम्बर महिनाको ६ तारिख पुरा एक बर्ष पुग्दैछ । यहि अबसरमा आगामी ११ डिसेम्बर २०१६ आइतबारका दिन मगर बौद्ध समाज
More

नेपाल हाउस बनाउन लन्डन दूतावासमा छलफल

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको सकृयतामा बेलायतमा निमार्ण हुने नेपाल हाउस बारे नेपाली दूतावास लन्डन र संघ बीच छलफल भएको छ । एनआरएन यूकेको प्रतिनिधिमण्डलले बुधबार लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसंग भेट गरि नेपाल हाउस बारे
छलफल भएको हो । उक्त भेटमा गैरआवासीय नेपाली सँघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले राजदूत समक्ष एनआरएनए यूकेको नेपाल हाउस परियोजना बारे अवगत गराए । राजदूत सुवेदीले एनआरएनए यूकेले ऐतिहासिक कार्य थालनी गर्न लागेकामा खुशी व्यक्त गर्दै दूतावासले नेपाल हाउस प्रोजेक्टका लागि आर्थिक सहयोग सम्भव नभएपनि नौतिक तथा अन्य सहयोग र समर्थन सधैं गर्ने आश्वासन दिएका थिए । उक्त नेपाल हाउसले बेलायत बस्ने नेपाली
More

आफ्नै नेतामाथि धावा बोल्दैछन पूर्वलडाकूहरु

काठमाडौं । अयोग्य र नाबालकको बिल्ला भिराएर २०६६ साल पुस २३ देखि माघ २४ गतेसम्म देशका विभिन्न शिविरहरुबाट जनही २२ हजार रुपियाँका दरले रकम दिएर निकालिएका ४ हजार ८ जना माओवादी लडाकूका प्रतिनिधीले माओवादी मुख्यालय पेरिसडाडामा पटक पटक आन्दोलन गरिसकेका छन् । तिनलाई तत्काल तह लगाउन प्रहरी हस्तक्षेप पनि गरिसकेको छ। ‘हामीले लडिदिएकोमा तपाईहरु कुर्चीमा पुग्नुभयो, चिल्लो कारमा हिड्नुभयो र महलमा बस्नुभयो । हामीले नलडिदिएको भए तपाईहरु बढिमा प्रावि र माविका शिक्षक बन्नु हुन्थ्यो होला । तपाईलाई विश्वले चिन्छ त्यो हामीले बनायौँ तर तपाईलाई त्यस ठाउमा पु-याउनेहरुको माग सम्वोधन गर्ने कि नगर्ने ? कम्रेड नत्र तपाईले नै सिकाउनुभयो बन्दुक उठाउन
More

असन्तुष्टलाई सम्बोधन गरेरै संविधान कार्यन्वयन : प्रम

कपिलाकोट । प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गरिने बताउनुभएको छ । सिन्धुलीको कल्पवृक्ष र कपिलाकोट गाविस जोड्ने पक्की पुलको शाहानमा आज शिलान्यास गर्दै उहाँले मधेसी, जनजाती, थारु, आदिवासीलगायतको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउनु भयो । प्रधानमन्त्रीले संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, पुनःनिर्माणलाई तीव्रताका साथ सम्पन्न, युवालाई रोजगार, किसानलाई पेन्सन, कृषि क्षेत्रमा आधुनिकीकरण लगायतका क्षेत्रमा काम गर्न निरन्तर लागिपरेको बताउनुभयो । नेपालको आर्थिक समृद्धि कृषिमा प्रगति नगरी सम्भव नभएको भन्दै प्रधानमन्त्री दाहालले अब देशका हरेक प्रदेशमा एक कृषि क्याम्पसको अवधारणा आफूले लिएको उल्लेख गर्नु भयो । सिन्धुलीका भूकम्पपीडितले राहत नपाएको गुनासो
More

छोरी बलात्कार गर्नेलाई १८ वर्ष जेल

महेन्द्रनगर । धनुषा जिल्ला अदालतले नाबालिक छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्ष जेल सजायको फैसला सुनाएको छ । पुर्पक्षका लागि विगत एक वर्षदेखि थुनामा रहेका उनलाई न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सो सजाय सुनाएको हो । आरोपीले २०७२ साउनमा घरमै सुतेको अवस्थामा छोरीमाथि बलात्कार गरेका थिए । पीडित बालिकाले महिलाको हकहितमा काम गर्ने संस्था ओरेक नेपालको सहयोगमा आफ्नै बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आमाको मृत्यु भइसकेको ती बालिका ओरेकको संरक्षणमा जनकपुरमा बस्दै आएकी छिन् भने उनकी पाँच वर्षीया बहिनी पछिल्लो एक वर्षदेखि सम्पर्कविहीन छिन् । सो इजलासले बेपत्ता बालिकालाई खोजतलास गरी राज्यलाई जिम्मा लगाउन र पीडित बालिकालाई
More

संशोधनका नाममा चुनावी रोटी नसेकौँ : डा बाबुराम भट्टराई

रुपन्देही । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसंग कुराकानीगर्दै उहाँले भन्नुभयो –‘सहमतिबिना हुने संशोधनले निकास निस्कदैन् ।’ संयोजक भट्टराईले कुनै प्रदेशको सीमा परिवर्तन गर्ने नगर्ने विषय ठूलो नभएको बताउँदै खस, आर्य, आदिवासी, जनजाति, मधेसी लगायत सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्छ भन्नुभयो । कुनै दलका थोरै र धेरै सिट आउने अनुमानका आधारमा संशोधनको नाटक गर्न नहुने बताउँदै उहाँले भन्नुभयो – संशोधनको नाममा चुनावी रोटी सेक्नु हुँदैन् । पूर्व प्रधानमन्त्री समेत रहनुभएका संयोजक भट्टराईले शासकीय स्वरुपमा पनि संशोधन गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मिश्रित व्यवस्थापिका–संसद् हुनुपर्ने
More

भियतनाममा एक करोड बीसलाख सिमकार्ड निष्क्रिय पारिने

हानोई । दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु सरकारले निष्क्रिय पार्ने भएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । भियतनामको सूचना तथा सञ्चार ऐनले ब्यबस्था गरे अनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नु अघि सही नाम, सही ठेगाना, जन्म मिति इत्यादि उल्लेखगरी आफ्नो असली परिचय खुल्ने कुनै पनि आधिकारिक कागज पत्र वा परिचय पत्र वा नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित सरकारी कार्यालय बिधिवत दर्ता गर्नु पर्छ । केही ब्यबसायीले यस्तो नियमलाई वास्ता नगरेर जसलाई पायो उसलाई, नक्कली नाम, ठेगाना र अन्य गलत सूचना भरेर जथाभावी सिमकार्ड बिक्री बितरण गरिरहेको बताइएको छ । यसले
More

एनआरएन अफ्रिका क्षेत्रीय बैठकको तयारी तीब्र

दार ए-सलाम (तान्जनिया)— गैर आवासीय नेपाली संघ (एनआरएनए) को अफ्रिका क्षेत्रीय बैठकको तयारी तान्जानियाको दार-ए-सलाममा तीब्र रुपमा भइरहेको छ। डिसेम्बर २४ र २५ मा हुने सो बैठकमा अफ्रिका महादेशका गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या र समाधानबारे छलफल हुनेछ। अफ्रिका क्षेत्रीय बैठकमा नेपालबाट अफ्रिका ट्रन्जिट भएर हुने मानव तस्करी, दुताबास र कुटनीतिक निकाय नहुँदा नेपाली श्रमिकले भोग्नु परेका समस्या, अफ्रिका राहत कोषको विस्तार लगायतका विषयमा छलफल हुने एनआरएनए आइसीसी कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए। अफ्रिका क्षेत्रीय बैठकमा नेपालबाट अफ्रिका ट्रन्जिट भएर हुने मानव तस्करी, दुताबास र कुटनीतिक निकाय नहुँदा नेपाली श्रमिकले भोग्नु परेका समस्या, अफ्रिका राहत कोषको विस्तार लगायतका विषयमा छलफल हुने
More

बेलायती सेनामा गोर्खा सैनिककाे संख्या २५ प्रतिशतले थपिंदै

बेलायती सेनामा गोर्खाहरुको संख्या केही वर्षभित्र २५ प्रतिशतले बढाइने भएको छ । बेलायती सेनाका उच्च अधिकृत लेफ्टिनेन्ट जनरल जेम्स बसलले केही अघि ब्रिगेड अफ गोर्खाज् युनिट बढाइने जानकारी दिएका हुन् । हाल वर्षेनी २४० जना गोर्खा नेपालबाट छनोट गरेर ल्याउने गरिएकामा यो संख्या अब २५ प्रतिशतले बढ्ने भएको हो । बेलायती सेनामा हाल करिब २५ सय गोर्खा सेवारत छन् । इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याट्रिकमा ९ महिने कडा प्रशिक्षण समापनका बेला आयोजित समारोहमा बसलले बेलायती रक्षा मन्त्रालय (एमओडी) ले गोर्खा संख्या बढाउन लागेको घोषणा गरेका हुन् । नेपालमा हजारौं प्रतिस्पर्धीमध्येबाट छनोट भएर तालिम लिई उत्तिर्ण २३२ गोर्खा, तिनका परिवार र बेलायती
More

थ्रेसहोल्डप्रति साना पार्टी सशंकित

काठमाडौं । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका साना २५ दलले आफूहरुलाई बेवास्ता गर्दै नयाँ कानुन बनाउन सरकार लागेकाले त्यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान पुगेका साना ती दलका नेताले सङ्घीय प्रणालीमा दलका नेतालाई दिइने सुविधा कटौली तथा पद सीमा (थ्रेस होल्ड)का नाममा ठूला र साना दलबीच फरक फरक व्यवस्था गर्न लागिएको भन्दै ज्ञापनपत्र बुझाएका हुन् । उहाँहरुले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ र सङ्घीय संसद्को पदाधिकारी एवम् सदस्यको सुविधा र पारिश्रमिक सम्बन्धमा बनेको विधेयक, २०७३ का विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफलमा
More

बिरगञ्जमा पाँच दिने बृहत योग शिविर शुरु

वीरगन्ज । बिरगञ्जको आदर्शनगरस्थित रंगशालामा आजवाट बृहत योग शिविर शुरु भएको छ । योग शिविरको राष्ट्रपति विद्यादेवि भण्डारीले एक समारोहबीच उदघाटन गरिन । भारतका प्रख्यात योगगुरु वावा रामदेवको प्रमुख आतिथ्यतामा भएको योग शिविरमा बालकदेखि बृद्धसम्म सहभागि भएका छन् । शिविरको उदघाटन गदै राष्ट्रपति भण्डारी मानसिक तथा शारिरिक आरोग्यताका लागि योग महत्वपूर्ण माध्यम भएको बताइन । कार्यक्रममा योेग गुरु रामदेबले राष्ट्रपति विद्या भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । योग शिविर पाँचदिनसम्म सञ्चालन हुनेछ । योगवाट बिभिन्न रोग निको हुने बिश्वासका साथ हजारौं स्थानीय सहभागि भएका थिए ।। रामदेवले आजै बाराको प्रसौनीमा रहेको पतञ्जली आयूर्वेद प्रालिको उद्घाटन गर्ने कार्यक्रम छ ।
More

मिर्गाैला रोगी सुशीलाको उपचारमा सहयोग

बेनी । मिर्गाैला रोगबाट ग्रसित म्याग्दी कुहुँकी सुशीला राम्जालीको उपचारका लागि राम्जालीका सहपाठी र कोरियामा रहेका म्याग्देलीले १२ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कोरियाका अध्यक्ष लोकबहादुर बानियाँ ‘आलोक’को संयोजकत्वमा सञ्चालन भएको अभियान तथा कोरियामा रहेका विभिन्न सङ्घसंस्थामार्फत उनलाई १० लाख सात हजार नौसय रुपैयाँ सहयोग गरिएको हो । त्यसैगरी, राम्जालीका सहपाठी प्रकाश माविका पूर्वविद्यार्थीले रु एक लाख ९५ हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । प्रकाश माविकी पूर्वविद्यार्थीसमेत रहेकी राम्जालीलाई बुधबार एक कार्यक्रमबीच पूर्वविद्यार्थी प्रमोद श्रेष्ठ, रश्मी गौचन र महेश श्रेष्ठले एक लाख ९५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । दुवै मिर्गाैलामा
More

कक्षा १ मा एकजना विद्यार्थी !

पाल्पा । पाल्पा जिल्ला छहरा–५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ । छहरा–५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन सक्दैन र कक्षाकोठामा शिक्षक–शिक्षिका पनि पढाउन प्रवेश गर्दैनन् । यस प्राविमा कक्षा १ मा प्रमिसा विक नै एकमात्र निर्णायक विद्यार्थी हुन् । यस प्राविमा कक्षा १ देखि ५ सम्म ३१ जना विद्यार्थी नियमित उपस्थित हुन्छन् । “प्रमिसा विद्यालय नआउँदा कहिलेकाहीँ कक्षाकोठा नै शून्य हुन्छ,” शिक्षक पारसमणि पोखरेलले भन्नुभयो– “बिरामी हँुदा र आमासँग माउल जाँदा कक्षा शून्य हुन्छ ।” कक्षा १
More

योग शिविर उद्घाटन

वीरगन्जको आदर्शनगर रङ्गशालामा विहिबार अयोजित योग विज्ञान शिविर २०७३को उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी । शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ तन, स्वास्थ मनले नै स्वास्थ समाजको निर्माण हुने विचार व्यक्त गर्नुभएको छ । तस्विर : बिजयकुमार महतो
More

थुनामा रहेकी महिलाले बन्दीगृहमै छोरी जन्माइन्

लिबाङ । सात वर्षीया छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी एक महिलाले आज छोरी जन्माएकी छिन् । खुमेल–५ रोल्पाकी २९ वर्षीया धना बुढाथोकीले बन्दीगृहमै आज बिहान छोरी जन्माएको प्रहरी सहायक निरीक्षक कुलबबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज २५ गते दशैँको टीकाको दिनमा आफैँले जन्माएको सात वर्षीया छोरीलाई लाठीले हिर्काएर हत्या गरेको अभियोगमा उनी पूर्पक्षका लागि थुनामा छिन् । बन्दीगृहमै सुत्केरी भएकी बुढाथोकी र उनको बच्चाको अवस्था सामान्य रहेको छ । कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मीले भन्नुभयो “हामीले सुत्केरीलाई १० मीटर कोरा कपडा, यौटा साधा साडी, सुत्केरी अवधिभरका लागि रु एक हजार, प्रत्येक दिन ७००
More