Daily Archives 26th November 2016

के विदेशमा श्रम गर्ने सबै गुलाम हुन् ?

आजभोलि प्रवासमा बस्ने नेपालीहरुलाई लक्षित गरेर सोसल मिडियादेखि राजनीतिक वृत्तमा अनेकथरी नकारात्मक टिप्पणीहरू हुने गरेका छन् । विदेशमा श्रम गर्नुलाई गुलामीका रूपमा केहीले व्याख्या गरेको हामी भेट्छौं । हामी नेपालीहरु धेरै पहिलेदेखि देशबाहिर काम गर्दै आएका छौं! हामीमात्र होइन, अन्य देशका मानिस पनि आफूलाई जता बढी र आकर्षक अवसर प्राप्त हुन्छ उतै काम गर्दै आएका छन् । यो नयाँ चलन होइन, युगौं देखि चल्दै आएको चलन हो ! अरबलाई अरबकै अल्छी मानिसले अहिलेको स्वर्ग बनाएका होइनन्, धन त त्यो देशको हो, तेल बेचेर आएको तर शिप सबै विदेशीको हो ! व्यापारका अतिरिक्त मानिस आफ्नो देश बाहिर कुनै शिप लिएर जान्छ
More

नेपाल हाउसका लागि १ लाख पाउण्डमा जग्गा किन्ने एनआरएन यूकेको तयारी

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेले नेपाल हाउस निमार्णको प्रकृयालाई तिब्र पारेको छ । सँघको सकृयतामा बेलायतमा निमार्ण हुने नेपाल हाउसका लागि वकिङ काउन्सिल अन्र्तगत पर्ने करिब १ लाख पाउण्डको लगानीमा जग्गा खरिद गर्ने बारेमा छलफलभै रहेको एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङले जनाए । अहिले हामी प्रराम्भिक चरणको छलफलमा छौं तर यही जग्गा किन्ने भन्ने पक्का भएको छैन् गुरुङले भने । उनले वकिंग काउन्सिलसंग पलानिङ प्रमिशनका लागि आग्रह गरिने जानकारी दिए । यसै बीच गैरआवासीय नेपाली सँघ यूकेले जग्गा खरिद प्रकृयाका बिषयमा बिभिन्न संघसँस्थाहरुसँग राय मागेको छ । शनिवार फार्नवरोस्थित गोर्खाप्यालेस रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा यहाँस्थित बिभिन्न सामाजिक संघसँस्थाका प्रतिनिधीहरुसंग
More

सहारा यूकेको च्यारिटी भव्य (फोटो/भिडियो फिचर)

लन्डन । सहारा यूकेले शनिवार सांझ एक च्यारिटी कार्यक्रम गरेको छ । अल्डरसटस्थित एम्पाएर हलमामा आयोजित उक्त च्यारिटी कार्यक्रममा बेलायतस्थित नेपाली सँघसंस्थाहरुको उल्लेख्य उपस्थिती रह्यो । सो कार्यक्रमबाट उठेको सहयोग रकम नेपालमा भूकम्प पछि भत्किएका विद्यालयको पुर्नरनिमार्णका लागि खर्चिने वताएको छ । संस्थाका अध्यक्ष दिलिप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वेलायतका लागि नवनियुक्त राजदूत डा दुर्गा बहादुर सुवेदी थिए । कार्यक्रममा गैरआवासीय नेपाली सँघ युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, महेश गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
More

पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य सर्वसम्मत

लन्डन । पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य सर्वसम्मत भएका छन् । समाजको शनिवार अल्डरशटमा सम्पन्न पांचौ अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ ११ सदस्सीय कार्यसमितिको चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा एक बहादुर पुन, संजिव गुरुङ, महासचिवमा भरत पौडेल, सचिवमा बिनोद पुरी र कोषाध्यक्षमा नेत्र आलेमगर चयन गरेको छ । कार्यसमितिका अन्य सदस्यहरुमा गम बहादुर र्गबुजा, भिम पुर्जा, अंग र्गबुजा, मेख तिलिजा, गंगा र्खोजा, बासुदेब पौडेल चयन भए । बांकी सदस्यहरुको टुंग्गो पदाधिकारी बैठकले लगाउने भएको छ । अधिवेशनको उद्धघाटन अध्यक्ष नरजङ गुरुङ र संस्थापक हितकाज काजी गुरुङले सँयुक्त रुपमा गरेका थिए । अधिवेशनमा गैरआवासीय नेपाली सँघका यूरोप सँयोजक कुल
More

एक्सेस अब ए–स्टार फाइनान्सियल सोलुसन्स्को नामबाट सञ्चालन हुने

लन्डन । नेपाली व्यवसायीले सन् २०१२ देखि सञ्चालन गरिरहेको लन्डनस्थित एक्सेस फाइनान्सियल सर्भिसेस यूकेको नाम बेलायतकै अन्य दुई कम्पनीले दावी गरेका छन् । बेलायतका एक्सेस र एक्सेस इन्सुरेन्स नामका कम्पनीहरुले नेपालीको कम्पनीमाथि आंखा लगाउदै आर्थिक दावी गरेका थिए । बेलायतमा नेपालीले सञ्चालन गरेको कम्पनीलाई अरु कम्पनीले दावी गरेको सम्भवतः यो पहिलो घट्ना हो । सेवा तथा सम्पर्क कार्यालय विस्तारका साथै एक्सेस फाइनान्सियल सर्भिसेस यूकेलाई दरिलो बनाउन इन्टेलेक्चूअल प्रपर्टी अफिसमा आफ्नै टे«डमार्क दर्ता गराउन लागि परिरहेका बेला दुई कम्पनीले दावी विरोध सहित अब्जेक्सन दर्ता गरेका हुन् । नाम दावी भएपछि एक्सेस फाइनान्सियल सर्भिसेस यूकेले आफ्नो नयां नाम ए स्टार फाइनान्सियल सोलुसन्स्
More

महिला एसिया कपमा नेपालको फराकिलो हार

काठमाडौं । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको छ । बैंककस्थित एसिया इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ४७ रन मात्र बनायो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले ११ रनको योगदान दिइन । अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् । अठचालिस रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १० ओभरमा एक विकेट गुमाउँदै पुरा ग¥यो । नेपालले अर्को खेल सोमबार श्रीलङ्कासँग खेल्नेछ ।
More

छात्रा छनोट प्रतियोगिता

सिजन मिडियाद्वारा आयोजित मिस ईकलेज २०१६ को प्रतियोगितामा पहिलो छनोट प्रक्रियामा सहभागी हुँदै कलेजकी छात्रा । तस्बिर : प्रदीपराज वन्त
More

संशोधनमा सहमति जुटाउन पहल गर्ने माओवादी निर्णय

काठमाडौं । संविधान संशोधन प्रक्रियामा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र)ले विशेष पहल गर्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले असन्तुष्ट पक्षलाई सहमति र सहकार्यमा ल्याउन पनि संशोधन जरुरी परेको भन्दै त्यसका लागि सबै पक्षसँग सार्थक संवाद र पहल गर्ने निर्णय गरेको हो । बैठकमा पछिल्ला दिनमा प्रमुख दलका बीचमा भएका द्विपक्षीय तथा बहुपक्षीय छलफलमा भएका प्रगति एवम् संविधान संशोधन प्रक्रियामा दलहरुबीच भइरहेको संवाद तथा सहमतिका विषयमा प्रधानमन्त्रीले जानकारी गराउनुभएको थियो । पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार सबै पक्षसँग सहमति खोज्ने र त्यसका लागि पार्टीले सार्थक पहल गर्ने निर्णय भएको
More

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

सिड्नी । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीको वृहत सहभागितामा गैरआवाशीय नेपाली सङघ (एनआरएनए) अष्टेलिया र अष्टेलियास्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल महोत्सव(फेस्टिवल)को आज उद्घाटन गर्नुभयो । सिड्नीको पर्यटकीयस्थल डार्बिड. हार्बिनमा आयोजित सो महोत्सवमा अष्टेलियामा बसोवास गर्दै आएका नेपालीको सहभागिता छ । महोत्सवमा नेपालको कला संस्कृति, मौलिकता र परम्परा झल्कने कार्यक्रम प्रस्तुत गरिएको छ । त्यस अवसरमा मन्त्री डा महतले नेपालमा विकासका ठुलो सम्भावना रहेको भन्दै ती सम्भावनाको पहिचान गरी नेपाल निर्माण गर्ने अभियानमा लगानी गर्न यहाँ रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाइँहरुलाई अष्ट्रेलियासम्म आउने र यो पहिचान बनाउने अवसर आफ्नै मातृभूमिले दिएको हो ।
More

क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर कास्ट्रोको निधन

क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको खवर उहाँका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्नुहुदै भन्नुभयो, “क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भयो । खबरले विश्वका कम्यूनिष्ट विचार मनपराउने करोडौं मानिसलाई दुखी मात्र तुल्याएन उहाँको अनुपस्थितिमा उहाँले उठाएका मुद्दाहरु कसरी अघि बढनेछन् भनी चिन्तित बनाउने पक्कै छ । फिडेल कास्ट्रो संसारका श्रमजीवी जनताका मित्र, साम्राज्यबाद बिरुद्धको विश्व आन्दोलनका नायक रहेर बिसौं शताब्दीमा कुनै न कुनै रुपमा चर्चाको शिखरमा रहेर दक्षिण अमेरिकी
More

जर्मनिबाट पानी अभियानलाई रु ३१ हजार सहयोग

काठमाडौं । नेपाली स्सरकारी कर्मचारीहरु अब सोच्ने बेला आएको छ । नेपाली नेताहरु सधै कुर्सीका पाहुना भयौ । नेता र कर्मचारीले राम्रोसित काम गर्ने हो भने बिश्वको जलश्रोतको धनी देश पानीको लागि तड्पिनु पर्ने थिएन । पानी भएको देशमा जनताले पानी नपाउनु भ्रष्टाचारले गर्दा हो । अत प्रवासबाट मित्रलाल पार्देले संचालन गर्नु भएको पानी अभियानको नारा पूरा होस् भन्ने कामना गर्दै युगले जित्ने समग्र दुनियाँले जित्ने पानी अभियानलाई हामी सबैले साथ दिनुपर्छ भन्दै इटहरी सुनसरीका हाल जर्मनीबाट निलब बरालले रु ३१ हजार सहयोग गर्नु भएको छ । उक्त रकम पोल्यान्ड बस्ने पानी अभियानकर्ताको हातमै आफ्ना सहयोगी मार्फत पठाउनु भएको हो
More

मापसे उजुरी धेरै

रोल्पा । जिल्लामा हुने लैङ्गिक हिंसाका उजुरीमध्ये अधिकांश मिला पत्रमै टुङ्गिने गरेको देखिएको छ । चालु आवको कात्तिक मसान्तसम्म दर्ता भएका ४८ लैङ्गिक हिंसाका उजुरीमध्ये ४१ उजुरी मिलापत्रमै टुङ्गिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । दर्ता भएका लैङ्गिक हिंसाका उजुरीमध्ये निवेदन दिएर सम्पर्कमा नआएका, पीडक फरार रहेका तथा निवेदन दिएर गाउँमै मिलापत्र गरेका सात निवेदनमात्रै किनारा लाग्न बाँकी रहेको महिला सेलका प्रहरी जवान रीता चौधरीले बताउनुभयो । लैङ्गिक हिंसाका निवेदनमध्ये अधिकांश मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने तथा गालीगलोज रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सदरमुकाम लिवाङ आसपासका धवाङ, खुमेल, कोटगाउँ
More

स्कुले कर्मचारीको तलब रु दुई हजार

काठमाडौं । के एउटा नागरिकले मासिक रु दुई हजारको तलबबाट जीवन गुजारा गर्न सक्छ ? ‘नन टिचिङ’ कर्मचारीका रुपमा परिचित सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले यो विडम्बना भोग्नुपरिरहेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशका विभिन्न जिल्लामा ३३ हजारको सङ्ख्यामा कार्यरत कर्मचारी तथा सहयोगीको तलब स्केल ऐनमा व्यवस्था भएभन्दा निकै थोरै भएको र सेवासुविधा पनि उपलब्ध नगराइएको गुनासो गरिएको छ । उनीहरुले कार्यालय सहयोगीलाई मासिक रु दुई हजारदेखि बढीमा सात हजार ५०० मात्र दिने गरिएको तथा लेखापाललाई रु ११ हजार ५०० तलब तोकिएकामा आफूहरुलाई मात्र विभेदमा पारिएको बताउनुभयो । सङ्गठनका अध्यक्ष शङ्करप्रसाद ढकालले निजामती कर्मचारी वा
More

संशोधन प्रस्ताव दर्ता गरे एमालेले सडक र सदनमा सशक्त प्रतिवाद गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो असहमतिका बाबजुद जबर्जस्ती संविधान संशोधन प्रस्ताव दर्ता गरिए सदन र सडक दुवैतिर सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । सरकारले सीमांकन र नागरिकतासहित चार विषयमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला एमाले स्थायी समितिले ‘सशक्त प्रतिवाद’ गर्ने विशेष निर्णय गरेको हो । अध्यक्ष केपी ओलीको निवास बालकोटमा शुक्रबार बसेको बैठकले संशोधनको तयारीविरुद्ध जनमत स्वतस्फूर्त विपक्षमा देखिएको निष्कर्ष निकाल्दै सदन, सडक सबैतिर आन्दोलन चर्काउने निर्णय गरेको हो । ‘औचित्यहीन संशोधनविरुद्ध स्वस्फुर्त जनमत सिर्जना हुँदै गएकाले बैठकले आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ,’ बैठकपछि सचिव योगेश भट्टराईले भने, ‘त्यसका लागि सबै राजनीतिक
More

पैसा फल्ने भ्रमले युवा ठगिँदै

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा युरोप, अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने नाममा ठगिने युवाको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगारमा जान ‘हतार’ गर्दा युवा ठगिने गरेका छन् ।ती देशमा आकर्षक तलब सुविधाका साथै काम गर्न सजिलो हुने भएकाले दलालले विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेका हुन् । विशेषगरी उपत्यका बाहिरका ग्रामीण वस्तीबाट सहर पस्ने युवा बढी ठगिने गरेको प्रहरीको कारबाही अध्ययनले देखाएको छ । ‘गाँउबाट आएका सोझासिधा युवा विदेशमा रुखमा पात फलेझै पैसा सजिलै फल्छ भन्ने भ्रम पालेर आएका हुन्छन्’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल भन्छन्, ‘यही भ्रमले उनीहरूलाई ठगिन बाध्य बनाउछ । ऋण गरेर ल्याएको पैसा दलालको
More