Monthly Archives December 2016

संशोधन प्रस्ताव अघि बढाएर निर्वाचनमा जाने सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच व्यवस्थापिका– संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्ताव अघि बढाउने तथा स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनमा जाने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उहाँहरुबीच भएको भेटवार्तामा सरकारले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन सम्बन्धी प्रस्ताव अघि बढाउने र मधेसी मोर्चाले निर्वाचनको वातावरण बनाउने सहमति भएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सरकारको तर्फबाट सो अवसरमा संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव अघि बढाएर निर्वाचन सम्बन्धी कार्यतालिका निश्चित गर्न समझदारी आवश्यक रहेको विषय प्रस्तुत गरिएको थियो । नेता कर्णका अनुसार भेटवार्तामा प्रधानमन्त्री
More

अधिकांश गाउँ युवाविहीन

डोटी । जिल्लाका अधिकांश गाउँ युवाविहीन छन् । खेतीपाती लगाउने काम सकिएपछि रोजगारीका सिलसिलामा धेरै युवा भारत प्रस्थान गरेका छन् । हिउँदमा तीन महिना फाल्तु बस्नुपर्ने र गाउँमा कुनै पनि रोजगारी नभएका कारण यहाँका धेरै युवा भारत जाने गरेका छन् । उनीहरु भारतमा बसेर तीन चार महिना कमाउने र पुनःखेती भित्र्याउनका निम्ति घर फर्कने गरेका छन् । अधिकांश युवा वैशाख महिनामा फर्किन्छन् भने कतिपय दसैँमा फर्कने गरेका छन् । डोटीको चवरा चौतारा गाविसका करिब ३५ जना युवा एकै साथ भारत जान भनी दिपायल बसपार्कमा भेटिए । सो गाविसका गौरी गडसिलाले भन्नुभयो, “हामीहरुलाई भारत जान रहर होइन, यहाँ रोजगारी पाइँदैन के
More

उत्तर प्रदेशका मुख्यमन्त्री पार्टीबाट आउट

कानपुर । भारत उत्तर प्रदेशका मूख्यमन्त्री अखिलेश यादवलाई उनका बुवा मुलायमसिंह यादवले ६ वर्षका लागि पार्टीबाट निष्काशन गरेका छन् । समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंहले छोरा अखिलेश र भतिजा राम गोपाललाई पार्टी सिध्याउने खेलमा लागेको आरोप लगाउँदै पार्टीबाट निकालेका हुन् । अखिलेशको ठाउँमा पार्टीले अब नयाँ मूख्यमन्त्री चयन गर्ने मुलायमले बताएका छन् । मुलायमसिंहले भतिजा रामगोपाल उत्तर प्रदेश विधान सभा चुनाव अगाडि पार्टीलाई कमजोर पार्ने काममा लागेको र अखिलेशले पनि उनलाई समर्थन गरेकाले उनीहरुलाई पार्टीबाट निकाल्नु परेको बताएका छन् । रामगोपालले आगामी विधान सभा चुनावमा पार्टीका उम्मेद्वार चयन गर्न जनवरी १ तारिखमा पार्टीको राष्ट्रिय सम्मेलन बोलाएपछि क्रूद्ध भएका मुलायमसिंहले दुबैलाई कार्वाही
More

करेन्ट लागेर दुई जनाको मृत्यु

इलाम । करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । भीमदत्तनगर–नुहाउनका लागि पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर शुक्रबार कञ्चनपुर, भीमदत्त नगरपालिका–८ मटेनाका ६३ वर्षीय धर्मानन्द पन्तको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तार जोड्ने क्रममा पन्तलाई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बम नेतृत्वको
More

नेपाली टोपी दिवस मनाउन आग्रह

काठमाडौं । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले बताउनुभयो । शताब्दीऔँदेखि भइरहेको विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ ।
More

यी हुन नेपाली ज्याकी च्यान !

लन्डन । ज्याकि च्यान एक अभिनेता, ऐक्शन कोरियोग्राफर, चलचित्र(निर्माता, हास्य- अभिनेता, निर्माता, मार्शल आर्टिस्ट, पटकथा-लेखक, उद्यमी, गायक र स्टंट कलाकार जस्ता बहुप्रतिभाशाली खुबी भएको व्यक्तित्व हुन् । ज्याकि च्यानले १९६० ताका आफ्नो अभिनय यात्रा सुरु गरी हाल करिब १५० वटा चलचित्रमा अभिनय गरीसकेका छन् । ज्याकि च्यान विश्वचर्चित कलाकार मध्यका एक हुन् । धेरै चाइनिजहरु आफ्नो फेस ज्याकी च्यानको जस्तो भएको दावी गर्छन् । उनीहरु तिमी कस्तो छौ भन्दा ज्याकी च्यान जस्तो भन्न रुचाउछन् । यस्तै च्यानको जस्तै फेस मिल्ले नेपाली बेलायतमा भेटिएका छन् । भिन्न पेशामा रहे पनि उनका साथीभाईहरुले बेलाबेलामा ज्याकी च्यान भन्दै जिस्काउने गर्छन् । उनी लन्डनस्थित
More

संशोधन विधेयक पेस गर्ने कुरामा काँग्रेस मोर्चा एकमत

काठमाडौं । नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन विधेयक संसद्मा पेस गर्ने कुरामा एकमत भएका छन् । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको काँग्रेस र मोर्चाबीचको बैठकमा सो सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका नेता गोपालमान श्रेष्ठले अब बस्ने व्यवस्थापिका–संसद्को बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन ऐन प्रस्तुत गरिने जानकारी दिँदै नेकपा (एमाले)सँग सो विषयमा छलफल गरिने तर संसद् अवरोध भए पनि विधेयक पेस गर्ने कुरा नरोकिने स्पष्ट पार्नुभयो । मधेसी जनाधिकार फोरम नेपाल (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले काँग्रेसको सहमतिमा सरकारले संशोधन प्रस्ताव दर्ता गरेकाले पेस गर्ने कुरामा आफूहरुले पूर्ण रुपमा सहयोग गर्ने
More

लण्डन दूतावासले नेपालीको विवरण संकलन गर्दै

लण्डन— लण्डनस्थित नेपाली दूतावासले वेलायत सहित चार मुलुकमा बसोबास गर्दै आएका नेपालीको विवरण संकलनको काम सुरु गरेको छ। लण्डन राजदूतावासको कार्यक्षेत्र तोकिएका वेलायत, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो। संयुक्त अधिराज्य, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो। १ जनवरी २०१७ देखि संकलन कार्य थालिने भएको दूतावासले जनाएको छ। त्यसका लागि फारम भरेर बुझाउन दूतावासले अफ्नो वेब ठेगाना nepembassy.org.uk मा फारमको नमुना राखिदिएको छ। माथि उल्लिखित मुलुकमा बसोबास गर्दै आएका गैरआवासीय नेपालीले आफ्नो र परिवारको छुट्टा छुट्टै फारम भर्नु पर्नेछ। यसरी भरिएको फारम इमेल registration@nepembassy.org.uk वा फ्याक्स
More

बेलायत कांग्रेस स्वतः बिघटन

लन्डन । बेलायतस्थित नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति यूके स्वतः विघटनको संघारमा पुगेको छ । ३ बर्षअघि लोक गुरुङको नेतृत्वमा चयन भएको कार्यसमितिको म्याद माउ पाटी नेपाली कांग्रेसले नथपेपछि स्वतः विघटनको संघारमा पुगेको हो । यद्यपि विघटन भएको औपचारिक घोषणा पार्टीले गरेको छैन । तर, महामन्त्री शिव तिमल्सिनाका अनुसार समितिको म्याद १५ डिसेम्बरमा सकिएपछि पार्टी कार्यालयले अर्को परिपत्र गरेको छैन् । निर्वाचित कार्यसमितिको बैधानिक मिति सकिएपछि पार्टीले डिसेम्बर १५ सम्म लोक गुरुङ नेतृत्व कार्यसमितिको म्याद थपेको थियो । गुरुङ नेतृत्वले अर्को अधिवेशन गर्न चासो नदेखाएपछि अब वैधानिकता रहेन तिमल्सिनाले भने, ‘अब पार्टी कार्यालयको निर्देशन बमोजिम समिति अगाडी बढ्छ
More

टुडिखेलमा तमु ल्होछार

गुरुङ समुदायकी एक युवती परम्परागत भेषभूषामा । शुक्रबार राजधानीको टुडिखेलमा तमु ल्होछार मनाउन झाँकीसहित उनी प्रस्तुत हुँदाको अवस्था । विविध कार्यक्रम गरेर तमु ल्होछार शुक्रबार मनाइयो ।
More

राष्ट्र जोगाउने चिन्ता काँग्रेसलाई : वरिष्ठ नेता पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राष्ट्र जोगाउने चिन्ता काँग्रेसमाथि आइपरेको बताउनुभएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय भेला एवम् अधिवेशनको आज यहाँ उद्घाटन गर्दै राष्ट्र र लोकतन्त्रप्रति नंै षड्यन्त्र भइरहेकाले यी दुबैको अस्तित्व जोगाउने जिम्मा काँग्रेसको काँधमा आएको छ भन्नुभयो । वरिष्ठ नेता पौडेलले वामपन्थी र दरवारीयाहरुले धेरै भ्रम फिजाए पनि नेपाली काँग्रेस भने राष्ट्रियता र प्रजातन्त्रको आदर्शमा अटुट रुपमा अघि बढेको विचार व्यक्त गर्दै असल चरित्र, संस्कार र धर्मको बाटोमा अघि बढे काँग्रेसलाई कहिल्यै पनि कसैले पराजित गर्न नसक्ने दृढता व्यक्त गर्नुभयो । मधेसवादी दलहरुको असन्तुष्टीलाई मिलाएर लैजाने चिन्ता पनि काँग्रेसमा
More

विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला

वेईजिङ । चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवै भन्दा अग्लो पुल खुल्ला गरिएको छ । दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका छन् । “यी दुई ठाँउमा आवतजावत गर्नु पर्नेहरुकालागि यो पुल निकै उपयोगी भएको छ,” एक चालकले भने । यस पुलले यसअघिको सवै भन्दा अग्लो पुलमा रुपमा रहेको सि डु रिभर व्रिजलाई पनि उछिनेको छ । विश्वका अग्ला पुलहरु
More

सरसर्ती संसारका लेखक जीवा लामिछाने लन्डन आउने

लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका 
प्रमुख संरक्षक जीवा लामिछाने आफ्नो नयां कृति ‘सरसर्ती संसार’ को बेलायत बिमोचनका लागि लन्डन आउने भएका छन् । लामिछानेद्धारा लिखित सरसर्ती संसार बेलायत विमोचन आगामी जनवरी ८ तारिख आइतबार लन्डनमा हुने विशेष कार्यक्रममा भाग लिन लामिछाने बेलायत आउन लागेको नेपालब्रिटेन डट कममा अध्यक्ष चिरन्जीवी ढकालले जनाए । इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा हुने उक्त लोकार्पण समारोहमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित बेलायतका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, सञ्चारकर्मी लगायत उपस्थित हुने बताएको छ । सो कार्यक्रमको संयोजन बेलायतबाट संचालिन अनलाइन समाचार प्रोटल नेपालब्रिटेन डट कमले गर्ने भएको छ । उक्त दिन
More

सद्दाम हुसेनको महल हेर्न चाहनुहुन्छ ? फोटो फिचर

बसरामा सद्दाम हुसेनको एउटा महललाई अहिले म्युजियम बनाइएको छ । त्यहाँ इराकको ऐतिहासिक र बहुमूल्य वस्तुहरु राखिएको छ । गत साता मात्र यो महलमा राखिएको ऐतिहासिक धरोहर हेर्नका लागि सयौं मानिसहरु त्यहाँ पुगेका थिए । बसराको महललाई म्युजियम बनाउने काम अहिले पूरा भइसकेको छैन । यद्यपि सर्वसाधारणका लागि ग्यालेरी भने खुला राखिएको छ । बसराको महललाई नयाँ रुप दिन महदी अलुस्वीको विशेष योगदान रहेको छ । यो भवनलाई ब्रिटिस सेनाले आफ्नो अपरेशन सेन्टरको रुपमा प्रयोग गर्दै आएको थियो । उक्त भवनलाई मिलिसियाले नराम्रोसँग क्षति पु¥याएका छन् । कुनै समय सत्ता र भव्यताको निशानीको रुपमा रहेको यो भवन पछिल्लो समय खण्डहर
More

युवा संघ केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार

काठमाडौं । नेकपा एमाले निकट युवा संघ केन्द्रीय अध्यक्ष दुर्गा तिवारीको हत्याको घटना सेलाउन नपाउँदै युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार राति बाँकेको कोहलपुरमा अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी गम्भीर घाइते भएका छन् । बुढाथोकीलाई उपचारका लागि भारतको लखनउ लगिएको युवा संघले जनाएको छ । बुढाथोकीको हत्या गर्ने उद्देश्यले आक्रमण भएको भन्दै युवा संघले बिहीबार राति ९ बजे नै विज्ञप्ति निकालेर खुकुरी प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ । बुढाथोकीमाथि कसले र किन आक्रमण गर्यो भन्ने खुल्न सकेको छैन । युवा संघले भने संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध
More

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिने

काठमाडौं । पूर्वाञ्चलको विभिन्न सहरमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज(शुक्रबार) सकिँदैछ । सुनसरीको धरानमा आज हुने विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ । प्रतियोगिताको समापन अघि आज विभिन्न टिम गेम्सका फाइनल खेल हुनेछन् । राष्ट्रिय खेलकुद सकिन १ दिन बाँकी रहँदा २ सय ५० स्वर्णसमेत कुल ८ सय ८० पदकको टुंगो लागिसकेको छ । पदक तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले १ सय ८ स्वर्णसहित आफ्नो अग्रता जारी राखेको छ । आर्मीलाई अन्य दुई विभागीय टोली एपीएफले ४६ स्वर्ण र नेपाल पुलिसले ४० स्वर्ण जितेर पछ्याइरहेको छ । गैरविभागिय टोलीतर्फ सर्वाधिक ३१ स्वर्ण जितेको मध्यमाञ्चल
More

आजदेखि मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

पोखरा । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन आजदेखि सञ्चालन गरिन लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिनुभयो । आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाई निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाँदा लागत बढेर सात अर्ब रुपैयाँ पुग्न गएको बताइएको छ ।
More

तमु ल्होछार हर्षोल्लासका साथ मनाइदै

काठमाडौं । बौद्धधर्म अन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार आज काठमाडौंँ उपत्यकालगायत गुरुङ बाहुल्यता क्षेत्रमा हर्षोल्लासका साथ मनाइदैछ । गुरुङ समुदायले आज नयाँ वर्षका रुपमा २५९९ औं चरा अर्थात झ्या ल्होछार मनाउन लागिएको हो । गुरुङ जातिले हरेक वर्ष पूष १५ मा तमु ल्होछार मनाउँने गर्दछन् । नयाँ वर्ष प्रारम्भ हुने दिन ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । प्रत्येक १२ बर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ । यो वर्ष गुरुङ जातिले बाँदर वर्गको बिदाइ गरेर चरा
More

विद्यार्थीलाई न्यानो कपडा स्टेसनरी सामग्री

एनपिओ लालीगुँरास जापानकी अकेमी श्रेष्ठ र नेप्लिज फेसन होमकी हेमा मानन्धरले उपलब्ध गराएको स्टेसनरी र न्यानो कपडा बिहीबार गोरखाको फिनामस्थित पन्थेंश्वरी प्राविका विद्यार्थीलाई वितरण गर्दै मिस नेवा २०१३ बिजेता सुदिना श्रेष्ठ । तस्बिर : प्रशन्न पोखरेल
More

ल्होछार मनाउन कलाकारद्धय अमात्य र गुरुङ लन्डनमा

लन्डन । तमुधिं यूकेले तमुहरुको मौलिक महान पर्व ल्होछार भव्य 
रुपमा मनाउने तयारी गरेको छ । तमुधिं यूकेको आयोजनामा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा शनिवार हुने बिशेष कार्यक्रममा सहभागी हुन कलाकारद्धय मिलन अमात्य र मनोज गुरुङ लन्डन आइपुगेका छन् । कलाकाद्धय विहीवार लन्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा तमुधिं यूकेका पदाधिकारीले स्वागत गरे । कार्यक्रम संयोजक एवं नवनिर्वाचित तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङका अनुसार, ल्होछार तयारी सकिएको छ । कार्यक्रमका प्रमुख अतिथी हुने छन राजदूत डा दुर्गाबहादुर सुवेदी । ल्होछारकै लागि नेपालबाट विशेष अतिथीहरु घाकर रिम्पोछे, धरम गुरुहरु समेत आउने कार्यक्रम छ । कार्यक्रममा बेलायतमै रहेका मधुसुदन थापा र सम्झना लामिछानेले लगायत स्थानीय
More